होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बुढीगंगा नगरपालिकाले फागुन १२ गतेबाट नगरपालिकामा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अवधीभर मदिरा विक्री वितरणमा रोक लगाउने भएको छ । मदिराका कारण कतिपय उच्छृङ्खल गतिविधि हुने भएकाले खेल अवधिभर नगरपालिकाभित्र मदिरा विक्री वितरणमा रोक लगाउने नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । खेलकुदका गतिविधि सञ्चालन भईरहेको स्थानमा मदिरा […]
नागरिक रैबार/बाजुरा ११ फागुन । बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा आएको छ । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुको स्वास्थ्य संवेदनशीलतालाई मध्येनजर गर्दै नगरपालिकाले वडा नम्वर ८ को रापकमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर संचालनमा ल्याएको हो । उक्त शहरी स्वास्थ्य केन्द्रको आइतबार एक कार्यक्रमका विच […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बाजुराको खप्तड छेडेदह गाउँपालिकामा सञ्चालन भएको शिविरमा ५ सय बढीले सेवा लिएका छन् । नेपाल रेडक्रस सोसाइटी, सुरक्षित परियोजना नेपाल र खप्तड छेडेदह गाउँपालिकाको संयुक्त आयोजनामा सञ्चालित शिविरमा ५ सय ९ जना बिरामीहरुको निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको हो । कान, आँखा, हाडजोर्नी र नसा सम्बन्धी समस्या भएका तथा अपाङ्गता बिरामीहरुका लागि […]
नागरिक रैबार/बाजुरा ११ फागुन। भूमि समस्या समाधान आयोग बाजुराका नियुक्त सदस्यहरुले सपथग्रहण गरेका छन् । आयोगका जिल्ला अध्यक्ष जनक बहादुर रोकायाले आइतबार नवनियुक्त विज्ञ सदस्य सर्पलाल गिरी, महिला सदस्य मनदेवी ओली र खुला सदस्य शिव बोहरालाई सपथ ग्रहण गराउनु भएको हो । नवनियुक्त सदस्यहरुलाई सपथ ग्रहण गराउँदै जिल्ला अध्यक्ष जनक बहादुर राेकायाले जिल्लाको भूमि सम्बन्धी […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विक अदालत परिसरबाट शुक्रबार दिउसो हतकडीसहित भागेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराले चाेरी मुद्धामा कैद फेसला भएका विकलाई फागुन ९ गते बिहान पक्राउ गरी बाजुरा जिल्ला अदालतमा पेश […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरामा विवाहको भोजमा युवाहरुविच आपसमा झडप हुँदा एकजनाको मृत्यू भएको छ । विहिबार राति बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका युवाहरुविच आपसमा दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ । दोहोरो झडपमा परेर गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु […]
काठमाडौ : नेपाली सेनाले २६२औँ सेना दिवसको अवसरमा फागुन १० गते प्रधानसेनापति खुला म्याराथन–२०८१ आयोजना गर्ने भएको छ। १० किमिको म्याराथनमा रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसबारीकाे तर्फबाट कानुन संकाय कक्षा १२ मा अध्ययनरत छात्रा ज्याेति विक र आयुषा राेका लगाएत ३० जनाकाे सहभागीता रहने सैनिक महाविद्यालयले जनाएको छ । शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै नेपाली सेनाले […]
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ तल्लाबाडाका हरी थापा हराएको महिनाैदिनपछि फेला परेका छन् । गत पुस २८ गते भारतको हिमाञ्चल प्रदेशको मतयाना भन्ने ठाउँबाट हराएका थापा १ महिना ८ दिनपछि भारतको चण्डीगड अस्पतालमा उपचारको क्रममा फेला परेको उनका छोरा मीनबहादुर थापाले बताएका छन् । ३ महिना अघि कामको खोजिका लागि […]
नागरिक रैबार/बाजुरा ८ फागुन। नेपाल प्रहरीका पूर्व प्रहरी नायव उपरिक्षक (डिएसपी) गिन्द्रबहादुर बोगटीको निधन भएको छ । विहिवार विहान डिएसपी बोगटीको काठमाण्डाैंमा उपचारका क्रममा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । अछाम जिल्ला मंगलसेन नगरपालिका वडा नम्वर- ३ स्थायी घर भएका डिएसपी बोगटी लामोसमय देखि क्यान्सर रोगका कारण विरामीले थला परेका थिए । २०५१ […]
