होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, ८ असार । विपक्षी गठबन्धनले अहिलेको राजनीतिक उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको औल्याएको छ । गठबन्धनका पाँच नेताहरुले आज संयुक्त वक्तव्यमार्फत् जनताको संघर्षबाट प्राप्त उपलब्धि गुम्ने खतरा भएकाले राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका छन् । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र […]
नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी अध्यक्ष पुष्पकमल दाहालले भने अनुसार फैसला आएको भन्दै अदालतमा सेटिङ हुने शंका ब्यक्त गरेका छन् । उनले भनेका छन्–‘हिजो माओवादी अध्यक्ष प्रचण्डले धादिङ मा, आफुले प्राप्त गरेको बिशेष सूचना भनेर […]
सत्तारुढ नेकपा एमालेका नेताहरुले २० मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । एमालेले अदालतको आदेशलाई ‘अप्रत्याशित’ भनेको छ । नवनियुक्त मन्त्रीहरुलाई पदमुक्त गर्न माग गर्दै परेको रिटमाथि मंगलबार सुनुवाई गर्दै सर्वोच्च अदालतले उपप्रधानमन्त्रीद्वय राजेन्द्र महतो र रघुवीर महासेठसहित २० मन्त्रीहरुलाई पदमुक्त गरिदिएपछि एमालेमा आक्रोश देखिएको छ । ‘सम्मानित सर्वोच्च अदालतबाट भएको […]
८ असार, काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतले संसद विघटनपछिको मन्त्रिपरिषद विस्तार बदर गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको शक्ति देखाइदिएको टिप्पणी गरेका छन् । सर्वोच्चको आदेशपछि कुरा गर्दै रिट निवेदकसमेत रहेका उनले भने, ‘सर्वोच्चको आदेशले प्रधानमन्त्रीको अधिनायकपन, अहंकार र घमण्डमा धक्का दियो । उनको दूषित मानसिकता चकनाचुर बनायो । सारमा भन्दा संविधानको […]
सर्वोच्च अदालतले कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद विस्तार बदर गरेपछि २० मन्त्री पदमुक्त भएका छन् । रोचक कुरा त सरकार दुई मन्त्रीको हेलिकोप्टरमा उड्दा उड्दै गरेकाे अवस्थामा मन्त्री पद गएको छ । यी दुई मन्त्री हुन् उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतो र स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ । मंगलबार सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी […]
काठमाडौं, ८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच अब सम्वाद नहुने भएको छ । पार्टी एकताको लागि दोस्रो तहका नेताहरुले गरेको प्रयास पनि खेर गएको छ । खासगरी कर्णाली प्रदेशका सांसदहरुको पूनर्वहाली गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध एमाले अध्यक्ष ओली पक्ष भ्याकेटमा गएपछि दुई पक्षबीचको वार्ता भंग […]
सर्वोच्च अदालतले जसपाका ११ सहित २० मन्त्री पदमुक्त हुने आदेश दिएको छ । काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले सो आदेश दिएको हो । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै कामचलाउ सरकारका प्रधानमन्त्री केपी […]
काम चलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् पुनर्गठन अवैधानिक हुने भन्दै सर्वोच्च अदालतमा परेको रिटमा सर्वोच्च प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरा र न्यायाधीश प्रकाश कुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिएको हो । यससँगै संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका हुन् । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायत […]
८ असार, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले देश र संविधानलाई दुर्घटना हुनबाट बचाउन हरसम्भव प्रयास गरिरहेको बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमले संविधान धरासायी हुने होकी भन्ने आशंका पैदा गरेको उनले बताए । देशै के हुने हो भन्ने जस्तो स्थिति आएको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘धेरै नपाली जनता सचेत रहेकाले र […]
सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चमा दिएको भ्याकेट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयाँलको इजलासमा उक्त मुद्दा सुनुवाइका लागि पेशी तोकिएको छ । कर्णाली प्रदेशका प्रकाश ज्वाला,नन्दसिंह बुढा,कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै महाधिवेशन आयोजक कमिटीले कारवाही गरेको थियो […]
७ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९९ सदस्य थप्ने तयारी गरेको छ । ४० वर्षमुनिका युवालाई प्राथमिकता दिएर नयाँ केन्द्रीय सदस्यहरु थप्ने माओवादीको तयारी छ । एमालेसँगको पार्टी एकता सर्वोच्चले भङ्ग गरिदिएपछि माओवादी हाल नयाँ सङ्गठन निर्माणको तयारीमा छ । पार्टीको प्रस्तावित नयाँ विधानमा केन्द्रीय समिति २९९ सदस्यीय बनाउने उल्लेख छ । […]
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो समय सर्वोच्च अदालतसँग मतभेद बढेको छ । भित्र भित्र बढेको मतभेद सतहमै देखिन थालेको हो । त्यसो त प्रधानमन्त्री ओलीले क्याबिनेटमै अदालतप्रति असन्तुष्टि पोखेका थिए । उनले क्याबिनेटका मन्त्रीहरुलाई ब्रिफिङ गर्दै अदालतले राजनीतिलाई कता लान्छ भन्ने अन्यौल रहेकोले मानसिक रुपमा तयार हुनुपर्ने समेत बताएका थिए । […]
प्रधानमन्त्री केपी शर्माओलीले अदालतले प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने जिकिर गरेका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्चमा ओलीले बुझाएको जवाफमा विपक्षी शेरबहादुर देउवाले माग दावी पेश गर्दा आफूलाई प्रधानमन्त्री नियुक्त, समेत गर्न माग गरेपनि त्यो कार्य अदालतले गर्न नसक्ने जिकिर गरिएको हो । ‘यो नितान्त राजनैतिक र कार्यपालिकीय प्रक्रिया हो । संविधानको धारा ७६ […]
२ असार, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को विवादबारे निष्पक्ष निर्णय नदिएको आरोप खेपेको निर्वाचन आयोगले नेकपा एमालेको निवेदन भने नहेर्ने संकेत गरेको छ । आयोगका पदाधिकारीहरूकै भाषामा भन्ने हो भने ‘आयोगसम्म आवेदन पुगेकै छैन ।’ जबकि तीन महिना अगाडि एमालेको पत्र आयोगमा पुगेको हो । २८ फागुनमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको […]
२ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी मिलाउन आग्रह गरेका छन् । उपचारका लागि दिल्ली जानुअघि नेता खनालले एमालेलाई एकढिक्का बनाउने भूमिकामा लाग्न ओलीलाई आग्रह गरेका हुन् । बुधबार उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको फोनबाट खनालसँग संवाद गरेका प्रधानमन्त्री ओलीले स्वास्थ्यलाभको कामना गरे । त्यसक्रममा खनालले ओलीलाई […]
काठमाडौं, २ असार । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नर्भिक अस्पतालमा उपचार गराईरहेका झलनाथ खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकार लिएका छन् । पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले पोखरेलले नेता खनाललाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको जनाएका छन् ।भेटवार्ताको क्रममा नेता खनालले पार्टी मिलाउनको लागि पोखरेललाई आग्रह गरेको पनि बताईएको छ । पाण्डेले लेखेका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका कार्यकर्तालाई पनि बाढीपहिरो प्रभावित क्षेत्रमा उद्धार कार्यमा जुट्न निर्देशन दिएका छन् । देशका विभिन्न भागमा बाढी तथा पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले संकटको यो घडीमा पीडितहरुको उद्धारमा जुट्न पार्टीका कार्यकर्तालाई निर्देशन दिएका हुन् । यसैबीच अध्यक्ष प्रचण्डले सरकारलाई पनि तत्काल राहत तथा […]
१ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्षका ७ जना प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय तत्काल कार्यान्वयन नहुने भएको छ । सोमबार साँझ बसेको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको बैठकले ह्वीप उल्लङ्घन गरेको भन्दै ओलीपक्षका ७ सांसदलाई ७ देखि १५ दिन सांसद पदबाट निलम्बन गर्ने निर्णय गरेको थियो । तर २४ […]
काठमाडाैं । लुम्बिनी प्रदेशकाे आगामी आर्थिक वर्ष ०७८-७९ काे नीति तथा कार्यक्रम बहुमतले पारित भएकाे छ ।आइतबार बसेकाे प्रदेश सभा बैठकले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम बहुमतले पारित गरेकाे हाे । आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नकाे मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनुभएकाे थियाे । लगत्तै सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम पारित गर्ने प्रस्ताव निर्णयार्थ […]
काठमाडौं, ३० जेठ । असारको दोस्रो हप्ताभित्र राजनीतिमा कुनै गजबको घटना घटिहाले आश्चर्य नमाने हुन्छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण कदमहरु चालेर राजनीतिलाई नै तरंगित पार्ने तयारी गरिसकेका छन् । आफूमाथि जताततैबाट घेराबन्दी भएपछि तोड्नका लागि ओलीले नेकपा एमाले एकताका लागि विशेष प्रस्ताव गर्ने बुझिएको छ । उनले अध्यक्ष […]