होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी: अछाममा थप ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार कमलबजार नगरपालिकाको प्रयोगशालामा गरिएको परीक्षणमा ४५ जनामा कोरोना पुष्टि भएको हो। प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टका अनुसार जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाका २७ जना, मंगलसेन नगरपालिकाका ९ जनामा, चौरपाटी गाउँपालिकाका २ जना, कमलबजार नगरपालिकाका १ जनामा कोरोना पुष्टी भएको छ। यस्तै साँफेबगर नगरपालिकाका २ जना, […]
धनगढीः कैलालीका २४ सहित सुदूरपश्चिमका थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बुधबार २८१ जनाको परीक्षण गर्दा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कैलालीको धनगढी उप–महानगरपालिकाका थप ३६ जनामा संक्रमण देखिएको जानकारी दिए। कैलालीकै गोदावरी नगरपालिका र कैलारी गाउँपालिकाका २/२ जना, त्यस्तै टीकापुर नगरपालिकाका १ […]
डडेल्धुराः चिसो बढेसँगै डडेल्धुरामा निमोनिया, रूघाखोकी तथा दमरोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ। चिसो शुरू भएयता अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको सङ्ख्या बढ्दै गएको हो। पहिले दैनिक ३०÷४० जना मात्र निमोनिया, रूघाखोकी तथा दमका बिरामी आउने गरेकामा हाल दैनिक ७०÷८० भन्दा बढी बिरामी उपचारका लागि अस्पतालमा आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। चिसो बढेसँगै डडेल्धुरामा मौसमी रुघाखोकीलगायत […]
बैतडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका अनुसार जिल्लाको शाहीलेक, गढी, कठपते, सतबाँझ, पाटन, बिजुल, ग्वाल्लेक र खोडपेबाट फोरजी सेवा सञ्चालनमा रहेको हो । यसका साथै रोडीदेवल, जलहल्ला, दुर्गास्थान, चौड, सिल्लेक, शिखरपुर, कुवाकोट र पञ्चेश्वरबाट पनि फोरजी सेवा सञ्चालनमा रहेको नेपाल टेलिकम दूरसञ्चार कार्यालय बैतडीका प्रमुख […]
२१ मंसिर, दियायल । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ चवराचौतारामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचार गर्न लैजाँदै गर्दा अर्का एक बालकको पनि मृत्यु भएपछि मृतकको संख्या चार पुगेको हो । यसअघि तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । दिपायलबाट चवराचौताराका लागि हिँडेको म १ च ५५० नम्बरको महिन्द्रा जिप दुर्घटना […]
बैतडी : कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बैतडीका दुई स्थानीय तहमा सञ्चालनमा आएका विद्यालय पुनः बन्द भएका छन् । जिल्ला सदरमुकामस्थित दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकाका विद्यालय पुनः बन्द भएका हुन् । कोरोना सङ्क्रमण फैलन नदिने यी दुवै स्थानीय तहमा लकडाउन घोषणा गरेकाले विद्यालय पुनः बन्द भएका हुन् । दशरथचन्द नगरपालिकाकाले मङ्सिर २२ गतेसम्म लकडाउन […]
महेन्द्रनगर : कञ्चनपुरमा एचआइभी एड्सका बिरामीको सङ्ख्या बढ्दै गएको छ । यहाँ खासगरी भारतका विभिन्न ठाउँबाट फर्किनेमा यसको सङ्क्रमण बढी मात्रामा देखिने गरेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा हालसम्म ५४९ जना एचआइभी सङ्क्रमित छन् । “केही वर्षयताको बिरामीको रेकर्ड हेर्दा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ”, स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले […]
धनगढीः बैतडीमा १० किलो चरेशसहित १ जना पक्राउ परेका छन्। सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह (आरआइटी) को टोलीले गएराति जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रबाट १० किलो लागु औषध चरेशसहित १ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर धानुक रहेको प्रहरीले जनाएको छ। धानुकलाई विशेष सूचनाका आधारमा पुर्चौडी नगरपालिका–६ को मोडलीधारबाट […]
धनगढीः सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानीय तहमा मंसिर १५ गते नयाँ अस्पतालको शिलान्यास भयो । ५ स्थानमा शिलान्यास कार्यक्रममै विवाद हुँदा स्थगित पनि भयो । बैतडीको पञ्चेश्वर गाउँपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, बाजुराको बुढीगंगा र बुढीनन्दा नगरपालिका र कैलालीको मोहन्याल गाउँपालिकामा शिलान्यास हुन सकेन । बाजुरा जिल्लामा भने एउटै अस्पतालका लागि २ फरक–फरक स्थानीय तहमा शिलान्यास भएको छ […]
