होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जल तथा मौसम विज्ञान विभागले असोज २० गतेसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदैै सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षासँगै पहिरोको पनि जोखिम भएकाले विभागले राति यात्रा नगर्न आग्रह गरेको हो । सडक विभागले पनि राति यात्रा नगर्न सुझाउँदै मातहतका सम्पूर्ण कार्यालयका कर्मचारीलाई विपद्प्रतिधार्यकार्यका निम्ति तयार रहन आह्वान गरेको छ । […]
देशका विभिन्न क्षेत्रमा वर्षा सुरु भएको छ । विभिन्न जिल्लामा आज भारी वर्षाको सम्भावना रहेकोले बाढीको जोखिम उच्च रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज सुनसरी, उदयपुर, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन र आसपासका जिल्लाहरूमा बाढीको अति […]
काठमाडौं । सरकारले सवारी साधनमार्फत काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाएको छ । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विपद कार्यप्रमुख रामबहादुर केसीले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जानकारी दिएका हुन् । प्राधिकरणले जारी गरेको विज्ञप्तिमा पनि निरन्तरको वर्षालाई ध्यानमा […]
मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले […]
काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरेको यातायात व्यवसायीहरूले बताएका छन् । देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालू गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ […]
नागरिक रैबार/बाजुरा २० साउन। सुदूरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडीमालिकाको पूजाका लागि बाजुराको सरकारी टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सितल बहादुर रावल र बडीमालिका नगरपालिका ४ का वडा अध्यक्ष अर्जुन नाथको नेतृत्वमा सरकारी टोली बडीमालिका प्रस्थान गरेको हो। सरकारी टोलीले बाजुराको बडीमालिका माताको मन्दिरमा साउन २३ गते […]
बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार संखुवासभामा कोशी राजमार्ग, पाँचथरस्थित मेची राजमार्ग, रसुवाको पासाङ ल्हामु राजमार्ग, मकवानपुरको कान्तिलोक पथ, म्याग्दीस्थित दरवाङ सडक, नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग, डोल्पास्थित भेरी करिडोर, रुकुमपश्चिमको जाजरकोट–डोल्पा–भेरी करिडोर र बझाङस्थित जयपृथ्वी राजमार्ग अवरुद्ध भएका हुन्। यसैबीच, बाढी पहिरोका कारण अवरुद्ध भएका बनेपा–नाला–भक्तपुर, बागलुङको कालीगण्डकी […]
नागरिक रैबार/बाजुरा १ असार। भारतीय राजदुताबासले बाजुराको हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई उपहार स्वरुप एम्बुलेन्स हस्तान्तरण गरेको छ। शनिबार काठमाडौंमा एक औपचारिक कार्यकमका बीच नेपालस्थित भारतीय राजदूतावासले हिमाली गाउँपालिका र खप्तड छेडेदह गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । उक्त एम्बुलेन्स खप्तड छेडेदहकी उपाध्यक्ष विशुदेवी नाथ र हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लले बुझेका हुन् । […]
नागरिक रैबार/बाजुरा २४ जेठ। साँफे मार्तडी सडक खण्डको बल्दे नजिकैको सडकमा मालवाहक जीप पल्टिएको छ । डाव बजारबाट माल सामानहरु लिएर मार्तडी तिर आउँदै गरेको मालवाहक जीप शनिबार दिउसो ३ बजेतिर बल्दे नजिकैको उकालो सडकमा पल्टिएको हो । मालवाहक जीप सडकमै पल्टिएपछि मार्तडीमा आउने र मार्तडीबाट बाहिर जाने सवारी साधानहरु विच बाटोमै रोकिएको बल्देबाट धुर्वराज […]
सरकार र आन्दोलनरत यातायात व्यवसायीबिच सोमवार राति सहमति भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा अबेर रातिसम्म चलेको तेस्रो चरणको वार्तापछि सहमतिमा हस्ताक्षर भएको हो। सहमतिपछि पत्रकारहरुसँग कुरा गर्दै नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँरले सङ्घीय सरकारले गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङसम्बन्धी नियमावली स्थगित गर्न अनुरोध गर्दै पत्राचार गर्ने निर्णय भएको बताए। उनले […]
नागरिक रैबारबाजुरा १३ जेठ। बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी नेपाल टेलिकम बाजुरा शाखाका कार्यालय प्रमुख सहित ३ जनाको मृत्यू भएको छ । जीप दुर्घटनामा परेर मृत्यु हुनेमा नेपाल टेलिकम शाखा कार्यालय बाजुराका कार्यालय प्रमुख वर्ष ४८ का लोक बहादुर खड्का, जीप चालक वर्ष ५७ का करनसिंह महतारा बडीमालिका ७ ढम्कनेका ३५ […]
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् । सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो […]
धनगढीः चिसापानी–मङ्गलसैन सडकअन्तर्गत कैलालीमा पर्ने १६ किलोमिटर लामो खण्डको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ।सडक निर्माणका लागि रेखाङ्कन गरिएको क्षेत्रका रूख हटाउन वन तथा वातावरण मन्त्रालय र सडक विभागबीच सम्झौता भएसँगै उक्त सडकखण्डको स्तरोन्नति प्रक्रिया अघि बढेको सडक विभागको महेन्द्रनगरस्थित कार्यालयका इन्जिनियर हरिसप्रसाद जोशीले जानकारी दिए। रूख कटानीको आदेश नआउँदा उक्त सडक स्तरोन्नतिको काम अघि बढ्न […]
दार्चुला: दार्चुलाको महाकाली नगरपालिका–२ मैखोलीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।जिल्लाको नौगाड गाउँपालिकाको दल्लेकबाट सदरमुकाम खलङ्गातर्फ आइरहेको सुदूरपश्चिम प्रदेश–००१–ज–०००५ नम्बरको जिप आज ४ः ३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरक्षक छत्रबहादुर रावतले जानकारी दिए। दुर्घटनामा जिप चालक महाकाली नगरपालिका–२ का २७ वर्षीय महेश भुलको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको […]
काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त […]
नागरिक रैबार/बाजुरा ५ फागुन। सोमबार विहानदेखि बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ । प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप […]
सुर्खेत –कर्णाली करिडोरको ५० किलोमिटर सडक कालोपत्रे गर्न चार अर्ब रुपैयाँ बराबरको ठेक्का आह्वान भएको छ । चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि कर्णाली करिडोर अन्तर्गत बाजुरा खण्डको पिलुचौर–कुवाडी र हुम्ला खण्डको कुवाडी–तुमचौरको ५० किलोमिटर सडक निर्माण गर्न ठेक्का आह्वान गरिएको हो । हुम्लाको हिल्सासम्म सडक पुर्याउने लक्ष्य राखिएको कर्णाली करिडोर राष्ट्रिय गौरवको […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी राजमार्गको अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएका छन् । आइतबार विहान धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको बसले ठक्कर दिदा बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले […]