होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १६ माघ। बाजुराको बुढीनन्दा नगरपालिका–६ दैयाँका हलियाले ढुङ्गा फुटाएर जीविकोपार्जन गर्ने गरेका छन् । सरकारले मुक्त हलिया घोषणा गरेको १३ वर्ष विते पनि उचित ब्यवस्थापन नहुँदा हलियाहरूको जीवन स्तर झन् नाजुक बन्दै गएको छ । सरकारले २१ भदौ २०६५ मा मुक्त हलिया घोषणा गरे पनि उचित राहत र जग्गा जमिन नदिएपछि खोला किनारमा […]
काठमाडौं, १६ माघ । सरकारले यसै हप्ता मन्त्रिपरिषदबाट स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बुझिएको छ । मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिले निर्वाचनको घोषणा गर्ने व्यवस्था भएअनुसार प्रक्रिया बढाइँदैछ । सरकारले चुनाव घोषणा गरेपनि रोक्ने विभिन्न कोणबाट खेलहरु भइसकेका छन् । चुनाव रोक्न अदालतमा मुद्दा दायर गर्ने तयारी समेत भएको छ । विश्वस्त स्रोतका अनुसार दल विशेषको चाहना […]
जाजरकोट — सरकारले ६ वर्षअघि तुइन विस्थापन अभियान सुरु गरे पनि जाजरकोट–रुकुम जोड्ने केही ठूला नदीमा तुइन तर्नुपर्ने बाध्यता अझै हटेको छैन । स्थानीय बासिन्दा लामो समयदेखि जोखिम मोलेर तुइनकै भरमा नदी र खोला गर्न बाध्य छन् । नलगाड नगरपालिका–१ ठूलाबगरका जयमल पुन दैनिक तुइनकै भरमा भेरी नदी वारपार गर्छन् । खाद्यवस्तु ल्याउन र घरायसी कामकाजका लागि उनले […]
पछिल्लो केही हप्ता यतादेखि डोटीमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या बढ्दै गएपछि यहाँको प्रहरी प्रशासनले बजार आवतजावतमा स्थानीयवासीलाई कडाइ गर्न थालेको छ । रोजगारी गरी भारतबाट फर्किने नागरिकलाई क्वारेन्टिनमा बस्नदेखि सामाजिक दूरी कायम गर्नका लागि अहिले जिल्लाभरिमा प्रहरी खटिएका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासनको आदेशमा यहाँका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको ३६ […]
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा आवेदन दिने विद्यालयको संख्या करिब १३ पुगेका छन् । शिक्षा विकास तथा मानव स्रोत केन्द्रले गत महिना आवेदन माग गरेको थियो । सोअनुसार पुस महान्तसम्म ती विद्यालयले आवेदन दिएका हुन् ।केन्द्रले आएको आवेदन दिएका विद्यालयको विषयमा छानबिन शुरू गरेको छ । ८ अर्ब ८७ करोड रुपियाँको यो कार्यक्रम एकै वर्षमा खर्च […]
प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदै छ । सहिदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस दिन हुने […]
प्रधानमन्त्री शेरबहादुर देउवाले व्यक्तिगत स्वार्थ नराखी समग्र मुलुकको विकास र रुपान्तरणका लागि अहोरात्र सङ्घर्षमा खटिने सहिदको सहादत, बलिदान र त्यागले नै मुलुकमा ठूला राजनीतिक परिवर्तन सफल भई आज जनताको शासन स्थापित हुनसकेको उल्लेख गरेका छन् । सहिद दिवसका अवसरमा शुभकामना सन्देशमार्फत उहाँले विसं २००७ को एकतन्त्रीय जहाँनिया राणाशासनविरुद्धको क्रान्तिदेखि २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले महान् सहिदहरूको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जलि हुने विश्वास व्यक्त गरेकी छन् । सहिद दिवस, २०७८ को अवसरमा एक सन्देश दिँदै उनले यस दिवसले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल […]
नागरिक रैबार/बाजुरा १४ माघ।जिल्ला अस्पताल बाजुराले पिसिआर ल्याव र अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको छ । जिल्ला अस्पताल बाजुराले बाजुरामै कोरोना परिक्षण गर्ने पिसिआर ल्याव र कोरोनासंगै अन्य विरामीहरुका लागि आवश्यक पर्ने अक्सिजन प्लान्ट सेवा एकैसाथ संचालनमा ल्याएको हो । जिल्ला अस्पताल बाजुराले स्थापना गरेकोे पिसिआर ल्याव र अक्सिजन पलान्टको एक औपचारिक कार्यक्रमका विच […]
