होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हुम्ला — हुम्लामा माटोमा पुरिएर बुधबार एक महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो खन्ने क्रममा खार्पुनाथ गाउँपालिका–१ को प्युस गाउँकी महिलाको माटोमा पुरिएर मृत्यु भएको हो । घर लिपपोतका लागि माटो खन्दै गर्दा माथिबाट आएको ढिस्कोमा पुरिएर खार्पुनाथ–१ प्युस गाउँकी ४० वर्षीया देवकी शाहीको मृत्यु भएको स्थानीय जयबहादुर शाहीले बताए । बुधबार […]
धनगढीः कैलालीकी १७ वर्षीया विवाहित युवती श्रीमानको कुटाई सहन नसकेर माइतीको सरणमा पुगिन्। माइतीले भने श्रीमानसँगै बस्न भने। नभए अर्को विवाह गर्न निरन्तर दबाब दिइरहे। माइती पक्षको दोस्रो विवाह गर्ने दबाब र श्रीमानको कुटाई सहन नसकेर कष्टकर जीवन विताइरहेकी ती युवती दलालको फन्दामा परिन्। सीमा पारी गौरीफन्टा बसेका ती दलालको विवाह प्रलोभनमा परेकी महिलालाई सीमा […]
२० माघ, काठमाडौं । बर्दियाको बाँसगढी नगरपालिका-३ मा आज बिहान बस दुर्घटना हुँदा ३५ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कालीकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना५ख ५३८२ नम्बरको बस आज बिहान करीब सवा ३ बजे अनियन्त्रित भएर दुर्घटना भएको हो । बस सडकदेखि अन्दाजी १५ मिटर तल खसेको छ […]
एकातिर शारिरीक अपाङ्गता अर्कोतिर कोरोना महामारी फैलिएपछि छोराहरुलाई संक्रमण हुन्छ की भन्ने भय जयन्तीको मनमा गढेको छ ।परिवारका अन्य सदस्यले कोरोना भाइरसविरुद्धको खोप लगाइसके पनि दुई छोराहरुलाई खोप केन्द्रसम्म लैजान नसक्दा उनीहरुले खोप लगाउन पाएका थिएनन् । तर मंगलबार भने घरमै पुगेको सरकारी अधिकारीसहितको टोलीले जेठा छोरा पंकजलाई खोप लगाइदिएको छ । कान्छा छोरोको उमेर […]
दाङः बाँकेमा एक थप जना कोरोना भाइरस संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। दाङ शान्तिनगर गाउँपालिका–२ का ८० वर्षीय एक पुरुषको बुधबार राति करीब १२ बजे बाँकेको भेरी अस्पतालमा मृत्यु भएको हो । पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनलाई माघ १६ गते अस्पतालमा भर्ना गरिएको थियो। बुधबार राति उनको उपचारका क्रममा मृत्यु भएको बाँकेका […]
नागरिक रैवार / बाजुरा १९ माघ ।कर्णाली नदिमा माछालाई पासा थाप्ने क्रममा पानीमा डुबेर एक बालक बेपत्ता भएका छन। बेपत्ता हुनेमा स्वामिकार्तिक खापर गाउँपालीका वडा.नं २ रुढीका दिपक बमका १४ बर्षिया छोरा जोशिर बम रहेका छन । मंगलबार दिउसो जगनाथ गाउँपालीकाको सिमानामा रहेको कर्णाली नदिमा माछा मार्न गएका युवक बेपत्ता भएकाे पारीवारीक श्राेतले जनाएकाे छ। […]
नागरिक रैबार बाजुरा १९ माघ। हाडनाता करणीबाट जन्मिएको शिशुको हत्या गर्ने बाजुराका युवकलाई उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको छ। करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाव दिएको अभियोगमा बाजुराका राजकुमार बडुवाललाई जन्मकैदको सजाय सुनाइएको हो। राजकुमारमाथि भाउजु नाता पर्ने युवती (परिवर्तित नाम रिंकु) बलात्कार गरेको आरोप थियो। बलात्कारपछि गर्भवती भएकी युवतीले २०६९ जेठ २७ […]
काठमाडौँ — फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारणमध्ये पानी पनि एक भएको अध्ययनले देखाएको छ । पुल्चोक क्याम्पसका केमिकल इन्जिनियरिङका विद्यार्थी समूहले काठमाडौं उपत्यकाको खानेपानीको अध्ययन तथा परीक्षण गर्दा उक्त तथ्य पत्ता लगाएको हो । ‘प्रत्येक वर्ष फोक्सोका रोगीको संख्या बढ्नुको प्रमुख कारण पानी एउटा हो र त्यसमा बढी मात्राको ‘डिसल्भ्ड एमोनिया’ पनि रहेको छ,’ […]
