होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिवेदन बुझाएका हुन् । १५ गते इलाम-२ मा प्रतिनिधि सभा सदस्य र बजाङ १(१)मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन भएको थियो ।इलाममा एमालेका सुहाङ […]
काठमाडौं । भर्खरै सम्पन्न उपनिर्वाचनमा सिमित उम्मेदवारले मात्रै जमानत जोगाएका छन्। प्रतिनिधिसभा सदस्यतर्फ इलाम–२ मा भएको उपचुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार मिलन योङहाङ लिम्बूसँगै १६ जना उम्मेदवारको धरौटी जफत भएको छ। लिम्बूसँगै एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ लगायत १६ जनाको धरौटी जफत भएको हो । इलाम–२ मा विजयी भएका एमालेका सुहाङ नेम्बाङ, […]
काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ–१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार भएको उपनिर्वाचनको सबै मतपेटिका बझाङ सदमुकाम ल्याइएपछि मतगणनाको तयारी गरिएको हो । सर्वदलीय बैठकपछि मतगणना सुरु गरिने बझाङका प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिए । शनिबार भएको मतदानमा बझाङमा ५० प्रतिशत मत खसेको थियो । बझाङमा एमालेबाट दमनबहादुर भण्डारी, […]
भक्तपुर : देशभर आज बिहान ८ बजेदेखि एकैसाथ कक्षा १२ को परीक्षा शुरु भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले ७७ जिल्लाका एक हजार पाँच सय २५ परीक्षा केन्द्रमा सञ्चालन गरेको परीक्षा बिहान ८ बजेदेखि शान्तिपूर्ण रूपमा सुरु भएको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए । बोर्डले देशभर एक हजार पाँच सय २५ र देशबाहिर जापानमा […]
नागरिक रैबार/बाजुरा १८ चैत्र। बाजुराको बडीमालिका नगरपालिकाका जनप्रतिनिधिहरुले नगरबासीका गुनासा सुन्न र समाधानका लागि प्रत्येक शुक्रबार र शनिवार गाउँगाउँमा जाने भएको छ । नगरपालिकाले प्रदान गरेका सेवा प्रवाह र कार्यक्रमका बारेमा जनताबाट गुनासो सुन्ने र आगामी वर्षका लागि वडा तथा नगरपालिकामा गर्नुपर्ने कार्यक्रम तथा योजनाको सुझाव लिन नगरप्रमुख अमर खड्का गाउँ केन्द्रित बनेका छन् । […]
काठमाडौँ । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो । रामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सूर्यपुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएको छ । उता […]
नागरिक रैबार/बाजुरा ४ चैत्र। प्रधानमन्त्री रोजगार कार्यक्रमको परिचय तथा न्यनतम रोजगार सम्वन्धि जनप्रतिनिधि र १८ देखि ४९ वर्ष उमेर समूहका वेरोजगार व्यक्तिहरुसंगको एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बडीमालिका नगरपालिका रोजगार सेवा केन्द्रको आयोजनामा उक्त अभिमुखिकरण कार्यक्रम आज सम्पन्न गरिएको हो ।नगरपालिकाका जनप्रतिनिधि र वेरोजगार व्यक्तिहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रम र न्युनतम रोजगार बारे […]
नागरिक रैबार/बाजुरा ४ चैत। बाजुराको जगन्नाथ गाउँपालिका-६ पाल्त्याडी गाउँका बाढीपहिरोबाट विस्थापित बनेका ४६ परिवारलाई सुरक्षित ठाउँमा सारिने भएको छ । २०७९ असोज १९ देखि २५ गतेसम्म आएको अविरल बर्षाका कारण बाढी पहिरोबाट विस्थापित बनेका उनीहरुलाइ सुरक्षित ठाउँमा सार्न लागिएको हो । गाउँपालिका भरिमा बाढी पहिरोका कारण १ सय १० परिवार पूर्ण रुपमा विस्थापित छन् । […]
नागरिक रैबार/बाजुरा १ चैत । नेकपा एमाले बाजुराको आज बस्ने भनिएकाे १२ औं जिल्ला कमिटीको बैठक स्थगित गरिएको छ । यहि चैत १६ र १७ गते हुने आठौं जिल्ला अधिवेशनकाे तयारीका लागि बाेलाईएकाे बैठकमा पदाधिकारी तथा सदस्यहरुको संख्या नपुगेपछि बैठक स्थगित गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार अर्काे सूचना जारी नहुन्जेल सम्मका […]
