होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले […]
राजेन्द्र रोकाया/कोल्टी ३ पुस। बाजुरामा संचालन हुदै आईरहेको फियान नेपालले समाज परिवर्तन र नागरीकका हकमा अनकौं कार्यक्रम गर्दै आईरहेको छ । नागरीकले बाँच्न पाउनुपर्ने र आफैले केहि गर्नुपर्छ भन्ने सिकाएनमा अहिले फियान नेपाल जिल्लाका ग्रामिण क्षेत्रमा अग्रसर रहेको छ । फियान जस्तै कयौ संघसंस्थाले मुक्तिकोटका नागरीकलाई राहत दिएका छन् । फियान बाहेक अन्य संघसंस्थाले केहि […]
नागरिक रैबार/बाजुरा २ पुस। बाजुराको बडीमालिका नगरपालिकामा जारी नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आज दोस्रो दिन सहभागि विद्यालयहरुविच फिल्ड तर्फका विभिन्न खेलहरुमा प्रतिष्पर्दा गराईएको छ । मालिका माविको खेलमैदानमा संचालन भईरहेको प्रतियोगितामा आज एथलेटिक्स तर्फ १००, २००, ४०० र १५०० मिटर दोड गरिएको थियो । जसमा १५०० मिटर दौडमा छात्रतर्फ सत्यवादी मावि प्रथम, […]
बाजुराका पत्रकार नहकुल जोशीको पहिलो ‘नाजवाफ’ नामक उपन्यासको आइतबार एक कार्यक्रमका विच विमोचन गरिएको छ । सुदुरपश्चिमको राजधानी धनगढीमा आयोजित समारोहमा उक्त पुस्तकको विमोचन प्रदेश प्रमुख देवराज जोशीले गरेका छन । विगत लामो समयदेखि पत्रकारीतामा कलम चलाउदै आउनुभएका र हाल शिक्षण पेशामा आवद्ध जोशीको प्रथम कृति आइतवार सार्वजनिक भएको हो । उपन्यासमा मुख्य रुपमा राज्यब्यवस्था […]
नागरिक रैबार/बाजुरा २० मंसिर।जिल्ला प्रशासन कार्यालय बाजुराले यहाँका नागरिकहरुलाई राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको छ । आजदेखि जिल्ला प्रशासन कार्यालय बाजुराले अनलाईन मार्फत फारम भरेका नागरिकहरुलाई छापिएर आएका राष्ट्रिय परिचय पत्र वितरण कार्य सूरु गरेको हो । २०७७ सालमा जिल्ला प्रशासन कार्यालयबाटै अनलाइन मार्फत फारम भरेका नागरिकहरूलाई ३ वर्षपछि छापिएर आएको राष्ट्रिय परिचय […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेपाली काँग्रेस बाजुराले मार्तडीमा आयोजना गर्न लागेको बृहत आम सभाको व्यापक तयारी गरेको हो । पार्टी महामन्त्री विश्वप्रकाश शर्मा आउने भएपछि उहाँको स्वागत र सम्मानमा जिल्ला स्तरीय बृहत आम सभा गर्न लागिएको पार्टी सभापति रामसिंह रावलले बताएका छन् । शिर्ष नेतृत्व नै बाजुरा आउने भएपछि भव्य तयारी गर्न लागिएको र त्यसका लागि […]
नागरिक रैबार/बाजुरा १८ मंसिर।नेकपा एमाले बाजुराले आठौं जिल्ला अधिवेशनको मिति तय गरेको छ । माघ २६ देखि २८ गतेसम्म जिल्ला अधिवेशन गर्ने गरि मिति तय गरिएको पार्टी सचिव भरत थापाले बताएका छन् । नवौ जिल्ला कमिटीको पूर्ण बैठकले अधिवेशनको मिति र स्थान तय गरेको हो । पार्टी अध्यक्ष कालीबहादुर शाही प्रदेश कमिटी उपाध्यक्ष निर्वाचित पछि […]
आइतवारदेखि मौसम बदली भएपछि बाजुरा जिल्लामा चिसो बढ्न थालेको छ।यसबाट वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। जिल्ला अस्पताल बाजुरामा समेत दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराले जनाएको छ। चिसो मौसमका कारण दम, रुघाखोकीलगायतका बिरामी बढ्न थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए। जिल्लाको पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकामा बसोबास […]
८ मंसिर, पोखरा । लगातार दोस्रो खेल जित्दै बागमती प्रदेश पोखरामा चलिरहेको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कर्णाली प्रदेशलाई ९० रनले पराजित गरेसँगै बागमती प्रदेश समुह ए को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ । रित गौतम र इशान पाण्डेको उत्कृष्ट ब्याटिङ तथा कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङको मद्दतमा बागमती […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएका छन् । अर्थतन्त्रको सुधारका विषयमा सर्व पक्षीय छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आज अपराह्न ४ बजे बैठक बोलाएका हुन्। छलफलमा अर्थ मन्त्रालय, योजना आयोग र राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधि सहभागी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए। ‘अर्थतन्त्र सुधारका विषयमा निजी […]
