होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१ भदौ, सप्तरी । जीता नदीको बाँध भत्किँदा सप्तरीमा १ सय ५० घर डुबानमा परेको छ ।निरन्तरको वर्षाका कारण तिलाठी-कोइलाडी गाउँपालिकास्थित वडा नम्बर-५ को बर्साइनस्थित दलित बस्तीमा बाढी पसेको हो। बाढीले एकैगाउँका १ सय ५० घर डुबानमा परेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक राजेश झाले जानकारी दिए । उनका अनुसार मंगलबार बिहान नदीको पश्चिमी तटबन्ध भत्किँदा […]
१ भदौ, काठमाडौं । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीहरु काठमाडौं आइपुगेका छन् ।तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले आफ्नो दूतावासमा कार्यरत कर्मचारीहरुको उद्दार गरेको थियो । त्यसक्रममा नेपालीहरुलाई पनि उद्धार गरेर कतारको दोहा पुर्याइएको थियो । उनीहरुमध्ये ११८ नेपाली कुबेत हुँदै मंगलबार विहान काठमाडौं आइपुगेका हुन् । दुई वर्षदेखि काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत लालबहादुर पुनका अनुसार […]
धनगढी: निर्मलालाई न्याय माग्दै सावित्री सुवेदीले धनगढीमा प्रर्दशन गरेकी छिन्। मंगलबार उनले धनगढीमा मुख्यमन्त्री कार्यालय अगाडि विरोध प्रर्दशन गरेकी हुन्।‘बलात्कारीलाई फाँसी दे ! निर्मलालाई न्याय दे ! मेरो शरीर मेरो अधिकार !’ भन्दै उनले एक्लै मुख्यमन्त्री कार्यालय अगाडि प्रर्दशन गरेकी हुन्। निर्मला घटनाको ३ वर्ष पुरा भइसक्दा पनि न्याय नमिलेको र दिनदिनै छोरी चेली बलात्कार […]
नागरिक रैबार/बाजुरा १ भदौ । बाजुराको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका रुडी गाउँभन्दा तल र छुद्दरी गाउँ नजिकैको भिर फुटेर धुँवा, धुलोसहितको सुक्खा पहिरो खसेको स्थानीयवासीले बताएका छन् । लगातार सुक्खा पहिरो खस्न थालेपछि कर्णाली नदीको केही भाग थुनिएको जगन्नाथ गाउँपालिका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन्। उनले रुडी गाउँको तलबाट निरन्तर तीन दिनदेखि […]
कोभिड १९ भ्याक्सिनका कारण प्रजनन् सम्बन्धी समस्या बढी हुने गर्छ, यसले गर्भपातको समस्या निम्त्याउँछ भन्ने जस्ता दाबीहरु सामाजिक सञ्जालमा धेरै सुन्न सकिन्छ । यस्तो दाबीमा अहिलेसम्म कुनै प्रमाण भेटिँदैन । तर यस्तो दाबी भने आइरहेको छ । चिकित्सकहरु गर्भावस्थाको समयमा कुनै पनि चिजको सल्लाह दिनभन्दा पहिले धेरै सोच्ने गर्छन् । यही कारण लामो समयसम्म गर्भवती […]
काठमाडौं, साउन ३२। वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार देवादिदेव महादेवको पूजा आराधनासहित गोदान, पूर्णपात्र गरी व्रत समापन गरेका छन् । साउन महिना र सोमबारलाई शिवजीको महिना एवं बार भनी धर्मग्रन्थमा उल्लेख गरिएको छ । साउनको सोमबार जलधारा मात्र दिए पनि शिवजी प्रसन्न भई इच्छा पूरा गरिदिने र पारिवारिक सुख शान्ति दिने भएकाले सनातन धर्मावलम्बीले विशेष […]
