होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसईई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । हालै बसेको मन्त्रिपरिषदको बैठकले शिक्षा ऐन २०२८ को दफा २० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । शैक्षिक सत्र २०७७ […]
काठमाडौं, जेठ २०। सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा कक्षा […]
काठमाडौँ- २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि तयार गरिएको प्रश्नपत्र खेर जाने भएको छ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले आन्तिरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा प्रकाशन गर्ने निर्णय गरेपछि प्रश्नपत्र काम नलाग्ने भएको हो ।एसईईको मूल्याङ्कन विद्यालय नै गर्ने भएपछि प्रश्नपत्रका खेर जाने सम्भावना देखिएको एसईई नियन्त्रक रुद्र अधिकारीले बताए । उनका […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकामा मार्तडीस्थि क्रेटर जोन एकेडेमीले “जुम” मार्फत शिक्षक र अभिभावकसंग आफ्ना शिक्षक र विद्यार्थीहरुका अभिभावकसंग अन्तरक्र्रिया गर्ने भएको छ । कोभिड–१९ का कारण विद्यालय पूर्ण रुपमा बन्द भएको भएपनि शैक्षिक सत्र २०७७ को परिक्षाफल प्रकाशन र शैक्षिक सत्र २०७८ को भर्ना र कक्षा संचालनका विषयमा पहिलोपटक जुम मिटिङ्ग मार्फत शिक्षक […]
काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि अनुरुप गराउने […]
१७ जेठ, काठमाडौं । शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिए । ‘मन्त्रालयको बैठकले आन्तरिक मूल्यांकन विधि अर्थात् गत वर्षकै विधि […]
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ । बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौँ भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । […]
काठमाडौँ — सामुदायिक विद्यालयमा दुई वर्षभित्रै इन्टरनेट सुविधा पुर्याउने लक्ष्यसहित सरकारले शिक्षा क्षेत्रमा अधिकांश विगतकै कार्यक्रमलाई निरन्तरता दिँदै बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०६७/६८ को बजेट भाषणमा तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रत्येक विद्यालयमा इन्टरनेट सुविधा पुर्याउने बताएका थिए । १० वर्षपछिको बजेटमा शनिबार अर्थमन्त्री विष्णु पौडेलले पनि दुई वर्षभित्रै सबै सामुदायिक विद्यालयमा इन्टरनेट पुर्याउने घोषणा […]
१३ जेठ, काठमाडौं । कोभिड १९ का कारण शैक्षिक सत्र दुई महिना पछाडि धकेलियो । महामारीको दोस्रो लहर तीव्र बनेपछि एसईई र कक्षा १२ का विद्यार्थीको परीक्षा हुन सकेन । जेठको दोस्रो हप्ता बित्न लाग्दा पनि परीक्षा विधि एवं तालिका निश्चित हुन नसकेपछि विद्यार्थी अन्योलमा छन् भने अभिभावक आफ्ना बालबालिकाको भविश्य के हुने भन्ने तनावमा […]
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले परीक्षाका लागि विभिन्न विकल्पको बारेमा छलफल भैरहेको जानकारी दिए । राष्ट्रिय परीक्षा बोर्डले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनको आधारमा परीक्षाको मोडालिटिको बारेमा निर्णय हुने उनको […]
५ वैशाख, काठमाडौं । कोरोना महामारीबाट अति प्रभावित स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न विद्यालयहरुलाई निर्देशन दिन थालेका छन् । महामारीका कारण विद्यालय तहको वार्षिक परीक्षा भौतिक रुपमा सञ्चालन गर्न सम्भव नहुने भएपछि स्थानीय तहहरुले आन्तरिक मूल्यांकन गरेर नतिजा सार्वजनिक गर्न निर्देशन दिन थालेका हुन् । आइतबार काठमाडौं महानगरपालिका, सोमबार इलाम नगरपालिकाले र […]
