होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
दाङ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो। भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन्। बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा सर्वेश शर्माले जानकारी दिए। […]
जेठ २६ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। थाहाखबरबाट
नागरिक रैबार बाजुरा २५ जेठ कोरोना भाईरसको संक्रमण बढेसंगै बाजुरा भित्रिनेको लर्को लागेको छ । जिल्ला बाहिर अध्ययनको सिलसिला तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेकाहरु यतिवेला घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म करिव ४ हजार भन्दा बढी स्थानीयहरु बाजुरा भित्रिएका छन् । आईतबार विहान जिल्ला बाहिरबाट कष्टपूणर् बस यात्रा गरेर बाजुरा पुगेका करिव […]
२५ जेठ, कैलाली । १८ जेठमा बाजुरामा कोरोना संक्रमणबाट एक बालिकाको मृत्यु भएको भएको थियो । बाजुराको बुढीगंगा नगरपालिका १ स्थित धुरालसैन माविको क्वारेन्टिन बसेकी बालिकाको बाजुरा अस्पतालमा मृत्यु भयो । उनी बाबु आमासँगै भारतबाट आएकी थिइन् । त्यसयता सात दिनमा सुदूरपश्चिम प्रदेशका बिभिन्न क्वारेन्टिनमा रहेका अन्य ६ जनाको पनि मृत्यु भइसकेको छ । तर, […]
२५ जेठ, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्याङ्जामा १४, बागलुङमा १०, गोरखामा १० र पूर्वी नवलपरासीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित व्यक्तिहरुको संख्या ११३ पुगेको स्वास्थ्य निर्देशनालय रामघाट पोखराले जनाएको छ ।
नागरिक रैबार बाजुरा २४ जेठ । साहित्यकार रिता शाहीको पहलमा बुढीगंगा नगरपालिकाका विपन्न १४ परिवारलाई राहत स्वरूप खाद्यन्न वितरण गरिएको छ । साहित्यकार शाहीकाे पहलमन बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडाका अति विपन्नका लागि २० हजार बराबरको खाद्यन्न राहत वितरण गरिएको हाे । सामाजिक अभियान्ता सम्राट सिंह बस्नेतको सहयोगमा विपन्न परिारलाई खाद्यान्न वितरण गरिएको […]
काठमाडौं : नेपालमा शनिबार एकैदिन ३२३ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या तीन हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा यस कुराको जानकारी दिएका हुन्। यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ३ हजार २३५ पुगेको छ। हालसम्म देशका ७० जिल्लामा कोरोना फैलिएको छ। मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितहरुमा ३७ जना महिला […]
२४ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ ।उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले […]
काठमाडौं २३ जेठ। सरकारले एक सयभन्दा कम कोरोना संक्रमित भएका जिल्लाको सक्रिय केसलाई आधार मानेर त्यस्ता जिल्लाहरुमा जेठ २५ देखि क्रमशः लकडाउन खुकुलो पार्ने तयारी गरेको छ । जेठ महिनाभित्रै खुकुलो पार्ने र असार १ देखि भदौ मसान्तसम्म क्रमशः खुलाउने गरी व्यवसायलाई पाँच भागमा विभाजन गरिने भएको छ । उपप्रधानमन्त्री तथा उच्चस्तरीय समन्वय समितिका संयोजक […]
नागरिक रैबार बाजुरा २२ जेठ बाजुराको सदरमुकाम मार्तडीमा रहेको नेपाली सेनाको समरजित गुल्मले जिल्ला समन्वय समिति अगाडि ४ वडा वेडसहितको आईसोलेशन कक्ष तयार गरेको छ । विहिबार समरजित गुल्मका गुल्मपति रविन श्रेष्ठ सहित नेपाली सेनाको टोलीले सदरमुकाम मार्तडीमा ४ वेडको आईसोलेशन कक्ष तयार गरेको हो । जिल्लामा यस अघि सदरमुकाम मार्तडीस्थित बाजुरा जिल्ला अस्पतालमा २, […]
