होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आम निर्वाचनको मिति तत्काल तोक्न सरकार समक्ष माग गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै लिङ्देनले सरकारले छिटो प्रतिनिधि र प्रदेश सभाको मिति तोक्नुपर्ने माग राखेका हुन् । ‘हामी यो कार्यकालको अन्तिमतिर छौं । अबको केही समयपछि प्रतिनिधि र प्रदेश सभाको निर्वाचन हुँदैछ,’ लिङ्देनले भने, ‘सरकराले आम निर्वाचनको […]
स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका […]
एन एन जे इन्टरटेन्मेन्ट अमेरिकाले यो वर्ष प्रदान गरिने विभिन्न पुरस्कारको घोषणा गरेको छ । जसमा काठमाडौं महानगरका मेयर बालेन शाह तथा धरान नगरका मेयर हर्क सम्पाङ पनि पुरस्कृत हुने भएका छन् । स्वर्गीय यमबुद्ध अनिल अधिकारीको नामबाट स्थापित र्याप सम्राट यमबुद्ध पुरस्कार कलाकार तथा र्याप गायक काठमाडौंका मेयर शाहलाई प्रदान गरिने भएको हो । […]
ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३१९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १४८ जना, मदिरा पिएर सवारी साधन चलाउने १०९ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने १०० […]
धनगढी : सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश जोड्ने चिसापानी–कर्णाली पुल झिलिमिली बनाइने भएको छ। कैलाली उद्योग वाणिज्य संघको बोर्ड बैठकले चिसापानी–कर्णाली पुल झिलिमिली बनाउने निर्णय गरेको हो। उद्योग वाणिज्य संघका नवनिर्वाचित सदस्य लोकराज भट्टको प्रस्तावमा उक्त निर्णय भएको संघले जनाएको छ। ‘कम लागतमा कर्णाली पुललाई धेरै कलात्मक र सिर्जनात्मक बनाउन सकिने देखिन्छ,’ उनले भने, ‘झिलिमिली […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अर्को खेल खेल्नुअघि नेपालले कमजोरी हटाउनुपर्ने बताएका छन् । एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् । […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य असार १ गतेदेखि सञ्चालन गर्ने भएको छ ।आगामी प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लक्षित गरी आयोगले नामावली संकलन तथा अद्यावधिक कार्य अघि बढाउन लागेको हो । आयोगले कुनै पेशा, व्यवसाय वा अन्य कुनै कारणले एक जिल्लामा बसोबास गरिरहेका नागरिकले उसको स्थायी ठेगानामा रहने गरी […]
काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह, द्वितीय श्रेणी शिक्षक पदको मिति २०७८ चैत २१ गते लिएको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले लिखित परीक्षामा उत्तीर्ण हुनेको अन्तर्वार्ता असार २१ गते हुने जनाएको छ । परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गर्न चाहने उम्मेद्वारले असार ६ गतेसम्म कार्यलय समयभित्र तोकिएको राजस्व […]
नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । एमालेले बजेट निर्माण गर्ने क्रममा अर्थमन्त्रीले करका दर हेरफेर गर्न अमुक मान्छे पठाएको भन्दै संसदीय छानबिन समिति गठन गर्न मागसमेत गरेको छ । समिति गठन नभएसम्म संसदको अवरोध कायम रहने एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकमाथिको छलफलमा जवाफ […]
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा १४ गते रातिको सीसीटीभी फुटेज झिकाउन सभामुखलाई आग्रह गरेको छ। करका दर परिवर्तन गर्ने जस्तो महत्त्वपूर्ण निर्णयमा अर्थमन्त्रीले गैर–व्यक्तिलाई लगाएर राष्ट्रमाथि नै गद्दारी गरेको भन्दै सो रातको वास्तविकता दिने सीसीटीभी फुटेज झिकाउन प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखसँग आग्रह गरेका हुन् । यसअघि, अर्थमन्त्री जनार्दन शर्माले आफूमाथि […]
काठमाडौं । नेपालले नेपाली भूभाग डुबानमा पर्ने गरी सीमा क्षेत्रमा भौत्तिक संरचना नबनाउन भारत सरकारलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काका अनुसार नेपालले भारतलाई यस्तो आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयका लागि विनियोजित बजेटसँग सम्बन्धित रहेर सांसदहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै उनले नेपालसँग समझादारी बिना बनिरहेका भौत्तिक संरचनाहरुको निर्माण कार्य रोक्न पनि आग्रह गरे […]
काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्काले महाकाली नदीमा बेपत्ता भएका नेपाली नागरिक जयसिंह धामीको सम्बन्धमा सरकारले कूटनीतिक पहल जारी रहेको बताएका छन् । ‘नेपाली नागरिक जयसिंह धामी तुइनबाट महाकाली नदी तर्नेक्रममा बेपत्ता भएको घटनाको सम्बन्धमा गठित समितिको प्रतिवेदनअनुसार भारत सरकारलाई २०७८ भदौ २० मा कूटनीतिक माध्यमबाट लेखिपठाइएको र यससम्बन्धमा नेपालको तर्फबाट निरन्तर पहल भइरहेको छ’ मन्त्री […]
सर ! मलाई ३ जना केटाहरूले सामूहिक बलात्कार गरे ।’ वैशाख २९ मा बिहान ३ बजेर ४० मिनेटमा प्रहरी रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुमको १०० मा आत्तिँदै महिलाले फोन गरिन् । कन्ट्रोल रुमबाट ड्युटी अफिसरले सोधे, ‘तपाईं कुन ठाउँमा हुनुहुन्छ ?’ उताबाट आवाज आयो, ‘बौद्धको लुङ्ता गेष्ट हाउस ।’ प्रहरी वृत्त बौद्धबाट खटिएको टोली गेष्ट हाउसमा […]
वागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले नेपालको संघीय संरचनाबारे अनावश्यक टिप्पणी नगर्न विज्ञहरुलाई आग्रह गरेका छन् । मंगलवार वागमती प्रदेश सरकारको उद्योग, पर्यटन तथा वातावरण समितिले आयोजना गरेको लैङ्गिक तथा सामाजिक समावेशीकरण विषयक कार्यक्रममा बोल्दै सभामुख श्रेष्ठले यस्तो आग्रह गरेका हुन् । उनले संघीय संरचनाका बारे कसैले पनि विस्तृत र गहन अध्ययन नगरेको भन्दै संघीय संरचनाका […]
नेपाल तरुण दलले प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका मानिसको उद्धार तथा राहतमा संगठित रुपले जुट्न सवै जिल्ला कार्यसमितिलाई परिपत्र गरेको छ । मनसुनी वर्षाका कारण बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपहरु निम्तिन थालेको भन्दै तरुण दलका अध्यक्ष विद्वान गुरुङले जिल्ला कार्यसमितिलाई ३ बुँदे परिपत्र गरेका हुन् । प्राकृतिक प्रकोपका कारण विपत्तिमा परेका नागरिकहरुको तत्काल […]
प्रविधिको प्रयोग र पहुँच बढ्दै गएपछि सरकारले ‘साइबर सुरक्षा विधेयक’ बनाउने प्रक्रिया अघि बढाएको छ । साइबर सुरक्षा विधेयक बनाउन नेपाल दूरसञ्चार प्राधिकरणले आवश्यक मस्यौदा तयार पार्दै छलफल अघि बढाएको हो । प्रविधिको प्रयोग र पहुँच बढेसँगै साइबर सुरक्षाका घटना रोकथाम गर्न, साइबर सुरक्षाका घटना सम्बन्धी प्रतिक्रियात्मक काम गर्न तथा अनुसन्धान गर्न सरकारले यो विधेयक […]
काठमाडौं । स्थानीय तह निर्वाचन समीक्षा र मन्त्री फेरबदलका विषयमा छलफलने कपा एकीकृत समाजवादीको स्थायी समितिको बैठक सुरू भएको छ। पार्टी कार्यालय आलोकनगरमा सुरू भएको बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने एकीकृत समाजवादीले बताएको छ।
काठमाडौं । सरकारले मेलम्चीको विकल्पका रुपमा मकवानपुरको सिस्नेरी, ललितपुरको ठोसे र भक्तपुरको महादेव खोलाबाट काठमाडौं उपत्यकामा पानी ल्याउने विषयमा अध्ययन सुरु गरेको छ । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै खानेपानी मन्त्री उमाकान्त चौधरीले मेलम्ची आयोजनाको विकल्प र पूरक योजनाको रुपमा तीन खोलाको अध्ययन भइरहेको बताएका हुन् । ‘मेलम्ची खानेपानी […]
काठमाडौं । सरकारले कक्षा ११–१२ को पाठ्यपुस्तक साझा प्रकाशनबाट छपाउने भएको छ । मंगलबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथि सांसदहरुले गरेका प्रश्नको जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् । ‘पाठ्यपुस्तक व्यवस्थापन गर्न कक्षा १ देखि १२ सम्मको पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ तथा वितरण हुने व्यवस्था भए पनि कक्षा […]
दाङ । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री बिमलाकुमारी खत्री वली पुनः विवादमा तानिएकी छन् । मंगलबार बिहान मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेकी छन् । राज्यमन्त्री वलीलाई प्रहरीले एकराजकै घरबाट नियन्त्रणमा लिएको छ । घटना के हो ? राज्यमन्त्री […]