होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरामा तत्काल ब्लड बैंक स्थापनाका लागि पहल गर्ने निर्णय गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा सरोकारवाला निकायहरुसंग गरिएको छलफलमा यस्तो निर्णय गरिएको छ । ब्लड बैंक स्थापना गर्नका लागि सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबीच २०८१ पुस २१ गते सम्झौता भएको थियो । जिल्लाका […]
नागरिक रैबार/बाजुरा २१ माघ। बाजुरा सदरमुकाम मार्तडीको एक घरमा सोमबार दिउसो आगलागी भएको छ । बुढीनन्दा नगरपालिका पाण्डुसैनका पशुपति थापाको मार्तडीमा रहेको जस्ताले छाएको घरमा आगलागी भएको बुझिएको छ । आगलागि भएको घर प्रहरी, शसत्र र नेपाली सेना लगायत स्थानीयको सक्रियतामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार आगलागिबाट भएको क्षति […]
नागरिक रैबार/बाजुरा २१ माघ। नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको छैटाैँ जिल्ला अधिबेशन भोलि माघ २२ गते हुने भएकाे छ । बाजुरा शाखाले संगठनकाे स्थापना दिवसकाे अवसर पारी स्थापना दिवसकै दिन माघ २२ गते नै छैटाै जिल्ला अधिबेशन गर्ने भएकाे हाे । बाजुरा शाखाकाे आज बिहान सम्पन्न बैठकले माघ २२ गते […]
नागरिक रैबार/बाजुरा २० माघ । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडा स्तरीय सरोकारवाला नियकासंग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । मदिरा, लागु औषध दुर्व्यसन, सरसफाईको व्यवस्थापन र नियन्त्रणका लागि वडाका सरोकारवाला निकायसंगको एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । पछिल्लो समय वडामा मदिरा सेवन र लागु औषध दुर्व्यसनमा युवाहरु दिनप्रतिदिन […]
नागरिक रैबार/बाजुरा २० माघ । जिल्ला खेलकुद समिति बाजुराको आयोजनामा हुने यस वर्षको १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आगामी फागुन १२ देखि संचालन हुने भएको छ । जिल्ला खेलकुद समिति बाजुराले आईतबार एक सूचना जारी गर्दै यस वर्ष १५ औं राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता फागुन १२ देखि १५ गतेसम्म संचालन हुने बताएको […]
नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डा.शेखरचन्द्र यादवलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको सचिव विष्न कार्कीले बताएका छन् । ध्यानाकर्षण पत्रमा जिल्ला अस्पतालमा अनिवार्य एमडीजीपी […]
नागरिक रैबार/बाजुरा २० माघ । नेकपा एमाले बडीमालिका नगर कमिटीले जिल्लामा अनुदानबाट विक्रि गरिदै आएको भानु नुन सर्वसाधारणहरुका लागि सहज ढंगले पाउने गरी व्यवस्था गर्न माग गरेको छ । आईतबार नेकपा एमाले बडीमालिका नगर कमिटीका अध्यक्ष राजेश पायल विकको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाजुरामा गएको टोलीले अनुदानबाट विक्रि भईरहेको नुन सर्वसाधारणलाई सहज तरिकाले पाउने गरी […]
नागरिक रैबार/बाजुरा १६ माघ। नेकपा एमाले बाजुराले ३ महिने वडा (जरा) अभियान सञ्चालन गर्ने भएको छ । एमालेको माघ १३ गते बसेको जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त अभियान संचालन गर्ने निर्णय भएको हो । मंगलबार प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले बाजुराले माघ १३ गतेको चाैथाे पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक […]
नागरिक रैबार/बाजुरा १४ माघ । जिल्ला अस्पताल बाजुरामा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया भएको छ। आइतवार अस्पतालमा उपचारारत रहेका बडीमालिका नगरपालिका–८ मार्तडीका १५ वर्षीय सुमन थापाको शल्यक्रिया गरिएको हो। पहिलो पटक बाजुरा अस्पतालमा एपेन्डिाइटिसको शल्यक्रिया सफल भएको जिल्ला अस्पताल बाजुराका निमित्त प्रमुख डा. चन्द्र शेखर यादवले बताएका छन्। सूरुमा पेट दुख्ने समस्या लिएर आएका थापालाई एपेन्डिसाइटिस […]
नागरिक रैबार/बाजुरा १४ माघ । नेकपा एमाले बडीमालिका नगर कमिटीको अध्यक्षमा राजेश पायल (विक) निर्विरोध चयन भएका छन् । यस अघि सचिव भएका विक नगर कमिटीको दाेस्राे अधिवेशनबाट सर्वसम्मत अध्यक्ष पदमा चयन भएका हुन् । त्यस्तै नगर कमिटीको उपाध्यक्षमा हंस साँउद, सचिवमा अम्मर थापा, उप सचिवमा वेलमति दानी र कर्ण दानी लगायत ४६ सदस्यीय नगर […]
नागरिक रैबार/बाजुरा १४ माघ । रैथाने बालीको प्रर्वद्धन गर्न बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा रैथाने खाना महोत्सव संचालन गरिएको छ । बडीमालिका नगरपालिका कृषि विकास शाखाको सहयोग तथा प्रर्वद्धन र मालिका नमुना माविको आयोजनामा रैथाने खाना महोत्सव संचालन गरिएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पढाईसंगसंगै व्यवसायीक सिप समेत प्रदान गर्ने उद्देश्यले रैथाने खाना […]
नागरिक रैबार/ बाजुरा १३ माघ। नेकपा एमाले जिल्ला कमिटी बाजुराको चाैथो पूर्ण बैठक सूरु भएको छ । पार्टीका आगामी रणनिति बारे छलफल गर्न एमाले बाजुराको चाैथो पूर्ण बैठक बसेको हो । जिल्ला अध्यक्ष लालबहादुर अोलीको अध्यक्षतामा मार्तडीस्थित पार्टी कार्यालयमा बसेको चाैथो पूर्ण बैठकमा पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लालबहादुर थापा प्रमुख अतिथि रहेका छन् […]
नागरिक रैबार/बाजुरा १३ माघ । बाजुराको जगन्नाथ गाउँपालिकामा ट्रक दुर्घटना भएको छ । कर्णाली करिडोर अन्तरगत जगन्नाथको २ नुनेपानी भन्ने ठाउँमा ट्रक दुर्घटना भएको हो । आइतवार बिहान नेपालगञ्जबाट ईटा, सरीया, सिमेन्ट लगायतका सामान बोकेर हुम्ला जादैँ गरेको ट्रक दुर्घटनामा परेको हो । विपरीत दिशाबाट आइरहेको जीपलाई साइड दिने क्रममा भे १ ख २४४५ नम्मरको […]
नागरिक रैबार/बाजुरा १३ माघ। नेपाल निजामती कर्मचारी संगठन बाजुराको अध्यक्षमा अमरबहादुर रोकाया चयन भएका छन् । संगठनको दशौं जिल्ला अधिवेनशबाट रोकायाको नेतृत्वमा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षमा गोकर्ण देवकोटा, प्रमिला थापा र सचिवमा रामप्रसाद पाण्डे सह सचिवमा रमेश विक कोषाध्यक्षमा भरतराज जैशी निर्विरोध निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ । जिल्ला […]
नागरिक रैबार/बाजुरा १३ माघ। बाजुरा जिल्लाका ७ हजार ८ सय ९४ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत बाजुराका ९ वटा पालिकामा १० दखि १४ वर्ष उमेर समूहका किशारीको पहिचान गरी एचपिभी खोप […]
नागरिक रैबार/बाजुरा १२ माघ। बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतबाट बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट दुई सातादेखि बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् । २ महिना अघि भारत गएका अन्दाजि ५५ वर्षका थापा पुस महिनाकाे २८ गतेदेखि भारतबाट परिवारकाे सम्पर्कविहीन भएका […]
नागरिक रैबार/बाजुरा ११ माघ । बाजुराको हिमाली गाउँपालिकाको बिच्छयामा एक घरमा आगलागी भएको छ । बिहीवार साँझ सोहि गाउँपालिका ५ बिच्छयाका गौरी मलालको घरमा आगलागी हुँदा करिव ८ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले बताएका छन् । विहिबार साँझ खाना पकाउनका लागि घरभित्र बालेको आगोले घर पुरै जलेर नष्ट भएको […]
नागरिक रैबार/बाजुरा ११ माघ। बाजुरामा भोलि शनिवार दिनभर विद्युत सेवा अवरुद्ध हुने भएको छ । बाजुरा वितरण केन्द्रले शुक्रवार एक सूचना जारी गर्दैै भोलि शनिवार विहान ८ बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने जनाएको छ । वितरण केन्द्रका अनुसार निर्माण सम्पन्न भई चार्ज समेत भइसकेको ३३।११ के. भिए बाजुरा सवस्टेशन […]
नागरिक रैबार/बाजुरा ११ माघ। नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो अधिवेशनको बन्द शत्र सूरु भएको छ । हिजो सूरु भएको नगर कमिटीको अधिवेशनको बन्द शत्र मार्तडीस्थित एमालेको पार्टी कार्यालयमा सूरु भएको हो । नगर कमिटीका सचिव एंव कार्यवाहक अध्यक्ष राजेश पायल विकको अध्यक्षतामा भएको बन्दको प्रमुख अतिथि एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य गगन रावलको […]
नागरिक रैबार/बाजुरा १० माघ । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीबाट निस्कासित भिमरावलका पछाडि नलाग्न एमालेका नेता कार्यक्रतालाई निर्देशन दिएका छन् । विहिबार नेकपा एमाले बडीमालिका नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई सम्वोधन गर्दै नेता थापाले एमालेका नेता, कार्यकर्ताहरुलाई यस्तो निर्देशन दिएका हुन् । नेता थापाले भिम रावललाई पार्टीमै बस्न पटकपटक आग्रह गरेको भएपनि […]