होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डोटी । मुलुकका तीन ठूला दल नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेका छन् । महाधिवेशनबाट सुदूरपश्चिमका यी तीन दलबाट ७७ जना केन्द्रीय समितिमा पुगेका छन् । आइतबार मात्रै काठमाडौंमा आठौं महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रको केन्द्रीय कमिटीमा सुदूरपश्चिमबाट २७ जना समेटिएका छन् । २९९ सदस्यीय केन्द्रीय समिति बनाउने वैधानिक व्यवस्था […]
पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झण्डा देखाएकी एक महिलामाथि गोली प्रहार भएको छ । गोली लागेर घाइते ती महिला अस्पतालमा भर्ना भएकी छन् । उत्तर प्रदेशको सुल्तानपुरमा प्रधानमन्त्री मोदीलाई कालो झण्डा देखाएकी रीता यादव माथि गोली प्रहार भएको हो । खुट्टामा गोली लागेर घाइते उनलाई सुल्तानपुर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । […]
पोखरा — एघार वर्षको उमेरमा पहिलोपल्ट महिनावारी हुँदा आशिका केसी १४ दिनसम्म अध्यारो कोठामा बसिन् । घाम नपस्ने बन्द कोठाको उकुसमुकुस सम्झँदा अहिले पनि उनी बिरक्तिन्छिन् । १३ वर्ष पुगेकी उनलाई त्यतिबेलाको बारबन्देज भोग्नुपर्दा महिनावारी नै नभइदिए हुन्थ्यो जस्तो लाग्छ । पोखरा–३० पावरहाउसको गुरुकुल विद्याश्रम स्कुलमा आठ कक्षामा पढ्ने छात्राले सोमबार आफ्नो महिनावारी अनुभव सुनाए […]
काँकडभिट्टा — गत पुस ६ मा चरा अनुसन्धानकर्ता तथा वाइल्ड लाइफ फोटोग्राफर देवेन खरेल चरा खोज्दै इलामको सूर्योदय नगरपालिका–१ सीमधाप पुगेका थिए । आसपासको वन क्षेत्रमा टहलिदै थिए, अचानक एक जोडी ‘रुफ्स–नेक्ड हर्नबिल’ अर्थात् ‘हङरायो’ देखे । हतारिदै तस्बिर खिचे । ‘हङरायो फेला पार्नु मेरो करियरकै ठूलो उपलब्धी ठानेको छु, ’ मेचीनगर ६ काँकडभिट्टा निवासी […]
काठमाडौँ — हुम्लाको हिल्सा र लिमी क्षेत्रका बासिन्दा चिसो छल्न सदरमुकामलगायत पायक ठाउँमा सरिसके । चिसो कम भएपछि फागुन/चैतमा मात्रै उनीहरू पुरानो थातथलो फर्किन्छन् । हिल्साका ३५ घर/होटलमा ६ कुरुवा राखेर स्थानीय र व्यवसायी तल झरिसकेका छन् । तर सीमा सुरक्षाका लागि बोर्डर आउट पोस्ट (बीओपी) मा तैनाथ सुरक्षाकर्मी भने कष्टकर कर्तव्य पूरा गर्दै छन् । बीओपी र वरपर […]
रुकुम पूर्वमा हिउँमा फसेका १४ जना मजदुरको सकुशल उद्धार गरिएको छ । सोमबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उनीहरुको सकुशल उद्धार गरिएको हो । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका २ पेल्माको घुसदुङमा १४ जना मजदुरहरु गत १३ गतेदेखि हिउँमा फसेका थिए । उनीहरुको सोमबार दिउँसो उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । सेनाले हिउँमा फसेका जोकप्रशाद […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभाका ४ उम्मेदवारको नाम टुंगो लगाएको छ । सो पार्टीको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवार छनोट गरेको हो । नेकपा एसका प्रचार विभागका प्रमुख जगन्नाथ खतिवडाका अनुसार प्रदेश १ बाट जयन्ती राई, वाग्मतीबाट गोमा तिमल्सिना, लुम्बिनी प्रदेशमा राजेन्द्रलक्ष्मी गैरे, कर्णाली प्रदेशबाट उदय बोहोरा, सदूरपश्चिमबाट मदनकुमार (गरिमा) शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र ०७७/७८ का लागि स्नातकोत्तर तहका लागि सिट संख्या निर्धारण गरेको छ । आयोगले ३७ शिक्षण संस्थाहरूमा विभिन्न कार्यक्रमहरूको लागि एक हजार ७१२ कोटा निर्धारण गरेको छ । एमडी, एमएस, एमडीएस, एमएन, एमपीएच, एमएससीको लागि आयोगले सिट संख्या तोकेको हो । बी.पी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, […]
काठमाडौं। विवेकशील साझा पार्टीबारे निर्वाचन आयोगको निर्णयविरुद्ध मिलन पाण्डे पक्षले दिएको उजुरी आयोगले खारेज गरेको छ । विवेकशील साझा पार्टीको विधान २०७८ अद्यावधिक गरी अभिलेखीकरण गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध पाण्डेले दिएको उजुरी आयोगको पुस १२ गते बसेको बैठकले कुनै सुनुवाइ नगरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले भने, ‘पाण्डेले विधान संशोधन गर्ने […]
धनगढी : सुदूरपश्चिमको साँस्कृतिक पर्व ‘भुवा’ आइतबारदेखि सुरु भइसकेको छ। महाभारतको कथा, पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले ‘भस्सो’ पनि भन्ने गरेका छन्। दमाहाको तालसँगै एक हातमा तरबार र अर्को हातमा ढाल नचाइने यो पर्वमा सुदूरपश्चिमका गाउँबेसीमा युद्धकालीन कौशलताको झल्को दिने झाँकी प्रदर्शन हुन्छन्। यो पर्व विषेश गरी सुदूरपश्चिमका तीन पहाडी जिल्ला […]
