होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ बैशाख। बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन्। मृत अवस्थामा फेला पर्नेमा जिल्लाको बुढीगंगा नगरपालिका-६ घर भएका वर्ष ३८ का नरेन्द्र थापा रहेका छन । थापासाँफे–मार्तडी सडक खण्डको बायाँ पट्टी नालीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। सो घटनाको प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
नागरिक रैबार/बाजुरा २३ बैशाख। जिल्लाको बुढीगंगा नगरपालिकाले विकास र संवृद्धिको लागि विकास कचहरी कार्यक्रमको आयोजना गर्ने भएको छ । जिल्लामा उपलव्ध सबै राजनीतिक दल र सरोकारवालाहरूलाई एकै ठाउँमा ल्याएर बुढीगंगाको विकास र संवृद्धिको आधार तय गर्ने गरि बुढीगंगा विकास कचहरी” आयोजना गर्न लागिएको नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् । आगामी २७ गतेदेखि २९ गतेसम्म बुढीगंगा […]
नागरिक रैबार/बाजुरा १२ बैशाख।बाजुराकाे बुढीगंगा नदीमा हाम फालेका एक युवककाे डुबेर मृत्यू भएकाे छ । पितृ कार्यका लागि त्रिवेणी नगरमालिकाकाे मौरे त्रिवेणी धाममा पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षिया गणेश नेपालीको बुढीगंगा नदिमा डुबेर मृत्यु भएकाे हाे । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दीलिप कुमार गिरीका अनुसार पितृ आए भनेर बुढीगंगा […]
नागरिक रैबार/बाजुरा २८ चैत्र। चट्याङ लागेर बुढीगंगामा एक बालिकाको मृत्यू भएको छ । चट्याङ लागेर मृत्यु हुनेमा सोही नगरपालिका १ तल्लो कुणीका बिरु सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । प्रहरीका अनुसार बुधवार राति ९ बजेको समयमा चट्याङ लागेर सार्कीकी ९ महिनाकी छोरीको घटना स्थलमै मृत्यु […]
नागरिक रैबार/बाजुरा ६ चैत्र । बाजुरामा विद्युत सेवा अवरुद्ध भएको छ । बुधबार दिउसो बुढीगंगा नगरपालिका वडा नम्वर ७ मा ३३ केभिए लाईनमा माथिबाट टुणीको रुख ढलेर अवरुद्ध भएको हो । अहिले सो ठाउँमा विद्युतका कर्मचारीहरु खटिएर मर्मत कार्य भईरहेको बाजुरा वितरण केन्द्रले जनाएको छ ।
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुरामा आइतबार राति भएको ट्याक्टर दुर्घटना परेर १ जनाको मृत्यु भएको छ । भने उनका छोरा घाइते भएका छन् । खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर वडा नम्वर–५ को चिराल्नामाओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक […]
नागरिक रैबार/बाजुरा २६ फागुन। बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर १ लाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमका विच वडालाई छाउपडी गोठमुक्त वडा घोषणा गरिएको हो । वडामा रहेका छाउपडीका लागि बनाइएका गोठहरुको स्थानीयको सक्रियतामा हटाएर छाउपडी महिलाहरुलाई सुरक्षित तरिकाले घरभित्रै बस्न सक्ने गरी बनाएपछि वडालाई छाउपडी गोठमुक्त घोषणा गरिएको १ का […]
नागरिक रैबार/बाजुरा १२ फागुन। जिल्ला स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आजबाट सूरु भएको छ । जिल्ला खेलकुद समिति बाजुराको आयोजना र बुढीगंगा नगरपालिकाको सहआयोजनामा उक्त प्रतियोगिता सूरु भएको हो । प्रतियोगिताको एक औपचारिक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका पुर्व परदेश प्रमुख देवराज जोशीले उद्घाटन गरेका छन् । ३ दिनसम्म संचालन हुने राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा ११ फागुन। बुढीगंगा नगरपालिकाले फागुन १२ गतेबाट नगरपालिकामा सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अवधीभर मदिरा विक्री वितरणमा रोक लगाउने भएको छ । मदिराका कारण कतिपय उच्छृङ्खल गतिविधि हुने भएकाले खेल अवधिभर नगरपालिकाभित्र मदिरा विक्री वितरणमा रोक लगाउने नगर प्रमुख रामबहादुर बाँनियाले बताएका छन् । खेलकुदका गतिविधि सञ्चालन भईरहेको स्थानमा मदिरा […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरा जिल्ला अदालत परिसरबाट हतकडीसहित भागेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । चोरी मुद्धामा कैद फैसला भएका बुढीगंगा नगरपालिका-६ का गोपाल विक अदालत परिसरबाट शुक्रबार दिउसो हतकडीसहित भागेका थिए । जिल्ला प्रहरी कार्यालय बाजुराले चाेरी मुद्धामा कैद फेसला भएका विकलाई फागुन ९ गते बिहान पक्राउ गरी बाजुरा जिल्ला अदालतमा पेश […]
