होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको हो। निर्वाचन आयोगले स्थानीय तह चुनावको लागि दल दर्ता आह्वान गरेको छ । वैशाख ३० मा हुने निर्वाचनको लागि माघ २८ गते नै कार्यतालिका स्वीकृत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा […]
सत्ता गठबन्धन नै भत्किने खतरा उत्पन्न भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी टेबल गर्ने तयारीबाट अन्ततः ब्याक भएका छन् । बुधबार एमसीसी टेबल नगर्न आग्रह गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देउवासँग बालुवाटारमा भेट गरेपछि देउवा आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्न सहमत भएका हुन् । सत्ता साझेदार दल माओवादी केन्द्रको बुधबार बसेको संसदीय दलको बैठकले संशोधन […]
काठमाडौंः अमेरिकी सहायता परीयोजना (एमसीसी) विरुद्ध प्रदर्शनमा उत्रिएका २४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । देशभरबाट २४२ जनालाई पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए । नियन्त्रणमा लिएका सबैलाई छोड्ने तयारी भइरहेको छ ।प्रवक्ता केसीले भने, ‘धनजनको कुनै क्षति भएको छैन । पक्राउ परेकालाई छोड्दै छौं ।’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी […]
महेशविक्रम शाहः प्रहरी नायव महानिरीक्षक(डिआइजी)को तीस वर्षे सेवाअवधि पूरा भएपछि अवकास पाएको केही समयपछि मलाई आफूसँग काम गर्ने व्यक्तिहरूलाई सम्पर्क गरि आफू शक्तिमा हुँदा र नहुँदा उनीहरूको व्यवहारमा कुनै परिवर्तन देखिन्छ कि देखिदैन जान्न मन लाग्यो। मैले मेरो पहिलेको ड्राइभरलाई फोन गरें। त्यो ड्राइभरको वृत्ति विकासका लागि मैले धेरै काम गरिदिएको थिएँ। रिङ्गटोन बजिरह्यो तर […]
धनगढीः कञ्चनपुरमा एक वडाध्यक्षको मोटरसाइकल समातिएको छ। जिल्लाको भीमदत्त नगरपालिका वार्ड ४ का अध्यक्ष लक्ष्मीदत्त बोहराको सरकारी मोटरसाईकल नेपाल बन्दकर्ताले नियन्त्रणमा लिएका हुन्। बन्दकर्ताले अध्यक्ष बोहराको मोटरसाईकल बसपार्क नजिकबाट नियन्त्रणमा लिएको बताएका छन्। नेपाल बन्दको समयमा सरकारी मोटरसाईकल चलाएको भन्दै मोटरसाईकल समातेको उनीहरुले बताएका छन्।
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गर्न लागेको विरोधमा प्रदर्शनमा उत्रिएका १३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको नयाँ बानेश्वर, माइतीघर लगायतको स्थानबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए । पक्राउ परेकाहरुलाई नगर प्रहरी कार्यालय, भृकुटीमण्डसहित विभिन्न प्रहरी कार्यालयमा राखिएको छ । सरकारले संघीय संसद भवन नयाँ बानेश्वर […]
काठमाडौँ — आसन्न स्थानीय तह निर्वाचनमा कम्तीमा दुई लाख कर्मचारी चाहिने भएको छ । निर्वाचन आयोगले हालै तयार गरेको स्थानीय तह निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिकामा एउटा मतदान केन्द्रमा कम्तीमा ७ जना र बढीमा ८ जना कर्मचारी खटिने उल्लेख छ । यस पटक २३ हजार ५ सय मतदान केन्द्र हुने आयोगको अनुमान छ । जिल्ला सदरमुकाममा खुल्ने मुख्य निर्वाचन […]
काठमाडौं । अजरवैजानी खेलाडी नुर्लान नाेभ्रुजाेभको निर्णायक गोलमा मछिन्द्र एफसीले सातदोबाटो युथ क्लबलाई १-० ले पराजित गर्दै दुई खेल अगावै शहीद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ । साविक विजेता मछिन्द्रले सातदोबाटोलाई पराजित गरेपछि दुई खेल अगावै लिगको उपाधि रक्षा गरेको हो । यो जितपछि मछिन्द्रले ११ खेलबाट २९ अंक जोडेको छ । एक […]
चितवन। देशका बाघ पाइने निकुञ्ज, आरक्षण तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघको गणना जारी छ । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ गणनाको काम सकिएको छ । बाघ गणनाको प्रारम्भिक चरणका तथ्याङ्कले संरक्षणकर्मीहरु निकै खुसी देखिएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ । एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् । माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सडकमा उत्रिएको छ । राप्रपाका कार्यकर्ताहरु जुलुससहित नयाँबानेश्वरतर्फ अघि बढेका छन् । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)लगायत दलका कार्यकर्ताहरु पनि एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीहरूलाई प्रहरीले नयाँ बानेश्वरको एभरेष्ट होटल […]