काठमाडौं– आज ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम आयोजना गरेर मनाइँदै छ । विश्व महिला आन्दोलनको आधुनिक अभियान सन् १९१० मार्च ८ तारिखबाट सुरु भएसँगै हरेक वर्ष श्रमिक महिलाका अधिकार स्थापित गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै आइएको छ । महिला हक, अधिकार, सशक्तीकरण एवं लैङ्गिक समानताका लागि आवाज उठाउँदै विश्वभरि एक शताब्दीभन्दा बढी […]
नागरिक रैबार/बाजुरा १८ फागुन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ ले वडाभित्र रहेका टोल विकास समितिका पदाधिकारीहरुको क्षमता अभिवृद्धि गर्न १ दिने सिप विकास तालिमको आयोजना गरेको छ । ९ नम्वर वडा कार्यालयको वार्षिक कार्यक्रम अनुसार वडा भित्रका विभिन्न १६ वटा टोल विकास समितिका पदाधिकारीहरुलाई नेतृत्व विकासमा सक्षम गराउने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष […]
काठमाडौं, १८ फागुन । हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने […]
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्न लागेको हो । बैठकमा विधायन व्यवस्थापन समिति सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्नेछिन् । आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि विनियोजन […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु हुने भएको छ । पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा सुरु भएको हो । केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको छ। बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नेछन् । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको […]
काठमाडौँ । सङ्घीय संसद्को तेस्रो अधिवेशनको सुरुमै प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ । बुधवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले आगामी फागुन ६ गते आइतबार सो कार्यक्रम हुने जानकारी गराएका हुन् । उनले प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम सो प्रश्नोत्तर कार्यक्रम तय गरिएको पनि बताए । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि […]
नागरिक रैबार/बाजुरा २४ माघ। बाजुराको बुढीगंगा नगरपालिकाको नवौं नगरसभा विभिन्न निति नियम, ऐन कानुन र कार्यविधि पारित गर्ने निर्णय गर्दै सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षीत र समृद्ध बुढीगङ्गा बिकासको आधार, भन्ने मुल नाराका साथ मंगलबार बुढीगंगाको नवौं नगर सभा सम्पन्न भएको हो । नगर सभाबाट नगर प्रहरी ऐन २०८०, […]
नागरिक रैबार/बाजुरा ५ माघ। बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट एकै दिन २ जना गर्भवती महिलाको हवाई उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका १ जमसालका पुर्ण बहादुर खत्रीकी श्रीमती बर्ष २९ की संम्झना खत्री र सोही वडाकाे पिपलडाली स्थित रमेशराज बिष्टकी श्रीमती बर्ष २५ की सरोस्वती बिष्टलाई कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट रेफर गरि सुर्खेत पठाएको कोल्टी […]
नागरिक रैबार/ बाजुरा २ माघ। भुकम्प सुरक्षा दिवस बाजुरामा पनि विबिध कार्यक्रम गरि मनाइएको छ । “स्थानिय स्रोत र प्रविधिको प्रयोग गरौं, भूकम्प थेग्ने संरचना बनाऔ” भन्ने मूल नाराका साथ २६ औँ भूकम्प सुरक्षा दिवस मनाइएको हो । मंगलबार जिल्ला सदरमुकाम मार्तडीको खुलामञ्चमा भुकम्प सम्बन्धी डेमो प्रर्दशन गरि भुकम्प दिवस मनाईएको जिल्ला विपद ब्यबस्थापन समितिका […]
अछाममा चार जुवाडे पक्राउ परेका छन्। मंगलसेन नगरपालिका-५ मंगलसेन बजारका ५६ वर्षीय अर्जुनसिंह बिष्टको सिलाई कटाई पसलको कोठा भित्र जुवातास खेलिरहेको अबस्थामा उनीसहित चार जना बिहीवार पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई नगद २३ हजार ६ सय ३० र ४ गड्डी ताससहित पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय […]
काठमाडौं : एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको […]