होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानन्यायाधीश प्रकरणमा विभाजित न्यायाधीशहरु आगामी आइतबारदेखि नियमित इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले नियमावली संशोधन र त्यससम्बन्धी निर्देशिका पारित गरेपछि असन्तुष्ट न्यायाधीशहरु इजलास बस्ने माहोल तयार भएको हो । एक न्यायाधीशका अनुसार नियमावली संशोधन गर्नुपर्ने र गोलाप्रथाबाट इजलास तोक्नेसम्बन्धी माग पूरा भएसँगै आफूहरु आइतबारदेखि नियमित इजलासमा फर्किने तयारीमा रहेको […]
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणमा सहजीकरण गरी ठूला योजनालाई सरल र रोकावटबिना नै सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएका छन्। मन्त्रालयमा आज आयोजित विकास निर्माण सहजीकरण कानुनसम्बन्धी छलफलमा उनले झन्झटिलो कानुन र विभिन्न किसिमका रोकावटले ठूला आयोजना रोकिँदै आएकाले अब त्यस्तो व्यवस्था हटाउनुपर्ने उल्लेख गरे। “अख्तियार, कानुन तथा अदालतलगायतले ठूला आयोजनाहरू नरोकिउन्”, उनले भने, “सरल […]
इनरुवा: कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी र धरानको बीचमा पर्ने सेउती खोलामा मोटरसाइकल दुर्घटना हुँदा गएराति एक सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा दूधकोशी गाउँपालिका– १ घर भई मोरङको डङ्गाहास्थित सशस्त्र प्रहरी बेस क्याम्पमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक सन्तोष बस्नेत रहेको प्रदेश–१स्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए। दक्षिणतर्फ […]
काठमाडौं । सरकारले रेबिजविरूद्ध लगाइने इम्युनाेग्लाेबुलिन एण्टीबडी सातै प्रदेशमा विस्तार गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले मन्त्रालयमा बिहीबार आयाेजित पत्रकार सम्मेलनमा बाेल्दै इम्युनाेग्लाेबुलिन सेवा सातै प्रदेशमा विस्तार गरेकाे जानकारी दिए । “मंसिरकाे पहिलाे साताबाट सात प्रदेशका ९ अस्पतालमा याे सेवा विस्तार गरेका छाैं, पछि आवश्यकता अनुसार अरू अस्पतालमा पनि थप्छाैं” उनले भने […]
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको आज शुभारम्भ गर्दै उनले सर्वोच्चको समस्या समाधानका लागि सत्ता साझेदार दलको बैठकले साझा धारणा बनाएर समाधान गर्ने निर्णय गरेको जानकारी दिए । उनले भने, “बैठकमा सबै सम्बन्धित पक्षको ध्यानाकर्षण […]
काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशहरुको छलफल सुरु भएको छ । सबै न्यायाधीशहरुको पूर्ण बैठक (फुल कोर्ट) बाट पेशी व्यवस्थापनसम्बन्धी सर्वोच्च अदालत नियमावलीको नियम संशोधन गर्ने तयारीका लागि न्यायाधीशहरुको छलफल सुरु भएको हो । यसअघि प्रधानन्यायाधीशले पेशी तोक्ने व्यवस्था रहेकामा त्यसलाई संशोधन गरेर गोला प्रथाबाट पेशी तोक्न मिल्ने गरी नियमावली संशोधनका लागि फुल कोर्ट बस्ने तयारी […]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुसँगको संयुक्त रुपमा अनुगमनका क्रममा उनले खोपको अभाव नरहेकाले जुनसुकै खोप केन्द्रमा गई सर्वसाधारणले खोप लगाउन सक्ने बताए । “अब कहाँ, कुन बार, […]
बैतडी: बैतडीमा भएका छुट्टाछुट्टै चोरीे आरोपमा ३ जना पक्राउ परेका छन्। डिलाशैनी गाउँपालिका वडा नं ५ र ६ मा कात्तिक २४ गते राति तीन ओटा पसलमा चोरी गर्ने ३ जना प्रकाउ परेका हुन्। स्थानीय गोपाल नाथलाई मंगलबार नै प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो भने नरेन्द्र नाथ र रमेश लावडलाई गोपाल नाथको बयानको आधारमा बुधबार पक्राउ […]
धनगढीः माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरिएको छ। पार्टीका अध्यक्ष नेपालले बिहिबार एक कार्यक्रमकाबीच कार्यालयको उद्घाटन गरेका हुन्। तत्कालिन एमाले तथा नेपाल कम्युनिस्ट पार्टीको कार्यालय रहेको भवनमा एकीकृत समाजवादीले बिहीबार प्रादेशिक कार्यालयको उद्घाटन गरेको हो। धनगढीमा रहेको भाडाको भवनमा एकीकृत समाजवादीले प्रादेशिक र कैलाली जिल्ला पार्टी कार्यालय सञ्चालन गर्ने भएको […]
दार्चुला र काठमाडौं — भारतीय प्रशासनले दार्चुलाका दुई गाउँ छाङरु र टिंकरमा जनगणना गर्न व्यवधान खडा गरेको छ । व्यास गाउँपालिका–१ का छाङरु र नेपाल–चीन सीमावर्ती गाउँ टिंकरमा जनगणनाका लागि केन्द्रीय तथ्यांक विभागबाट खटिएका कर्मचारी भारतीय बाटो हुँदै जान नपाएपछि दार्चुला सदरमुकाम खलंगामा रोकिएका छन् । कात्तिक २५ मै जिल्ला प्रशासन कार्यालय दार्चुलाले सहायक जिल्ला जनगणना अधिकारी […]
काठमाडौं– गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरिएको भन्दै पाँच कम्पनीलाई कारवाही गरिएको छ । गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्रीको उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो । विभागले बुधबार एक सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र […]
धनगढी: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सुदूरपश्चिममा सबैभन्दा ठूला पार्टी एकिकृत समाजवादी रहेको दाबी गरेका छन्। तत्कालिन सुदूरपश्चिमको नेपाल कम्युनिस्ट पार्टीको कार्यालय समाजवादीले लिएको भन्दै सो कुरा प्रमाणित भएको उनले बताए। बिहीबार प्रादेशिक पार्टी कार्यालयको उद्घाटन गर्दै उनले सुदूरपश्चिममा एकीकृत समाजवादी ठूलो पार्टी रहेको र अझै ठूलो बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका […]
काठमाडौँ — सर्वोच्च अदालत प्रशासनले वकिलहरुमाथि बल प्रयोग गरेको छ । सर्वोच्चको गेटमा धर्ना दिन लाग्दा वकिलहरुलाई प्रहरीले धकेल्दै रोक्न खोजेको थियो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अदालत प्रवेशमा रोक्न भन्दै वकिलहरुले मुख्य गेटसहित अन्य दुई वटा गेटमा गएर धर्ना दिन खोज्दा प्रहरीले बल प्रयोग गरेर रोक्न खोजेको हो । मुख्य गेटमा कानुन व्यवसायीहरुले धर्ना दिँदै आएपछि प्रधानन्यायाधीश […]
नियुक्त भएको पाँच महिना नाघिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण अझै सार्वजनिक नगरेका हुन् । ‘प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण प्राप्त भएको छ । तर, सार्वजनिक किन भएन ? म बुझ्छु’, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले […]
डडेल्धुरा: डडेल्धुरामा रहेको प्रसिद्ध उग्रतारा मन्दिरमा डिजिटल दक्षिणाको सुरुवात भएको छ। अब जुनुसुकै बैंकको मोबाइल बैंकिङ एप, इ–सेवा, आइएमइ–पे, फोन–पे लगायतका डिजिटल माध्यमको प्रयोग गरी संसारको जुनसुकै ठाउँबाट जो सुकैले पनि सजिलै उग्रतारा मन्दिरलाई दान–दक्षिणा चडाउन सक्ने भएका छन्। ग्लोबल आइएमई बैंक र उग्रतारा क्षेत्र विकास समितिको सहकार्यमा उक्त सेवाको सुरुवात गरिएको हो। बढ्दो प्रविधिको प्रयोग […]
सर्वोच्च अदालत परिसरमा भर्नाका बसेका नेपाल बार एसोसिएसनका वकिल र प्रहरीबीच झडप भएको छ । झडपमा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित एक दर्जन कानुन व्यवसायी घाइते भएका छन् । वकिलहरु मुख्य भवनतर्फ प्रवेश गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । सो क्रममा दुई पक्षबीच धकेलाधकेल हुँदै झडपसम्मको अवस्था आएको थियो । झडपका क्रममा श्रेष्ठलगायत सामान्य घाइते […]
धनगढी: काँग्रेस नेता पूर्णबहादुर सिंह बलात्कारको आरोपमा पक्राउ परेका छन्। गत कार्तिक ९ गते अत्तरियाबाट बलात्कार गरेको आरोपमा सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक प्रतिक विष्टले बताए। उनका अनुसार पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ। बाजुराको बुढीगंगा–९ घर भएका सिंह भर्खरै सम्पन्न भएको जिल्ला अधिवेशनमा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिका उमेद्वार […]
देउखुरी: बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ। गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ। सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उनले बताए। बङ्गलाचुलीको मुकुटीदेखि […]
मौसम पूर्वानुमान महाशाखाले आज देशमा अरब सागरमा बनेको निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जनाएको छ । जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदुरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। बिहीबार दिउँसो प्रदेश १, बागमती, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागहरुमा आंशिक देखि सामान्य बदली […]
नागरिक रैबार/बाजुरा १ मंसिर । बाजुराको सदरमुकाम मार्तडीमा दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने भएको छ । त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले एक सार्वजनिक सूचना जारी गर्दै अवदेखि दैनिक साढे ४ घण्टा लोडसेडिङ्ग हुने बताएको हो । विद्युत सेवा लोडको समयमा अत्याधिक खपत भएर मेसिनको क्षमताले नधान्ने अवस्थामा पुगेपछि विहान ५ बजेदेखि साढे ९ बजे […]