होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारले सवै तहका कर्मचारीका लागि नयाँ तलबमान तय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले नयाँ तलबमान तय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
काठमाडौं, २५ साउन । ‘जे पाए त्यही बोल्ने ? पार्टी अध्यक्षले मनलागी बोल्न पाइन्छ भने विधानमै व्यवस्था गर्नुपर्यो । मनलाग्दी बोल्ने जो कोहीलाई अनुशासनको कारबाही हुनुपर्यो,’ उपाध्यक्ष बामदेव गौतम नेकपा एमालेको आजको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग जँगिए । गौतमले ओलीमाथि आक्रोश पोखिरहँदा बैठकमा सन्नाटा छाएको थियो । उनी त्यसपछि झन् कडा रुपमा […]
नेकपा एमालेको केन्द्रीय समिति बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो । बैठकमा माधव नेपाल समूहको भने सहभागिता छैन । यसअघि आजै बसेको स्थायी कमिटी बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको थियो । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन बोलाउने निर्णय गरेसँगै विधान संशोधन […]
नेकपा एमालेको स्थायी कमिटी बैठकबाट पारित भएको विधान संशोधन प्रस्तावमा केन्द्रीय समितिको संख्या २२५ जना हुने प्रस्ताव गरिएको छ । यस्तै अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था गरिएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाई पदाधिकारी, […]
काठमाडौँ — सर्वोच्च अदालतले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । खतिवडाको इजलासले अन्तरिम आदेश जारी गर्ने पक्षमा दुवै पक्षलाई छलफलका लागि भदौ १ गते बोलाएको छ ।आदेशमा विषयको संवेदनशीलता र गम्भीरताका दृष्टीले दुवै […]
२५ साउन, काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएकी छन् । मन्त्रिपरिषद्को बैठक सोमबार ४ बजे बोलाइएको छ । आजको बैठकको नियमित एजेण्डामा यो छैन । तर मन्त्री भुसालले भने हितेन्द्रदेव शाक्यलाई विशिष्ट श्रेणी सरह सेवा सुविधा दिने गरी मन्त्रालयमा […]
काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आक्रामक ढंगले अगाडि बढ्ने भएका छन् । उनी पार्टीका कुनैपनि गतिविधि नरोक्ने गरी संगठनमा पकड बढाउँदै बढ्न लागेका हुन् । पार्टीको विधान महाधिवेशनलगायत विभिन्न प्रक्रिया बढाइसकेका ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक डाकेर थप निर्णयहरु गर्ने भएका छन् । पार्टी एकताका लागि भन्दै दोस्रो […]
काठमाडौं, २५ साउन । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्ने बताएका छन् । उनले पहिलो असंवैधानिक भेरियन्ट पराजित भएपनि दोस्रो संवैधानिक वा अर्ली ईलेक्शन भेरियन्ट आउनसक्ने खतरा औंल्याएका छन् । कोरोना झैं प्रतिगमनको पनि नयॅा भेरिएन्ट आउनसक्छ है! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भएपनि दोश्रो […]
काठमाडौंको बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले ओली पक्षलाई बैठक रोकेर सहमतिमा आउन आग्रह गरेको थियो । ओली पक्षले गर्न लागेको बैठक, सदस्यता नवीकरण र स्थानीय तहका अधिवेशनहरू रोक्न माधव पक्षको माग थियो । तर, माधव पक्षको मागलाई बेवास्ता गर्दै सोमबार केपी ओलीको अध्यक्षतामा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बोलाइएको […]
२५ साउन, काठमाडौं । तत्कालिन राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीचको एकता खारेजको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । तत्कालिन राजपासँग पार्टी एकता गरी आएका राष्ट्रिय जनमुक्ति पार्टीका राजकुमार थापाले एकीकरण प्रक्रिया नमिलेको भन्दै खारेजीको माग गर्दै रिट दिएका थिए । सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र […]
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको पाँच महीनापछि नेकपा माओवादी केन्द्र संगठन निर्माणको रणनीतिक प्रस्ताव सहित अगाडि बढेको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर पुनर्स्थापित माओवादीले पार्टी संरचनालाई समावेशी र युवामैत्री बनाउने नीति लिएको देखिन्छ । त्यसका निम्ति पार्टीका सबै संरचनामा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र ४० वर्ष मुनिका […]
२५ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर जिल्ला सभापतिहरुको भेला आज हुँदै छ । १४ औं महाधिवेशन पूर्वनिर्धारित मिति भदौ १६ मा नहुने भएपछि संस्थापन इतर जिल्ला सभापतिहरु काठमाडौंमा भेला भएर अनौपचारिक छलफल गर्न लागेका हुन् । नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति मधु आचार्यले क्रियाशील सदस्यता विवाद, पार्टीको १४ औं महाधिवेशन, सरकारको कामकारबाही र […]
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले आइतबार १४ पेज लामो न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ ।११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सार्वजनिक सरकारको न्यूनतम साझा कार्यक्रममा माओवादीले विगतदेखि नै उठाउँदै आएको शान्ति प्रक्रियाको निष्कर्षको विषय प्राथमिकतामा छ । संविधान संशोधन, कोभिड रोकथाम तथा नियन्त्रण लगायतका विषयलाई पनि न्यूनतम साझा कार्यक्रममा […]
आहुती । विचार । विनयकुमार पन्जियारले चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा अध्ययनका निम्ति आफूले आरक्षण पाउनुपर्ने दाबीका साथ गरेको रिटलाई खारेज गरेको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ गएको हप्ता मात्र सार्वजनिक भयो । त्यस फैसलाले सारमा नेपाली समाजमा आवश्यक समावेशिताको मूल मर्मलाई नै क्षतविक्षत बनाउन खोजेको छ । नेपालमा समावेशिताका सन्दर्भमा चलिरहेको बहस र आन्दोलनको मूल मर्ममाथि प्रहार गर्ने […]
काठमाण्डाैँ २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति निवास शितलनिवासमा शनिबार अपरान्ह राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको थियो। राष्ट्रपति भण्डारी र नेता रावलबीच भेटवार्ता भएको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। नेता रावल वरिष्ठ नेता माधवकुमार […]
राष्ट्रियसभा सदस्य कोमल वलीले अहिलेको नेपाली काँग्रेस र तिनका नेताहरु वीपी कोइरालाको अनुयायी भन्न नसुहाउने तर्क गरेकी छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा उनले वीपी कोइरालाले हिमालयसम्म सुरक्षा छातामा राख्ने भारतको प्रस्तावलाई ठाडै अस्वीकार गरेको र चीनले एकजना नेपाली नागरिक मारेको घटनाको तत्काल विरोध जनाएको स्मरण गराइन् । भारतीय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक नदीमा बेपत्ता […]
२२ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट केन्द्रीय कमिटी बैठकमा नेताहरुले सुझाव दिने क्रम सकिएको छ । बुधबारबाट शुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको हो । नेताहरुलाई सुझाव दिन तीन मिनेटको समय निर्धारण गरिएको थियो । ‘केन्द्रीय सदस्यहरुले सुझाव दिने क्रम सकिएको छ । अहिले स्थायी कमिटीका नेताहरु […]
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए । ‘एमाले अब जेठ २ गतेको अवस्थामा […]
नेकपा एमालेको माधवकुमार नेपाल समूहको केन्द्रीय समिति बैठकमा सहभागी हुने केन्द्रीय समिति सदस्य संख्या बढेको दावी गरिएको छ । बैठकमा सहभागी एक नेताले बिहीबारको तुलनामा ७ जना केन्द्रीय सदस्य आजको बैठकमा थपिएको बताए । बैठकस्थलमा राखिएको उपस्थिति माइन्युटमा ७७ जनाको हस्ताक्षर रहेको छ भने स्थायी कमिटी सदस्य समेत रहेका सुरेन्द्र पाण्डे र भीम आचार्य आजको […]
‘कसले भन्छ यहाँ क्रान्ति सफल हुँदैन कसले भन्छ योद्धाको जित हुँदैन एकदुई मार हुन सक्छ तर, मुटु इस्पात बन्छ’ पूर्ण घर्तीको शब्द रचना र मोहित विद्रोहीको आवाज तथा संगीतमा रहेको यो क्रान्तिकारी गीतले जनयुद्धको झल्को दिन्छ । शान्ति प्रक्रियापछि यस्ता खालका गीतहरु बिरलै सुनिन्छन् । बिहीबार हुम्लाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने ताजाकोटको छप्रेलामा यो र […]