गुल्मी । गत वैशाख १ गते प्युठान भएको जिप दुर्घटनामा परी घाइते सन्दीप परियारको मृत्यु भएको छ ।दुर्घटनामा गम्भीर घाइते परियारको काठमाडौंस्थित टिचिङ्ग अस्पतालमा उपचारको क्रममा चार महीनापछि मृत्यु भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले बताए । मल्लरानी गाउँपालिका वडानम्बर-३ घर भएका २८ वर्षका सन्दीप परियार जिल्ला प्रशासन कार्यालय गुल्मीमा नागरिता प्रतिलिपी […]
नागरिक रैबार/बाजुरा २९ साउन । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराका सदस्य विनोद गिरीको हृदयघात भएर निधन भएको छ । एक्कासी भएको हृदयघातपछि शुक्रबार बिहान गिरीको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो । शनिबार बिहान मात्रै घरबाट कोल्टी बजार गएका र असहज महसुश भएपछि उनी लुम्बिनी होटल पछाडीको मकैबारीमा पल्टेको अबस्थामा फेला पारेको […]
काठमाडौं । सर्वोच्च अदालतले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिकलाई घरमै गएर कोरोना खोप लगाउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले खोप केन्द्रसम्म जान असमर्थ जेष्ठ नागरिक, हिँडडुल गर्न नसक्ने, अस्पतालले पहिचान गरेका दीर्घरोगी तथा फरक क्षमता भएका दुवै आँखा नदेख्ने नारिकहरुको लागत संकलन गर्न र घरघरमा पुगेर खोप […]
काठमाडौँ– काठको साघुँ तर्नेक्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल छन् ।हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर २ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएका जनाइएको छ । उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जानेक्रममा बुधबार साँझदेखि बेपत्ता […]
जापानी वैज्ञानिकहरुले १ सय वर्ष बाँच्नेहरुको बारेमा गोप्य राज सार्वजनिक गरेको छ । वैज्ञानिकले लामो उमेरसम्म बाँच्नुको कारण आन्द्रामा हुने एक विशेष ब्याक्टेरिया भएको बताएका छन् । आन्द्रामा हुने उक्त ब्याक्टेरियाले सेकेन्डरी बाइल नामक एसिड उत्पादन गर्छ । जसले संक्रमणसँग लड्न मद्दत गर्छ । र आन्द्राहरुलाई स्वस्थ राख्छ । र, बढ्दो उमेरको असर घटाउँछ । […]
२९ साउन, धनगढी । कैलालीमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।धनगढीबाट डडेल्धुरातर्फ गइरहेको से १ ख ८५१ नम्बरको ट्रक बिहीबार साँझतिर गोदावरीमा दुर्घटना हुँदा चालक ३५ वर्षीय रामसिंह महराको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी बैतडीको सिगास गाउँपालिका–९ बचपानीका वासिन्दा हुन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका महराको उपचारका क्रममा बिहीबार राति […]
भउचप्रसाद यादव,काठमाडौँ : देशका २६ जिल्लामध्ये सबैभन्दा बढी गरिब घरपरिवार बाजुरामा रहेको देखिएको छ । सरकारले गरेको एक अध्ययनमा बाजुराका कुल घर परिवारमध्ये ७१.१ प्रतिशत गरिब रहेको देखिएको हो । उक्त अध्ययनका अनुसार जिल्लामा कुल २१ हजार ७११ घरपरिवार रहेका छन् । त्यसमध्ये छ हजार ३९३ अति गरिब घरपरिवार पाइएको छ । अध्ययन गरिएका जिल्लामध्ये […]
