होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं। चीनमा मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टले भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको उल्लेख गरेको छ । यसैबीच राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार […]
काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार बिहान ६:५० मिनेट जाँदा काठमाडौं उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको हो। भूकम्प जाँदा मानिसहरु घर बाहिर निस्किएका थिए। सडकमा सवारी साधन केहि समय रोकिएका थिए। थप विवरण आउन बाँकी रहेछ।
काठमाडौं– नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो पाँच महिनामा विभिन्न जंगली जनावरको आक्रमणबाट ८३ जनाको मृत्यु भएको जनाएको छ । साउनदेखि मंसिरसम्म जंगली जनावरको आक्रमणबाट भएको मानवीय क्षतिको विवरण प्रहरीले सोमबार सामाजिक सञ्जाल एक्स (ट्विटर)मार्फत सार्वजनिक गरेको हो । प्रहरीका अनुसार जंगली जनावरको आक्रमणबाट ५ महिनाको अवधिमा ५९९ जना घाइते भएका छन् । […]
नागरिक रैबार/बाजुरा १९ पुस। बाजुराको गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा ‘शी लिड्स आइकन’ मा उत्कृष्ट घोषित भएकी छन् । देशभरका महिला जनप्रतिनिधिको क्षेत्रमा उल्लेखनीय काम गरेको भन्दै उपाध्यक्ष थापा ‘शी लिड्स आइकन अवार्ड’मा उत्कृष्ट घोषित भएकी हुन् । आयोजक संस्था शी लिड्स आइकन (कल्प) ले शुक्रबार प्रधानमन्त्री केपीशर्मा ओलीको उपस्थितिमा गाैमुल गाउँपालिकाकी उपाध्यक्ष सीता थापा […]
काठमाडौँ । बालगायक सचिन परियारको निधन भएको छ । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको बिहिबार बिहान निधन भएको हो । अस्पताल स्रोतले सचिनको बिहान १० बजे निधन भएको जानकारी दियाे । भाइरल बालगायकका रुपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी […]
महोत्तरी । पछिल्ला दिनमा चिसो स्याँठ चल्न थालेपछि मधेसको जनजीवन प्रभावित बनेको छ । जलेश्वर नगरपालिका–८ का ८० वर्षीय बहादुर महरा केही दिनदेखि चिसो स्याँठ चल्न थालेको र चिसो बढेको बताए । शीतलहर, बाक्लो कुहिराका कारण चौपाया, पशुपक्षी तथा बालीनालीलाई असर पुर्याएको छ । जलेश्वर–४ का किसान अनिल साहले शीतलहरले दैनिकीमा समस्या परेको गुनासो गरे […]
चितवन – चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो । मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् । भरतपुर अस्पतालका […]
काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा हिमपात र वर्षा हुनसक्ने जनाएको छ । विभागले आज साँझ हिउँदे मौसमसम्बन्धी विशेष बुलेटिन जारी गर्दै पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबार साँझदेखि मुलुकका धेरै स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको जनाएको हो । विभागले उक्त प्रणालीका कारण शुक्रबार अपरान्हदेखि शनिबारसम्म […]
काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज ‘क्रिसमस डे’ मनाउँदैछन् । यस दिनका अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै […]
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ । कोशी र बागमती प्रदेशको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै सुदूरपश्चिम प्रदेशको […]
काठमाडौं ८ पुस । पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेविरुद्धको सहकारी ठगी एवं सम्पत्ति शुद्धीकरणको अभियोगमा आइतबार मुद्दा दर्ता भयो । सोमबारदेखि लामिछाने लगायत अदालतमा पेश भएका आरोपितहरूको बयान सुरु भएको छ । गोला प्रक्रियाबाट इजलास छनौट गर्दा न्यायाधीश नीतिज राईको इजलासमा उनको मुद्दा परेको छ । न्यायाधीश राई जिल्ला अदालत कास्की मात्रै होइन देशभरको […]
