होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेको केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारबाट सुरु भएको बैठक आइतबार सकिएको हो । बैठकमा विधान महाधिवेशनसँग सम्बन्धित तीन दस्तावेजमा छलफल भएको थियो । छलफलका क्रममा उठेका प्रश्नहरुको नेताहरुले जवाफ दिएपछि बैठक सकिएको हो । यसैबीच पार्टीभित्र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै नेताहरुले असन्तुष्टि जनाएपछि त्यसबारे छलफल गर्न एमालेले स्थायी कमिटी बैठक […]
धनगढीः धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेसँग १९ हजार ३ सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ। धनगढी र मोहनपुर गोदाममा रहेको खाद्यान्न पहाडी जिल्लामा ढुवानी नहुँदा विशेष गरी बाजुरामा खाद्यान्नको चरम अभाव देखिएको छ। चाडपर्व नजिकिएसँगै जिल्लाको मार्तडी र कोल्टी डिपोमा खाद्यन्न मौज्दात शुन्य देखिएको हो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले […]
काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले बडा दसैंलाई मध्यनजर गर्दै वर्षाका कारण क्षति भएका सडकहरुको निर्माण तत्काल सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ । सिंदरबारमा आइतबार बसेको समिति बैठकले वर्षाका कारण क्षति भएका सडकहरुको निर्माणलाई तत्काल सम्पन्न गर्न गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा समिति सभापति […]
धनगढीः दोस्रोपटक प्रधानमन्त्री बनेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तुइन हटाउने पहिलो निर्णय प्रमाणीकरण गरे। उनीभन्दा अघिका सरकारले पनि तुइन विस्थापन गरी झोलुङ्गे पुल बनाउने निर्णय भने नगरेका होइनन् तर केपी शर्मा ओली सरकारकोे पालामा यसले बढी चर्चा पायो। तर चर्चा पाएअनुसार काम नभएको देशभर अझै सञ्चालनमा रहेका सयौं तुइनले पुष्टि गर्छ। हुम्लामा पनि […]
धनगढीः नेकपा एमालेभित्र देखिएको विवाद समाधान गर्न भएको दश बुँदे सहमति कार्यान्वयनमा नेतृत्व गम्भीर नभएपछि माधव नेपाल छोडेर एमालेमै रहेका नेताहरू असन्तुष्ट छन्। यसैक्रममा नेकपा एमालेका उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठकबाट बाहिरिएका छन्। उनलाई आइतवारै बसेको स्थायी कमिटी बैठकमा आफ्ना कुरा राख्न भनिएको थियो। तर उनले त्यहाँ आफ्नो केही कुरा नरहेको बताएका थिए। […]
काठमाडौं, १० असोज । यथास्थितिमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एक हुनसक्ने असम्भव जस्तै लाग्छ । कुनैबेला यी तीन दल एउटे थिए, नेकपा ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुच्छर झुण्डिएको कम्युनिस्ट पार्टी नरहने अवस्थाको परिकल्पना गरेका थिए । उनैले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकताको प्रस्ताव राखे । मिलेर चुनाव […]
नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । खड्काले सामाजिक सञ्जालमार्फत आज गरिएको कोरोना परीक्षणमा रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् – ८ गते ४ बजेदेखि ज्वरो खोकी सुरु भएको , आज १० गते एन्टिजेन र PCR परीक्षण गराउँदा दुबैमा पोजेटिभ। धेरै सतर्कताका बाबजुद अन्ततः कोभिडले […]
सरकारले भोलिदेखि दसैंका लागि काठमाडौं बाहिरका जिल्लामा घर जानेहरूका लागि टिकट बुकिङ खुला गरेको छ । काउन्टरमा गएर टिकट बुकिङ गर्दा यात्रीहरू ठगिने र बिचौलियाहरुले बढी भाडा असुल्ने गरेका कारण अनलाइनबाट टिकट बुकिङ गर्न यातायात व्यवस्था विभागले आग्रह गरेको छ । आइतबार प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै विभागका महानिर्देशक नमराज घिमिरेले अनलाइनबाट […]
काठमाडौं ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु […]
१० असोज, बाँके। प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका-३ भगरीया बस्ने ३४ वर्षीय प्रकाश न्यौपाने रहेका छन् । प्रकाशले आफ्नै श्रीमती लक्ष्मीलाई कुटपिट गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । […]
काठमाडौं, १० असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष डा. भीम बहादुर रावलले दश बुँदे सहमति कार्यान्वयन हुनुपर्ने भनेर उठाएको माग सम्बोधन गर्ने भएका छन् । पार्टीको केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटीको बैठक बसिरहेको छ । उक्त बैठकमा सुदुरपश्चिम प्रदेशको हकमा दश बुँदे सहमति कार्यान्वयन नभएको विषय उपाध्यक्ष रावलले उठाएका थिए । […]
पोखरा — लामो समयको प्रेम सम्बन्धलाई अमृत भुजेल र पूजा गन्धर्वले ३ वर्षअघि विवाहमा परिणत गरे । अमृत जनजाति परिवारका हुन् भने पूजा दलित परिवारकी । पोखरा–२७ अर्चलेका छिमेकी र आफन्तले भने उनीहरूको बिहे देखिसहेनन् । अमृतको परिवार बहिष्कारमा पर्यो । छोराले दलित बहुारी भित्र्याएको भन्दै आमाको किरियाकर्म गर्दा छुट्टै राखिएका पोखरा–२७ अचर्लेका कष्णबहादुर भुजेल (छेउमा) । दुईबीच २०७५ […]
नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट उम्मेदवार हुने छिन् । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्ट निर्वाचित छन् । त्यसैले अबको चुनावमा झाक्री र विष्टबीच रोचक प्रतिस्पर्धा हुने देखिएको हो । एउटै […]
बूढानीलकण्ठ नगरपालिका– ८ स्थित गोल्फुटारको वडा कार्यालयको शौचालयमा एक पुरुषको शव फेला परेको छ । निर्माणाधीन शौचालयको प्यासेजमा अन्दाजी ४० वर्ष उमेरका एक पुरुषको शव फेला परेको वडाध्यक्ष सुमन तामाङले जानकारी दिए । उनका अनुसार–‘शवको पहिचान हुनसकेको छैन । लामो समयदेखि सोही ठाउँमा हिँडडुल गर्ने मानसिक असन्तुलन भएको पुरुषको शव भएको स्थानीयवासीले बताएका छन् । […]
छेन्दु: दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०ः२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसै गरी अर्का एक जना भने उद्धारका […]
कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकामा ‘चौथो आदर्श क्रिकेट कप–२०७८’ आयोजना हुने भएको छ। वेदकोट नगरपालिका १ हात्तिथलामा रहेको आदर्श युवा समाजले दशैँ तथा दिपावलीको अवसरमा असोज २० गतेदेखि उक्त नगर स्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गर्न लागेको हो। वेदकोट नगरपालिका १ को सहयोगमा उत्तः प्रतियोगिता सञ्चालन हुन लागेको समाजका अध्यक्ष ज्ञानेन्द्र धामीले बताए। उनले प्रतियोगितामा सहभागिता जनाउन आफ्नो […]
झापा: मेचीनगर नगरपालिका–१ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए। शुक्रबार दिनभर खेतमा फस्टाएको धान हेरेर खुसी हुँदै घर फर्किएका उनले वर्ष दिन खान पुग्ने धान फल्ने अनुमान गरे। उनको खुसी भारतीय जङ्गली हात्तीले एक दिन पनि टिक्न दिएन। शुक्रबार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो। उनले […]
नेपाली काँग्रेस लमजुङको राइनास नगरपालिका अधिवेशनका क्रममा मतपत्रमा त्रुटि भेटिएपछि मतदान स्थगित भएको छ । नगर सभापतिका उमेदवार श्रीकृष्ण पौडेलको नामावली भएको ठाउँमा मतदानको संकेत गर्ने ठाउँ नै नराखेपछि मतदान स्थगित भएको हो । उक्त मतपत्र पौडेल पक्षीय कार्यकर्ताले मतपत्र समेत जलाइदिएका छन् । योजनाबद्धरुपमा मतपत्र र सिरियल नम्बरमा गडबड गरेपछि निर्वाचन स्थगित गरिएको अध्यक्षका उमेदवार […]
काठमाडौं, असोज १० । नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो। एमालेका केही केन्द्रीय सदस्यले ७० वर्षे उमेर हद हटाउन माग गरेका छन्। तर, उनीहरूको […]
विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको ३८ क्विन्टल सुन तस्करी प्रकरणको मुद्दामा आजबाट अन्तिम बहस हुँदैछ । जिल्ला अदालत मोरङमा आजबाट अन्तिम बहस हुने भएको हो । तस्करीको साढे ३३ किलो सुन गायब भएपछि तस्करको समूहको यातनाका क्रममा २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका-१ मा शाक्यको मृत्यु भएको […]