होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुको प्रभावले आज पनि देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। महाशाखाले देशभर सामान्यदेखि पूर्ण बदली रहेको जनाएको छ। सुदूरपश्चिमका थोरै स्थानहरुमा मेघ घर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यी क्षेत्रका पहाडी भूभागमा […]
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको छ। प्रदेश सरकार गठन भएको करिब ४० महिना बितेपछि सरकारले प्रदेश प्रहरी गठन प्रक्रिया थालेको हो। बुधबार प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले ‘प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ टेबल गरेकी छन्। प्रदेश सभा नियमावली २०७४ को नियम १०६ को उपनियम […]
डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय डडेल्धुराले एक महिलाको नागरिकता प्रतिलिपीमा पुरुषको तस्बिर टाँसेको पाइएको छ।प्रशासनले जिल्लाको अमरगढी नगरपालिका–१ भनेर ठेगाना उल्लेख गरिएको देवकी धामीको नागरिकतामा एक पुरुषको फोटो राखेर त्रुटि गरेको हो। धामीको नागरिकतामा अजयमेरु गाउँपालिका–१ समैजीका राजबहादुर भण्डारीको तस्बिर टाँसीएको हो। उक्त नागरिकताको प्रतिलिपिमा सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले हस्ताक्षर गरेका छन्। नागरिकतामा […]
धनगढी : काँग्रेसको जिल्ला अधिवेशन नजिकीसंगै सुदूरपश्चिममा सबैभन्दा बढी चुनावी रौनक सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देखिएको छ। डडेल्धुरामा देउवा र वर्तमान जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षबीच चुनावी प्रतिस्पर्धा हुने अवस्था छ। देउवाले पर्शुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेका छन् भने मल्लले वर्तमान उपसभापति करुणकर भट्टलाई प्रतिस्पर्धामा उभ्याउने तयारी गरेका छन्। गृहजिल्लामै देउवालाई […]
बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै योजना जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट पारित भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । दुवै योजनामा विपद्का घटना न्यूनीकरणका लागि आवश्यक तयारीका कुरा समेटिएका छन् । प्रत्येक क्षेत्रका योजना समावेश गरिएका र […]
धनगढी : नेपाली काँग्रेसको जिल्लाको अधिवेशन २६ साउनमा हुँदैछ। सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरु निर्वाचित भएका थिए। प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति […]
अछाम: सुदूरपश्चिमको पहाडी जिल्लाका विभिन्न क्षेत्र सडक सञ्जालसँग जोडिएपछि धेरै बिरामीहरुले एम्बुलेन्स सेवा पाइरहेका छन्।झन सुत्केरी व्यथा लागेकी महिलालाई संघीय र सुदूरपश्चिम प्रदेश सरकारले कार्यक्रम नै ल्याएर हेलिकोप्टर उपलब्ध गराउने गरेको छ। जसअनुसार विकट क्षेत्रका गम्भीर सुत्केरी व्यथा लागेकाहरुलाई हेलिकोप्टरमार्फत उद्वार गरिन्छ। तर अछामकी एक गर्भवतिले एम्बुलेन्स त कहाँ हो कहाँ सामान्य स्ट्रेचर समेत पाएकी […]
२० असार, बैतडी । आइतबार बिहान बैतडीमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिगास गाउँपालिका–३ का ४५ वर्षीय जयसिंह धामीको मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले उपचारका लागि लैजाने क्रममा धामीको मृत्यु भएको जानकारी दिए । […]
बैतडी: बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ।जिल्लाको सिगास गाउँपालिका–३ बाट डडेल्धुरातर्फ आउँदै गरेको से १ ज ७३९ नम्बरको जीप लगनबजार नजिकै दुर्घटना हुँदा सिगास गााउँपालिका ३ का ६४ वर्षीय रामसिह धामी र ४५ वर्षीय मानसिँह साउदको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालकले बताए। दुर्घटनामा अन्य […]
२० असार, धनगढी । बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।से १ ज ७३९ नम्बरको जीप आइतबार बिहान बैतडीको सिगास गाउँपालिका–३ लगनमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश पालले दुर्घटनामा परेर सिगास गाउँपालिका–३ का ४५ वर्षीय मान सिंह सावद र […]