२८ साउन, कालिकोट। कालिकोटमा बालविवाहको घटना बढ्दै गएका छन् । गरिबी, शिक्षा र चेतनाको कमी, छोरीलाई बोझका रूपमा लिने कुसंस्कार, कानुन कार्यान्वयनको अभाव, अपराधलाई राजनीतिक संरक्षण दिने चलन, सामाजिक सञ्जालको दुरुपयोगजस्ता कारणले त्यस्ता घटना वृद्धि भएको हो । किर्डाक नेपालले सञ्चालन गरेको सहयात्रा परियोजनाका अनुसार सन् २०२० मा तिलागुफा नगरपालिका र शुभकालिका गाउँपालिकामा ४३४ विवाह […]
२८ साउन, सुर्खेत । जुम्लामा भालुको आक्रमणबाट श्रीमान्-श्रीमती घाइते भएका छन् ।चन्दननाथ नगरपालिका-६, कार्कीबाडामा बिहीबार बिहान भालुले आक्रमण गर्दा श्रीमान्-श्रीमती घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी दानबहादुर थापाले जानकारी दिए । डीएसपी थापाका अनुसार घाइते हुनेमा दैलेख घरभइ कार्कीबाडा बस्दै आएका हिमबहादुर रोकाया र उनकी श्रीमती निर्मला थापा रहेका छन् ।सदरमुकाम खलंगा बजारमा मोवाइल […]
इटहरी — छोराबुहारी बिहानै काममा निस्किएका थिए । साँझ ५ बजेतिर ५० वर्षीया मिथिला सरदार (परिवर्तित नाम) सिकुवामा बसेर तरकारी केलाउँदै थिइन् । त्यहीबेला आफन्त पर्ने तीन जना महिला आक्रोशित हुँदै आए र एकाएक बोक्सी आरोप लगाउँदै उनीमाथि हातपात गर्न थाले । एक्ली वृद्धा के गर्न सक्थिन् र ! कपाल समातेर घिसार्दै घरबाट डेढ किलोमिटर टाढाको मन्दिरसम्म पुर्याइयो । […]
धनगढी । कैलालीको भासुु भीरबाट जिप खस्दा दुुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बुुधबार धनगढीबाट डोटीतर्फ गइरहेको प्रदेश नम्बर ०३–०१ –०२३ च ९०९५ नम्बरको बोलेरो जिप कैलालीको चुुरे गाउँपालिका–३ (पंगाल) भासुु भीर नजिकै दुुर्घटना हुुँदा दुुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्युु हुुनेमा डोटीको जोरायल गाउँपालिका–१ की […]
नागरिक रैबार । बाजुरा २७ साउन ।भाद्र १ गते बाजुरा जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको छ । कोरोना भाइरसको तेस्रो लहर फैलिने उच्च जोखिम रहेकाले जिल्लाका विभिन्न ४ सीमा नाकामा हेल्थ डेस्क राखिने भएको हाे । जिल्ला बाहिरबाट स्वास्थ्य उपचार नै नगरि जिल्ला भित्रिनाले कोरोना संक्रमण फैलिन सक्ने भन्दै कोरोना भाइरसको […]
२७ साउन, काठमाडौं । सरकारले त्रिभुवन विश्व विद्यालयले सञ्चालन गरिरहेको परीक्षामा सहभागी विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप दिने भएको छ । स्वास्थ्य सेवा विभागको बाल कल्याण तथा खोप महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमका अनुसार त्रिविद्वारा सञ्चालित परीक्षामा सहभागी विद्यार्थीहरुलाई तत्काल खोप दिने निर्णय भएको हो । खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु […]
भारतको उत्तराखण्डका नयाँ मुख्यमन्त्री तीरथ सिंह रावतले केही दिनअघि फाटेको जिन्सको बारेमा दिएको एक विवादित बयानपछि भारतीयहरुले ट्वीटरमा #rippedjeans रिप्ड जीन्स ट्रेन्ड सुरु गरे । तीरथ सिंहले ‘फाटेको जिन्स’ लगाउने महिलामाथि गरेको टिप्पणीले सामाजिक सञ्जालमा केटाहरुको समेत फाटेको जिन्सको फोटो ट्याग गर्न थाले । यसरी रिप्ड जिन्सलाई लिएर चर्चा सुरु भएको छ । यहाँ रिप्ड […]