होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमाले स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न निर्वाचन आयोग जाँदै छ । ३० वैशाख २०७९ मा गर्न लागिएको स्थानीय तहको निर्वाचनका लागि एमालेले शुक्रबार निर्वाचन आयोगमा जान लागेको हो । महासचिव शंकर पोखरेलको नेतृत्वको टोली शुक्रबार दिउँसो साढे १२ बजे आयोगको कार्यालय जान लागेको हो ।
जनता समाजवादी पार्टी नेपालको पार्टी कार्यालय अगाडि एमसीसीको विरुद्धमा प्रदर्शन भइरहेको छ । पार्टी कार्यालयमा कार्यकारिणी समितिको बैठक बस्ने तयारी भइरहेको बेला एमसीसीको पक्षमा निर्णय नहोस् भनि दवावका लागि प्रदर्शन भइरहेको हो । आज बस्ने कार्यकारिणी समितिको बैठकमा एमसीसीको विषयमा छलफल हुनेछ । बैठक ग्वार्कोस्थित इन्द्रेणीमा बस्ने तयारी भइरहेको छ । बेठक बस्न अझै केही […]
काठमाडौँ : प्रतिनिधिसभाको आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना ९एमसिसी० सम्झौतामाथि छलफल हुनेछ। संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेश गर्ने उल्लेख छ। प्रतिनिधिसभाको बिहीबारको बैठकका लागि निर्धारण गरिएको कार्यसूची नै आजका लागि पनि राखिएको हो। बिहीबारको बैठक विशेष […]
१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ । अमेरिकन सहयोग सम्बन्धी सम्झौता एमसिसीका विषयमा पार्टीको धारणा तय गर्न कार्यकारिणी समितिको बैठक बस्न लागेको हो । नेताहरूका अनुसार मध्यान्न १२ बजे बैठक बने तय भएको छ । एमसीसीलाई लिएर जसपा दुई धारमा छ । उपेन्द्र यादव पक्ष एमसीसीको विपक्षमा […]
काठमाडौं : श्रीमतीलाई छुरा प्रहार गरी घाइते बनाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बाँके चिसापानी घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल डेरा सञ्चालन गरेकी २८ वर्षीया प्रमिला पराजुलीलाई उनका श्रीमान् अम्मर रोकायाले मादक पदार्थ सेवन गरी छुरा प्रहार गरेको प्रहरीले बताएको छ। अम्मरले बिहीबार साँझ प्रमिलाको घाँटीमा छुरा प्रहार गरेको प्रहरी वृत्त गौशालाले जनाएको छ। […]
१३ फागुन, राँझा । नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाहनाका आज (शुक्रबार) साँझदेखि पूर्णरूपमा बन्द हुने भएको छ । भारतको बहराइच, श्रावस्तीलगायतका सीमावर्ती जिल्लामा यही फागुन १५ गते विधानसभाको निर्वाचन हुने भएकाले नेपालगञ्जस्थित जमुनाहानाका ६० घण्टाका लागि पूर्णरूपमा बन्द गरिने बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार आज बेलुकी ६ बजेदेखि फागुन १६ गते […]
पोखरा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा आउने भएका छन् । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली आज ११ बजे पोखरा आइपुग्ने एमाले गण्डकीका उपसचिव रश्मि आचार्यले जानकारी दिए । ‘उहाँ ११ बजे पोखरा आएर साढे २ बजे फर्किने कार्यक्रम छ । एमसीसीले विकास गरेको पछिल्लो घटनाक्रमले पनि उहाँ […]
बिभिन्न राजनीतिक दलका कार्यकर्ताले अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि वानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौता अनुमोदन गर्ने विषयमा छलफल हुने भएपछि बिभिन्न दलले विरोधको कार्यक्रमहरु राखेका छन् । विरोध कार्यक्रम बानेश्वरस्थित संसद भवन वरपर केन्द्रित गरेपछि ती स्थानमा […]
काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि युरोपमा सन् १९४५ यताकै अँध्यारो परिस्थिति निम्तिएको भन्दै चिन्ता व्यक्त हुन थालेको छ । कतिपयले पुटिनलाई २१औं शताब्दीका ‘हिटलर’ भनेर उनको आलोचना गर्न थालेका छन् । रुसभित्रै उनले चालेको कदमको चर्को विरोध हुन थालेको छ । बिहीबार राति सेन्ट पिटर्सबर्गको प्रमुख सडकमा पुटिनविरुद्ध नाराबाजी […]
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनको पृथकतावादी नियन्त्रित क्षेत्र डोनबासको रक्षा गर्न विशेष “सैन्य अभियान” घोषणा गरेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आपतकालीन ठेगाना दिँदै पुटिनले देशलाई निशस्त्रीकरण गर्न अपरेशन शुरु गरिएको बताएका छन् । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युक्रेनले रुसलाई कुनै खतरा नदिएको र नरहेको बताएको केही घण्टापछि यो घोषणा आएको हो । […]
