होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।भरतपुर महानगरपालिका–२५ का सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक आफ्नो उत्पादन बिक्रीका लागि विदेशसम्म जाने गरेको बताए। उनले भने, ‘यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा […]
काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको छ ।यात्रुबाहक सवारीमा ५.३० प्रतिशतले भाडा बढेको छ । पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ६.९४ र तराईको बाटोमा सञ्चालन हुनेमा ७.७ प्रतिशतले भाडा बढेको छ । हेर्नुहोस् सूचीः https://drive.google.com/file/d/1UkbDJ-l6eEL01RV8jpJjyaNNEMJ-o97E/view?usp=sharing
राजेन्द्र बिक/बाजुरा ६असार। बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर-५ मनामा पशुपालक कृषकहरुलाइ बाख्रा वितरण गरिएको छ। पशु सेवा बिज्ञ केन्द्र बाजुराको बाख्रा ब्लक कार्यक्रम अन्तर्गत कृषकहरुलाइ आधुनिक तरिकाले बाख्रा पालन गरि गाउँमै रोजगारी सृजना गराउने र गरिबी न्यूनीकरण गर्ने उदेश्यले प्रती कृषक २बाख्राका दरले ३७परिवारलाइ ७६ बाख्रा र ६जना कृषकलाइ प्रती कृषक १का दरले ६ ओटा […]
धनगढीः संघीय सरकारले आगामी आर्थिक वर्षमा सुदूरपश्चिमका ८८ पालिकामध्ये सबैभन्दा बढी धनगढी उपमहानगरपालिकालाई अनुदान दिने भएको छ। अन्तर सरकारी वित्तीय हस्तान्तरणअन्तर्गत उपमहानगरपालिका ९६ करोड ४८ लाख रुपैयाँ संघिय सरकाबाट अनुदानका रुपमा पाउने भएको हो। चालू आर्थिक वर्षमा उपमहानगरपालिकाले ८८ करोड ३५ लाख अनुदान पाएको थियो। यस्तै प्रदेशका ८८ पालिकामध्ये सबैभन्दा कम भने बझाङको सुर्मा गाउँपालिकाले […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले स्थानीय तहलाई दिने अनुदान घटाएको छ। आकार बढाएर बजेट ल्याएको प्रदेश सरकारले अन्तर सरकारी हस्तान्तरणबाट स्थानीय तहलाई दिने अनुदान भने घटाएको हो। असार १ गते प्रदेशसभामा आर्थिक मामिला मन्त्री प्रकाश रावलले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट प्रस्तुत गरेका थिए। अन्तर […]
धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गरिसकेको छ। झण्डै पौने ३७ अर्बको बजेटमा प्रत्येक अनुच्छेदमा नारा भेट्न सकिन्छ। अधिकांश कार्यक्रम नारामा नै अडिएको प्रदेशको बजेटले ‘आत्मनिर्भर कृषि, प्रदेशको समृद्धि’ नारा दिएर आगामी आर्थिक वर्षको कृषितर्फको बजेट ल्याएको छ। ‘नमुना गाउँ आफै बनाउँ’ नारा दिएर २५ करोड विनियोजन गरिएको छ। आगामी […]
सामाजिक सुरक्षा कोषले सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म योगदानकर्तालाई झण्डै डेढ अर्ब भुक्तानी गरिसकेको छ । कोषले यही असार २ गतेसम्म योगदानकर्तालाई विभिन्न सुविधा शीर्षकमा रु एक अर्ब ४३ करोड ५३ लाख भुक्तानी गरेको हो । कोषले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाअन्तर्गत १० हजार ५९६ योगदानकर्तालाई रु १९ करोड ४५ लाख छ हजार ९७९ र […]
काठमाडौंः वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनीको अस्वभाविक मूल्य वृद्धिको कारण पेश गर्न व्यपारीलाई निर्देशन दिएको छ। भारतले चिनी निर्यातमा रोक लगाएसँगै बजारमा चिनीको मूल्य ह्वात्तै बढेपछि विभागले चिनी उत्पादक तथा व्यापारीलाई बोलाएर मूल्य बढ्नुको कारण सोधेको हो। चिनीको मूल्यबारे धेरै गुनासो आएपछि बजारमा चिनीको उपलब्धता र मूल्यबारे जानकारी माग गरेको विभागका महानिर्देशक लिलाप्रसाद […]
काठमाडौं । बिहीबार सेयर बजार १२.५७ अंकले बढेको छ । यो साता पहिलो पटक बढेको बजारमा निर्जीवन बीमा र लगानी उपसमूहको मूल्य घट्दा अन्य, व्यापार र वित्त उपसमूहका लगानीकर्ताले धेरै कमाए । बिहीबार बजार १९७८.९४ बिन्दुमा पुगेर रोकिएको छ । बिहीबार कुल २२१ कम्पनीको २५ हजार ५८५ वटा कारोबारबाट ३५ लाख ९४ हजार ५९४ कित्ता […]
काठमाडौं, ३१ जेठ । अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई […]
काठमाडौं: चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगो भएको छ। नेपाल खुद्रा व्यापार संघकाअनुसार चिनीको खुद्रा मूल्य ९० रुपैयाँबाट बढेर ११० रुपैयाँ पुगेको हो। संघले सार्वजनिक गर्ने मासिक खुद्रा बजार मूल्य विवरणअनुसार २०७८ असारमा चिनीको मूल्य ९० रुपैयाँ किलो थियो। तर, ११ महिनाको समीक्षा अवधिमा चिनीको खुद्रा मूल्य ११० रुपैयाँ पुगेको संघकी तथ्यांक अधिकृत ज्योती थापाले […]
किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो । भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान […]
नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार मल नभइ ‘माल’ खोजिरहेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार मलको सट्टा ‘माल’ खोजिरहेको बताएका हुन् । यसैगरी, भट्टराईले बाली लगाउने समयमा पनि मलको हाहाकार भइरहेको सरकारलाई सम्झाए । ‘यो समयमा मल खोज्न भारत जानु भएका कृषिमन्त्री कहाँ पुग्नुभयो, मल आउँछ कि आउँदैन,’ उनले सरकारलाई […]
काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम लापरबाही गरेको पाइएको छ । सम्बन्धित मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरु नै अनुपस्थित भएपछि सांसदहरुले संसदमै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजेका लागि बोलाइएको थियो । संसद सचिवालयका अनुसार सम्बन्धित मन्त्रीलाई कुर्दाकुर्दै करिब ३५ मिनेट ढिलो गरी बैठक सुरु भयो । […]
काठमाडौं । आगामी तीन महिना सडक विभाग मातहतमा रहेका सडक खन्न नपाइने भएको छ । सडक विभागले सूचना जारी गरी असार १ गतेदेखि भदौ मसान्तसम्म सडक खन्न स्वीकृति नदिने र जबरजस्ती खनेमा कारबारी गर्ने चेतावनी दिएको हो । विभाग मातहतको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सूचना जारी गरी बर्खायाम सुरु भइसकेकोले असार १ गतेदेखि […]
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि ओरालो यात्रा थालेको सेयर बजारले मंगलबार समेत यो ट्रेन्डलाई पच्छ्यायो । मंगलबार ४५.५९ अंकले घटेको बजार २०२०.२३ बिन्दुमा आएर रोकियो । सोमबार समेत बजार दोहोरो अंकले घटेको थियो । बजार निरन्तर घट्दा कारोबार समेत सुस्ताएको छ । मंगलबार २३४ कम्पनीको मात्र २८ हजार ९५९ वटा […]
काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवासको नवनिर्मित आवासीय भवनको इन्टेरियर (भित्रीभाग)को साजसज्जाको काम गर्न ठेक्का लागेको छ । आवासीय भवनको सार्वजनिक भवन (पब्लिक ब्लक) तर्फको भागको इन्टेरियर निर्माणका लागि ठेक्का लागेको हो । शहरी विकास तथा भवन निर्माण विभाग अन्तरगतको विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले ३ करोड ७५ लाख १४ हजार ३८५ रुपैयाँमा ठेक्का लगाएको […]
वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधिबीच बिहीबार भएको छलफलमा सरोकारवालाले बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या तत्काल समाधान गर्ने प्रतिबद्धता जनाइएको मन्त्रालयले जनाएको छ […]
काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ ।संघीय सरकारले सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा कम […]