होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ३ फागुन नेपाली कांग्रेस बाजुराका सभापति कविराज पंण्डितले प्रधानमन्त्री केपी शर्मा अाेलीले प्रतिनिधि सभा विघटन गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका छन् । प्रतिनिधि सभा विघटनका विरूद्व साेमबार नेपाली काँग्रेस बाजुराले अायाेजना गरेकाे विराेध सभालाई सम्बाेधन गर्दै सभापति पण्डितले प्रधानमन्त्रीले अाेलीले प्रतिनिधि सभा भङ्ग गरेर संविधानकाे खिल्ली उडाएकाे अाराेप लगाएका हुन् । […]
नागरिक रैबार/बाजुरा ३ फागुन। प्रधानमन्त्री केपी शर्मा अाेलीले गरेकाे प्रतिनिधिसभा विघटनका विरूद्ध नेपाली कांग्रेस बाजुराले आज सदरमुकाम मार्तडीमा प्रदर्शन गरेकाे छ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ गते बाट आन्दोलित रहेकाे कांग्रेसले देशका ७७ वटै जिल्लामा अाज एकैसाथ विरोध प्रदर्शन गरेकाे हाे । बाजुरा सदरमुकाम मार्तडीमा गरेकाे विराेध प्रदशर्नमा नेपाली कांग्रेस बाजुराका सभापति […]
३ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राजा महाराजाले झैं पञ्चर्याली गर्दै हिँडेको टिप्पणी गरेका छन् । सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘उहाँले पञ्चर्याली जम्मा गर्ने, जमिन बाँड्छौं […]
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलका नेताहरुले सोचेजस्तो काम गर्न नदिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज (साेमबार) सरकारको तीन वर्षे उपलब्धि सुनाउनुअघि सुरुदेखि नै सरकार चलाउन अप्ठ्योरो भएको बताउनुभएकाे हाे । सम्बाेधनका क्रममा प्रधानमन्त्री ओलीले भन्नुभयाे, ‘एकातिर जनताको उच्च आंकाक्षा सरकारले पूरा गर्नुपर्ने, अर्कोतिर आफ्नै खुट्टामा अल्झिएर अल्मलिएझैँ सरकारले काम […]
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक यहीँ फागुन ५ गते बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा अपराह्न २ बजे बस्ने बैठकमा दलको आगामी १४ औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ। कांग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को संक्रमणका कारण प्रभावित भए पनि अझै महाधिवेशनको नयाँ मिति तोकेको छैन। पार्टीले गत […]
प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड-नेपाल पक्षले बहिष्कार गरेको छ। मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्। यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन। कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक-पटक बोलावट भए […]
काठमाडौँ- प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ । प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ । संसद विघटनलाई असंवैधानिक कदम भन्दै आएको कांग्रेसले सर्वोच्च अदालतको फैसला नआइन्जेल आन्दोलनलाई औपचारिकताको रूपमा मात्रै अघि बढाउँदै आएको छ । कांग्रेसभित्र चुनावमा […]
आधिकारिकता विवाद नसल्टाई निर्वाचनसम्बन्धी कुनै पनि गृहकार्य अघि नबढाउन दाहाल–नेपाल समूहद्वारा आयोगलाई चेतावनी जनता समाजवादी पार्टी गएन आयोगले बोलाएको छलफलमा काठमाडौँ — निर्वाचन आयोगले नेकपाको आधिकारिकता विवाद नसल्टाई निर्वाचन आचारसंहिता लगाउने तयारी थालेको छ । निर्वाचनमा सहभागी हुनुपर्ने ठूलो दलको आधिकारिकता विवाद टुंगो लगाउनभन्दा चुनावको गृहकार्यमा आयोग केन्द्रित हुन थालेको हो । आचारसंहिता तयार गर्ने प्रयोजनका लागि […]
जुन जगमा टेकेर ओली २०७४ फागुन ३ मा प्रधानमन्त्री बनेका थिए, तीन वर्षमा सबैभन्दा बढी त्यही जग धर्मराएको छ । संविधान, गणतन्त्र, धर्म निरपेक्षता, संघीयतालगायत पछिल्ला शासन व्यवस्थाका उपलब्धिमाथि सबैभन्दा बढी प्रश्न उनकै कारण उठेको छ । ‘आई एम अ स्टेट’ भन्ने प्रवृत्ति हावी हुँदा ओलीले पार्टी र मुलुकलाई नै ध्वंसको बाटामा लगेका छन् । – राजेन्द्र […]
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव पक्षले चौथौ चरणका आन्दोलन घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर चौथौ चरणको थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीयविरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने […]
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षबाट बहस गर्ने वकिलहरुको जिकिरमाथि रिट निवेदककर्ताले प्रश्न उठाएका छन् । रिट निवेदकतर्फको जबाफी बहसका क्रममा अधिवक्ता कञ्चनकृष्ण न्यौपानलेले प्रधानमन्त्रीको तर्फबाट बहस गर्ने वकिलले ओलीलाई ‘श्री ३ को जत्तिकै अधिकार’ रहेको जिकिर गरेपनि त्यस्तो व्यवस्था संविधानमा देखाउन चुनौति दिए । ‘संविधानको धारा ७६ को उपधारा १ […]
२ फागुन, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारदेखि जवाफी बहस सुरु भएको छ । संसद विघटनको प्रतिरक्षामा सरकारी पक्षले बहस गरेपछि त्यसको जवाफमा पुन: रिट निवेदकको तर्फबाट बहस भएको हो । जवाफी बहसमा आएका अधिवक्ता दिनमणि पोखरेलले आइतबार पनि बहुमतको प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नेपालको संविधानले नदिएको जिकिर गरे । उनलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रश्न […]
दुई वर्षअघि श्रीलंकामा संसद् विघटनको मुद्दामा त्यहाँको सर्वाेच्च अदालतले ३४ दिनमै फैैसला जारी गरेको थियो। २०१८ नोभेम्बर ९ मा संसद् विघटन गरिएकोमा त्यहाँको सर्वाेच्च अदालतले शीघ्र सुनुवाइ गरी डिसेम्बर १३ मा विघटन बदर गर्ने फैसला गरेको थियो। योभन्दा पनि छोटो समयमा सुनुवाइ भएको उदाहरण बेलायतमा अघिल्लो वर्ष संसद् अन्त्यको घटनालाई लिन सकिन्छ। त्यहाँ २०१९ अगस्ट […]
काठमाडौं, १ फागुन । नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य तथा उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री लेखराज भट्टले ओलीमा पनि ‘प्रचण्ड प्रवृत्ति’ देखा परे ओलीको पनि साथ छाड्ने बताएका छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीप्रति गद्धारी गरेपछि उनकाे साथ छाडेर केपी ओलीलाई साथ दिएको बताउँदै उनले यदि त्यहिँ प्रवृत्ति ओलीमा पनि देखिए साथ छाड्ने बताएका हुन् । […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ । सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख […]
काठमाडौं । अदालतको अवहेलना मु्द्दामा न्यायाधीश मनोजकुमार शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको १५ दिन भयो । सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधिसभा विघटन मुद्दाको बहसलाई तमासाको संज्ञा दिएको भन्दै उनीविरुद्ध अवहेलना मुद्दा दर्ता भएको थियो । अदालतले १५ माघमा आफैं उपस्थित भएर जवाफ दिन प्रधानमन्त्रीलाई भनेको […]
३० माघ, काठमाडौं । प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग गरेको छ । जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन् । बसन्तपुरबाट शुक्रबार सुरु भएर रत्नपार्क हुँदै भद्रकाली पुगेको सभालाई सम्बोधन गर्दै अधिकारकर्मी रजनी मिलाले […]
काठमाडौं । कोरोना महामारीको असरबाट तङ्ग्रिने प्रयासमै रहेका बेला निजीक्षेत्रमाथि चन्दाको दबाब थपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्धको आन्दोलन र ओलीको समर्थन दुवैथरी प्रदर्शनका लागि चन्दा दिन बाध्य भएका हुन् l सरकार पक्षीय प्रदर्शन र विपक्षमा जारी आन्दोलनले निजीक्षेत्र थप मारमा परेको उद्यमीहरूले बताए । दुवै पक्षले आआफ्नो पक्षको प्रदर्शनमा सहभागिता जुटाउन उद्योगी […]
२९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा यही गर भनेर जुलुस निकाल्न नमिल्ने बताएका छन् । जुलुस हेरेर फैसला गर्ने भए अदालत नै नचाहिने भन्दै उनले भने, ‘जसले ठूलो जुलुस ल्याउँछ, उसकै काम गर्नुपर्यो । ओलीको जुलुस ठूलो कि प्रचण्डको जुलुस ठूलो हेर्नुपर्यो ।’ प्रतिनिधिसभा विघटनबारे संवैधानिक इजलासमा भइरहेको बहसतर्फ […]
काठमाडौं । नेकपाको प्रचण्ड-नेपाल निकट राष्ट्रिय युवा संघ नेपालले नेतृ रामकुमारी झाँक्रीको विनासर्त रिहाइ नगरे देशव्यापी रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ । युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ले विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो चेतावनी दिएका हुन् । ‘कमरेड रामकुमारी झाँक्रीको गिरफ्तारी निरंकुश काम चलाउ सरकारको हतास मानसिकताको उपज हो । झाँक्रीलाई विनासर्त तत्काल रिहाइ […]