होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रमाथि आपतविपद् आएको समयमा पनि कसैले भ्रष्टाचार गर्छ भने त्यो सैह्य नहुने बताएका छन्। बुधबार संसदमा विनियोजन बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले संकटको समयमा अनियमिता भयो भनेर लान्छना नलगाउन आग्रह गरे। ‘जेमा पनि अनियमिता भयो भनेर लान्छित गर्ने खालका प्रवृत्तिहरु पनि देखिन्छन्, म त्यो प्रवृत्ति नबग्न आग्रह गर्न चाहन्छु।’ […]
नागरिक रैबार/बाजुरा २८ जेठ। जिल्लाको त्रिबेणी नगरपालिकामा क्वारेन्टाइनमा उपचार गर्न गएका स्वास्थ्यकर्मी माथि हातपात भएको छ । त्रिबेणी नगरपालिका वडा न १ स्थित छतारा आधारभुत स्वास्स्थ सेवा केन्द्रका अहेवलाई क्वारेन्टाइनमा रहेका ब्यक्तीको नियमीत चेकजाच गर्न जाने क्रममा त्रिवेणी १ छताराका भिमबहादुर मिजारले ढंगा प्रहार गरेको त्रिवेणी नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । अहेव राम बहादुर […]
नागरिक रैबार/बाजुरा २८ जेठ । यतिवेला सिंगो मुलुक कोरोना भाईरस कोभिड-१९ संग लडिरहेको छ । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले पनि आफ्नो प्रयास जारी राखेको छ । नेपालमा कोरोना भाईरसको रोकथाम र नियन्त्रण गर्न सरकारलाई जनताहरुले पनि साथ दिईरहेका छन् । यतिवेला कोरोनाकै त्रासका कारण बाजुरा जिल्ला बाहिर अध्ययन तथा कामको सिलसिलामा गएका […]
नागरिक रैबार/बाजुरा २८ जेठ। सदरमुकाम मार्तडीको कराला देखि गणखेत हुँदै बडीमालिका ३ को रजाली सम्म जाने पक्की बाटो निर्माण हुने भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको पुर्वाधार विकास अन्तरगत १० लाखको लागतमा साँफे मार्तडी सडक अन्तगरत पर्ने करालादेखि गणखेत खोला सम्म मेसिनरी वाल सहितको पक्की बाटो निर्माण हुन् लागेको हो । उक्त बाटोको बुधबार विहान […]
काठमाडौं – साढे २ महिनादेखिको लकडाउनले जनजीवन कठिन बन्दै गएपछि सरकारले लकडाउनको स्वरूप परिवर्तन गर्ने तयारी गरेको छ । यसबारे आवश्यक निर्णय गर्न आज अपराह्न २ बजे प्रधानमन्त्री निवास बालुवाटरमा मन्त्रिपरिषद बैठक बोलाइएको छ । बैठकमा लकडाउनको स्वरूप परिवर्तन, जनस्वास्थ्य संकटकाल लगायतका विषयमा आवश्यक निर्णय हुन सक्ने एक मन्त्रीले जानकारी दिए । लकडाउन लम्बिदै गएपछि […]
सुर्खेत : कर्णालीमा भोकमरीको खतरा बढेको छ। यहाँ सामान्य अवस्थामासमेत खाद्यान्न संकट हुन्छ। यो वर्ष कोरोना महामारीले थप भोकमरीको संकट निम्त्याउने संकेत देखा परेको छ। आन्तरिक उत्पादनले नथेग्ने कर्णालीमा कोरोनाका कारण अधिकांश परिवारलाई छाक टार्न थप समस्या भएको हो। लकडाउन थपिँदै गएको र ज्याला मजदुरी गर्ने अवस्था नहुँदा विपन्न परिवार बढी समस्यामा छन्। छाक टार्ने […]
जोगागाउँ : बाँकेको जानकी गाउँपालिकाको आइसोलेसनबाट एक जना कोरोना संक्रमित भागेका छन्। क्वारेन्टाइनमा एक जनालाई सर्पले टोकेको छ। जानकी गाउँपालिका-२ जोगागाउँको श्रीमाध्यमिक विद्यालयको आइसोलेसनबाट मंगलबार बिहानै शौचालय जाने बाहानामा ३५ वर्षीय संक्रमित भागेका हुन्। जानकीको आइसोलेसनमा राखिए पनि उनको घर भने नेपालगन्ज उपमहानगरपालिका-१२ हो। आइसोलेसनमा कार्यरत जनस्वास्थ्य निरीक्षक श्यामलाल बेल्वासेका अनुसार शौचालय जाने बाहानामा संक्रमित भागेका […]
काठमाडौं । अछामको बयलपाटा अस्पतालले सामूहिक अवकास दिएका कर्मचारीमध्ये २५ वर्षीय सिद्धार्थ आउजीले शरीरमा आगो लगाएर आत्मदाह गरे । लकडाउनका बेला जागिर गुमाएका उनले पुनर्वहालीको माग पूरा नभएपछि आफ्नै ज्यान लिएका हुन् । आउजीले साथीभाइ र आफन्तसँगको कुराकानीमा लकडाउनका बेला जागिर गएपछि परिवार चलाउन कठिन हुने बताउने गरेका थिए । कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथामका […]
प्रदिप मलासी/ बझाङ्ग २७ जेठ। बझाङ्गको जयपृथ्वी नगरपालिका वडा न ः१०का ४० घरपरिवारलाई व्यक्तिगत लगानीमा राहत बितरण गरेका छन । समाजसेवी निरहरी उपाध्याय हरि उपाध्याय र जयपृथ्वी नगरपालिका नगरकार्यापालिका सदस्य शंकर रसाईलीले वडाध्यक्ष दल ब बिष्ट संग समन्वय गरेर बितरण गरेका हुन १० घर परिवारलाई प्रतिघर परिवार ३० केजी चामल २ पोका तेल २ केजी […]