अछाम । अछाम सदरमुकाम मङ्गलसेनबाट कैलालीतर्फ जाँदै गरेको ना ४ ख ९९७२ नम्बरको बस आज बिहान चौरपाटी गाउँपालिका मार्कुमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १७ यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय अछामले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी मृत्यु हुनेमा साँफेबगर नगरपालिका–३ का १९ वर्षीया नीरज कुँवर रहेका छन् । […]
धनगढी: महिला हिंसा विरुद्धको १६ दिने अभियान जारी रहेकै अवधिमा सुदूरपश्चिममा महिला हिंसाका घटना बाहिर आएका छन् । अभियान सुरु भएको ४ दिनको अवधिमा ३ वटा जबरजस्तीकरणीसहित १५ वटा उजुरी दर्ता भएका छन् । अभियानको पहिलो दिन मंसिर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याइयो । सो घटना ६ महिनापछि […]
धनगढीः अछामबाट धनगढी आउदै गरेको बस दुर्घटना हुँदा १ जनाको मृत्य भएको छ । जिल्लाको चौरपाटी गाउँपलिका वडा नम्ब ७ मार्कुमा ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना हुँदा साँफेबगर नगरपालिका वडा नम्बर ३ का अन्दाजी १७ वर्षीय निरज कुँवरको मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ । बयालपाटा अस्पताल लग्दै गर्दा उनको बाटोमा मृत्यु […]
जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् । सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५÷१५ शय्याको […]
डोटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार सो विद्यालयमा सञ्चालन भइरहेको कक्षा १२ को परीक्षामा निरीक्षकका रुपमा सहभागी हुन विद्यालय नजिक पुग्दै गर्दा एक्कासि […]
काठमाडौं । कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियामा शनिबार राति आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । ५० वर्षीय गणेश राज ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ । छतबाट खसेर ओझा गम्भीर घाइते भएका थिए । घाइते ओझाको कैलालीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले […]
४ मंसिर, डोटी । ‘संविधानको अनुसूची–८ को ८ नं. बुँदामा आधारभूत र माध्यमिक शिक्षा स्थानीय तहको एकल अधिकार भनिएको छ । सोही अनुसार हामीले शिक्षा ऐन बनाउन खाज्यौं । तर शिक्षक संघ–महासंघहरुले संघीय ऐन नआई बनाउन नपाइने भन्दै विरोध गरे, हामीले ऐन बनाउन सकेनौं ।’ डडेल्धुरा जिल्लाको पर्शुराम नगरपालिकाका कानुन अधिकृत गोविन्दराज जोशीको भनाइ हो […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन् । शनिबार मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए । “नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा […]
बैतडीको दशरथचन्द नगरपालिका प्रमुख नरेन्द्रसिंह थापालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहेका नगरप्रमख थापासहित बैतडीका थप १८ जनामा कोरोना पुष्टि भएको हो । यस्तै जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयमा कार्यरत तीन स्वास्थ्यकर्मी, नेपाली सेनाका तीन, नेपाल प्रहरीका एक, दुईजना श्रीलङ्काली पर्यटक र दशरथचन्द […]
दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–८ सुरकडामा जीप दुर्घटना हुँदा एक जना घाइते भएका छन्। शुक्रबार राति म१ज २४० नम्बरको जीप सुरकडास्थित सडकबाट झण्डै ३० मिटर तल खस्दा जीप चालक महाकाली नगरपालिका–८ काकडाका खेमसिंह सामन्त घाइते भएका छन्।उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। जीपमा सामान्य क्षति भएको छ।
बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले आजदेखि मङ्सिर २२ गतेसम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको हो । नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय सङ्क्रमित रहेका र नगर क्षेत्रमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गर्ने निर्णय भएको दशरथचन्द […]