होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ तल्लाबाडाका हरी थापा हराएको महिनाैदिनपछि फेला परेका छन् । गत पुस २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको खोजिका लागि […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते अन्दाजी ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीगगा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको आज सुनुवाइ हुँदैछ । अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धु टी इस्टेट्स सम्बन्धी फैसला कार्यान्वयन नगरेर अदालतको अवहेलनामा कारबाही हुनुपर्ने माग सहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरेका हुन् । उक्त निवेदनको पेसी आजका लागि तोकिएको छ । गिरीबन्धुको मुद्दामा […]
बैतडीको सिगास गाउँपालिका– १, अङडेगाडाका प्रकाश दमाईं (टेलर) गाउँकै भूमिराज आधारभूत विद्यालयका शिक्षक हुन् । सबै समुदाय र जातका बालबालिकाको भविष्य निर्माणका लागि दलितको छोराको शैक्षिक योगदान सर्वमान्य नै छ । तर, आफ्नी आमाले प्राण त्याग्दा घाटसम्म शव पुर्याउन उनले मलामी पाएनन् । शनिबार बिहान ११ बजेतिर प्रकाशकी आमा ६१ वर्षीया मानाको मृत्यु भएको थियो । मानाको मृत्युको खबर […]
नागरिक रैबार/बाजुरा २ फागुन। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा बाजुराको त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको छ । बाजुराका ९ वटा स्थानीय तहहरु मध्ये कार्यसम्पादन मूल्याङ्कनमा त्रिबेणी नगरपालिका पहिलो स्थानमा आएको हो । जिल्लाका ९ स्थानीय तहमा आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कन गर्दा त्रिबेणी नगरपालिकाले ६४ दशमलव ५ अङ्क प्राप्त गर्दै […]
सिन्धुली । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
काठमाडौं– नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको विरोधपछि प्रतिनिधिसभाको जारी बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूबाट अवरोध सिर्जना भएपछि स्थगित गरिएको हो। प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले बैठकमा विशेष समय सुरु हुनै लाग्दा अवरोध गरेका हुन् । उपसभामुख इन्दिरा रानाले शून्य समय सकिएर विशेष समय […]
नागरिक रैबार/बाजुरा २९ माघ । बाजुराको बडीमालिका नगरपालिकालाई नै छाउगोठ मुक्त नगर घोषणा गर्नका लागि तयारी तिव्र रुपमा भईरहेको छ । समाजमा कुरितिका रुपमा रहेको छाउपडि प्रथालाई अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्र भित्रका वडाहरुलाई पहिलो चरणमा छाउपडी गोठमुक्त घोषणा गर्ने तयारी गरेको छ । नगरपालिकाले २, ३, ४, ५, ६ र ९ नम्वर वडालाई […]
नागरिक रैबार/बाजुरा २७ माघ । बाजुराको सदरमुकाम मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण गरेर प्रयोगमा ल्याइएको छ । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बडीमािलका नगरपालिका–८ को रानीवनमा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेर प्रयोगमा ल्याएको हो । संघीय खानेपानी तथा ढल ब्यबस्थापन आयोजना धनगढी, कैलालीको २ करोड ५७ लाख ३७ […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कानुन कार्यान्वयनको ढिलासुस्तीलाई हटाउन अध्यादेश ल्याइएको बताएका छन् । शनिबार काठमाडौँमा नेपाल पुलिस क्लब द ब्लु पेभिलियनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले ६ वटा अध्यादेशबाट २९ वटा कानुन संशोधन गर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले कानुनका कमी, कानुन कार्यान्वयनका कमी, प्रशासनिक ढिलासुस्ती आदिले जनता दुःखी भइरहेको उल्लेख गरे । […]
नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतबाट बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट दुई सातादेखि बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् । २ महिना अघि भारत गएका अन्दाजि ५५ वर्षका थापा पुस महिनाकाे २८ गतेदेखि भारतबाट परिवारकाे सम्पर्कविहीन भएका […]
धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पनि रूपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् । सहकारी रकम अपचलन मुद्दा परेका लामिछाने हिजो आफै जिल्ला अदातल उपस्तित भएका थिए। आज बिहान १० बजे उपस्थित हुनेगरी हिजो आफन्तको जिम्मा लगाइएका रवि आजबाट हुने थुनछेक बहसका लागि अदालत उपस्थित हुन लागेका हुन् । हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश […]
काठमाडौं- सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रहरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दामा बयान सुरु भएको छ । पूर्वउपप्रधान तथा गृह मन्त्रीसमेत रहेका लामिछानेको मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बयान सुरु भएको छ । सहकारी ठगीसम्बन्धी मुद्दामा सुनुवाइ सुरु हुने भएपछि रवि अदालत खुल्नेबित्तिकै पुगेका थिए । उनको मुद्दाको सुनुवाइ न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा […]
कैलाली । नेकपा एमाले पार्टीबाट निष्कासित भएपछि डा. भीम रावल पहिलो पटक गृहप्रदेश आइपुगेका छन् । उनी शुक्रबार बिहान श्री एयरलाइन्सको जहाजमार्फत धनगढी ओर्लिएका हुन् । उनलाई स्वागत गर्न समर्थकहरु धनगढी विमानस्थल पुगेका थिए । सो क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नारावाजीसमेत भएको थियो । उनी आजै गृहजिल्ला अछाम प्रस्थान गर्ने कार्यतालिका […]
काठमाडौँ — आज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई […]
नागरिक रैबार/बाजुरा २८ पुस । बुढीनन्दा नगरपालिका वडा नम्वर १० मा रहेको सिद्देश्वरी आवासीय विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गरिएको छ । वडा नम्वर १० निवासी समाजसेवी शंकर प्रसाद उपाध्याय र मनकला उपाध्यायको सहयोगमा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, हलिया, खलिया र जनजाति विद्यार्थीहरुलाई बलांकेट, रग, गद्दा गरेर २१ थान कपडा वितरण गरिएको […]
काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भूभागमा हुस्सु लागेको अवस्था छ। कोशी प्रदेश– दिउँसो हिमाली क्षेत्रमा साधरणतया बदली रही केही […]
आज (शनिबार) राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा हिउँ र पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति कर्णाली प्रदेशको हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ। अनि पहाडी क्षेत्रमा पनि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। यसैगरी आज राति सुदूरपश्चिम प्रदेशको पनि […]
काठमाडौँ । कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो । सहकारीको बचत रकम अपचलन मुद्दामा बहस आजै सकिएको थियो । न्यायाधीश राईको इजलासमा गत पुस १६ गतेदेखि उक्त […]