होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन । गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एकिकृत समाजबादीका तर्फबाट जवा शाहीले उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले, राप्रपा र नेपाली काँग्रेसको उम्मेदवारी दर्ता पछी चाैथाे नम्मरमा उनले उम्मेदवारी दर्ता गराएकी हुन । ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी मैना जोशीको गत माघ […]
नागरिक रैबार बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुढाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गराउँदै बुढाले गाउँपालिकाको समग्र विकासमा लागि एमालेबाट उम्मेदवारी दर्ता गराएको बताईन् । उनले अवको बाँकी कार्यकालमा स्वामीकार्तिक खापर गाउँपालिकालाई […]
काठमाडौं – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आइतबार साँझ ५ देखि […]
नागरिक रैबार/बाजुरा १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बाजुरा आउने भएका छन् । मंसिर ३ गते बाजुराको कोल्टीबाट सूरु गरिने राप्रपाको सुदूरपश्चिम प्रदेशको यात्रा अभियानका लागि अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु बाजुरा आउन लागेका हुन् । राप्रपाले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा यात्रा गर्दैछ । यात्रा सोमबारदेखि बाजुराको कोल्टीबाट सुरु हुने […]
नागरिक रैबार/बाजुरा १ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि चार महिला चुनावी मैदानमा उत्रिएका छन्। उपनिर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेपछि यस ठाउँमा उम्मेदवारविच निकै प्रतिस्पर्धा हुने देखिएको छ। ४ वटै राजनितिक दल नेपाली काँग्रेसले पुलतीसरा शाही, […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस–२०८१ भव्यताका साथ मनाएको छ । बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा सदरमुकाम मार्तडीमा शनिबार (आज) एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस भव्यताका साथ मनाईएको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल […]
बाजुरा १ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको कृषि बजार तथा कोल्ड च्याम्बर बडीमालिका नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कृषि निर्देशनालय डोटी र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त च्याम्बर शनिबार सुदूरपश्चिम प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । कृषि बजार तथा कोल्ड […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटीले गाउँपालिकाको उपाध्यक्ष पदमा जवा शाहीलाई उम्मेदवार बनाउने गरि जिल्ला कमिटीमा सिफारिस गरेको छ । गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एकिकृत समाजवादी बाट उपाध्यक्ष पदमा शाहीलाई एकल रुपमा उम्मेदवार बनाउने गरि गाउँ कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो । पार्टीको गाउँ कमिटीले […]
नागरिक रैबार। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् । त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। बाजुराका एक किसोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कन्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षिया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर– ६ स्थित जडागांमा करेन्ट लागेर घाइते भएका २ जनाको उद्धार कार्यमा प्रयोग गरिएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने भएको छ । गत भदौ ५ गते सोही नगरपालिकाको वडा नम्बर –६ स्थित जडागांमा कोर्दाली गाड लघुजलविद्युतको लाईन विस्तार गर्ने क्रममा घाईते भएका सोही वडाका २८ वर्षिया रुप […]
नागरिक रैबार। बाजुराबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । आइतवार जिल्लाको हिमाली गाउँपालिका ५ कि अन्दाजी २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । प्रेमकलाले कात्र्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले हिमाली गाउँपालिकाकाे एम्बुलेन्समा जिल्ला अस्पतालमा पुगाएका […]
नागरिक रैबार/बाजुरा २५ कार्तिक। बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउने भएको छ ।बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा आगामी मंसिर १ गतेका दिन प्रथम बडीमालिका कोदो दिवस २०८१ मनाउन लागेको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल नाराका साथ पहिलो पटक मार्तडीमा प्रथम बडीमालिका कोदो दिवस २०८१ को आयोजना हुने […]
धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ। जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका […]
नागरिक रैबार। बाजुराको गौमुल गाउँपालिका-६ सटेडाबाट भरूवा बन्दुकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलवार विहान गाैमुल गाउँपालिका ६ को सटेडामा १० थान बन्दुक र बन्दुकको नाल ३३ थान सहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार गाैमुल -६ का ६३ वर्षीय गोरे लुहारको घरमा भरुवा बन्दुकको कारोबार […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक।बाजुराको सदरमुकाम मार्तडीमा सचेतना मुलक साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बडीमािलका नगर स्तरीय युवा संजाल र नगर स्तरीय बाल संजालको संयुक्त आयोजना तथा बडीमालिका नगरपालिका र सामुदायिक विकास केन्द्र डोटी, गिफ्ट नेपालको समन्वय÷सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । शुभदिपावली २०८१ को अवसरमा बालमैत्री स्थानीय शासन आजको आवश्यकता, लैगिंक हिँसा बालश्रम […]
नागरिक रैबार/बाजुरा १३ कार्तिक।नेकपा एमाले जिल्ला कमिटी बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचना भण्डारी (बुढा) लाई उम्मेदवार बनाउने भएको छ । एमाले बाजुराको सोमबार बसेको सचिवालयको प्रथम बैठकले स्वामीकार्तिकको उपाध्यक्षमा भण्डारीलाई उम्मेदवार बनाउने गरि पार्टीको प्रदेश कमिटीलाई सिफारिस गरेको पार्टीका प्रचार प्रसार विभाग प्रमुख राजन कुमार रोकायाले बताएका छन् । भण्डारी २०७९ सालमा भएको स्थानीय […]