होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कास्की। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘विदेशी राष्ट्रसँग अनुदान मागेर देश चल्छ’ भन्नेहरुका लागि जवाफ दिएका छन् । शुक्रबार कास्कीमा कांग्रेसद्वारा आयोजित कार्यक्रममा महामन्त्री थापाले ‘मागेर देश चल्छ भन्नेका छोराछोरी अमेरिका गइसकेको’ जवाफ दिए । गत फागुन गते बसेको संघीय संसद्को रोष्टममा उभिएर थापाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) व्याख्यात्मक घोषणसहित पारित […]
काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित भएपछि आन्दोलित ८ वटा साना वामपन्थी दलको संयुक्त विरोध सभा खुलामञ्चमा सुरु भएको छ । आज (शुक्रबार) विरोध सभा सुरु हुनुअघि उनीहरुले विभिन्न स्थानबाट र्याली समेत निकालेका थिए । एमसीसी सम्झौताको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा मसाल, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, देशभक्त गणतान्त्रिक मोर्चा, […]
नागरिक रैबार/बाजुरा २० फागुन। बाजुरामा प्रधानमन्त्री रोजगार कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरूले राजनीतिक आस्थाका आधारमा छनोट गर्ने गरेका पाइएको छ। जनप्रतिनिधिले आफन्त र पार्टीप्रति आस्था राख्नेलाई मात्र छनोट गर्दा वास्तविक गरिबहरू भने बञ्चित हुँदै आएका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूची तयार पार्दा यथार्थ गरिबलाई छनोट नगरी शिक्षक कर्मचारी र ठेकेदारका परिवारलाई वडाका […]
सत्तारुढ गठबन्धनमा आगामी स्थानीय तह निर्वाचनमा मिलेरै जाने भन्नेबारे छलफल भइरहेको छ । बिहीबार भएको सत्ता गठबन्धनको बैठकमा मिलेरै आगामी स्थानीय तहको चुनावमा जानेबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले अघिल्लो चुनावमा गठबन्धनभित्रका जुन दलको स्थानीय तहमा बलियो उपस्थिति रहेको छ उही दललाई उम्मेदवार दिएर बाँकी दललाई सघाउन […]
काठमाडौँ — अमेरिकाको मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदनको विषयमा पार्टीभित्र विवाद भइरहेको समयमा नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने विषयमा नेता नारायणकाजी श्रेष्ठ र उनी पक्षधर नेताहरुले असन्तुष्टि जनाउँदै आएका छन् । एमसीसी सम्झौता अनुमोदनप्रति असन्तुष्टि व्यक्त गर्दै आएका नेता नारायणकाजी श्रेष्ठलाई अध्यक्ष पुष्पकमल दाहालले ‘आफ्नो […]
धनगढीः कञ्चनपुरमा सुटुक्क एमसीसीको स्वागत गर्न लागिएको छ। (एमसीसी) संसदबाट अनुमोदन भएपछि कञ्चनपुरमा त्यसको स्वागतको तयारी थालिएको हो। विरोध मत्थर हुँदै गएपछि कञ्चनपुर काँग्रेसका विद्यार्थी नेताहरूले यस्तो तयारी थालेका हुन्। एमसीसी परियोजना राष्ट्रघाती र जनताको हित विपरीत नरहेको उनीहरुको दाबी छ। कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ कञ्चनपुरले एमसीसी परियोजनाले मुलुकको विकासका लागी आवश्यक फड्को मार्ने […]
नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केही घण्टा पछि सरेको छ । आज ११ बजे सुरु हुने भनिएको बैठक १ बजे मात्र सुरु हुने सो पार्टीका एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । बैठक राष्ट्रिय सभागृहमा बस्दैछ । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने […]
धनगढी : नेपाली काँग्रेस कैलालीको जिल्ला सभापतिमा नारायणदत्त भट्ट विजयी भएका छन्। पहिलो चरणमा सबैभन्दा बढी मत ल्याएका प्रकाशबहादुर बमलाई २ सय ६३ मतले पराजित गर्दै भट्ट जिल्ला सभापतिमा विजयी भएका हुन्। भट्ट एक हजार ३५९ मत ल्याउदै विजयी भएका हुन् भने बमले एक हजार ९६ मत पाए। पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत […]
धनगढी, १९ फागुन : कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा व्यवसायी गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । बिहीबार बिहान धनगढीमा आयोजित एक कार्यक्रमका बीच हमालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका हुन् । स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै हमालले धनगढीलाई नमुना मोडल बनाउने बताए । उनले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको उदाहरण […]
काठमाडौं, फागुन १९ । नेकपा (एमाले) का नेता भीम रावल र नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ। नेता रावलको निवास टोखामा आज बिहान उनीहरुबीच भेटघाट भएको हो। महासचिव विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई साथ रावललाई भेट्न टोखा पुगेका हुन् । भेटमा एमसीसी र राष्ट्रिय स्वाधीनता रक्षाको पक्षमा एकताबद्ध भएर संघर्ष गर्ने विषयमा छलफल […]
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। ज्ञापनलीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, […]
१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् । कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले […]
धनगढीः नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन्। हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन्। ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए […]
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । यता एमसीसी अनुमोदनको विषयलाई […]
१७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे । लगत्तै सभामुखले प्रतिनिधि […]
१८ फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवशेनले […]
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]
१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको […]
धनगढी : सुन्दर सुदूरपश्चिमका अभियन्ता एवम् उद्योगी गोपाल हमालको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य पनि आउने भएका छन्। धनगढी उपमहानगरपालिकाको मेयर पदमा हमालले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने कार्यक्रमका लागि आचार्य पनि धनगढी आउने भएका हुन्। हमालको प्रचारप्रसार समितिले दिएको जानकारीअनुसार फागुन १९ गते बिहीबार विहान साढे ८ बजे धनगढीस्थित होटल रुवसमा घोषणा […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ । विदेशमन्त्री एन्टोनीले बताए अनुसार मंगलबार साँझ भएको टेलिफोनमा युक्रेन संकटका विषयमा प्रधानमन्त्री देउवासँग कुराकानी भएको थियो । रुसले युक्रेनमा गरेको आक्रमणको विषयमा कुरा गरेको एन्टोनीले ट्विटरमार्फत जानकारी दिएका छन् । ‘रूसले युक्रेनमाथि गरेको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र अखण्डताको […]