काठमाडौं । दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि शुरु हुनेमा अन्योल देखिएको छ । गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ मसान्तसम्म लम्ब्याएर असार १ गतेदेखि नयाँ शैक्षिकसत्र, २०७८ सञ्चालन गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ परिस्थितिबारे आङ्कलन गरिरहेको छ […]
झण्डै आठ महिना लामो विद्यालय बन्दको पीडापछि विस्तारै तंग्रिदै गरेको शिक्षा फेरि अनिश्चितताको भुमरीमा फसेको छ। देशैभरि विद्यालय ठप्प छन्। फेरि कहिले खुल्ने थाहा छैन। यो बीच दर्जनौं शिक्षकको कोरोना संक्रमणका कारण ज्यान गएको खबरहरु आएका छन्। विद्यालय बन्दसँगै विद्यार्थी तथा अभिभावकमा चिन्ता र चासो बढेको छ। कतै गत वर्ष जस्तो महिनौंसम्म पठनपाठन प्रभावित त […]
कोभिड–१९ को दोस्रो लहरको लहरो झाँगिदै गर्दा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको अन्योल थपिएको छ । २०७७ सालको एसईई सञ्चालन हुन अब मुस्किलले तीन साता बाँकी छ । राष्ट्रिय जनगणना स्थगित भएको सन्दर्भमा विद्यालय तहका मुख्य मानिएका यी परीक्षा पनि स्थगित हुनसक्ने अनुमान सरोकारवालाले गरेका छन् । सम्बन्धित निकायको मौनताका कारण […]
काठमाडौँ– शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहको परीक्षा विद्यालय आफैले आन्तरिक मूल्यांकनका आधार गर्न सक्ने जनाएको छ । कोरोना महामारीका कारण नेपाल सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेपछि विद्यालय तह र विश्वविद्यालय तहका परीक्षा अन्योलमा छन् । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले ८, १० र १२ कक्षा बाहेकको वार्षिक परीक्षा विद्यालयले नै गर्ने भएकाले […]
काठमाडौँ — शिक्षा मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको ५ अर्ब ६ करोड रुपैयाँ बजेट विद्यालयका खुद्रे कार्यक्रममा सक्ने योजना तय गरेको छ । उक्त बजेट आर्थिक वर्षको अन्तिममा देशभरका ४ हजार २ सय ५० विद्यालयमा खर्च गर्न लागिएको हो । ५ अर्ब ६ करोड रुपैयाँ ४ हजारभन्दा बढी विद्यालयलाई बाँड्दा एउटा विद्यालयको भागमा करिब १२ लाख पर्न […]
८ वैशाख, काठमाडौं । संस्थागत विद्यालयहरुले कक्षा १० को परीक्षालाई निरन्तरता दिएका छन् । एसईईको परीक्षा नजिक रहेकोले त्यसको तयारीका लागि विद्यालय बन्द भए पनि परीक्षा नरोकेको उनीहरुको भनाइ छ। संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेको सहअध्यक्ष डिके ढुंगानाले बताए । गएको ६ गते सरकारले अति प्रभावित शहरी क्षेत्रका […]
काठमाडौँ — देशभरका २५ सहरमा वैशाख महिनाभर विद्यालय, कलेजलगायत शिक्षण संस्था बन्द गर्ने सरकारले निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्य मन्त्रालयले सिफारिस गरेका १४ जिल्लाका विभिन्न सहरका विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिए । वैशाख मसान्तपछि अवस्था हेरेर सरकारले थप निर्णय लिने उनले […]
काठमाडौं । सरकारले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । ‘शहरी क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय भएको छ’ , सरकारका प्रवक्ता पार्वत गुरुङले भने । स्वास्थ्य तथा जनसंख्या […]
काठमाडौं । संसदीय समितिले बालबालिका कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरेर वैकल्पिक विधिबाट पठन पाठन सञ्चालन गर्न निर्देशन दिएको छ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले विद्यार्थीमा कोरोना संक्रमणको पुष्टि भइसक्दा पनि विद्यालय सञ्चालकहरुले विद्यार्थीको भौतिक उपस्थितिमा नै कक्षा सञ्चालन गरिरहेको र त्यसले बालबालिकामा संक्रमणको जोखिम बढाएको […]