होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भक्तपुर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । आज नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना गरेको शुभकामना आदानप्रदान तथा जय नेपाल भक्तपुर स्मारिका लोकार्पणका अवसरमा उनले सरकारलाई पार्टीको तर्फबाट कुनै किसिमको अवरोध नहुने समेत उल्लेख गरे । उनले भने, […]
काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोग गठन गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने गरी नयाँ आयोग गठन भएको हो । प्यूठानका हरिप्रसाद रिजालको अध्यक्ष रहेको आयोगमा सनतकुमार कार्की, गुञ्जकुमार खड्का, अनिलकृष्ण प्रसाइँ, जगतबहादुर बस्नेत, टेकबहादुर शाह, गोबर्द्धन कोली र आरती भण्डारी सदस्य छन् । यसअघि आयोग गठनका लागि […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचना भण्डारी (बुढा) लाई उम्मेदवार बनाउने भएको छ । एमाले बाजुराको सोमबार बसेको सचिवालयको प्रथम बैठकले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने गरि पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । भण्डारी २०७९ सालमा भएको स्थानीय […]
काठमाडौँ । पूर्वगृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । कास्की जिल्ला अदालतले उनलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न कास्की प्रहरीलाई अनुमति दिएको हो । कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको पुष्टि […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्याउन अनुरोध गरेका छन्।शुक्रबार जिल्ला अदालत कास्कीबाट पक्राउ पुर्जी जारी भएसँगै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली काठमाडौंको च:मतिस्थित पार्टी कार्यालयमा पुगेको छ। त्यहाँ एसपी होबिन्द्र बोगटी नेतृत्वको टोली पुगेको हो। उक्त टोलीलाई सभापति लामिछानेले आफूलाई गाडीबाटै पोखरा पुर्याउन अनुरोध गरेको स्रोतले जानकारी दिएको […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ। सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्। कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए।संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।
काठमाडौँ । पोखराको सूर्य दर्शन सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई एकै पटक पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत कास्कीले लामिछानेसहित उनीहरूलाई पक्राउका लागि एकै पटक अनुमति दिएको हो । सहकारी ठगीमा ठुलो सङ्ख्यामा पक्राउ अनुमति दिएको पहिलो पटक हो । जिल्ला न्यायाधीश कृष्णजङ्ग शाहको इजलासले पक्राउ अनुमति दिएको […]
नागरिक रैबार/बाजुरा १ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्लाका ६९ वटै वडामा देउसी भैलो कार्यक्रमको आयोजना गर्न मातहतका पालिका र वडा कमिटीलाई निर्देशन दिएको छ । एमाले बाजुरा जिल्ला कमिटी बाजुराले कार्तिक १ गते पार्टीका ९ वटै पालिका कमिटी र ६९ वटै वडा कमिटीलाई कार्तिक १० गतेदेखि शुभकामना आदानप्रदानसंगै देउसी भैलो कार्यक्रमको आयोजना गर्न निर्देशन […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पारे । “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नयाँ भवन निर्माणको शिलान्यास गरेका छन् । शुक्रबार कीर्तिपुर नगरपालिका–२ मा रहेको घडेरीमा मदन भण्डारी स्मृति भवनको नाममा एमालेको पार्टी केन्द्रीय कार्यालयको शिलान्यास गरिएको हो । काठमाडौँ कलंकी–तीनथानानजिकै १० देखि १२ रोपनी क्षेत्रफल जग्गामा केन्द्रीय कार्यालय भवन बन्ने छ । ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा मध्याह्न १२ बजे बस्ने जनाइएको छ । बैठकमा विपद् व्यवस्थापनमा पार्टीले खेल्ने भूमिका, समसामयीक राजनीति, बडादशैँको शुभकामना आदानप्रदानलगायत विषयमा छलफल हुनेछ । यस्तै, आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको बारेमा पनि छलफल हुने बताइएको छ ।
नागरिक रैबार/बाजुरा २२ असाेज।नेकपा एमाले जिल्ला कमिटी बाजुराले बडा दशै तथा शुभदिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । मंगलबार मार्तडीमा एक औपचारिक कार्यक्रमका विच जिल्ला कमिटी बाजुराले बडा दशैं, शुभ दिपावली र छठ पर्वलाई सभ्य, भव्य र मर्यादित भएर मनाउन पार्टी मार्फत जिल्ला बासीलाई सन्देश दिन शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको पार्टी सचिव […]
काठमाडौं– आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार असोज १० गतेदेखि १६ गतेसम्मको निवेदन आव्हान भएकोमा २५ दल दर्ता भएका हुन् । दर्ता भएका दलमा नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।सोमबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । नियमित मन्त्रिपरिषद् बैठक भएकाले सरकारले गर्नुपर्ने कामहरूबारे बैठकले निर्णय गर्ने ती मन्त्रीको भनाइ छ । मन्त्रिपरिषद् बैठक प्रायः सिंहदरबारमै राख्ने गरेका प्रधानमन्त्रीले आजको बैठक बालुवाटारमा राखेका हुन् ।
धनगढी : कैलालीको गोदावरी नगरपालिका–९ को कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ। नगरपालिका र सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै वडा कार्यालयमा ताला लगाइएको हो।धनगढी–सेहरी सडक निर्माणका लागि बजेट विनियोजन नगरेको भन्दै गोदावरी नगरपालिका–९ सेहरीका स्थानीय आन्दोलित छन्। उनीहरूले सङ्घर्ष समिति गठन गरेर वडा कार्यालयमा ताला लगाएका हुन्। सङ्घर्ष समितिले गोदावरी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यति ठूलो विपदको पूर्वतयारी नरहेको स्वीकार गरेका छन् ।असोज ११ र १२ गते भारी वर्षासँगै आएको बाढी पहिरोले गरेको क्षतिबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले ठूलो विपत्ति आइलागेको बताए ।‘हाम्रो तयारी यस प्रकारको परिस्थितिका लागि थिएन’, उनले भने, ‘यस प्रकारको वर्षा होला, पहिरो जाला, मानवीय तथा […]
काठमाडौँ । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको थियो । यसको तीव्रता ३.६ म्याग्निच्युड रहेको थियो । यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।
काठमाडौं । सत्तारढ नेकपा एमालेले राहत तथा उद्धार कोषमा ५० लाख उपलब्ध गराउने भएको छ । मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा र प्रदेश सभा सदस्यहरुलाई समेत राहत कोषमा सहयोग गर्न अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले पार्टीको नियमित काम रोकेर राहत र उद्धारमा परिचालित हुनसमेत पार्टी पङ्तिलाई निर्देश गरेको महासचिव शंकर पोखरेलले जानकारी […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारी वर्षापछि आएको बाढी र पहिरोमा फसेका जनताका उद्धार गर्न सरकार उदासीन भएको आरोप लगाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले भारी वर्षाको पूर्वानुमान हुँदाहुँदै पनि सम्भावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गरेका छन् । राजधानीमै […]
काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै प्रधानमन्त्री ओलीले फेसबुकमा लेखेका छन्, ‘संयुक्त राष्ट्रसंघको महासभामा लगायतका कार्यक्रम सकेर स्वदेश फर्किने तयारीमा छु ।’ […]