नागरिक रैबार/बाजुरा १८ माघ। बाजुराको कोल्टीमा जिपले ठक्कर दिँदा एक जना बालक गम्भीर घाइते भएका छन् । स्वामीकार्तिक खापर गाउँपालिका १ बाहुनीका कमल विकका ७ वर्षीया छोरा सुर्ज विकलाई जिपले ठक्कर दिँदा घाइते भएका हुन् । कोल्टी बिच बजारमा से १ ज ११४९ नम्बरको जितु विकको जिपले ठक्कर दिँदा बालकको एक खुट्टा भाचिएको उनका अंकल राजेश […]
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
काँकडभिट्टा — इलामको रोङ गाउँपालिका–४ पैह्रे भन्ने ठाउँबाट गत बिहीबार प्रदेश १ –०१–००१ च ७९१६ नम्बरको पिकअप भ्यान अनियन्त्रित भई दुर्घटना भयो । दुर्घटनामा मेचीनगर–४ बाहुनडाँगीका व्यवसायी दाजुभाइ रमेश थापा (५२) र सूर्य थापा (४४) को घटनास्थलमै मृत्यु भयो । चालक अर्जुन कोइराला (३५) संयोगले बाँचे । उनको उपचार जारी छ । मेची राजमार्गदेखि करिब […]
नागरिक रैबार/बाजुरा १७ माघ। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं ३ पुडाबाउला मा रहेको मालझुली बजारमा गए राती अगलागी भएको छ । गए राती बिद्युतको तार सट भएर ब्यापारी भरत रावतको किराना पसल, सेर रावत र महन नेपालीको कपडा पसल गरि तीन वटा पसलमा एकै पटक आगलागी भएको हो । स्थानीयका अनुसार आगलागी आइतबार राती […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुरामा आज एकैदिन २२ जनामा काेराेना पुष्टि भएकाे छ । आइतबार एन्टिजेन बिधिबाट ४७ जनाको परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएकाे स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । आजको थप २२ जना गरी बाजुरामा २ सय २६ जना कोरोना संक्रमितको सख्या पुगेको स्वास्थ्य कार्यालय बाजुराको तथ्याङकमा रहेको छ । आज गरिएकाे […]
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले बुधबार जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्यो । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ । यस्तै जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत छ । यो सन् १९९८ पछिको सबैभन्दा न्यून वृद्धिदर हो । जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालमा पुरूषको संख्या १ करोड ४२ लाख ९१ […]
पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ […]
हुम्ला — हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् । खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर […]
पछिल्लो समय बजारमा पारासिटामोलको अभाव देखिएको छ। ओमिक्रोन संक्रमणले तीव्र गति लिएपछि यसको प्रयोग बढेसँगै बजारमा आपूर्ति समस्या देखिएको हो। यसरी अत्यधिक प्रयोग भइरहेको पारासिटामोलबारे यो सामग्रीमा केही जानकारी प्रस्तुत गरिएको छ। पारासिटामोल सामान्यतया ज्वरो घटाउने र हल्का दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गरिन्छ। पारासिटामोल एउटा औषधिको ब्रान्ड नाम हो जसलाई खासमा एसिटामिनोफेन भनिन्छ। […]
काठमाडौं, ९ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कोरोना संक्रमित भएका छन् । शनिबार गरेको पिसिआर परीक्षणबाट अध्यक्ष ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको हो ।केही दिनदेखि अस्वस्थ भएका ओली र पत्नी राधिका हाल आफ्नै निवासमा आइसोलेसनमा बसिरहेका छन् । अध्यक्ष ओलीलाई कोरोना संक्रमण भएसँगै सम्पूर्ण […]
धनगढीः संघीय सरकार,शिक्षा मन्त्रालयको निर्णय रोल्पाको गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर केसी उर्फ ‘सनकबहादुर’ले अटेर गरेर विद्यालय सञ्चालन गर्दै आएका छन्। गत पुस २६ गते शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्देशन दिए पनि ‘सनकबहादुर’ को अटेरीले विद्यालय सञ्चालन हुँदा तीन जना शिक्षकमा कोरोना संक्रमण देखिएको छ। शुक्रबार भगवती आधारभूत विद्यालय गंगादेव गाउँपालिका–३, कुकुरगारेमा गरिएको […]