नागरिक रैबार/बाजुरा ७ पुस। बाजुराकाे मार्तडी-काेल्टी सडक खण्डमा रहेका घरहरू हटाउने काम सुरू गरिएको छ । मार्तडी काेल्टी सडक खण्ड अन्तरगत बुढीनन्दा नगरपालिका वडा नम्वर -१० काे पाण्डुसेन बजारमा सडक क्षेत्रमा रहेका घरहरू भत्काउन थालिएकाे हाे । आईतबार बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार बाेहराकाे नेतृत्वमा सडक निर्माण कम्पनि, प्रमुख प्रशासकीय अधिकृत सन्ताेष शाह, वडा नम्बर […]
तेह्रथुम । खोला किनारामा टिकटक बनाउने क्रममा दुईजनाको मुत्यु भएको छ । आज दिउँसो मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माविमा कार्यरत २३ वर्षीया नर्स रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया सुस्मिता भट्टराईको मृत्यु भएको हो । विद्यालयका सहायक प्रधानाध्यापक कमल सापकोटाका अनुसार उनीहरु शनिबार बिदा मनाउन खोरङ्वा खोलामा गएका थिए । […]
नागरिक रैबार/बाजुरा ४ पुुस । बाजुराको बुढीगंगा नगरपालिकाका वडाहरुमा बालविवाह अन्त्यका लागि अभियान थालिएका छन् । नगरपालिकामा बढ्दो बालविवाह न्युनिकरण गर्न अहिले वडा वडामा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अभियानका रुपमा संचालन भईरहेका छन् । बुढीगंगाका १० वटा वडा मध्ये सवै भन्दा बढी बालविवाह भएको वडाका रुपमा चिनिएको वडा नम्वर ६ मा बालविवाह अन्त्यका लागि किसोर किसोरी, […]
काठमाडौँ —काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भएको उपचुनावको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले जित हात पारेको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मतसहित विजयी भएकी हुन् । दोस्रो स्थानमा रहेका एमालेका लक्ष्मीरत्न तुलाधरले १ हजार २ सय १८ मत प्राप्त गरे । त्यस्तै २ हजार २ […]
नागरिक रैबार/बाजुरा १६ मंसि। बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका मनाएको छ । २०७१ मंसिर १६ गतेका दिन साविकको बुढीगंगा, मार्तडी र जुगाडा गाविसलाई समेटेर नगरपालिकाका रुपमा घोषणा भएको १० पुरा भएको अवसरमा स्थापना दिवस मनाइएको हो । दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा ९ वटै वडाका मौलिकता पहिचान झल्किने गरि साँस्कृतिक झाँकी […]
नागरिक रैबार/बाजुरा १६ मंसिर।बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा १३ जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रबाट पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै १३ जनालाई एकैसाथ सम्मानित गरेको हो । जस बडीमालिकाको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै मालिका माविका प्राचार्य शुभराज पाध्यायलाई उत्कृष्ट शिक्षकमा सम्मानित गरेको हो । त्यस्तै […]
नागरिक रैबार/बाजुरा १० मंसिर। स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको गाउँपालिका उपाध्यक्ष पदको उपनिर्वाचनलाई स्वच्छ निश्पक्ष एंव भयरहित बातावरणमा सम्पन्न गर्नका लागि आजबाट लागु हुने गरि पालिकाभित्र मदिरा विक्री वितरणमा पूर्णरुपमा […]
बागलुङ- चिसो बढ्दै गएपछि बागलुङको ढोरपाटनका विद्यार्थी बिरामी पर्न थालेका छन्। ढोरपाटन नगरपालिका-९ चिसापानीस्थित ज्योति विकास माध्यमिक विद्यालय र छेन्तुङस्थित सिद्धबराह प्राथमिक विद्यालयका विद्यार्थी बिरामी पर्न थालेका हुन्। विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित भएको छ। उच्च पहाडी क्षेत्रमा पर्ने ढोरपाटनमा बिहानमा तुसारो पर्ने र दिउँसोमा चिसो सिरेटो चल्दा बालबालिका बिरामी पर्ने गरेको ज्योति विकास […]
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँलाई प्रहरीले मंसिर ४ गते उनकै निवाससबाट पक्राउ गरेको थियो । त्यस्तै आज सर्वोच्च अदालतले पनि प्रहरी हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा […]