होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकोमा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो। ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा […]
जिल्लामा रहेको सरकारी अस्पताल भरतपुर अस्पतालसहित दुई निजी मेडिकल कलेजमा कोरोना सङ्क्रमितको उपचार निःशुल्क गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमितको उपचार गर्नका लागि सरकारीसँगै निजी अस्पताललाई पनि तोकेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार चितवनको भरतपुर अस्पताल र दुई निजी मेडिकल कलेजलाई कोरोना उपचारका लागि जिम्मेवारी तोकिएको छ । उनले […]
रुसका वैज्ञानिकले आफ्नो देशमा बनेको कोरोनाभाइरस भ्याक्सिनबारे पहिलो रिपोर्ट प्रकाशित गर्दै भ्याक्सिनको सुरुवाती परीक्षणमा यसले रोगबाट लड्ने प्रतिरोधी क्षमता विकसित गराएको जानकारी दिएका छन् । मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रिपोर्टमा खोप परीक्षणमा भाग लिने सबै व्यक्तिमा कोरोनाभाइरससँग लड्नका लागि एन्टीबडी बनेको र यसले कुनै गम्भीर साइड इफेक्ट पनि नगरेको उल्लेख गरिएको छ । रुसले […]
२३ भदौ, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् । गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ । २१ वर्षीय […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सवै मिलेर साक्षर नेपाल अभिया सफल पार्न आग्रह गरेका छन् । ५४ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीमा शुभकामनाव्यक्त गर्दै प्रधानमन्त्री ओलीले निरक्षर नेपालीलाई साक्षर बनाउनु सरकारको मुख्य लक्ष्य रहेकाले अभियान सफल पार्न आग्रह गरेका हुन् । ‘हालसम्म ५३ जिल्ला पूर्ण साक्षर घोषणा भैसकेका छन् । […]
२२ भदौ, काठमाडौं । अब फरक-फरक मोबाइल सेवा सेवा प्रदायकका प्रयोगकर्ताले पनि एउटै सर्ट कोडहरु प्रयोग गर्न पाउने भएका छन् । ब्यालेन्सको थाहा पाउन, ब्यालेन्स ट्रान्सफर गर्न र मोबाइल रिचार्ज गर्न सबै सेवा प्रदायकमा अब एउटै प्रयोग हुने सर्ट कोड हुने भएको छ । यो सँगै तोकिएका प्रयोजनमा हाल प्रयोगमा रहेका सर्ट कोडहरु एकवर्षभित्र परिवर्तन […]
२२ भदौ, काठमाडौं । आगामी फागुनमा चौधौं महाधिवेशन गर्ने बताइरहेको नेपाली कांग्रेसको संगठनात्मक हालत हेर्दा तोकिएकै समयमा महाधिवेशन हुने विश्वास सोही पार्टीका नेताहरुमा पलाउन सकेको छैन । केन्द्रीय कार्यसमितिको म्याद ६ पटक बढाउँदा पनि नेपाली कांग्रेसको सांगठानिक विवाद सुल्झिएको छैन । यस्तै पाराले रहिरहने हो भने निर्धारित मितिमा महाधिवेशन हुने सम्भावना क्षीण देखिन थालेको नेताहरु […]
२२ भदौ, काठमाडौं । २०७५ फागुन २ गते एकान्तकुनामा सरकारले ‘पानीजहाज कार्यालय’ स्थापना गर्यो । कार्यालयको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘पानीजहाजको टिकट कहिले पाइन्छ भनेर केही महिना हामीलाई जिस्काउलान् तर केही महिना पर्खनुस्, टिकट पाइन्छ ।’ तर, कार्यालय खुलेको डेढ वर्षसम्म कानून बनाउने र जलमार्गको अध्ययनका लागि परामर्शदाता छान्ने प्रक्रियासमेत सकिएको […]
२२ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २१८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । उनीहरुमध्ये ३०० जनाको मृृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र ११ जनाको […]
२२ भदौ, सप्तरी । नेपाल-भारत सीमा क्षेत्रमा भारतीय नागरिकको समूहले कुटपिट गर्दा एकजना नेपाली नागरिकको मृत्यु भएको छ । भारतीय नागरिकले गत भदौ ६ गते कुटपिट गर्दा सप्तरीको डाक्नेश्री नगरपालिका वडानम्बर ६ औरही निवासी रामदेव यादव घाइते भएका थिए । ६५ वर्षीय यादवको उपचारको क्रममा आइतबार राति बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको […]
बाग्लुङ ।बाग्लुङको ढोरपाटन नगरपालिकाको भुजीखोलामा आएको बाढीले तटीय क्षेत्रका घर बगाउँदा अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या १७ पुगेको भने २१ जना बेपत्ता छन् । बुधबार राती साढे ११ बजेतिर आएको बाढीले खोलाको तटीय क्षेत्रका आधा दर्जन घर बगाएको थियो । बेपत्ता खोज्ने क्रममा आज अन्दाजी ३४ वर्षीय पुरुषको शव बडीगाड गाउँपालिका–७ स्थित बढीगाड खोलामा फेला परेको […]
महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यायलले स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधि (अनलाइन) बाट लिने तयारी गरेको छ । स्नातक तथा स्नातकोत्तर तहको नियमित तर्फका परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने तयारी भइरहेको विश्वविद्यायलयका उपकुलपति प्रा डा अम्मराज जोशीले जानकारी दिए । उनका अनुसार यसअघि स्थगित भएका परीक्षाहरू आगामी असोज १२ गतेदेखि सञ्चालन हुने तयारी छ । […]
निशान भट्टराई अहिलेका सर्वाधिक चर्चित र व्यस्त गायक हुन् । उनी संगीत क्षेत्रको मेनस्ट्रिममा आएको भने धेरै भएको छैन । ‘नेपाल आइडल’को पहिलो सिजनमा उपविजेता बनेपछि निशानको प्रगतिको ढोका खुल्यो । पहिलो बनेका बुद्ध लामाभन्दा निशानको चर्चा धेरै भयो र उनले यो चर्चालाई न्याय पनि दिए । नेपाल आइडल सकिनासाथ उनको स्वरमा गीत रेकर्ड गराउन […]
२२ भदौ, काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुल्ला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले १८ भदौमा कित्ताकट खुल्ला गर्ने निर्णय गरेकी हुन । २०७४ सालमा तत्कालिन भूमि व्यवस्था मन्त्री गोपाल दहितले देशभरी कृषियोग्य भूमि खण्डीकरण हुन नदिन भन्दै जग्गा कित्ताकाट रोक्ने निर्णय गरेका थिए । दहितले बन्द गराएको कित्ताकाट […]
काठमाडौं । ‘आजको दिनले राष्ट्रको सेवामा निरन्तर निष्ठापूर्वक लाग्न सबै राष्ट्रसेवकलाई प्रेरणा देओस् ! कोभिड १९ को माहामारीमा अग्रपंक्तिमा बसेर सेवा दिने सबैमा नमन !’ पूर्व मुख्यसचिव लीलामणि पौडेलले सोमबार आफ्नो ट्वीटरमा लेखेका वाक्य हुन् यी । निजामती सेवा दिवस २०७७ को अवसरमा सम्पूर्ण निजामती राष्ट्रसेवकहरूमा शुभकामना व्यक्त गर्दै उनले पुरस्कृत सबैलाई बधाइ पनि दिए […]
कैलाली ।कर्णाली प्रदेशको डोल्पा जिल्लाका महिलाहरु लोप हुन थालेको रैथाने बाली संरक्षण गर्न जुटेका छन् । जिल्लाको मुङ केचुला गाउँपालिका ७ सर्मिगाउँका महिलाहरु लोप हुन थालेको चिनो, फापर, कागुनो जस्ता रैथाने बालीको संरक्षण गर्न लागि परेका हुन् । उनीहरुले २० रोपनी जमिनमा चिनो, १० रोपनीमा फापर र १० रोपनीमा कागुनो खेती सुरु गरेका छन् । साथै […]
धनगढी– आज देशभरि १७ औँ निजामती सेवा दिवस मनाइँदै छ। ‘स्वच्छ र समक्ष निजामती प्रशासनः समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यो दिवस मनाउन थालिएको हो। सङ्घीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई कार्यालयमा नै भौतिक दूरी र न्यूनतम स्वास्थ्य मापदण्ड प्रयोग गरी दिवस मनाउन निर्देशन दिएको छ। यस्तै १७ औं निजामती सेवा दिवसरको अवसरमा […]
धनगढी – सुदूरपश्चिम प्रदेशमा कोरोना नियन्त्रण तथा रोकथाम र नियमित शान्तिसुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना भाईरसको सङ्क्रमण बढ्दै गएको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिममा ४० जना प्रहरीमा संक्रमण पुष्टि भएको छ। कार्यालयका निमित्त प्रमुख तथा प्रहरी वरिष्ठ उपरिक्षक मुकेश सिंहले संक्रमण पुष्टि भएका ४० जना मध्ये २२ जनाले कोरोना जितेको र बाँकी १८ जनाको उपचार […]
काठमाडौं । नेपाली काँग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागको दुई दिने बैठकले ९ वटा निर्णय गरेको छ । भदौ २० र २१ गते भएको काँग्रेस प्रचार विभागको प्रथम भर्चुअल बैठक न्यूनतम योजना र दीर्घकालीन उपयोगिता सम्बन्धी ९ वटा निर्णय लिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको प्रमुख रहेको प्रचार विभागले ६ वटा उपसमितिको संयोजक तोकेको […]
फ्रान्समा एक व्यक्तिले झिंगा मार्ने कोसिस गरे तर यो चक्करमा उनको घरको ठूलै भाग जलेको छ । फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो । उनले किरा–फट्याङ्ग्रा मार्न काम लाग्ने इलेक्ट्रोनिक र्याकेट उठाए र झिङ्गा मार्ने कोसिस गरे । तर त्यतिबेला […]