नागरिक रैबार बाजुरा २२ जेठ कोरोनाको संक्रमणबाट मृत्यु भएकी बालिका र उनकी आमाको उपचारमा सलग्न भएका पाँच जना स्वास्थ्यकर्मीको आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमुख डाः रुपचन्द्र विश्वकर्माले बताएका छन् । उहाँका अनुसार मार्तडीमा रहेको आईसोलेशनमा खटिएका पाँच जना स्वास्थ्यकर्मीहरुका आर डिटिटी पिसिआर रिपोट नेगेटिभ आएको हो । पाँच जना […]
राष्ट्रिय दलित पत्रकार संघ नेपालले जाजरकोट र रुकुम प्रवेशमा पत्रकारलाई रोक लगाएको भन्दै बिरोध गरको छ । रुकुम नरसंहारको स्थलगत अध्ययन तथा रिर्पोटिङका लागि जाजरकोट गएका राष्ट्रिय दलित पत्रकार संघ नेपालको ९ जनाको मिसन टोलीका राष्ट्रिय दलित पत्रकार संघ नेपाल कर्णाली प्रदेशका अध्यक्ष एवं पत्रकार खगेन्द्र सुनार र संघका केन्द्रीय सदस्य एवं नेपाल पत्रकार महासंघ […]
नागरिक रैबार/बाजुरा २२ जेठ। नेपाल विद्यार्थी संघ बाजुराका उपाध्यक्ष एंव विद्यार्थी नेता जनक थापाले आफ्नो २९ औं जन्म दिनको अवसरमा क्वारेन्टाईनमा रहेका १ सय १५ जनालाई सर्जिकल मास्क वितरण गरेका छन् । विश्वमा महामारिका रुपमा फैलिएको कोरोना भाईरस कोभिड-१९ बाट बच्नका लागि बाजुरा क्वाम्पसको क्वारेन्टाइनमा रहेकाहरुलाई सर्जिकल मास्क सगै डस्विन वितरण गरेको विद्यार्थी नेता थापाले […]
बैतडी : बैतडीमा क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । मृतक महिलासँगै क्वारेन्टाइनमा रहेका थप चारजनाको पनि कोरोना रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । बैतडीको पुर्चौंडी नगरपालिका ४ स्थित मालिका मावि भटना क्वारेन्टाइनमा मृत्यु भएकी सोही ठाउँकी २२ वर्षीया सुनिता लुहारको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । […]
प्रेम सुनार काठमाण्डाै २१ जेठ । ‘सुन्नहोस् है, तपाईंहरुले जति पीडा, वेदना, रोदन र चित्कार छाड्नुहुन्छ उति नै छिटो न्याय पाउनु हुन्छ ।’ शोकाकूल परिवारका सदस्यहरुको मुहारमा क्यामेरा तेस्याउनुअघि युट्युबरहरुले यसरी सम्झाउँछन् । आफन्त गुमाएका शोकाकूल परिवारको स्वतःस्र्फुत आँशु बग्छ । कोही नरोइ एकाग्र भावुक हुन्छन् । पीडा भएपनि रुदारुदा सकिएको आँशु युट्युबरका लागि भन्ने […]
काठमाडौं — मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक, गुल्मी अस्पताल एक, भीम अस्पतालबाट २५, कपिलवस्तुका ९, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान १८ जना डिस्चार्ज भएका हुन् […]
२० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ […]
धनगढी : धनगढीमा बझाङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन्। धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालीमा बझाङको झोताकी २७ वर्षीया भगवती विष्टले तीन शिशु (छोरा)लाई जन्म दिएकी छन्। शल्यक्रिया मार्फत विष्टले तीन शिशु जन्माएको अस्पतालले जनाएको छ। पहिलो शिशुको तौल २२ सय ग्राम, दोस्रोको २२ सय ५० ग्राम र तेस्रोको तौल दुई हजार ८० ८० […]
धनगढी : सुदूरपश्चिममा आज एकैदिन थप २७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ७३ पुगेको छ। धनगढीमा गरीएको परीक्षणमा पुष्टि भएका व्यक्तिको ठेगाना खुलाईएको छैन्। सुर्खेतमा गरीएको परीक्षणमा अछामको मेल्लेख गाउँपालिकाका दुई महिला सहित ८ जना र […]
–नारायण न्यौपाने सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिले स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपाली नागरिकलाई सहजीकरण गर्न २६ बुँदे विशेष कार्ययोजना बनाएको छ । मन्त्रिपरिषद्को यही जेठ १२ गतेको बैठकले स्वीकृत गरेको उक्त कार्ययोजनामा नेपाल फर्कन चाहने त्यस्ता नागरिकलाई महामारी फैलन नदिने गरी सङ्क्रमणबाट सुरक्षितरूपमा स्वदेश आउने, क्वारेन्टिनमा बस्ने, स्वास्थ्य परीक्षण गर्ने, स्वास्थ्य सुरक्षासम्बन्धी […]