होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२२ साउन, काठमाडौं । सत्तारुढ दलहरुको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेताहरुलाई बुझाएको छ । अब नेताहरुले अध्ययन गरेर फाइनल गर्ने र छिट्टै सार्वजनिक हुने नेताहरुले बताएका छन् । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदामा स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमिताको छानविन गर्ने र दोषीलाई कानूनी कारबाही गर्ने उल्लेख छ । […]
नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको दोस्रो दिनको बैठक सुरु भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो । आजको बैठकमा केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहने नेता रघुजी पन्तले जानकारी दिए । बिहीबार पहिलो दिनको बैठकमा एक दर्जन बढी केन्द्रीय सदस्यहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित […]
शेरबहादुर देउवाको नेतृत्वको सरकारले आफ्नो साझा नीति तथा कार्यक्रम तयार पारेको छ । काँग्रेस, माओवादी र जसपाका नेताहरु सम्मिलित ७ सदस्यीय कार्यदलले तयार पारेको ‘संयुक्त सरकारको साझा नीति तथा कार्यक्रम’ मा सरकारका प्राथमिकताहरु निर्धारण गरिएको छ । सरकारले आफ्नो प्राथमिकतामा कोरोना नियन्त्रणलाई राखेको छ । यसका अतिरिक्त संविधान संशोधन, प्रशासनिक सुधार एवं आर्थिक सामाजिक एजेन्डाहरुका […]
काठमाडौं । नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मितिमा हुने सम्भावना टर्दै गएपछि पौडेल पक्षले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको हो । यसअघि काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुसँग पौडेल पक्षका नेताहरुले पटक–पटक छलफल गर्दै आएका थिए । ती छलफलहरुमा सहभागीहरुले अब सबैसँग छलफल गर्नुपर्ने राय दिएपछि […]
२२ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार भएको भेटमा समसामयिक विषयमा छलफल भएको थियो । राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट […]
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वली नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तानातानमा परेकी छन् । प्रदेशसभाको नाजुक समीकरणका कारण उनी दुई दलको तानातानमा मात्र होइन, अपहरण तथा बन्धक सरह व्यवहार खेप्न पनि बाध्य भएकी छन् । दलीय रुपमा निर्वाचित एउटा सांसद दुई दलको तानातानमा परेको घटना संसदीय इतिहासमा बिरलै पाइन्छ । प्रदेशसभा सदस्य विमला […]
शेरबहादुर देउवा नेतृत्वको सरकारमा सामेल मन्त्रीहरुले पालना गर्नुपर्ने आचारसंहिता तयार भएको छ । सत्तारुढ गठबन्धनको कार्यदलले आचारसंहिता तयार पारेको हो । उक्त आचारसंहितालाई शुक्रबार गठबन्धनको शीर्ष नेताहरुको बैठकमा पेस गरिएको छ । आचारसंहितामा मुलुक र जनताको हित विपरीतका कुनै पनि क्रियाकलापबाट अलग रहने तथा पदीय मर्यादा, प्रतिष्ठा र जिम्मेवारीमा आँच पुग्नेगरी कसैसँग सम्बन्ध राख्न नपाइने […]
नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय समिति बैठकमा बिहीबारदेखि सुरु भएको छ । आजको पहिलो दिनको बैठकमा विजय पौडेल, झपट रावल, बलराम बाँस्कोटा, रामकुमारी झाँक्री, साविता भुसाल, शेरबहादुर केसी, रवीन्द्र अधिकारी, अनु नेपाल, चूडामणि जंगली, ठाकुर गैरे, भागवत विश्वासी, नागेन्द्र चौधरी, बलदेव चौधरी, भानुभक्त जोशीलगायतका केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेको बैठकपछि नेता रघुजी पन्तले जानकारी […]
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अहिलेसम्म गरेका गल्ती स्वीकारेर आत्मआलोचना गरे पार्टी एकता हुने बताएका छन्।बिहीबार राजधानीमा बसेको आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरूको बैठकमा बोल्दै नेता नेपालले ओली सच्चिन तयार नभए पार्टी एकता नहुने बताए। ‘हामी धेरै अघि बढिसकेका छौं। ओलीले गल्ती सच्याएर आउँछन् भने एकता हुन्छ नत्र हुन्न,’ केन्द्रीय […]
