होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सर्वोच्च अदालत प्रशासनका अनुसार आज हेर्न मिल्ने न्यायाधीशबिच गोला प्रक्रिया गरी इजलास तोकिने छ । गत वैशाख […]
नागरिक रैबार/बाजुरा ३ जेठ। बाजुराको बडीमालिका नगरपालिकाले शुक्रबार बृहत कृषि मेला प्रदर्शनी गरेको छ । नगरभित्रका कृषकहरुले उत्पादन गरेका स्थानीय तरकारी,फलफुल,नगदे तथा अन्न बालीहरुको मेलामा प्रदर्शनी गरिएको हो । “कृषि शिक्षा,स्वास्थ्य,पर्यटन र पुर्वाधार, बडीमालिकाको समृद्धीको प्रमुख आधार” भन्ने नारा सहित एकदिने बृहत कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । नगरपालिकाको कृषि शाखाको आयोजना र कृषि […]
काठमाडौं) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता द्वय जीवराज आश्रित र मदनकुमार भण्डारीको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा मदन नगर बल्खुमा रहेको मदन भण्डारीको प्रतिमामा माल्यार्पण तथा स्मृतिसभा गर्ने कार्यक्रम रहेको छ । एमालेका पोलिटब्युरो सदस्य कृष्णगोपाल श्रेष्ठका […]
चितवनमा एक व्यक्तिले आफ्नी छोरी र भतिजको हत्या गरेका छन्। चितवनको भरतपुर महानगरपालिका- २५ शुक्रनगरका लिलाराज गिरीले छोरी सात वर्षकी प्रभा गिरी र दाजुका छोरा ५ वर्षका सजन गिरीको हत्या गरेका चितवन प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार ४२ वर्षका गिरी मानसिक रोगी थिए। उनले मानसिक रोगको औषधी पनि सेवन गरिरहेका परिवारका सदस्यले बताएका छन्। […]
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन कुराकानी भएको छ ।आजबाट सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्ड लगायतका शीर्ष नेताहरू बिहीबार देउवाको गृह जिल्ला पुगेका थिए । देउवासँग कुराकानी भएको जानकारी प्रचण्ड आफैँले शुक्रबार सञ्चारकर्मीलाई बताएका थिए […]
धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेताको जिम्मेवारी फेरि खगराज भट्टले पाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका पदाधिकारीको उपस्थितिमा डडेल्धुरामा बसेको संसदीय दलको बैठकले दलको नेतामा भट्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको हो । प्रदेश सभा सदस्य शिवसिंह ओलीले बैठकले सर्वसम्मत रूपले दल नेता परिवर्तन गरेको […]
झापा– हावाहुरीका कारण घर भत्किँदा झापामा बुधबार राति एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका– ५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हावाहुरीले टिनको छाना भएको घरको बिम खस्दा त्यसले च्यापिएर मगरको मृत्यु भएको बताइएको छ ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलले विद्यालयको अनुकूलताअनुसार हिउँदे अथवा वर्षे बिदाको अवधिमा पनि पठनपाठन गर्न सामुदायिक विद्यालयलाई अनुरोध गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै विस २०८१ चैत महिनामा सञ्चालन गरिएको शिक्षक तथा कर्मचारीको काठमाडौँ केन्द्रित आन्दोलनका कारण सामुदायिक विद्यालयका विद्यार्थी भर्ना एवं पठनपाठनलगायत कार्यमा पर्न गएकाले यस्तो अनुरोध गरेको जनाएको छ । […]
राजेन्द्र विक बाजुरा,३०बैशाख। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र खप्तड छेडेदह गाउँ कमिटिको तेस्रो सम्मेलन सम्पन्न भएको छ। गाउँ कमिटिको तेस्रो सम्मेलनबाट माओवादी केन्द्र बाजुराका पुर्व जिल्ला कमिटी सदस्य सदन बि.क अध्यक्ष रहनेगरी २५ जनाको गाउँ कमिटी सर्वसम्मत निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष मान बहादुर धामी ,उपाध्यक्ष टिक बहादुुर रावत,उपाध्यक्षजानकि खड्कासचिवमा पदम बहादुर रावत,सहसचिव- गोरख […]
काठमाडौँ । आज किराँत समुदायले उँभौली पर्व मनाउँदैछन् । किराँत धर्मावलम्वी राई, लिम्बू लगायत जातजातिहरूले उँभौली अर्थात चण्डी पूर्णिमामा प्रकृतिको पूजा आराधना गरी यो पर्व मनाउने गर्दछन् । किराँत समुदायमा प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा बाली राम्रो होस् भनेर प्रकृतिको पूजा गर्ने परम्परा रहिआएको छ । मार्गशिर्ष शुक्ल पूर्णिमाका […]
बुटवल । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् । उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।
राजेन्द्र विक बाजुरा,२८बैशाख। परम्परागत रुपमा समाजमा रहेको छुवाछूत कुप्रथा र समग्र विभेद बिरुद्ध आवाज उठाउने संकल्प सहित बाजुरामा दलित जागरण अभियान तथा आमभेला कार्यक्रम संचालन गरिएको छ। आफ्ना लागि आफै दलितका लागि दलित भन्ने मुल नाराका साथ शनिबार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका सुइजिउला वाइमा उक्त अभियानको शुभारम्भ गरिएको हो। स्वामिकार्तिक दलित नेटवर्क तथा मुक्त हलिया […]
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् । सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो […]
टक्सार । धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । धनकुटा नगरपालिका–६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको हो । घटनामा परी सख्त घाइते धनकुटा नगरपालिका–६ की ७३ वर्षीया कृष्णकुमारी भुजेलको धनकुटा अस्पतालमा उपचारका क्रममा मृत्यु […]
धनगढी : जिल्ला समन्वय समिति अछामकी उप–प्रमुख दानमति बम शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला अदालत, अछाममा झगडा गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय, अछामले शाही आफ्नो नियन्त्रणमा रहेकी बताएको छ। पञ्चदेवल–विनायक नगरपालिकाकी स्थानीय समेत रहेकी शाही विनोद शाही हत्या प्रकरणसँग सम्बन्धित रहेर झगडा गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। […]
वैशाख, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने बताएका हुन् । यस्तै बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने उनले बताए […]
नागरिक रैबार/बाजुरा १२ बैशाख। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का बाजुरामा आएका छन् । मन्त्री खड्का जिल्ला अस्पताल बाजुराको व्लड बैक उद्धघाटन् र स्वामीकार्तिक खापर गाउँपालिकामा हुने वृहत लोक साँस्कृतिक उत्सव उद्घाटनका लागि बाजुरा आउनु भएकाे नेपाली काँग्रेस बाजुराले जनाएको छ । मन्त्री खड्का बाजुरा सदरमुकाम पुगेपछि नेपाली काँग्रेस लगायत भातृ एबम् शुभेच्छुक संघ,संगठनहरुले […]
नागरिक रैबार/बाजुरा १२ बैशाख।बाजुराकाे बुढीगंगा नदीमा हाम फालेका एक युवककाे डुबेर मृत्यू भएकाे छ । पितृ कार्यका लागि त्रिवेणी नगरमालिकाकाे मौरे त्रिवेणी धाममा पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षिया गणेश नेपालीको बुढीगंगा नदिमा डुबेर मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार पितृ आए भनेर बुढीगंगा […]
नागरिक रैबार/बाजुरा १३ बैशाख। बाजुराको बुढीनन्दा नगरपालिकास्थित कोल्टीमा जारी प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ मा भोलि बैशाख १३ गते प्रमुख आकर्षणका रुपमा चर्चित गायिका ज्योति मगरको प्रस्तुति रहने भएको छ । बैशाख ५ गतेबाट संचालन भएको उक्त महोत्सवको नवौ ंदिन अर्थात भोली मगरको प्रस्तुति रहने महोत्सव मुल आयोजक समितिका कार्यक्रम संयोजक महेश […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पीय जोखिमबाट बच्न आम जनतामा चेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । भूकम्प स्मृति दिवसका अवसरमा आज उनले दिएको सन्देशमा उक्त कुरा उल्लेख छ । राष्ट्रपतिले गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई २०७२ साल वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका पराकम्पमा परी जीवन गुमाएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त […]