नागरिक रैबार/बाजुरा १० फागुन। बाजुरामा विवाहको भोजमा युवाहरुविच आपसमा झडप हुँदा एकजनाको मृत्यू भएको छ । विहिबार राति बुढीगंगा नगरपालिका-८ मोटाबाडामा बिहेको निम्तोमा गएका युवाहरुविच आपसमा दोहोरो झडप हुदाँ एक जनाको मृत्यु भएको छ । दोहोरो झडपमा परेर गम्भीर घाईते भएका बुढीगंगा नगरपालिका-८ डुंग्रीतोलाका अन्दाजी २९ वर्षीया रणबहादुर थापाको उपचारका क्रममा अछामको बयालपाटा अस्पतालमा मृत्यु […]
नागरिक रैबार/बाजुरा ८ फागुन । बाजुराको बुढीगगंगा नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारबाट आएका योजनाहरू कार्यान्वयन नगर्ने भएको छ। नगरपालिकाले ससर्त अनुदानका योजनाहरू फिर्ता पठाएको हो। आर्थिक वर्ष २०८१/८२ सुदूरपश्चिम प्रदेश सरकारका ससर्त अनुदानका योजना नगरपालिकाले फिर्ता पठाएको छ। नगर कार्यपालिकाको बैठकले निर्णय गर्दै प्रदेश सरकारले हस्तान्तरण गरेका विभिन्न १७÷१८ वटा आयोजनाहरू कार्यान्वयन गर्न नसकिने भन्दै फिर्ता […]
नागरिक रैबार/बाजुरा ५ फागुन। सोमबार विहानदेखि बन्द गरिएको साँफे-मार्तडी सडक खण्ड खुलेको छ । बसको ठक्करबाट बालकको मृत्यु भएपछि बन्द गरिएको सडक आईतबार साँझ ७ः३० बजेबाट खुलेको छ । प्रहरी र पीडित पक्षबीच भएको वार्तापछि सडक सुचारुका लागि सहमति भएको हो । आफन्तलाई सम्झाई बुझाई गरेपछि सडक सुचारु गर्ने सहमति भएको प्रहरी नायव उपरिक्षक दिलिप […]
नागरिक रैबार/बाजुरा ५ फागुन । बाजुराको साँफे–मार्तडी सडक खण्ड स्थानीयहरुले विहानै देखि अवरुद्ध गरेका छन् । आइतवार बिहान बसको ठक्करबाट बुढीगंगा नगरपालिका–१ अम्कोटका अन्दाजी ८ वर्षीया नयन पाध्यायको मृत्यु र उनकी आमा विस्ना पाध्याय घाइते भएपछि पिडितहरुले सडकखण्ड बन्द गरेका हुन् । आइतवार राति जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयको सक्रियतामा पिडित पक्षलाई सम्झाई बुझाई […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट बालकको मृत्यु भएपछि साँफे-मार्तडी सडक खण्ड बन्द गरिएको छ । आइतबार विहान धनगढी बाट सदरमुकाम मार्तडी आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ख ३६८८ नम्बरको बसले बुढीगंगा नगरपालिका- २ को बल्देबजार नजिकै ठक्कर दिँदा सोही नगरपालिका १ का अन्दाजि ५ वर्षका नयन पाध्याय र उनकी आमा विश्ना पाध्याय […]
नागरिक रैबार/बाजुरा ४ फागुन । बाजुरामा बसको ठक्करबाट घाइते भएकी महिलाको जिल्ला अस्पताल बाजुरामा उपचार हुन् नसकेपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएकी अन्दाजि ३५ वर्षिया विश्ना पाध्यायको उपाचार सम्भव नभएपछि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते अन्दाजी ५ वर्षका नयन पाध्यायको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । धनगढीबाट मार्तडी आउँदै गरेको सु प प्र ०१–००१ ख ३६८८ नम्बरको बसले बुढीगगा […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुरामा बसको ठक्करबाट घाइते भएका एक बालकको उपचारको क्रममा मृत्यू भएको छ । साँफे-मार्तडी राजमार्गमा पर्ने बुढीगंगा नगरपालिका-१ अम्कोटमा आइतबार विहान बसको ठक्करबाट घाइते भएका बालकको उपचारका क्रममा जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको हो । मृत्यु हुनेमा सोही नगरपालिका-१ अम्कोटका ८ वर्षीय नयन पाध्याय रहेबको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव […]
नागरिक रैबार/बाजुरा ४ फागुन। बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे-मार्तडी राजमार्गको अम्कोटमा बसको ठक्करबाट आमाछोरा घाइते भएका छन् । आइतबार विहान धनगढीबाट बाजुरा सदरमुकाम मार्तडी आउँदै गरेको बसले ठक्कर दिदा बुढीगंगा नगरपालिका-१ अम्कोटकी ५० वर्षीया विस्ना पाध्याय र उनका आठ वर्षीय छोरा नयन पाध्याय घाइते भएकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले […]
नागरिक रैबार/बाजुरा ३० माघ। बाजुरामा एक बालिकामाथि सामुहिक बलात्कार भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर ६ की अन्दाजी १६ बर्षीय बालिकामाथि माघ २१ गते साँझ सामुहिक बलत्कार भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बालिकालाई सडकमा हिँडिरहेको बेला सोहि वडाका अन्दाजी २५ बर्षका मार्सल थापा, २३ बर्षका किरण थापा र ४० बर्षका […]