होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लमजुङ, २३ माघ: लमजुङमा पुनः भूकम्पको धक्का महसुस गरिएको छ । जिल्लाको दोर्दी गाउँपालिका–८ बन्सार केन्द्र विन्दु भएर आज हपराह्न ३ः२७ बजे तीन दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको स्थानीयवासीले बताएका छन् । जिल्लामा यसअघि क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानी केन्द्रविन्दु बनाएर […]
प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सल्लाहमै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार बालुवाटारमा बोलाइएको खुलासा भएको छ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी)बारेको बहस पेचिलो भइरहेका बेला प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष ओलीलाई आइतबार चार बजे छलफलका लागि बोलाएका हुन् । त्यसअघि […]
२३ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीमा कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् । हालै मनोनित पदाधिकारीहरुलाई पार्टीको केन्द्रीय कार्यालयमा स्वागत गरेपपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको बताए । ‘अहिले कोहीपनि सदस्य साथीहरु राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र असन्तुष्ट हुने अथवा असन्तुष्ट रहनुभएको […]
धनगढीमा वी किड्स प्रि-स्कुल खुलेको छ। आइतबारबाट उपमहानगरपालिकाको वडा नम्बर २ मा आधुनिक प्रविधि सहितको वी किड्स प्रि-स्कुल संचालनमा आएको हो। यो प्रविधिमैत्री वातावरणको स्कुल भएको संचालक दिराज ओझाले बताए। सो स्कुलमा अन्तर्राष्ट्रिय पाठ्यक्रम पठनपाठन हुने उनले बताए। जहा बच्चाको रेखदेखको लागि स्कुलले अभिभावकलाई सीसी क्यामराको मोवाईल एप्स समेत दिइने छ।
२३ माघ, सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि दुई जनाको नाम टुंगो लगाएको छ । मुख्यमन्त्री एवं संसदीय दलका नेता जीवनबहादुर शाहीले सुर्खेतका यज्ञबहादुर बीसी र दैलेखका हिमबहादुर शाहीलाई मन्त्री बनाउन लागेको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । बिसी शाही संस्थापन समूहका हुन् । उनीहर”सँगै शेखर कोइराला समूहबाट जुम्लाका दिनबन्धु श्रेष्ठ पनि […]
हिमाली जिल्ला हुम्लामा यो वर्ष हालसम्म पाँच पटक भारी हिमपात भयो । हरेक पटकको हिमपात उत्तरी भेगका सर्वसाधरणलाई दुःख बनेर आयो भने दक्षिण भेगका किसानलाई राहात पुग्यो । हिमपातपछि उत्तरी भेग नाम्खा गाउँपालिकाका किसानले कयौं दिनसम्म गाईवस्तु घरभित्रै थुनेर राखे । वस्तुभाउ चराउन नपाएपछि उनीहरूको दैनिकी झनै कष्टकर बनेको थियो । यता दक्षिण भेगमा भने […]
काठमाडौं। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले ढिलाइ गरेको विरोधमा युवा संघले सिंहदरवार नजिक कालो बेलुन उडाएको छ । आइतबार सिंहदरवारको दक्षिण गेट र माइतीघर क्षेत्रबाट कालो बेलुन उडाएर विरोध गरेको हो ।यस्तै युवा संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिकोसमेत विरोध गरेको छ । स्थानीय तह र मूल्य वृद्धिको विरोध गर्ने युवा संघका तीनजना […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार नेकपा माओवादी केन्द्रका नेताहरुसँग टेलिफोन सम्वाद गरेका छन् । अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) लाई प्रधानमन्त्री देउवा र प्रचण्डले पठाएको पत्र तथा देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएपछि प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठसँग टेलिफोनमा कुराकानी […]
काठमाडौं, २३ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा सहभागी आफ्ना पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने भएका छन् । अमेरिकी सहयोग सम्झौता एमसीसी पारित गराउनेगरि प्रधानमन्त्री शेरबहादुर देउवा लागिपरेको र सोहीअनुसार अमेरिकालाई गत सेप्टेम्बरमा लेखेको पत्र सार्वजनिक भएको भन्दै प्रचण्ड रुष्ट बनेका छन् । प्रचण्डनिकट उच्च स्रोतले दिएको जानकारीअनुसार आज (आइतबार) […]
काठमाडौं, २३ माघ । अन्ततः एमसीसीका कारण सत्ता गठबन्धन तोडिने निश्चितप्रायः भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल एमसीसी पारितको पक्षमा नजाने भएपछि अहिलेको सत्ता गठबन्धन तोडिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन जोगाउन अन्तिम प्रयासस्वरुप प्रचण्ड र माधव नेपाललाई एमसीसीमा मनाउन खोजेपनि […]
काठमाडौं, २३ माघ । ‘सारेगमप लिटल च्याम्प्स’को पहिलो संस्करणको विजेता कृपा पौडेल बनेकी छिन् । शनिबार राति भएको फाइनलमा अन्य चार प्रतिस्पर्धिलाई पछि पार्दै कृपा पहिलो ‘सारेगमप लिटल च्याम्प्स’ बन्न सफल भएकी हुन् । उपाधी जितेकी पौडेलले कार्यक्रमको ट्रफीसँगै १५ लाख रुपैयाँ नगद पुरस्कार हात पारेकी छिन् । त्यस्तै, झापाकी रोशा फुयाँल दोस्रो र सिलगुडीका […]
काठमाडौं, २३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भएको छ । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विषयमा देउवा र प्रचण्डबीच चर्काचर्की भएको हो । देउवा र प्रचण्डबीच टेलिफोन वार्तामा एमसीसीबारे छलफल हुँदा एक अर्कामाथि आक्रोश पोखेको बुझिएको छ । देउवाले आज साँझ डाकेको मुख्य दलको बैठकमा प्रचण्डले आउन नसक्ने […]
प्यूठान — शुक्रबार दिनभर पानी परेकाले सडक चिप्लो थियो । जिल्लाको नौबहिनी गाउँपालिका–६ लुंगबाट बेहुली लिएर गाउँ नजिकै पुग्दा मध्यरात भइसकेको थियो । जन्ती गाडीमै नाचगान गरिरहेका थिए, बेहुलाको घरमा खुसीयाली छाएको थियो । तर यस्तो उल्लास धेरै बेर टिकेन । बेहुली लिएर फर्कंदै गरेको जिप दुर्घटनामा पर्यो । आठ जनाले ज्यान गुमाए । बेहुला–बेहुली घाइते छन् । गौमुखी गाउँपालिका–६ लिबाङ फर्किरहेको […]
मधेस प्रदेशसभामा लामो समयदेखि सभापतिविहीन रहेका संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया सोमबारदेखि सुरु हुँदैछ । प्रदेशसभाका सातमध्ये तीनवटा संसदीय समिति सार्वजनिक लेखा समिति, प्राकृतिक स्रोत तथा वातावरण समिति र कृषि तथा भूमि व्यवस्था समितिको सभापति चयनका निर्वाचन प्रक्रिया सुरु हुन लागेको हो । अहिले सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) ले तीन र प्रमुख विपक्षी […]
सप्तरी । सप्तरीका एक युवकले आफ्नै भाउजूमाथि पेट्रोल छर्केर आगो लगाएका छन् । आगोमा जलेर गम्भीर घाइते भएकी उनको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सप्तरीको बोदेबर्साइन नगरपालिका-१ धनगढी निवासी प्रमेश्वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा उनको मृत्यु भएको छ । २१ माघको बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय […]
२३ माघ, काठमाडौं । भारतकी प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । ‘स्वर कोकिला’ उपनामले चिनिने लताको आज सरस्वती पूजाकै दिन निधन भएको हो । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा आज बिहान लताको निधन भएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । कोरोना संक्रमण भएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो […]
२३ माघ, काठमाडौं। कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न ठाउँमा हिउँमा फसेका ५५ जनाको उद्धार गर्न हेलिकप्टर पठाउने तयारी गरेको छ । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गाग्रा लेकमा फसेका उनीहरुको तत्काल उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर पठाउन लागेका हुन् । मुख्यमन्त्री शाहीले हेलिकप्टर जाजरकोट र जुम्लाको सीमामा रहेको ग्राग्रा पाटन पठाउन थालेको जानकारी दिए […]
बैतडीको बाजपानी-श्रीभावर क्षेत्रमा एक सय हाराहारीमा सवारी साधन अलपत्र परेका छन्। बिहीबारदेखि परेको हिमपातका कारण सडक अबरूद्ध हुँदा तीन दिनदेखि यात्रु अलपत्र परको धनगढीबाट बझाङ जान हिँडेका यात्रु विनोद जोशीले दिनेशखबरलाई बताए। ‘साना ठूला गरेर एक सय हाराहारीमा सडकमा सवारी साधन रोकिएका छन्,’ उनले भने, ‘होटेलमा बस्न र खान नपाएर चिसोमा यात्रुले सास्ती भोग्नु परेको […]
बाँकेको कोहलपुरमा नमूना बसपार्क निर्माण धमाधम भइरहेको छ। अहिले सञ्चालनमा रहेको बसपार्क साँघुरो भएकाले कोहलपुर चौराह नजिक नमूना बसपार्क निर्माण थालिएको हो। अहिलेसम्म बसपार्कको ४५ प्रतिशत काम सम्पन्न भइसकेको कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए। विसं २०७७ फागुन २४ गते २७ करोड ८४ लाखमा बसपार्क निर्माणका लागि सम्झौता भई काम सुरु भएको थियो। बसपार्क […]