भीमदत्तनगर : कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण सुदूरपश्चिम प्रदेशको कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार बन्दाबन्दीका कारण तरकारी, कुखुरा उत्पादन तथा बिक्री, दुग्धजन्य पदार्थ, मासु, माछालगायतका क्षेत्रमा गरी अहिलेसम्म करिब एक अर्ब मूल्य बराबरको क्षति भएको छ। मन्त्रालयका प्रवक्ता एवं […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बडीमालिका नगरपालिका वडा न ९ उखाडिका ओभरसियर यग्यराज उपाध्यायले २५ सय बराबरको खाद्यन्न सामाग्री सहयोग गरेका छन् ।अनेरास्ववीयु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला बाहिरबाट आएका सर्वसाधारणका लागि खाजा नास्ता र पानी र प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने अभियान चलाएपछि उपाध्यायले २५ सय बराबरको खाद्यन्न सहयोग गरेकाे अनेरास्ववीयुका सदस्य प्रेम नेपालीले […]
२७ जेठ, काठमाडौं । मंगलबार थप ३ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब कुल संक्रमितको संख्या चार हजार ८५ पुगेको छ । मंगलबार पहिलो पटक इलाम जिल्लामा पनि कोरोना संक्रमित भेटिएका छन् । योसँगै कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ ।
२७ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षाको अन्योलता अब धेरै दिन नरहने बताएका छन् । मन्त्रालयगत बजेट छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले भने, ‘परीक्षा सन्दर्भमा विद्यार्थी तथा अविभावकमा रहेको अन्योलतालाई अब धेरै दिन रहने छैन भन्ने विश्वास दिलाउन चाहन्छु ।’ कोभिड– १९ का कारण कक्षा १० ११ र १२ तथा […]
२७ जेठ, काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा सरकार अलमलिँदा सर्वसाधारणहरुले भने सास्ती पाएका छन् । सरकारले १८ जेठयता लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गर्दै आएको छ । लकडाउन ३२ जेठसम्म तोकिए पनि त्यसभन्दा अगाडि नै मोडालिटी परिवर्तन गर्ने सरकारको तयारी थियो । लकडाउन लम्बिदै गएपछि व्यापारीहरुले पसलहरु भने खुला गरेका थिए । साना […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाले पीसीआर जाँच मेसिन खरिदका लागि ३० लाख बजेट विनियोजन गरेको छ। पीसीआर जाँच समस्या कै कारण सर्वसाधारणले सास्ती भोग्नु परेको र कोरोना संक्रमणले थप जोखिम निम्त्याउने भएपछि जिल्लामै जाँचका लागि मेसिन खरिद गर्न ३० लाख बजेट विनियोजन गरिएको छ । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले असार पहिलो […]
बाँके- बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल आजदेखि पूर्णरुपले बन्द गरिएको छ ।शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका अछाम जिल्लाका दुई बिरामीमा कोरोनाको सङ्क्रमण देखिएपछि अस्पताल बन्द गरिएको हो । अछाम जिल्लास्थित बयलपाटा अस्पतालले गर्भवती र आन्द्रामा समस्या भएका बिरामी कोहलपुर सिफारिश गरेको पाइएको छ । शिक्षण अस्पताल कोहलपुरमा ती बिरामीको जाँच गर्दा कोरोना […]
आज बस्ने प्रतिनिधिसभाको बैठकमा ८ मन्त्रीले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदैछन् । बिहान ११ बजे तय गरिएको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ कार्यसूची रहेको छ । आज ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह […]
काठमाडौं : स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भएको खर्चको सदनलाई जानकारी गराएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले कोरोना नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय सरकारबाट भएको खर्चको विवरण प्रस्तुत गरेका हुन्। उनले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि […]
धनगढी : अछामबाट हेलिकोप्टर मार्फत उद्धार गरी उपचारका लागि कोहलपुर पुगाएकी एक गर्भवतीमा कोरोना पुष्टि भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका–५ कि गर्भवतीमा कोरोना पुष्टी भएको हो। भारतबाट आएर ११ दिनदेखि क्वारेन्टाइनमा रहेकी गर्भवती महिलामा स्वास्थ्य समस्या देखिएपछि सोमवार उद्धार गरी कोहलपुर मेडिकल कलेज पठाईएको थियो। उनको कोहलपुरमा भएको परिक्षणका क्रममा कोरोना रिर्पोट पोजेटिभ आएको बताउँदै जिल्ला […]
कञ्चनपुर : कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ५ मा रहेको त्रिभुवनबस्ती स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको छ। स्वास्थ्यचौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि स्वास्थ्य चौकीले सम्पूर्ण सेवा बन्द गरेको हो। स्वास्थ्य चौकीले आज सूचना जारी गर्दै बाँकी स्वास्थ्यकर्मी पनि कोरोनाको उच्च जोखिममा रहेकाले सबैको स्वाब सङ्कलन गर्ने प्रक्रिया भइरहेको र नतिजा नआउँदा सम्म […]