राजेन्द्र बिक बाजुरा ,२मंसिर /बाजुरा,हुम्ला,जुम्ला र मुगु जिल्लाका उच्च हिमालि भेगमा स्थानिय भेडा पालक भोटेहरु चिसो बढ्न थालेपछि भेडा,च्याङ्रा सहित बेसी झर्न थालेका छन् । हिउँदे सिजनको चिसोयाम शुरु हुन थाले पछी हिमाली भेगमा बस्न मुस्किल हुनेभएपछि चिसो छल्न उनिहरु बेसी झर्न थालेका हुन् । बाजुराको हिमाली गाउँपालिका १ बिच्छ्याँका छिरीङ् भोटेले हिमाली भेगमा हिमपात […]
काठमाडौँ । जाजरकोटमा ९ हजार भन्दा बढी घर भूकम्पका कारण पूर्णरुपमा भत्किएका छन् । यस्तै २४ हजारभन्दा बढी घरमा आंशिक क्षति पुगेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ। प्रशासनको तथ्यांकअनुसार ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका हुन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको हो । यस्तै कुल ३४ हजार ५०१ […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाँदै छन् । गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित क्षेत्रका नागरिकको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । भूकम्पपछि मुलुकमा आाइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानु उपयुक्त नभएकाले राष्ट्रपति पौडेलले […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक। बाजुराकाे सदरमुकाम मार्तडीमा भाेलि कार्तिक १८ गते शंकर मल्ल, चरित्रा शाही र सुना विक बिच लाईभ देउडा हुने भएकाे छ । सुदूर साहित्य प्रतिष्ठानकाे आयाेजनामा भाेलि दिउसाे मार्तडीकाे खेलकुद मैदानमा लाईभ देउडा हुन् लागेकाे प्रतिष्ठानका अध्यक्ष हर्क कठायतले बताएका छन् । शुभ दिपावलीकाे अवसर पारेर आयाेजना गर्न लागेकाे शंकर मल्ल र […]
नागरिक रैबार/बाजुरा १७ कार्तिक।बाजुरामा जारी पाँचौ छेडेदह कप फुटबल प्रतियोगिताको उपाधि त्रिवेणी एफसिले जितेकाे छ । सेमिफाईनल खेलबाट आयोजकलाई ७-० ले हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिले पाँचौ छेडेदह कपको उपाधि जितेको हो । हिजो भएको सेमिफाइनल खेलमा कन्सन बाजुरा र रानिवनविचको खेल विवादित बनेपछि आयोजकलाई हराउँदै फाईनलमा प्रवेश गरेको त्रिवेणी एफसिलाई आयोजकले स्वतः प्रतियोगिताको […]
राजेन्द्र विक बाजुरा,१५कार्तिक बडीमालिका नगरपालिका-५ मनामा यहि कार्तिक १६ गते बडा दशैं मेला लाग्ने भएको छ । पन्चमीको द अवसरमा लाग्ने मेलामा चर्चित देउडा खेलाडी शंकर मल्ल र चरित्रा शाहि बिच देउडा प्रतियोगिता हुने देउडा ब्यबस्थापक एवम् कलाकार छत्र साउंदले बताएका छन्। देउडा १७ गते बिहान बाट शुरु भइ दिनभर संचालन हुने हुँदा मेलालाई सभ्य […]
नागरिक रैबार/बाजुरा १४ कार्तिक। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा संघीय सांसद ज्ञानेन्द्र शाही बाजुरामा आउने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बाजुराको आयोजनामा यहीँ कार्तिक १७ गते बुढीगंगा नगरपालिकाको फालासैनमा हुने गुनासो सकलन अभियान कार्यक्रममा सहभागी हुन् सांसद शाही बाजुरा आउन लागेका हुन् । बाजुराका जनतासंग प्रत्येक्ष भेटघाट र यहाँका […]
मंगलबारदेखि तीन दिन हल्का वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिकले प्रभाव रहेकाले वर्षा र हिमपातको सम्भावना दखिएको हो। मौसमविद् रोजन लामिछानेका अनुसार अबको केही दिन देशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना […]
काठमाडौँ । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।आजको दिन […]
नागरिक रैबार/बाजुरा ४ कार्तिक।जिल्लाको बुढीनन्दा नगरपालिकाका ४ वटा वडामा नेपाल टेलिकमको फोर जि सेवा संचालन भएको छ । करिव डेढ बर्षको अथक प्रयासपछि बुढीनन्दा नगरपालिकाको साविकको पाण्डुसैनलाई लक्षित गरेर बनाइएका नेपाल टेलिकमका टावरहरुबाट आजबाट फोर जि सेवा संचालनमा आएको नगरप्रमुख जनक कुमार बोहराले बताएका छन् । बुढीनन्दाका नगरबासीलाई टेलिफोन सेवाको पहुँचमा ल्याउने गरी बनाइएका टेलिकमका […]