होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ९ जेठ ।बडीमालिका भक्तियोग समागम २०८२ भोलिबाट सूरु हुने भएको छ । जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खेलकुद परिसरमा एक औपचारिक कार्यक्रमका विच विधिवत रुपमा उद्घाटन गरि सूरु हुने भएको हो । बडीमालिका भक्ति योग समागम मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा उक्त भक्तियोग कार्यक्रम संचालन हुने भएको छ । शुक्रबार आयोजकले मार्तडीमा पत्रकार […]
काठमाडौँ । सर्वोच्च अदालतमा हेर्दाहेर्दैमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रिट निवेदनमा आज सुनुवाइ सुरु भएको छ । मंगलबारबाट न्यायाधीश नहकुल सुवेदी र बालुकृष्ण ढकालको इजलासमा सुनुवाइ भए पनि बुधबार भने स्थगित भएको थियो ।आज सोहि इजलासमा सुनुवाई सुरु भएको हो । लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटसँगै थुनामा राख्ने उच्च अदालत बुटवल इजलासको आदेश […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बाजुराको बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तथा उद्घोषण तालिम सुरु भएकाे छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप विकास तथा प्रशिक्षण केन्द्रको सहयोगमा उक्त तालिम आजबाट सूरु भएको हो । बुढीगंगा नगरपालिकाका विभिन्न माबि तह कक्षा ११ र १२ मा अध्ययन गर्ने विध्यार्थी र क्याम्पसमा […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । बन्दी प्रत्यक्षीकरणजस्तो संवेदनशील मुद्दा पाँचपटकसम्म हेर्न नमिल्नेमा परेपछि आइतबार हेर्न मिल्ने न्यायाधीशको इजलासमा राख्ने व्यवस्था गर्न आदेश भएको थियो । सर्वोच्च अदालत प्रशासनका अनुसार आज हेर्न मिल्ने न्यायाधीशबिच गोला प्रक्रिया गरी इजलास तोकिने छ । गत वैशाख […]
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको गौमूल गाउँपालिकाकी धना वादीले ५५ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी छन्। बुधबार जिल्ला प्रशासन कार्यालय बाजुरामा ५५ वर्षिया वादीलाई प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन। नागरिकता बनाउन सनाखत गर्ने कोही नहुँदा बादीले यस अगाडि नागरिकता प्राप्त गर्न सकेकी थिईनन्। माइती घर डोटीको सिलगढी भए पनि विवाह […]
बुटवल । लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्ती समारोह सुरु भएको छ। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले समारोहको उद्घाटन गरेका हुन् । उक्त समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे,मुख्यमन्त्री चेतनारायण आचार्य, संघीय तथा प्रदेश सांसद, विदेशी नियोगका प्रतिनिधिहरू सहभागी छन् । समारोहअघि मायादेवी मन्दिरबाट शोभा यात्रा निकालिएको थियो।
मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–९ स्थित माथि बालै गाउँमा पहिलोपटक गाडी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् । गाडीको आगमनलाई ऐतिहासिक उपलब्धिका रूपमा लिँदै उनीहरूले फूलमालासहित पूजा गरेर नाचगान र देउडा गीतमार्फत स्वागत गरेका हुन् । सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो […]
नागरिक रैबार/बाजुरा २६ बैशाख। बाजुराको बडीमालिका नगरपालिकाले वृहत कृषि मेला प्रदर्शनी कार्यक्रम आयोजना गर्ने भएको छ । नगरपालिकाकाे बार्षिक स्वीकृत कार्यक्रम अनुसार नगरपालिकाले जेठ २ गते बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रमकाे आयोजना गर्न लागिएकाे नगरपालिकाको कृषि विकास शाखाका प्रमुख प्रेमबहादुर महतले बताएका छन् । बृहत् कृषि मेला प्रदर्शनी कार्यक्रममा नगरका ९ वटै वडाका कृषकहरुले उत्पादनहरु […]
नागरिक रैबार/बाजुरा २५ बैशाख। बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका-६ घर भएका वर्ष ३८ का नरेन्द्र थापा रहेका छन । थापासाँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्ला अस्पताल बाजुरामा रेविज रोग विरुद्धको खोप अभाव भएको छ । यस अघि जिल्ला अस्पताल बाजुराले निःशुल्क रुपमा उक्त खोप सेवा दिदै आएको थियो । तर आजबाट अस्पतालमा रेविज रोग विरुद्धको खोप सकिएपछि अर्को व्यवस्था नभएसम्मका लागि निःशुल्क खोप सेवा बन्द गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । जिल्ला अस्पताल बाजुराका […]
काठमाडौँ — सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रबार समूहको सम्पन्न ९ औं महाधिवेशनले अध्यक्ष र ५ पदाधिकारीसहित ८ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । समूहको महासचिवमा भने राधा खनाल सर्वसम्मतिले चयन भइन् । समूहको उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएका छन् । यसैगरी […]
नागरिक रैबार/बाजुरा ५ बैशाख। बाजुराको पुर्वीत्तरी क्षेत्रमा रहेको बुढीनन्दामा प्रथम बुढीनन्दा कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८२ सूरु भएको छ । कृषि जडीवुटी उद्योग पर्यटन र व्यापार, बुढीनन्दाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ उक्त आजबाट सूरु भएको हो । मालाश्री स्टुडीयोको आयोजना तथा बुढीनन्दा नगरपालिकाको प्रर्वद्धन र हिमाली, स्वामीकार्तिक खापर र जगन्नाथ […]
नागरिक रैबार/बाजुरा २८ चैत। बाजुरामा जारी प्रथम बडीमालिका कृषि, पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ भव्यताका साथ सम्पन्न भएको छ । कृषि, जडीबुटी उद्योग र व्यापार, बडीमालिकाको समृद्धिका लागि विकासको आधार भन्ने मुल नाराका साथ बैशाख १७ गतेबाट सदरमुकाम मार्तडीमा सूरु भएको महोत्सव ११ दिनपछि बुधबार भव्यताका साथ सम्पन्न भएको हो । करिव ११ दिनसम्म दैनिक […]
काठमाडौं । आज रवि लामिछानेको अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दैछ । आज दिउँसो तीन बजे पार्टी कार्यालय बनस्थलीमा लगातार दुई वटा केन्द्रीय समिति बैठक बस्न लागेको हो । पहिलो बैठक कार्यवाहक सभापति डीपी अर्यालको सभापतित्वमा र दोस्रो बैठक सभापति रवि लामिछानेको सभापतित्वमा बस्ने रास्वपाले जनाएको छ । पार्टी सभापति लामिछानेमाथि सहकारी […]
नागरिक रैबार/बाजुरा १४ चैत। नेकपा एमाले जिल्ला कमिटी बाजुराले यहीँ चैत्र १८ गते जिल्ला स्तरीय बृहत् जनजागरण भेला आयोजना गर्ने भएको छ । बुधबार एक सूचना जारी गर्दै आयोजना गर्ने भनिएको छ । पार्टी केन्द्रको सर्कुलर र निर्णय अनुसार जिल्लामा बृहत् भेला सहित जनजागरण कार्यक्रमको आयोजना गर्ने पार्टी सचिव काँशी विकले बताएका छन् । लोकतन्त्रको […]
नागरिक रैबार/बाजुरा ३ चैत्र । बाजुरामा यस वर्षको चैत्र ७ गतेबाट सञ्चालन हुने माद्यमिक शिक्षा परिक्षा एसईईमा करिव ३ हजार बढी परिक्षार्थी सहभागि हुने भएका छन् । जिल्लाका ९ वटै स्थानीय तहका सामुदायिक र संस्थागत ६७ विद्यालयका नियमित र ग्रेडवृद्धि गरी ३ हजार १८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले जनाएको छ […]
काठमाडौँ। तनहुँमा जंगली च्याउ घरमा ल्याएर खाँदा एकै परिवारका १० जना बिरामी परेका छन् । म्याग्दे गाउँपालिका-६ सर्वलाङ बस्ने ३० वर्षीय नारायण मगरले बारीमा उम्रेको जंगली च्याउ टिपेर ब्यास नगरपालिका-६ शान्तिटोल बस्ने मामा ६३ वर्षीय गुरुबहादुर पुलामीको घरमा आइतबार राति ल्याएर पकाएर खाँदा उनीहरू बिरामी परेका हुन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार उनीहरूलाई उपचारको […]
दैलेख । भैरवी गाउँपालिका–५ सियाला सामुदायिक वनमा रुखले च्यापिएर आज दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ४९ वर्षीय तर्कबहादुर शाही र २७ वर्षीय इन्द्रबहादुर शाही रहेका छन् । सल्लाको रुख काट्ने क्रममा सोही रुखले च्यापिएर दुवै जनाको मृत्यु भएको स्थानीय अगुवा देवीराम आचार्यले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयका प्रमुख सुनिल दाहालले दुवै […]
नागरिक रैबार/बाजुरा ११ फागुन । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै नगरपालिकाले वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको हो । उक्त शहरी स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमका विच […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विक अदालत परिसरबाट शुक्रबार दिउसो हतकडीसहित भागेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराले चाेरी मुद्धामा कैद फेसला भएका विकलाई फागुन ९ गते बिहान पक्राउ गरी बाजुरा जिल्ला अदालतमा पेश […]