प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख सापकोटाले आज बसेको बैठकमा फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिए । आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले नाराबाजी गरे । तर, उनीहरूको नाराबाजी चलिरहे पनि सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराए । सभामुख सापकोटाले ‘आजको बैठक प्रारम्भ हुन्छ’ […]
काठमाडौं । आगामी स्थानीय तहको चुनावमा उम्मेदवारहरूले १३ दिन मात्रै चुनावी प्रचार गर्न पाउने भएका छन् । निर्वाचन आयोगले तय गरेको कार्यतालिका अनुसार वैशाख ९ वा १० गते उम्मेदवारी दर्ता हुनेछ । र दावी विरोध लगायत कार्य सकेर वैशाख १५ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएपछि चुनावी प्रचारको समय […]
काठमाडौं । सभामुख अग्नि सापकोटाले आजको संसद बैठकको कार्यसूचीमा एमसीसी नराख्ने निर्णय सुनाएका छन् । दलहरुबीच सहमति नजुटेको भन्दै सभामुखले एमसीसीलाई कार्यसूचीमा नराख्ने निर्णय सुनाएका हुन् । संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठक बसे पनि एमसीसी भने टेबल हुने छैन । आजको संसद बैठकको कार्यसूची तय गर्न सभामुखले कार्यव्यवस्थाको बैठक बसालेका थिए । बैठकमा कानुनमन्त्री […]
काठमाडौं । करिब पाँच मिनेट बसेर प्रतिनिधिसभाको बैठक सकिएको छ । बुधबार नेकपा एमालेले नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक अघि बढाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले थारु आयोगको प्रतिवेदन संसद बैठकमा पेश गरेका छन् । त्यस्तै तीन जना पूर्वसांसदको निधनप्रति शोक प्रकट गर्दै शोक प्रस्ताव […]
काठमाडौँ — सत्तारुढ दल माओवादी केन्द्रको संसदीय दलले राष्ट्रिय सहमति नजुट्दा सम्म अमेरिकासँगको एमसीसी सम्झौता अघि बढाउन नहुने निर्णय गरेको छ । माओवादी संसदीय दलको बुधबार बसेको बैठकले एमालेले संसद् अवरोध गरिरहेको अवस्था र एमसीसीमा संशाेधन समेत नभएकाेले यथास्थितिमा एमसीसीको समर्थन गर्न नसकिने निर्णय गरेको हो । माओवादीले यसअघिदेखि नै संसद्मा एमसीसीको विपक्षमा उभिने निर्णय […]
धनगढीः दार्चुलामा गाउँपालिका अध्यक्षकी छोरीको नाम पनि गरिबका सूचीमा राखिएको भेटिएको छ। जिल्लाको दुहुँ गाउँपालिकामा यस्तो भेटिएको हो। काँग्रेस दार्चुलाका सचिवसमेत रहेका पालिका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीकी २७ वर्षीया छोरी सावित्री कार्कीको नाम गरिबको सूचीमा भेटिएको हो। सावित्रीले गरिब घर परिवारको सूची संकलनमा आफूलाई सामान्य गरिबमा राख्न लगाएको भेटिएको हो। तर, उनको आर्थिकस्तर तथा अवस्था भने […]
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी थिए । उनलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सामान्य भएपछि सोमबार मात्रै डिस्चार्ज गरिएको […]
काठमाडौं । दुई पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डो र ब्रुनो फर्नान्डेजको गोलमा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिगमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २-० ले पराजित गरेको छ । घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ५१औं मिनेटमा रोनाल्डोले स्कट म्याकटोमिनेको पासमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । यस्तै ब्रुनोले इन्जुरी […]
४ फागुन, काठमाडौं । संसदीय दलको बैठकबाट एमसीसीको विपक्षमा उभिने निर्णय गरेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । सरकारले अघि बढाउन खोजेको एमसीसी परियोजनाबारे संसदीय दलले गरेको निर्णयबारे जानकारी गराउन प्रचण्ड बालुवाटार पुगेका हुन् । माओवादी केन्द्रले संसदबाट जबरजस्ती अघि बढाउन खोजेको गठबन्धन तोडिने चेतावनी दिएको […]