पाँच दलीय सत्ता गठबन्धनले सरकारको साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार पारेको छ । यो मस्यौदाले केपी ओली नेतृत्वको सरकारले लिएका कतिपय नीतिहरुमा ‘कोर्ष करेक्सन’ गर्न खोजेको देखिन्छ । काँग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको सात सदस्यीय कार्यदलले तयार पारेको साझा न्यूनतम कार्यक्रममा संविधान संशोधनदेखि नेपाल वायु सेवा निगमको सञ्चालन सरकार आफैंले सञ्चालन गर्नेसम्मका विषयहरु समेटिएका छन् […]
काठमाडौं, साउन २१ । प्रधानमन्त्री शेरबहादुर देउवा चौतर्फी दबाबमा छन् । एकातिर २४ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् भने अर्कातिर नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकेको समयमै गर्नुपर्ने बाध्यतामा छन् । बहुचर्तित मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगरी नहुने चुनौती त छँदै छ । अहिले देउवासँग ६ सदस्यीय मन्त्रिपरिषद् मात्र छ प्रधानमन्त्री देउवाको […]
नेकपा एमालेको माधव नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा नेता भीम रावल उपस्थित हुँदा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका छन् । यस्तै केपी ओली निकट मानिए पनि शेरबहादुर देउवालाई विश्वासको मत दिँदा माधव नेपाल कित्तामा उभिएका प्रेम आले पनि बैठकमा सहभागी भएका छन् । नेपाल समूह निकट मानिने पाण्डे र भट्टराई पछिल्लो समय अलमलमा […]
बैठकपछि नेपाल पक्षीय स्थायी समिति सदस्य भीम आचार्यले बैठकले समसामयिक राजनीतिक र पार्टी एकताबारे एजेण्डा तयार गरेको भन्दै यसबारे केन्द्रीय समितिमा घनिभूत छलफल हुने बताए । उनले आफूहरु पार्टी एकताको सन्दर्भमा गम्भीर र संवेदनशील रहेको स्पष्ट पार्दै केन्द्रीय समिति बैठकमा पनि ढंगले छलफल र निर्णय लिइने बताए । तर पार्टी अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिले […]
नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको हो ।बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।आजको बैठकबाट एमाले विभाजन […]
२१ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत दिने तयारी निष्कर्षमा पुग्न लागेको बताएकी छन् । बिहीबार मन्त्रालयमा पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रीहरुसँगको छलफलमा मन्त्री भुसालले आफूले गरीबीको रेखामुनि रहेका जनतालाई नि:शुल्क विद्युत उपभोग गर्न दिने गरी तयारी अगाडि बढाएको बताइन् । विद्युतको घरेलु उपयोग […]
२१ साउन, रोल्पा। निर्वाचनताका सबैका नारा थिए ‘भरपर्दो टेलिफोन सेवा’। घण्टौँ उकालो चढेर डाँडाबाट फोन गरेर हैरान उनीहरुलाई सो नाराले आकर्षित मात्र गरेन, भोट हालेर जनप्रतिनिधिलाई जिताए पनि । केही वर्ष प्रक्रियामा अलमलिएका जनप्रतिनिधिले बस्ती बस्तीमा भरपर्दो टेलिफोन सेवाका लागि मन्त्रालय धाइरहेका कारण जिल्लाका अधिकांश डाँडामा टेलिफोनका अग्ला–अग्ला टावर ठड्याउन सम्भव भयो। टावर ठडिएको […]
पछिल्लो राजनीतिक अवस्था र आफ्नो समुहको भुमिकाबारे छलफल गर्न बोलाइएको नेकपा एमाले माधव नेपाल समुहको केन्द्रीय समिति बैठक आजै सकिने भएको छ । सो समुहका नेता तथा सांसद मेटमणि चौधरीले बैठकस्थलमा उपस्थित सञ्चाकर्मीहरुलाई बैठक आजै सकिने जानकारी दिएका हुन् । उनले नेकपा एमालेलाई मिल्न नदिने पक्षमा केपी ओली पुगेको भन्दै ओलीले डिक्लियर नगर्दासम्म अर्को पार्टी […]
प्रधानमन्त्री नियुक्त भएको तीन साता बितिसक्दा पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । आखिर किन हुन सकिरहेको छैन मन्त्रिपरिषद विस्तार ? ढिलासुस्तीको दोषी को हो ? काँग्रेस ? माओवादी ? जसपा ? माधव नेपाल ? वा अरु नै कोही ? सर्वोच्च अदालतको आदेशपछि गत असार २९ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका हुन् […]
राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए । उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको […]
नेकपा एमालेले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने सरकारको निर्णयको विरोध गरेको छ । एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको निर्णयले जनताको अपेक्षा र अधिकारमाथि प्रहार भएको भन्दै तत्काल निर्णय सच्याउन माग गरेका छन् । ३१९ भन्दा बढी पालिकाहरुमा लगत सङ्कलन पूरा भएर वर्षौंदेखि जारी समस्याको दिगो समाधान हुने दिशातिर सरकार […]