हुम्ला — हुम्लामा कोरोनाविरुद्धको बुस्टर खोपको अभाव भएको छ । खोप नहुँदा अहिलेसम्म एक जनाले पनि बुस्टर डोज लगाएका छैनन् । जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जिल्लाभरि २७ हजार ६ सय ९० जनाले पहिलो डोज र १४ हजार ५७ जनले दोस्रो डोज लगाइसकेका छन् । खोपको बुस्टर मात्रा नआउँदा खोप अभियान नै प्रभावित भएको स्वास्थ्य सेवा प्रमुख प्रेमबहादुर […]
पछिल्लो समय बजारमा पारासिटामोलको अभाव देखिएको छ। ओमिक्रोन संक्रमणले तीव्र गति लिएपछि यसको प्रयोग बढेसँगै बजारमा आपूर्ति समस्या देखिएको हो। यसरी अत्यधिक प्रयोग भइरहेको पारासिटामोलबारे यो सामग्रीमा केही जानकारी प्रस्तुत गरिएको छ। पारासिटामोल सामान्यतया ज्वरो घटाउने र हल्का दुखाइ कम गर्ने औषधिको रूपमा प्रयोग गरिन्छ। पारासिटामोल एउटा औषधिको ब्रान्ड नाम हो जसलाई खासमा एसिटामिनोफेन भनिन्छ। […]
काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। विष्टले शुक्रवार सामाजिक सञ्जालमार्फत संविधान र कानुनको अपव्याख्या गर्दै गठबन्धनको सरकार आगामी वैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्चमा लागेको आरोप लगाएका हुन्। ‘निर्वाचन आयोगले आगामी वैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान […]
बाजुरा/बाजुराका १५ हजार ३ सय ४८ नागरिक बिदेशमा रहेको तथ्याङक सार्बजनिक भएको छ । नेपालको जनगणना २०७८ को प्रारम्भीक नतिजा अनुसार बाजुराका १५ हजार ३ सय ४८ जना नागरिक अनुपस्थितीको तथ्याङमा रहेको देखाएको छ । बाजुराको जनसख्याको अनुपातमा ० दशमलव ७१ प्रतिशत रहेको देखाएको छ । जसमा १० हजार ६ जना पुरुस र ५ हजार […]
१४ माघ, काठमाडौं । आगामी निर्वाचनका विषयमा सत्ता गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । आजको छलफलमा सत्ता गठबन्धनका पाँचवटै दलका शीर्ष नेताहरुको बैठक भोलि बोलाउने सहमति भएको छ । प्रधानमन्त्री शेरबहादुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान करिब एक […]
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सुझाव दिएकी छिन्। बिहीबार शीतलनिवासमा भएको भेटवार्तामा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संविधानअनुसार समयमै निर्वाचन गर्न सुझाव दिएकी हुन्। प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न साँझ शीतलनिवास पुगेका थिए। सो क्रममा निर्वाचनका विषयमा चासो राख्दै भण्डारीले संविधानको मर्मअनुसार समयमै तीनै तहका निर्वाचन गर्नुपर्ने बताएको राष्ट्रपतिका […]
काठमाडौं । ‘मुन्द्रेको कमेडी शो’ नयाँ ढंगले शुरु गर्ने तयारीमा रहेका हास्य कलाकार जितु नेपालले चलचित्रको काम अघि बढाएका छन् । जितु र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको मुख्य भूमिका रहेको चलचित्र ‘ह्यारी कि प्यारी’को छायांकन शुरु भएको छ । जितुले यो चलचित्रको छायांकन शुरु गर्दैगर्दा दीपकराज गिरी र दीपाश्री निरौलासँगको व्यावसायिक सहकार्य भने टुटेको छ […]
धनगढी : नेपालको जनगणना २०७८ अनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख नाघेको छ। तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशको जनसंख्या २७ लाख ११ हजार २५० पुगेको हो। ०६८ को जनगणनामा प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ थियो भने १० वर्षमा एक लाख ५८ हजार ७५३ बढेको हो। यस्तै केन्द्रीय तथ्यांक विभागका अनुसार […]
नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको हो । आजको बैठकको कार्यसम्पादन समिति गठनको एक मात्र एजेण्डा छ । सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री, ३१ जना सदस्य, प्रवक्ता, संसदीय दलको नेता कार्यसम्पादन समितिको पदेन सदस्य हुनेछन् । […]
नागरिक रैबार/बाजुरा १३ माघ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ । २०६८ सालको जनगणना अनुसार बाजुराको जनसंख्या ४ हजार ८६ मात्र बढेको तथ्याङ्कले जनाएको छ । २०६८ सालमा बाजुराको जनसंख्या १ लाख ३४ हजार ९ सय १२ रहेको थियो । २०७८ को प्रारम्भिक […]
धनगढी — राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार स्थानीय तहमा […]