होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भीमदत्त राजमार्गमा एक पुरुषको शव फेला परेको छ। डोटी र डडेल्धुराको सीमानामा पर्ने गोगनपानीमा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार उक्त शव केही दिनदेखि बेपत्ता रहेका डडेल्धुराका पुरुषको भएको बुझिएको छ। ‘हाम्रो प्रहरी टोली घटनास्थलमा गएको छ,’ जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दानबहादुर मल्लले भने, ‘अहिले नै सम्पूर्ण […]
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बुधबार २५ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६८ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै २४ घण्टामा ६ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएका छन्। हाल अस्पतालमा १६ जना संक्रमित विरामीको उपचार भइरहेको छ। […]
बझाङः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन्। जिल्लाका १२ वटै स्थानीय तहबाट आवेदन परेका ती विद्यालयललाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी वसन्तबहादुर सिंहले बताए। तलकोट गाउँपालिकाका, १८ खप्तडछान्नाका २२, छविसपाथि भेराका २७, मष्टाका २२, बुङ्गलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका […]
धनगढीः नेपाल प्रहरीले एकैचोटि ७ हजार ३४४ प्रहरी जवानहरुको सरुवा गरेको छ। स्थानीय तह निर्वाचन नजिकिंदै गएका बेला प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा जवानहरुको सरुवा गरेको हो। उनीहरुले फागुन महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
२६ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलले पनि पार्टी छाडेका छन् । उनले बुधबार विहान फेसबुकमा स्टाटस लेखेर पार्टीबाट अलग हुने घोषणा गरेका हुन् । उनले आफूले राप्रपालाई एकतावद्ध बनाउन धेरै प्रयास गरेको तर असफल भएको उल्लेख गरेका छन् । ‘राप्रपालाई एकतावद्ध बनाउने मेरो भगिरथ प्रयास असफल भएको छ । असफल विद्यार्थीको […]
बागलुङका पशुपालक किसानहरुले यो आर्थिक वर्षमा झन्डै डेढ करोड अनुदान पाएका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाख ५० हजार र संघीय सरकारको रु ५० लाख बजेट गरी जम्मा रु एक करोड ५७ लाख ५० हजारबाट जिल्लाका १२७ पशुपालक कृषक, फर्म तथा सहकारीहरुले अनुदान […]
मोरङ–विराटनगर महानगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा वर्षौंदेखि सुकुम्बासीका रूपमा महानगरका विभिन्न वडामा बसिरहेका भूमिहीन दलित र अव्यवस्थित बसोबासी पहिचान गरी व्यवस्थित बसोबास गराउने भएको छ । विराटनगर महानगर प्रमुख भीम पराजुली, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेत, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला र सदस्यसचिव अमिरप्रसाद न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । भूमिहीनको समस्या समाधान गर्ने […]
धनगढीमा आगामी फागुन २ गतेदेखि १४ गतेसम्म आयोजना हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता धनगढी मेयर लिटल फ्लावर प्रिमियर लिग–६ को तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगिता आयोजना गर्नका लागि मैदान तयार गर्ने कामले तिव्रता पाएको आयोजक लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए। धनगढीस्थित संघीय प्रहरी इकाइको खेल मैदान तयारी अवस्थामा […]
धनगढी : बाजुरामा बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा कञ्चनपुरका एक शिक्षक पक्राउ परेका छन्। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ झलारी घर भई बाजुराको सेती कर्णाली एकेडेमी बोडिङ स्कुलमा अध्यापन गराउँदै आएका शिक्षक भीम ठगून्ना पक्राउ परेका हुन्। उनले राति होटलेमा सुतिरहेकी एक बालिकालाई जबर्जस्ती करणी गरेको भन्दै आफन्तले मुद्दा दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको […]
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको हो । नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाका प्रमुख सहसचिव डा. भीष्मकुमार भुसालका अनुसार गृह मन्त्रालयले […]
धनगढी : हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेशसहित कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको र अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बुधबार (आज) सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रहने र प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। […]
बैतडी : बैतडीमा प्रहरीले हत्याको आरोपमा एक महिलालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका २ मल्लागाउँकी ५५ वर्षीया नारु महरा रहेकी छिन्। महरालाई उनकी सौता ४० वर्षीया चन्द्रा महराको हत्या गरेको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। चन्द्राका माइती पक्षले दिएको जाहेरीका आधारमा नारुलाई पक्राउ गरिएको […]
धनगढी : सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीसहित वरपरका विभिन्न स्थानमा बुधबार वर्षा भइरहेको छ। यस्तै, सुदूरपश्चिमका पहाडी जिल्लामा पनि वर्षा भइरहेको छ। वर्षा भएसँगै चिसो बढी यहाँको जनजीवन प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिमको पश्चिमी भूभाग लगायत पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ।
काभ्रेपलाञ्चोक : जालसाजी मुद्दाका चार फरार प्रतिवादी १० वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले उनीहरुलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाउने भएको छ। चारै प्रतिवादीलाई बनेपा नगरपालिका–५ बाट मङ्गलबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए। जालसाजी मुद्दामा धुलिखेलस्थित जिल्ला अदालतबाट २०६८ फागुन १४ गते कैद तथा जरिवाना फैसला […]
काठमाडौँ : इमर्जिङ नेपाल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ। कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६०० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको हो। कम्पनीले निष्काशन गर्ने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका […]
धनगढीः सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुधबार (आज) बिहान मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार यही माघ १९ गतेदेखि अस्पतालको आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो।
धनगढी : बैतडीको सुर्नया गाउँपालिका-६ का डम्मर अवस्थी हत्या प्रकरणमा पक्राउ परेका थप दुई जना धरौटीमा रिहा भएका छन्। केही दिन अगाडि मात्रै परिवारको जाहेरीका आधारमा पक्राउ परेका गाउँका शिक्षक समेत रहेका रमाकान्त अवस्थी र गोपाल अवस्थीलाई जनही ५० हजार धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। सो प्रकरणमा हत्या स्वीकारेका नवराज अवस्थी […]
काठमाडौं : भन्सार एजेन्टको लिखित परीक्षा आगामी फागुन २८ गते हुने भएको छ। भन्सार विभागले आज सूचना जारी गर्दै परीक्षा फागुन २८ गते दिउँसो २ बजे हुने जानकारी दिएको हो। परीक्षा केन्द्र भने पछि प्रकाशन गरिने विभागले जनाएको छ। त्यसपछि २०७८ जेठ २२ मा तोकिएको परीक्षा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो। त्यसपछि फेरि आगामी […]
काठमाडौँ : नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालयको बैठकले सम्पूर्ण शक्ति चुनावमा केन्द्रित गर्ने निर्णय गरेको छ। पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले पाँच दलीय गठबन्धनमा सामेल सबैलाई एकताबद्ध भएर निर्वाचनमा सहभागी हुन आग्रह गरेको छ। बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन मिति घोषणा भएकामा त्यसको स्वागत गर्दै मिति तोक्न सरकारलाई सुझाव […]
काठमाडौँ – आज बुधबार फेरि मौसममा बदली देखिएको छ ।पश्चिमी वायुको प्रभावले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको […]