होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ मंसिर। नेकपा माओवादी केन्दबाट बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी राजुकुमारी विकले उम्मेदवारी फेर्ता लिएपछि पार्टीले आपत्ति जनाएको छ । नेकपा माओवादी केन्द्र बाजुराले विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै स्वामीकार्तिक खापर गाउँपालिकामा राजु कुमारी विकले दर्ता गराएको उपाध्यक्ष पदको उम्मेदवारी फेर्ता पार्टीको निति निर्देशन विपरित भएको जनाएको हो […]
नागरिक रैबार/ बाजुरा ३ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई जना उम्मेदवारले आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा (माओवादी केन्द्र)की उम्मेदवार राजु कुमारी विक र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे (धामी)ले उम्मेदवारी फिर्ता लिएका हुन् । गाउँपालिकामा रिक्त उपाध्यक्ष पदका लागि पाँच दलले […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। बाजुराकाे स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दलहरुले चुनावी प्रचार प्रसार तिव्र बनाएका छन् । उपनिर्वाचनमा आफ्नाे पार्टीका उम्मेदवारलाई विजयी गराउनका लागि दलहरू यतिखेर मतदाताकाे घरदैलाेमा धाहेका छन् । प्रचारप्रसार अभियानकै क्रममा स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेस र एकिकृत समाजवादी पार्टी छोडेर एमालेमा प्रवेश गर्नेहरूकाे संख्या पनि बढ्न […]
नागरिक रैबार/बाजुरा ५ मंसिर। साँफे मार्तडी राजमार्ग अन्तरगत जडाङ्गामा विगत ३ वर्षदेखि थन्किएको बेलिवृज अन्तत: बुढीनन्दा नगरपालिकाको कोल्टीको दानसाँगु खोलामा सारिने भएको छ । बेलिवृज दानसाँघु खोलामा जडान गर्ने गरी सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले बेलिवृज जडान गर्ने गरी सर्भेकाे काम सम्पन्न गरेकाे हाे । मार्तडीदेखि कोल्टी सडकमा […]
नागरिक रैबार। अनेरास्ववियुका नेता स्वर्गिय चेतनदिप अयडीको दोस्रो स्मृति सभाको आयोजना गरिएको छ । स्वर्गिय अयडीको दोस्रो स्मृति सभामा एमालेका नेता, कार्यकर्ताले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। मंसिर ४ गते हिजोकै दिन मृत्यु भएका अयडीको स्मृतिमा पार्टीका सदरमुकाम मार्तडीस्थित कार्यालयमा आयोजित स्मृति सभामा अयडी प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्। ०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधि […]
नागरिक रैबार/बाजुरा ४ मंसिर। बाजुराको बडीमालिका नगरपालिका र खप्तड क्षेडेदह गाउँपालिका एक महिनादेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका छन् । खप्तड क्षेडेदह गाउँपालिकाका असोज ८ गतेदेखि र बडीमालिका नगरपालिका असोज २३ गतेदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन बनेका हुन् । खप्तड क्षेडेदहका प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण पाध्याय र बडीमालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीको सरुवा […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको बुढीगंगा नगरपालिका र बुढीगंगा सिप विका तथा प्रशिक्षण केन्द्रले निःशुल्क तयारी कक्षा संचालन गरेपछि त्यसतर्फ विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । बुढीगंगा नगरपालिका र बुढीगंगा सिप बिकास तथा प्रशिक्षण केन्द्रद्वारा संचालन गरिएको निम्न माद्यमिक तहको अध्यापन अनुमतिपत्रको निःशुल्क तयारी कक्षा संचालन गरेपछि विद्यार्थीहरुको आकर्षण बढेको हो । २०८१ कार्तिक ८ […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरामा १ उपाध्यक्षका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । १ उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिए । पालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन । गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एकिकृत समाजबादीका तर्फबाट जवा शाहीले उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले, राप्रपा र नेपाली काँग्रेसको उम्मेदवारी दर्ता पछी चाैथाे नम्मरमा उनले उम्मेदवारी दर्ता गराएकी हुन । ०७९ को स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस बाट गाउँपालिकाको उपाध्यक्ष पदमा विजयी भएकी मैना जोशीको गत माघ […]
नागरिक रैबार बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी छन् । आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर बुढाले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उम्मेदवारी दर्ता गराउँदै बुढाले गाउँपालिकाको समग्र विकासमा लागि एमालेबाट उम्मेदवारी दर्ता गराएको बताईन् । उनले अवको बाँकी कार्यकालमा स्वामीकार्तिक खापर गाउँपालिकालाई […]
काठमाडौं – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आइतबार साँझ ५ देखि […]
नागरिक रैबार/बाजुरा १ मंसिर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन बाजुरा आउने भएका छन् । मंसिर ३ गते बाजुराको कोल्टीबाट सूरु गरिने राप्रपाको सुदूरपश्चिम प्रदेशको यात्रा अभियानका लागि अध्यक्ष लिङ्देनको नेतृत्वमा राप्रपाका शीर्ष नेताहरु बाजुरा आउन लागेका हुन् । राप्रपाले सुदूरपश्चिम प्रदेशका ५ जिल्लामा यात्रा गर्दैछ । यात्रा सोमबारदेखि बाजुराको कोल्टीबाट सुरु हुने […]
नागरिक रैबार/बाजुरा १ मंसिर। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा उपाध्यक्ष पदका लागि चार महिला चुनावी मैदानमा उत्रिएका छन्। उपनिर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी पार्टीले छुट्टाछुट्टै उम्मेदवार खडा गरेपछि यस ठाउँमा उम्मेदवारविच निकै प्रतिस्पर्धा हुने देखिएको छ। ४ वटै राजनितिक दल नेपाली काँग्रेसले पुलतीसरा शाही, […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको बडीमालिका नगरपालिकाले प्रथम बडीमालिका कोदो दिवस–२०८१ भव्यताका साथ मनाएको छ । बडीमािलका नगरपालिका कृषि विकास शाखाको आयोजनामा सदरमुकाम मार्तडीमा शनिबार (आज) एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका कृषि, भुमि तथा सहकारी मन्त्री बीरबहादुर थापाको प्रमुख आतिथ्यतामा दिवस भव्यताका साथ मनाईएको हो । ‘कोदो उत्पादनमा वृद्धि, बडीमालिकाको समृद्धि’ भन्ने मुल […]
बाजुरा १ मंसिर। बाजुराको सदरमुकाम मार्तडीमा निर्माण गरिएको कृषि बजार तथा कोल्ड च्याम्बर बडीमालिका नगरपालिकालाई हस्तान्त्रण गरिएको छ । कृषि निर्देशनालय डोटी र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा निर्माण गरिएको उक्त च्याम्बर शनिबार सुदूरपश्चिम प्रदेशका कृषि भूमि तथा सहकारी मन्त्री बीरबहादुर थापाले बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्कालाई हस्तान्तरण गरेका हुन् । कृषि बजार तथा कोल्ड […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटीले गाउँपालिकाको उपाध्यक्ष पदमा जवा शाहीलाई उम्मेदवार बनाउने गरि जिल्ला कमिटीमा सिफारिस गरेको छ । गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एकिकृत समाजवादी बाट उपाध्यक्ष पदमा शाहीलाई एकल रुपमा उम्मेदवार बनाउने गरि गाउँ कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो । पार्टीको गाउँ कमिटीले […]
नागरिक रैबार। नेपाली कांग्रेस बाजुराले स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाउने भएको छ । १६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको जिल्ला सभापति रामसिंह रावलले बताएका छन् । कांग्रेसले उम्मेदवार बनाएकी शाही पार्टी संरचनामा प्रदेश सभा (क) मा सदस्य छन् । त्यस्तै नेकपा एमाले बाजुराले यस अघि नै उपाध्यक्षमा सर्वसम्मत रुपमा […]
नागरिक रैबार/बाजुरा २८ कार्तिक। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनमा ७ हजार ४ सय ६० जना मतदाताले मतदान गर्न पाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराको अन्तिम नामावलि प्रकाशन अनुसार स्वामीकार्तिकका ५ वटा वडामा महिला र पुरुष गरेर ७ हजार ४ सय ६० जना मतदाता रहेका छन् । जसमा वडा नम्वर […]