होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — संविधानले स्थानीय तहलाई दिएको माध्यमिक शिक्षासम्मको अधिकारमा हस्तक्षेप गर्दै आएको शिक्षा मन्त्रालयले कोरोना महामारीले प्रभावित कक्षा सञ्चालनको जिम्मा अन्ततः पालिकाहरूलाई सुम्पेको छ । शिक्षा क्षेत्रका व्यक्तिहरूले भने मन्त्रालयले आफैंले केही गर्न नसकेपछि बाध्य भएर कक्षा १२ सम्मको कक्षा सञ्चालनको जिम्मेवारी स्थानीय सरकारलाई दिएको आरोप लगाएका छन् । असारमा वैकल्पिक सिकाइ सहजीकरण अभियान सुरु गरेको मन्त्रालयले […]
२५ भदौ, काठमाडौं । सरकारले निजी विद्यालयहरूलाई अनलाइन कक्षाको शुल्क लिने बाटो खोलेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिकामा निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन पाइने व्यवस्था गरेको हो । निर्देशिकामा भनिएको छ, ‘विद्यालयले लिन पाउने शुल्क […]
२४ भदौ, डोटी । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी (कोभिड–१९) का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा […]
नुवाकोट । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिने बताएका छन् । आज नुवाकोटमा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित माध्यमिक तहको अन्तरपालिकास्तरीय नेपालय अनलाइन (भर्चुअल) वकृत्वकलालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले विद्यालयलाई कोरोना सङ्क्रमणको केन्द्र बन्न नदिन वैकल्पिक शिक्षण पद्धतिलाई अघि बढाउने बताए । “अहिले पनि सङ्क्रमण कम भएका जिल्लाका विद्यालयका […]
२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलका अनुसार अहिले करिब ९० लाख विद्यार्थी नियमित पठनपाठनबाट बञ्चित छन् । यसमा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी संख्या समावेश छैन । शिक्षा मन्त्रीकै शब्दमा– पठनपाठन सुचारु हुन नसक्दा विद्यार्थीहरूमा अन्योल छाएको छ भने आफ्ना बालबच्चाको शिक्षाप्रति अभिभावकहरूको चिन्ता बढ्दै गएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) […]
अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकोमा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो। ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा […]
महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन) बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ । […]
सुदूरपश्चिम प्रदेशमा उच्च शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यले प्रत्येक जिल्लाका कम्तिमा पनि एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले नमूना क्याम्पसको रुपमा स्तरोन्नती गर्न लागि प्रदेशका सबै नौ जिल्लामा एक/एक वटा क्याम्पस छनोट गरेको छ । छनोट भएका क्याम्पसमा कैलालीको घोडाघोडी, कञ्चनपुरको महाकाली, डोटीको केदारज्योति कुञ्ज र डडेलधुराको […]
बागलुङ : माथिपट्टि झुरुप्प मिलेको दलित बस्ती, पूछारमा विद्यालय। गाउँ र विद्यालयको नाम भने एउटै–सिरबारे। गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयमा ३१ विद्यार्थी पढ्छन्। १८ छात्रा, १३ छात्र। सबै दलित समुदायका। विसं २०५३ सालमा खुलेको विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्छ। बाल कक्षा पनि चलेको छ। विद्यालयले सिकाइमा अङ्ग्रेजी माध्यम अपनाएको छ। स्थायी र राहत […]
सरकारले चैत्र ११ गतेदेखि २०७७साउन ६ गतेसम्म घोषित रुपमा लकडाउन गर्याे । २०७७ बैशाख १५ गते राजपत्रमा सुचना प्रकाशित गरि लकडाउन अवधि लाई खाईपाई आएको सुविधा पाउने गरि सार्वजनिक बिदासमेत कायम गर्याे । २०७७ साउन ७ गतेदेखि लकडाउन समाप्त भयो तर शैक्षिक सस्थाहरुमाथिको बन्देज भने कायम नै रह्यो । शैक्षिक सस्थाहरुमाथिको प्रतिबन्ध कायमै रहदा शिक्षकहरूको […]
काठमाडौं । सत्तारूढ नेकपा निकट अनेरास्ववियूले आज शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई इमेलबाटट २१ सुत्रीय माग सहितको ज्ञापनपत्र वुझाएको छ । ज्ञापनपत्रमा विद्यालय शिक्षासँग सम्वन्धित ११ वटा र विश्वविद्यालय शिक्षासंग सम्वन्धित १० वटा माग प्रस्तुत गरिएको छ। कोरोना संकट र निषेधाज्ञाका कारणले शिक्षा मन्त्री पोखरेलसँगको टेलिफोन संवादपछि इमेलबाट ज्ञापनपत्र पठाइएको र उक्त ज्ञापनपत्र मन्त्री पोखरेलले ग्रहण […]
कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले चालेका प्रतिबन्धात्मक कदमहरूका कारण विद्यालय खुल्ने विषय अनिश्चित बनेको छ। शैक्षिक संस्थाहरू कहिलेदेखि पूर्ववत् सञ्चालनमा आउँछन् भन्न कसैले पनि सकेको छैन। यही अवस्था जारी रहे यो वर्ष पूरै शैक्षिक सत्र नै खेर जान सक्ने भन्दै चिन्ता अभिभावक तथा शिक्षाविद्हरूले व्यक्त गर्न थालेका छन्। गृह मन्त्रालयका अनुसार हाल देशका […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नहुँदा भर्चुअल माध्यमबाट पढाइ भइरहेकाले विद्यार्थीले आ–आफ्नो अध्ययनरत विभाग/स्कूल/क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् । उनले आफ्नो सम्पर्कमा त्रिविमा […]
गलकोट । बढ्दो प्रविधिको विकाससँगै बागलुङका ११ विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा प्रदान गरिने भएको छ । नेपाल दूरसञ्चार संस्थानले यहाँका ती विद्यालयमा एकैसाथ कम्प्युटर शिक्षा अध्यापनका लागि ठूलो मात्रमा प्राविधक सहयोग गरेको छ । संस्थानले प्रत्येक विद्यालयमा विद्यार्थी सङ्ख्या र आवश्यकताको आधारमा प्रविधिबाटै अध्ययनअध्यापन गराउनका लागि कम्प्युटर, प्रोजेक्टर, साउण्ड सिस्टम तथा इन्टरनेटलगायत आवश्यक उपकरण प्रदान […]
५ भदौ, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट (जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् । तर यसको अर्को पाटो पनि छ । राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार नतिजा सार्वजनिक गरेका ४ लाख ७२ हजार ७२ विद्यार्थी मध्ये हजारौं विद्यार्थीले कक्षा ११ मा […]
काठमाडौ, ५ भदौ । सरकारले कोरोना नियन्त्रणका लागि देशभरी शिक्षकहरुलाई परिचालन गर्नेभएको छ । देशभरी विद्यालयहरु बन्द रहेको र शिक्षकहरु खाली रहेकाले उनीहरुलाई परिचालन गर्दा सहज र प्रभावकारी हुने सरकारले निश्कर्ष निकालेको हो । स्वास्थ्य मन्त्रालयका सल्लाहकार डा खेम कार्कीले कोरोना नियन्त्रण सम्वन्धी मापदण्डहरु पालना गराउन शिक्षकहरुलाई परिचालन गर्ने निर्णय भएको जानकारी दिए ।शिक्षकहरुलाई स्वास्थ्य […]
काठमाडौं, ५ भदाै । जनक शिक्षा सामग्री केन्द्रले कक्षा ११ को पाठ्यपुस्तक छपाइ शुरू गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा ११ मा नयाँ पुस्तक लागू गर्ने निर्णय गरेपछि केन्द्रले अनिवार्य ३ विषयको पाठ्यपुस्तक छपाइ शुरू गरेको हो ।केन्द्रले हिजो बिहीबारदेखि पुस्तक छपाइ शुरू गरेको जनाएको हो । ‘उपत्यकामा निषेधाज्ञा भएका कारण कर्मचारी […]
काठमाडौं । वैकल्पिक प्रणालीको सिकाइलाई शैक्षिक सत्रमा गणनाको तयारी भइरहेका बेला मुलुकको राजधानीसमेत रहेको वाग्मती प्रदेशमै करीब ३० प्रतिशत विद्यार्थीमा मात्र प्रविधिको पहुँच देखिएको छ । कोरोना महामारीका कारण शिक्षालयहरु बन्द भएकाले सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट अनलाइन, रेडियो, टेलिभिजन र अफलाइन माध्यमको वैकल्पिक प्रणालीको सिकाइ हुँदै आएकामा यसको प्रभावकारितामा वृद्धि हुन नसकेको उक्त आँकडाले […]
सरकारले २०७६ चैत ११ गतेदेखि २०७७ साउन ६ गतेसम्म घोषित रूपमा लकडाउन गर्यो । २०७७ वैशाख १५ गते राजपत्रमा सूचना प्रकाशित गरी लकडाउन अवधिलाई खाइपाई आएको सुविधा पाउने गरी सार्वजनिक बिदासमेत कायम गर्यो । त्यो अवधिको सम्बन्धमा कुनै वादविवाद भएन । साउन ७ गतेदेखि लकडाउन समाप्त भएको घोषणा गरियो तर शैक्षिक संस्थामाथिको बन्देज कायम नै […]