होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो । त्रिविको सूचनामा भनिएको छ, ‘हाल […]
जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिए । उनले भने, “चिसो बढेको छ, बालबालिका तथा […]
पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ । यसैक्रममा बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको चन्द्रागिरी हिल्स प्रालिले जनाएको छ । चन्द्रागिरी हिल्स प्रालिको फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ । गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ […]
नागरिक रैबार बाजुरा ६ माघ नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति बाजुराकाे नवौं जिल्ला अधिवेशन बुधबार सम्पन्न भएकाे छ । नवाैं जिल्ला अधिवेशनले बुढीगंगा नगरपालिकाका लेखापाल पुर्णचन्द्र जैशीकाे नेत्तृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरि सम्पन्न भएकाे हाे । जसमा उपाध्यक्ष उपेन्द्र बहादुर साउँद (खुला) उपाध्यक्ष पश्सिमा रावल (महिला), सचिव दिपेन्द्र पाण्डे,सह-सचिव धुर्वराज थपा र […]
जोगबुढा, डडेलधुरा — उनको समुदायका धेरैले ३/३ महिनामा सामाजिक सुरक्षाभत्ता थाप्छन् । तर राजमती राउटेले भने विवाह भएर आएको ४ वर्ष बितिसक्दा पनि सामाजिक सुरक्षाभत्ता पाउन सकेकी छैनन् ।सामाजिक सुरक्षाभत्ता मात्र होइन उनले सरकारी तहबाट पाउने अधिकांश सुविधाबाट पनि वञ्चित हुनुपरेको छ । कारण हो, उनको नागरिकता नहुनु । दुई वर्षअघि विवाह भएर आएकी सत्याले पनि अहिलेसम्म नागरिकता पाउन […]
नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समितिले श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने माग गरेको छ । समितिले पछिल्लो समयमा कतिपय सञ्चारगृहले नियमित तलबलगायत सेवा सुविधा नदिएको तथा श्रमजीवी पत्रकार ऐन, २०५२ को पूर्ण कार्यान्वयन नगरेको भन्दै ऐनको कार्यान्वयन नगर्ने, विभिन्न बहानामा बिदा तथा बेतलबीमा राख्ने, ऐनअनुसार सेवा सुविधा उपलब्ध नगराउने सञ्चारगृहविरुद्ध आन्दोलन गर्ने […]
स्थानीय तहको निर्वाचनको मिति तयलगायतका बिषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । आगामी जेठ ५ गते स्थानिय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्ये नजर गर्दै सत्तारुढ दलको बैठक बस्न लागेको हो । निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले […]
काठमाडौँ — देशको पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले जारी गरेको बुलेटिनअनुसार देशका केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा […]
काठमाडौँ — कोभिडको तेस्रो लहर सुरु भएसँगै बालबालिकामा अत्यधिक मात्रामा संक्रमण देखिन थालेको छ । खोपको दायराभन्दा बााहिर रहेका १२ वर्षमुनिका बालबालिकामा संक्रमणको जोखिम बढी देखिएको छ । संक्रमित बालबालिकाको संख्या उच्च रहे पनि उनीहरूको स्वास्थ्यमा धेरै जटिलता भने छैन । तर, दोस्रो लहरका बेला जस्तै कोभिडबाट निको भइसकेका धेरै बालबालिकामा एक–डेढ महिनापछि ‘पोस्ट कोभिड सिन्ड्रोम’ लक्षण देखिन […]
काठमाडौँ — निर्वाचन आयोगको ताकेतापछि पनि स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न अलमल गरिरहेको सत्ता गठबन्धनमा संघीय संसद्को निर्वाचनको विषयले प्रवेश पाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वैशाख/जेठमा संसदीय र कात्तिक/मंसिरमा स्थानीय निर्वाचन गर्ने प्रस्ताव राखेका छन् । गठबन्धनले यो विषयमा एक/दुई दिन छलफल गरेर निष्कर्षमा पुग्ने बताएको छ भने प्रमुख प्रतिपक्षीले भने स्थानीय निर्वाचन […]
नागरिक रैबार बाजुरा ५ माघ दलित माथिको दमन र विभेद अन्त्यगर्न माग गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएकाे छ । जातीय मुक्ति समाज बाजुराले जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा २० बुँदे माग पत्र सहीतको ज्ञापन पत्र बुझाएको हो । “संविधान र कानूनको कार्यान्वयन सहित दलित […]
नागरिक रैबार बाजुरा ५ माघ मार्तडीमा विद्युत आपुर्तिकाे माग गर्दै आजपनि बाजुराका नागरिक समाजले आन्दोलन गरेकाे छ । देश लाेडसेडिङ मुक्त भएर उज्यालाे अभियानमा लम्किरहेका बेला बाजुरा सदरमुकाम मार्तडीबासी दैनिक ८ देखि १० घण्टा लाेडसेडिङकाे मार खेप्न बाध्य भएकाे भन्दै बाजुराकाे नागरिक समाज हिजाेबाट चरणबद्व आन्दोलनमा उत्रेकाे छ । आज नागरिक समाज बाजुराले अखिल क्रान्तिकारीका […]
काठमाडौं । विशेष अदालतले कोरोना संक्रमण बढेका कारण थुनुवा बाहेकका सबै सेवा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै विशेष अदालतले थुनुवा भएका मुद्दाको मात्रै सुनुवाइ गर्ने भएको हो । विशेष अदालतले त्यसबाहेक थुनुवाको म्याद थपको कामकारवाही मात्रै गर्नेछ । अहिले विशेष अदालतमा थुनुवा समेत भएका मुद्दाहरु निकै सीमित संख्यामा छन् । आरोपपत्रका […]
पछिल्लो चार दिनदेखि मधेश प्रदेशमा चिसो अत्यधिक बढेको छ । दिउँसो बिहान चल्ने चिसो हावाले शीतलहर र बिहान र राति लाग्ने हुस्सुले जनजीवनलाई थप प्रभावित बनाएको छ । हुस्सु र शीतलहरले जनकपुरधामसहित मधेश प्रदेशबाट हुने हवाइ सेवासमेत प्रभावित भइरहेको छ । चिसोको कारण तीन जनाको मृत्यु भएको छ । चिसोको कारण बिरामी हुनेको संख्या उच्च […]
धनगढीः केही दिनयता सुदूरपश्चिको तराइ क्षेत्रमा चिसो बढेको छ। कैलाली, कञ्चनपुर लगायतका क्षेत्रहरुमा चिसो बढेको हो। दैनिकजसो लाग्ने बाक्लो हुस्सुका कारण चिसो बढ्दै गएपछि यहाँको जनजीवनसमेत प्रभावित बनेको छ। प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीमा पनि चिसोले जनजीवन प्रभावित पारेको छ। धनगढीमा चिसो बढेपछि आगो तापेर बस्ने तथा विद्युतीय सामग्रीहरुको प्रयोग गर्ने क्रम बढ्न थालेका छ। […]
काठमाडौँ — कोभिड-१९ विरुद्धको खोप लगाइसकेका व्यक्तिले कोभिड खोप कार्ड हराएमा खोप कार्डको प्रतिलिपी बनाउन सकिने भएको छ । दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट कार्ड लिन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यसैगरी जोन्सन एन्ड जोन्सन खोप लगाएको भए […]
पोखरा । प्रदेश स्वास्थ्य निर्देशनालय, गण्डकीले बुधबार बिहान आफ्नो फेसबुक पेजमा स्वास्थ्य सामग्री बोकेर हिउँमा लड्दै हिँडिरहेको महिलाको तस्वीर पोष्ट गर्दै लेख्यो, ‘कर्तव्यनिष्ठ स्वास्थ्यकर्मीहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौं ।’ कोरोना महामारीविरुद्ध खोप अभियान चलिरहेका बेला खोपको डब्बा बोकेकी स्वास्थ्यकर्मी हिउँमा लड्दै हिँडिरहेको तस्वीर प्रदेश स्वास्थ्य निर्देशनालयकै आधिकारिक पेजबाट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल छ […]
काठमाडौं । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड-१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नयाँ ओमिक्रोनलाई सामान्य भेरियन्ट ठान्नु भ्रम रहेको बताएका हुन् । ओमिक्रोनले कोरोना भाइरसबाट उत्पन्न जोखिम अन्त्य गरेको ठान्नु समेत गलत रहेको उनको भनाइ […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई पनि कोरोना संकरमण पुष्टि भएको छ ।महामन्त्री शर्माले आफूसहित सपरिवारलाई ८ महिनापछि फेरि कोरोना संक्रमण पुष्टि भएको बताएका छन् । महामन्त्री शर्माको परिवारलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।शर्माले सार्वजनिक कार्यक्रममा सतर्कता नराख्दा कोरोना संक्रमण भएको बताउँदै आत्मालोचनासमेत गरेका छन् ।
काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्दै जाँदा संक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार मंगलबार सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको सूचीमा झापा, काभ्रे र मकवानपुर थपिएका छन् । योसँगै सक्रिय संक्रमित ५ सयभन्दा बढी हुने जिल्लाको संख्या […]