होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२७ साउन, बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा स्वीकृत भएको छ ।पोखरेलले दिएको राजीनामालाई प्रदेश प्रमुख अमिक शेरचनले स्वीकृत गरेका हुन् । साथै अर्को मन्त्रिपरिषद् गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई नै कार्यभार बहन गर्न समेत उनले तोकेका छन् । १९ वैशाखमा संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका पोखरेलले बुधबार राजीनामा दिएका थिए […]
बुटवल । लुम्बिनी प्रदेशसका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएको जानकारी प्रदेशसभा सचिवालयमा पुगेको छ ।मुख्यमन्त्रीले राजीनामा दिएको जानकारी प्रदेश प्रमुखको कार्यालयबाट आएको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । अविश्वास प्रस्तावमाथि प्रदेशसभामा छलफल भइरहेका बेला मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए । अविश्वास प्रस्तावमाथि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले […]
काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच छलफल हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो । बुधबार देउवाको निजी निवास बुढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले […]
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचन समक्ष राजीनामा दिएका हुन् । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको लुम्बिनी प्रदेश सरकार प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिएका छन् । मुख्यमन्त्री पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने कार्यसूची छ । त्यसका लागि प्रदेशसभामा विशेष अधिवेशन बाेलाइएकाे छ । मुख्यमन्त्रीविरूद्धको […]
काठमाडौं, २७ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबीचको सम्बन्धमा कमैमात्र सुमधुर भयो । यी दुईको टकरावका कारण महाकाली सन्धीको मुद्दामा एमाले २०५५ मा विभाजित भएको थियो । ओली र गौतम दुवै जनताको बहुदलीय जनवादका पक्षधर भएपनि सायदै मिल्न सके । एमालेको नवौं महाधिवेशन २०७१ सालमा हुँदा ओली र गौतमबीच […]
बुटवल । जनता समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सरकारमा सहभागी थप दुई जना मन्त्रीले राजीनामा दिने भएका छन् । भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजयबहादुर यादव र उद्योग, वन तथा वातावरणमन्त्री कल्पना पाण्डे लम्सालले राजीनामा दिन लागेका हुन् । ‘माननीय सन्तोष पाण्डेसहित हामी तीनै जनाले राजीनामा दिने हिजो नै निर्णय भएको हो,’ मन्त्री यादवले भने, ‘मेरो […]
सत्तारुढ जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विद्युत प्राधिकरणमा कुलमान घिसिङको नियुक्तिको विषयमा भएको प्रचारबारे प्रश्न उठाएका छन् । घिसिङको नियुक्ति स्वागतयोग्य नै भएता पनि नियुक्तिमा कसको प्रस्ताव, कसको समर्थन र कसको सहयोग र असहयोग थियो भन्न जरुरी नरहेको भट्टराईको भनाइ छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै डा. भट्टराईले भनेका छन्, ‘कुलमानको […]
२६ साउन, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनासँगै प्रधानमन्त्रीबाट हटेका केपी शर्मा ओलीले मंगलबार प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा संसदमा सम्बोधन गरे । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीको सवा एक घण्टा लामो सम्बोधन आफू र आफ्नो पार्टीप्रति भरोसा, सत्तारुढ गठबन्धनप्रति आक्रोश र प्रश्नहरु मिश्रित थियो । आफैंले भंग गरेको प्रतिनिधिसभामा सम्बोधन गरेका उनले गल्ती स्वीकार […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको न्यूनतम साझा कार्यक्रममा द्वन्द्व पीडितलाई सम्मान गरिने भन्ने विषयप्रति टिप्पणी गरेका छन् । उनले घाइते, अपांगको अवस्था दयनीय रहेको उल्लेख गर्दै सरकारले नगर्ने हो भने एमालेले उनीहरुको उपचार गर्ने बताए । त्यसका लागि थापाथलीमा रहेको एमाले कार्यालय पठाइदिन पनि प्रचण्डलगायतका सत्ता गठबन्धनलाई ओलीले सुझाए । ‘पहिलो कुरो द्वन्द्वपीडितहरुलाई न्याय […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षलाई छिटोभन्दा छिटो मन्त्री बनाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले आफ्नो दलमा केही घाटा भएपनि माधव नेपाल पक्षलाई मन्त्री दिन हात जोडेर बिन्ती गर्दै देउवासँग आग्रह गरेका हुन् । ‘सम्माननीय प्रधानमन्त्रीज्यू मेरै पार्टीका केही मान्छेहरू पाउँला र खाउँला भनेर तपाईँका […]
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्न नजन्मिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले आफू देशको सेवाका निम्ति जन्मिए पनि काम गर्दै जाँदा संयोगले प्रधानमन्त्री भएको बताए । ‘म यो देश र यस देशको सेवाको निम्ति जन्मिएको जस्तो ठान्छु’, ओलीले भने, ‘म प्रधानमन्त्री हुन जन्मिएको होइन, काम गर्दै जाँदा प्रधानमन्त्री भएँ […]
२६ साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापति भेला मंगलबार पनि जारी छ । सोमबारदेखि शुरु भएको जिल्ला सभापति भेलालाई मंगलबार वरिष्ठ नेता पौडेलसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । ठमेलस्थित एक होटलमा जारी जिल्ला सभापति भेलामा कांग्रेसको आसन्न महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल भइरहेको नुवाकोट कांग्रेस जिल्ला […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज संसद सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि अध्यक्ष ओली संसदमा बोलेका छैनन् । साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिंदा एमालेबाट प्रदीप ज्ञवालीले बोलेका थिए । तर आज ओलीले सम्बोधन गर्ने कार्यसूची बनेको छ । प्रतिनिधिसभा बैठक दिउँसो एक बजे […]
नेकपा एमालेमा एकताका लागि वार्ता प्रक्रिया जारी रहेका बेला अध्यक्ष केपी शर्मा ओली पक्षले एक पक्षीय ढङ्गले विधान संशोधन लगायतका पार्टी गतिविधि नरोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पनि देशैभर समानान्तर गतिविधि सञ्चालन गर्ने भएको छ । सोमबार बसेको अध्यक्ष ओली पक्षको केन्द्रीय समिति बैठकले विधान संशोधन प्रस्ताव पारित गर्दै आगामी भदौ २७ र २८ […]
राष्ट्रिय जनमोर्चाले सत्तारुढ गठबन्धनद्वारा जारी साझा न्यूनतम कार्यक्रममा आफ्नो सहमति नरहेको स्पष्ट पारेको छ । जनमोर्चाको मातृ पार्टी नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले एक वक्तव्य जारी गर्दै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रममा राष्ट्रिय जनमोर्चाको सहमति नरहेको स्पष्ट पारेका हुन् । ‘त्यसमा राष्ट्रिय जनमोर्चाको नाम उल्लेख गरिएको छैन । राजमो गठवन्धनमा […]
काठमाडौँ — एमाले उपाध्यक्ष वामदेव गौतमले ओलीले एकलौटी रूपमा विधान संशोधन गरेर अध्यक्षमा अधिकार केन्द्रित गर्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । स्थायी कमिटी बैठकमा गौतमले ओलीले अधिकार केन्द्रित गर्ने मनसायसहित विधान संशोधन गरेको बताए । विधान संशोधन प्रस्तावमा ‘अध्यक्षका अधिकारहरू’ भन्ने शीर्षक राखेर अरू अधिकार थप्न गौतमले सुझाएका थिए । ‘हाम्रो पार्टीका अध्यक्षलाई आममाफी दिने अधिकार हुनेछ […]
काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) को अध्यक्षबाट महन्थ ठाकुर वैधानिक रूपमै हटाइएका छन् । विधानमा दुई अध्यक्षीय प्रणाली भए पनि अर्को मनोनयन नहुँदासम्म पार्टीको नेतृत्वमा अब उपेन्द्र यादव मात्रै रहने छन् । नेता बाबुराम भट्टराई संघीय परिषद्कै अध्यक्षमा कायम छन् । यादव पक्षको केन्द्रीय कार्यकारणी समितिको १२ गतेको निर्णयलाई सोमबार निर्वाचन आयोगले मान्यता प्रदान गरेपछि ठाकुरसहित उनको […]
काठमाडौं । सत्तारुढ दल निकट विद्यार्थी संगठनहरुले विद्यार्थीहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाउने व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी युनियन र अखिल छैठौंले सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर विद्यार्थीहरुलाई खोप दिने व्यवस्था मिलाउन माग गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले जानकारी दिए । त्रिभुवन विश्वविद्यालयले सञ्चालन […]
कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेश भएपनि निर्णय भने हुन सकेन ।उर्जा मन्त्री पम्फा भुसालले कुलमानलाई प्राधिकरणको निर्देशक बनाउन सोमबारको मन्त्रिपरिषद बैठकमा प्रस्ताव लगेकी थिइन् । ‘मन्त्रिपरिषद बैठकमा कुलमान नियुक्तिको प्रस्ताव आएको थियो । त्यसमा छलफल हुँदा केही प्रक्रिया अझै पुरा गर्नुपर्ने देखियो । त्यसैले सोमबारको बैठकले निर्णय गर्न सकेन’, […]
प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको छ । गृह मन्त्रालयको सचिवमा टेकनारायण पाण्डेलाई ल्याइएको छ । पाण्डे यसअघि भूमि व्यवस्था मन्त्रालयमा कार्यरत थिए । मन्त्रिपरिषद् बैठकले रक्षा सचिवमा बेगेन्द्र शर्मा पौड्याललाई ल्याएको छ । शर्मा यसअघि वित्त आयोगमा थिए । त्यसैगरी प्रधानमन्त्रीको कार्यालयमा कार्यरत वैकुण्ठ अर्याल सञ्चार मन्त्रालयको सचिव बनेका […]