धनगढी: सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महशुश गरिएको छ। शुक्रबार राति १० बजेर २ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बझाङ र बाजुराको सीमा सैपाल नजिक केन्द्र बनाएर ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।
१८ असार, धनगढी । सुदूरपश्चिम प्रदेशको प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी नायब महानिरीक्षक -डीआईजी) पुरुषोत्तम कंडेलले पाएका छन् । प्रहरी प्रधानकार्यालय मानव स्रोत प्रशासन विभाग आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय नक्सालबाट सरुवाभएर आएका कंडेलले बिहीबार धनगढी पुगेर कमाण्ड सम्हालेका हुन् । कंडेलले प्रदेशमा शान्ति सुरक्षा, अपराध नियन्त्रण, चोरी तस्करी नियन्त्रण, सीमा सुरक्षालगायतका विषयलाई प्राथमिकतामा राखेर […]
धनगढी: अछाममा एकजना वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मदिरा सेवन गरि विवाद गरेको आरोपमा पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८का वडा अध्यक्ष तारा प्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो। बुधवार रातमा पञ्चदेवल विनायक नगरपालिकाको केन्द्र विनायक बजारस्थित एक होटेलमा खनालले मदिरा सेवन गरेर होटेलका सञ्चालकमाथि हातपात गरेको बताईएको छ। उनले महिलामाथि अभद्र व्यवहारसमेत गरेको […]
एक महिनादेखि भइरहेको लगातारको वर्षाले यहाँका कम्तीमा पनि एक दर्जन बढी ग्रामीण क्षेत्रका कच्ची सडक अवरुद्ध भएका छन् । वर्षाले ठाउँ–ठाउँमा पहिरो तथा सडक हिलाम्य भएपछि गाउँका सडकमा सवारी साधन चलाउन बन्द भएको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञा खुकुलो गरिएसँगै जिल्लामा यातायातका साधन सञ्चालन गर्न स्थानीय प्रशासनले अनुमति दिए […]
डोटीमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावी रूपमा गर्भपतन सेवा लिने गरेका कारण उनीहरूको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन् । गत आवमा जिल्लामा एक हजार ३१ महिलाले […]
बझाङ: बझाङको जयपृथ्वी नगरपालिका–११ की २५ वर्षीया शर्मीला खड्कालाई हिजो (सोमबार) सुत्केरी बेथा सुरु भयो। त्यसपछि उनी सासुसँगै जिल्ला अस्पताल बझाङका लागि घरबाट निस्किइन्। तर उनी अस्पताल भने पुग्न पाइनन्। उनलाई एक जीपले सडकमै अलपत्र अवस्थामा छाडेर गयो। त्यसपछि शर्मीलाले सडकमै बच्चालाई जन्म दिइन्।सडकमा रोएको आवाज सुनेपछि त्यहाँका स्थानीय शर्मीला भएको ठाएँमा पुगेका थिए। आमाको […]
धनगढी : सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशत रोपाई सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका अनुसार मंगलबारसम्म ५० प्रतिशत रोपाई सकिएको हो । प्रदेश कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीका अनुसार सबैभन्दा धेरै दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०, कैलालीमा ५५ प्रतिशत रोपाई सकिएको छ । यस्तै बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५, डोटीमा ४५ र […]
धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहको गृह जिल्ला बाजुरामा अधिकांश बजेट विनियोजना भएको आरोप लागेको छ। पूर्वाधार कार्यालय अछाम मार्फत कार्यान्वयन हुने योजनाको संख्या र रकम समेत धेरै रहेको पाइएको हो। अर्थ मन्त्री शाहको गृह जिल्ला तथा एमाले नेता भीम रावलको प्रभावका कारण अन्य जिल्लाको तुलनामा अछाम र बाजुरामा पूर्वाधारका अधिकांश […]
३ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्षको अन्तमा बजेट वितरण गरिएका योजनाको प्रदेशसभाको सार्वजनिक लेखा समितिले अनुगमन गर्ने भएको छ । बुधबार बसेको प्रदेशसभाको सार्वजनिक लेखा समितिको बैठकले आर्थिक वर्षको अन्तमा भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले वितरण गरेका योजनाको अनुगमन गर्ने निर्णय गरेको हो । लेखा समितिका […]
६ जेठ, डोटी । सुदूरपश्चिम प्रदेशमा जेठ महिनाभरी ५५ हजार जनामा परीक्षण गर्दा १४ हजार ४६५ जनामा कोरोना संक्रमण देखिएको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय, राजपुर डोटीका अनुसार जेठमा पीसीआर परीक्षण विधिबाट ३० हजार ४६४ जनामा परीक्षण गरिएको छ । जसमध्ये ११ हजार २८ जनामा संक्रमण भएको पुष्टि भएको छ । यो संख्या परीक्षण गरिएको […]