सत्तारुढ दल माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ । एमसीसीबारे छलफल गर्न बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँसेर शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएपछि प्रमुख दलका शीर्ष नेताबीच निरन्तर भेटवार्ता चलिरहेको छ । नयाँबानेश्वरस्थित संसद भवनमा रहेको ओलीको कार्यकक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र […]
काठमाडौं । गायक तथा अभिनेता जयनन्द लामाको अन्त्येष्टि गरिएको छ । ६६ वर्षको उमेरमा बुधबार बिहान निधन भएका कलाकार लामाको बिहीबार दिउँसो बौद्ध परम्पराअनुसार स्वयम्भूमा अन्त्येष्टि गरिएको हो । लामाको शव बिहीबार बिहान १० बजेदेखि श्रद्धाञ्जलीका लागि नेपाल सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर), जमलमा राखिएको थियो । नाचघरमा उपराष्ट्रपति नन्दबहादुर पुन, संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री […]
मिलेनिय च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध प्रदर्शनको क्रममा झडप हुँदा एकजना प्रदर्शनकारी गम्भिर घाइते भएका छन् । टियर ग्याँस सेलले लागेर हेमराज अवस्थी घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ । बानेश्वरस्थित एभरेष्ट नर्सिङ होमले उनलाई ट्रमा सेन्टरमा रिफर गरेको छ । उनको टाउकोमा चोट लागेको छ । बानेश्वरबाट प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ […]
भारत सरकारको ‘खोप मैत्री’ योजना अन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई भारतमा बनेको कोभिड-१९ विरुद्धको खोपको एक लाख डोज काठमाडौंको टुँडिखेलस्थित नेपाली सेनाको जंगी अड्डामा आज आयोजित एक समारोहमा उपहार स्वरुप प्रदान गरेको छ। गोर्खा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पी.एन. अनन्थनारायणले नेपाली सेनाका रथी बाल कृष्ण कार्कीलाई सो खोप हस्तान्तरण गरेका छन्। लेफ्टिनेन्ट जनरल अनन्थनारायणले गोर्खा […]
प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार साँझ फेरि प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग कुराकानी गर्ने भएका छन्। बिहीबार दिउँसो संसद भवन नयाँ बानेश्वरमा भएको छलफलपछि साँझ फेरि कुराकानी गर्ने सहमति भएको कांग्रेस महामन्त्री गगन थापाले जानकारी दिए।
युक्रेनले रुससँग कुटनीतिक सम्बन्ध तोडेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज बिहीवारको एउटा प्रेस ब्रिफिङमा बोल्दै रुससँगको कुटनीतिक सम्बन्ध तोडिएको बताउनुभएको बीबीसीले जनाएको छ । यसैबीच राष्ट्रपति जेलेन्स्कीले देशभित्र हतियार माग्ने जो कोहीलाई उपलब्ध गराउने बताउनुभएको छ । रुससँगको तनाव बढ्दै गर्दा युक्रेनी नागरिकहरूले आधारभूत सैन्य तालिम लिइरहेका तस्बिर पनि सार्वजनिक भएको थियो । […]
नागरिक रैबार/बाजुरा १२ फागुन। आफ्नै भतिज नवराज गिरीको हत्या गरी फरार रहेका बाजुराको त्रिवेणी नगरपालिका ८ कालापानी गिरीबाडा बस्ने भरत गिरीलाई १६ वर्षपछि प्रहरीले प्रक्राउ गरेको छ । २०६३ साल माघ ४ गते साँझ साढे ७ बजेको समयमा गाउँकै नवराज भन्ने प्रभु गिरीको हत्या गरेर १६ वर्षदेखि भारतको उत्तराखण्डमा बस्दै आएका गिरीलाई प्रहरीले पक्राउ गरी […]
काठमाण्डाै – संसदमा पेस भएको अमेरिकी सहयाेग एमसीसी सम्झौताको विरोधमा आज बिहीवार पनि काठमाण्डौको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनका क्रममा झडप भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी लगायत दलका सयौँ कायर्कताले एमसीसीको विरोधमा नारा लगाउँदै प्रदर्शन गरिरहेका छन् । नयाँ बानेश्वर क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी तैथान गरिएको छ । दिनभर प्रदर्शनकारी र प्रहरीबीच […]
काठमाडौँ — नेपालका थप आयोजनाहरुको बिजुली किन्न भारत सहमत भएको छ । नेपाल–भारत उर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बिहीबार बाठमाडौंमा सम्पन्न नवौं बैठकमा भारतले यस्तो सहमति भएको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतले जानकारी दिए । भारतको बंगाल राज्यसँग नेपालको विद्युत् कनेक्टिभिटीका लागि १३२ केभी प्रसारण लाइन बनाउन संयुक्त […]
राप्रपा धादिङको उपाध्यक्षमा दीपा तामाङ चयन भएकी छन् । उनलाई राप्रपा धादिङको कार्यसमिति बैठकले उपाध्यक्षमा मनोनयन गरेको हो । धादिङको रुबिभ्याली गाउँपालिकाकी उनी नेपाल विद्युत प्राधिकरणकी कार्यकारी निर्देशक कुलमान घिसिङकी श्रीमती हुन् । कुलमान माओवादीको कोटामा प्राधिकरणमा कार्यकारी निर्देशक बन्दा उनको श्रीमती भने राप्रपामा आबद्ध रहेकी हुन् । उनी राप्रपामै लामो समयदेखि आबद्ध रहेको बताइएको […]