काठमाडौं । सोमबार हिमाली भेगका शेर्पा, लामा लगायत समुदायले धुमधामका साथ तोल ल्होसार मनाउँदैछन् । सबैभन्दा पुरानो ल्होसार मानिएको यो पर्व हुम्लाको सिमकोट र नाम्खा गाउँदेखि डोल्पा, मुगु, मनाङ, जुम्ला लगायत जिल्लामा मनाउने गरिन्छ । नेपालमा फरक–फरक जनजाति समुदायले छुट्टाछुट्टै ल्होसार मनाउने गर्दछन् । तमु ल्होसार पुसे १५ मा, सोनाम ल्होसार माघ प्रतिपदा र ग्याल्बो […]
काठमाडौं । निलम्बित सांसद रेशम चौधरीले ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका छन् ।सोमबार चौधरीले श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ नामक नयाँ राजनीतिक दल गठन गरेका हुन् । उक्त दल दर्ताको निवेदन दिनका लागि रेशम चौधरीका समर्थकहरु भृकुटीमण्डपमा भेला भएर बाजागाजा, झाँकी र चौधरीको तस्वीर अंकित प्लेकार्डसहित निर्वाचन आयोगमा पुगेको […]
सत्तारुढ गठबन्धन दलले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारीको बाँडफाँट गरेका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सोमबार बसेको बैठकमा राष्ट्रियसभाका रिक्त १९ सदस्य पदमा मिलेर उम्मेदवारी दिने सहमति भएको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिइन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा रिक्त १९ सिटमध्ये जुन पार्टीबाट सदस्य पद रिक्त […]
चिसो बढेसँगै डडेल्धुरामा पेट दुख्ने, निमोनिया, रूघाखोकीका बिरामीको संख्या बढ्दै गएको छ। चिसो सुरू भएयता यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा बिरामीको संख्या बढ्दै गएको हो। एक्कासी चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा बढी प्रभावित बनेका हुन्। दैनिक २ सय जना भन्दा बढी बिरामी आउने गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। डडेल्धुरा अस्पतालका डा. शन्तोष कुमार सिंहका अनुसार […]
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको संयोजनमा सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरुको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्री देउवाका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए । बैठकमा कांग्रेसका रामचन्द्र पाैडेल, नेकपा (माओवादी केन्द्र) का तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी)तर्फबाट […]
काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ। पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो। दमकल प्रयोग गरी आगो निभाइएको छ। बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन्। तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ।दिनेश खबरबाट साभार
नेकपा (माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनले २३६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ। कमलादीस्थित प्रज्ञा भवनमा आज सम्पन्न महाधिवशेनले विभिन्न क्लस्टरसहित पहिलो चरणमा २३६ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो। बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको नामलाई ध्वनी मतका आधारमा निर्वाचित गरिएको हो। कैलालीका ५ जना, डडेल्धुराका ४, बझाङका तीन, कञ्चनपुरका तीन, दार्चुला दुई, […]
आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढिरहेका थिए । आदिवासी जनजातितर्फको नाम पढिरहँदा उनी केहीबेर अड्किए । उ…तामाङ । थर प्रष्ट भयो, तर नाम प्रष्ट भएन । नामहरु पढ्दै जाँदा प्रचण्ड आदिवासी जनजातितर्फको युवा क्लष्टरमा पुगे । त्यहाँ उनले अर्को एउटा नाम पढे– आर तामाङ । […]
आइतबार साँझ प्रज्ञा भवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावित केन्द्रीय सदस्यहरुको नाम पढिरहेका थिए । आदिवासी जनजातितर्फको नाम पढिरहँदा उनी केहीबेर अड्किए । उ…तामाङ । थर प्रष्ट भयो, तर नाम प्रष्ट भएन । नामहरु पढ्दै जाँदा प्रचण्ड आदिवासी जनजातितर्फको युवा क्लष्टरमा पुगे । त्यहाँ उनले अर्को एउटा नाम पढे– आर तामाङ […]
हुम्ला जिल्ला अस्पतालमा ५० किलोवाटको ‘जेनेटर’ सञ्चालनमा आएको छ । जिल्लामा विद्युत् नियमित नहुँदा सेवाग्राहीले समस्या भोग्दै आएका थिए । जेनेटर सञ्चालनपछि स्वास्थ्यकर्मीलाई सेवा प्रदान गर्न सहज भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिए । उनले भने, “विद्युत् आपूर्ति नियमित नहुँदा उपचारमा बाधा पुगिरहेको थियो, जेनेरेटर जडान गरी सञ्चालनमा आएसँगै अस्पतालबाट चौबीसैँ घण्टा […]