नागरिक रैबार/बाजुरा ८ फागुन। सशस्त्र प्रहरी बल आश्रित गुल्म बाजुराले सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोकमा बिहीबार डेमो प्रर्दशन गरेको छ । आगलागिबाट बच्ने उपाय र आगलागि भएमा कसरी निभाउने भन्ने बारेमा सशस्त्र प्रहरी बल आश्रित गुल्मले डेमो प्रदर्शन गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक श्यामबहादुर रावतले जानकारी दिएका छन् । उनका अनुसार घरमा खाना पकाउने ग्यासबाट हुने […]
नागरिक रैबार/बाजुरा ८ फागुन । बाजुराको बुढीगगंगा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट आएका योजनाहरू कार्यान्वयन नगर्ने भएको छ। नगरपालिकाले ससर्त अनुदानका योजनाहरू फिर्ता पठाएको हो। आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकारका ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको छ। नगर कार्यपालिकाको बैठकले निर्णय गर्दै प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न १७÷१८ वटा आयोजनाहरू कार्यान्वयन गर्न नसकिने भन्दै फिर्ता […]
नागरिक रैबार/बाजुरा ७ फागुन। नेकपा एमाले बाजुराले एमाले बाजुराले ७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएकाे छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा बुधवार मार्तडीस्थित पार्टी कार्यालयमा आयाेजित कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेर दिवस मनाएकाे हाे । २००७ साल फागुन […]
नागरिक रैबार/बाजुरा ५ फागुन। सोमबार विहानदेखि बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ । प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप […]
नागरिक रैबार/बाजुरा ५ फागुन। करिव २ वर्ष अघि नेकपा एमाले छाडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका बुढीनन्दा नगरपालिकाका नेता रामलाल कार्की पुनः नेकपा एमालेमै फर्किएका छन् । स्थानीय तहको निर्वाचन पछि नेकपा एमाले परित्याग गरि नेकपा माओवादी केन्द्र प्रवेश गरेका कार्की पुन: पुरानै पार्टी एमालेमा फर्किएका हुन् । २०७९ को स्थानीय तह निर्वाचन पछि पार्टीसँग […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बाजुराको साँफे–मार्तडी सडक खण्ड स्थानीयहरुले विहानै देखि अवरुद्ध गरेका छन् । आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अन्दाजी ८ वर्षीया नयन पाध्यायको मृत्यु र उनकी आमा विस्ना पाध्याय घाइते भएपछि पिडितहरुले सडकखण्ड बन्द गरेका हुन् । आइतवार राति जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पिडित पक्षलाई सम्झाई बुझाई […]
नागरिक रैबार/बाजुरा ४ फागुन। नेपाल पत्रकार महासंघ बाजुरा शाखाका संस्थापक अध्यक्ष दयाराम पण्डितलाई पितृ शोक परेको छ । पण्डितका पिता नन्दाराम पण्डितको ८७ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको आफन्त मदनराज जैशीले बताएका छन् । बडीमालिका नगरपालिका–७ जिल्ली स्थायी घर भएका पण्डित विगत लामो समयदेखि दम रोगका विरामी थिए । प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडक खण्ड बन्द गरिएको छ । आइतबार विहान धनगढी बाट सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले बुढीगंगा नगरपालिका- २ को बल्देबजार नजिकै ठक्कर दिँदा सोही नगरपालिका १ का अन्दाजि ५ वर्षका नयन पाध्याय र उनकी आमा विश्ना पाध्याय […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएकी अन्दाजि ३५ वर्षिया विश्ना पाध्यायको उपाचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते अन्दाजी ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीगगा […]