होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १३ फागुन । अभिनेता पल शाहलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रहरी युनिटलाई आन्तरिक सर्कुलर गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोपमा जाहेरी परेसँगै अभिनेता शाहलाई पक्राउ गर्न प्रधान कार्यालयले सर्कुलर जारी गरेको हो । जाहेरी परेको दिनदेखि सबै प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको तनहुँ प्रहरीले बताउँदै आएको छ । गायिका समिक्षा […]
काठमाडौं । बिहीबारदेखि रुसले युक्रेनमा हमला सुरु गरेको छ । रुसी हमलाको पहिलो दिनमै युक्रेनमा १४० जनाको ज्यान गएको छ । शुक्रबारसमेत रुसी सेनाले युक्रेनविरुद्धको सैन्य कारबाही तीव्र पारेको छ । आज बिहानदेखि नै राजधानी किएभमा भीषण बम एवं गोलाबारीसहित क्षेप्यास्त्र प्रहार भएको छ । राजधानी कब्जा गर्ने सुरमा अघि बढिरहेको रुसी सेनाका ट्याङ्कहरू आजै […]
बझाङः बझाङको बुंगल नगरपालिका–४ बस्ने ७० वर्षीया संन्तोला नेपाली बिहीबार मृत अवस्थामा फेला परेकी छन्। फागुन १० गते आफ्नो घरबाट छोरी भेट्न बित्थडचिर गाउँपालिका–६ गएकी उनी मृत फेला परेकी हुन्। उनी त्यहाँ नपुगेको खबर पाएपछि स्थानीयले खोजतलास गरेका थिए। खोजी गर्ने क्रममा बित्थडचिर गाउँपालिका–६ मड भन्ने स्थानमा बाटोबाट अन्दाजी २ सय मिटर तल बृद्धाको शव […]
काठमाडौँ — नेकपा समाजवादी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् । उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक […]
पोखरा । प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) सम्झौताबारे आफूलाई मात्र ढुंगा हानिएको भन्दै प्रश्न गरेका छन् । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा डा. बाबुराम भट्टराई र झलनाथ खनाललाई ताली बजाउने तर, आफूलाईचाहीँ किन ढुंगाा हानिएको भन्दै अध्यक्ष ओलीले प्रश्न गरेका हुन् । अध्यक्ष ओलीले भने, ‘एमसीसी नेपालमा […]
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा सुधारका लागि बजेटको आकार बढाउने विषयमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँग छलफल गरेका छन् । आज राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनारायण पौडेलसँग मन्त्री पौडेलले शिक्षा क्षेत्रमा बजेटको आकार बढाउने विषयमा छलफल गरेका हुन् । छलफलका क्रममा मन्त्री पौडेलले विद्यालय शिक्षा, उच्च शिक्षा, प्राविधिक शिक्षा र विज्ञान तथा प्रविधिको […]
काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ । शुक्रबार काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयका पुगेर एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले स्थानीय तह निर्वाचन प्रयोजनका लागि दल दर्ता गराउन निवेदन दिएको हो । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार निर्वाचन आयोगमा पुगेर स्थानीय तह निर्वाचन प्रयोजनका लागि […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन घोषणा भएपछि सत्ता गठबन्धनका नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको टिप्पणी गरेका छन् । शुक्रबार पोखरामा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बाेधन गर्दै अध्यक्ष ओलीले एमाले र जन दवावकै कारण सरकारले स्थानीय तहको निर्वाचन घोषणा गर्न बाध्य भएपनि चुनाव हारिने डरले नेताहरुलाई भोक र निन्द्रा लाग्न छोडेको बताएका हुन् […]
राजेन्द्र बिक बाजुरा,१३फागुन । बाजुरामा खुरफटा जनावरहरुलाइ खोरेत विरुद्धको खोप लागाउने कार्यमा तिब्रता दिइएको छ ।खोरेत रोगले दूध उत्पादनमा गिरावट ल्याउने र पशुको मृत्यु भइ क्षति पुर्याउने पिडाले ग्रसित बाजुराका स्थानीय पशुपालक किसानहरु पशुमा उक्त खोप लगाउन भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराले निरन्तरता दिएपछी खुशी भएका छन्। जिल्लामा हाल सम्म बडिमालिका नगरपालिकाका […]
काठमाडौं । युक्रेनमा रुसी सेनाले हमला गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्लादिमिर पुटिनलाई टेलिफोन गरेका छन् । बिहीबार राति भएको टेलिफोन कुराकानीमा मोदीले रुसी राष्ट्रपति पुटिनलाई ‘तत्काल हिंसा अन्त्य’ गर्न आग्रह गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा ‘सबै पक्षलाई मिलेर कुटनीतिक वार्ता एवं छलफलको बाटोमा’ आउन अपिल गरेको समेत […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोटहरु नष्ट गर्नका लागि अत्याधुनिक मेसिन ल्याएको छ । यस अघि आगोले जलाएर नोटहरु नष्ट गर्ने गरिएको थियो । अब भने मेसिनले नोट नष्ट गर्नेछ । ती नोटहरुबाट अब ब्रिकेट (गुइँठा) उत्पादन हुनेछ । यस्ता गुइँठाहरु आगो ताप्न प्रयोग गर्न सकनेछ । नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकीकरण […]
प्रतिनिधिसभाको शुक्रबारका लागि बोलाएको बैठक आइतबार बस्ने गरी स्थगित भएको छ । सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म स्थगित गरिएको हो । कानुनमन्त्री दिलेन्द्र बडूको आग्रहमा आज बस्ने भनिएको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी सारिएको छ,’ सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताए […]
काठमाडौं । पाँचदलीय गठबन्धनलाई राष्ट्रियसभाको निर्वाचन हुँदै संघीय संसद्को निर्वाचनसम्म लैजाने सहमतिसहित सरकारका सहभागी भएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसिसी किचलोका कारण सत्ताबाट बाहिरिने निष्कर्षमा पुगेका छन् । प्रधानमन्त्रीको जोडबलमा संसद्मा एमसिसी टेबुल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र उनको दल नेपाली कांग्रेस संसद्मा छलफल गरी एमसिसी पारित गराउने पक्षमा उभिएका छन्। […]
१३ फागुन, काठमाडौं । सरकारले अबदेखि वैदेशिक रोजगारीमा जाने कामदारहरुको पीसीआर परीक्षण नि:शुल्क गर्ने भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री स्तरीय निर्णय गर्दै निःशुल्क पीसीआर परीक्षणको व्यवस्था गरेको हो । संविधानको धार ५१ अन्तर्गत नागरिकलाई स्वास्थ्य परिक्षण सेवा सर्वसुलभ पार्ने र मौलिक हक प्रत्याभूति दिने अभिप्रायले यस्तो निर्णय गरेको हो । शुक्रराज […]
बैतडीः नेपाली सेनाले दिएको रगतले बैतडीमा एक सुत्केरीको ज्यान बचाइएको छ। शिशु जन्माउन नसकेपछि जिल्ला अस्पतालमा शल्यक्रिया गर्दा अत्यधिक रक्तस्राव भएर छट्पटाइरहनुभएकी सुर्नया गाउँपालिका–२ लिस्किटाकी २० वर्षीया सरस्वती पाण्डेको ज्यान नेपाली सेनाको रक्तदानले बचाइएको अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। सदरमुकामस्थित हनुमानध्वज गुल्ममा कार्यरत सेनाका अमल्दार बालकृष्ण विष्ट र प्युठ टीकाराम विकले दिएको एक÷एक […]
जुम्ला- जुम्लाका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका छन् । चन्दननाथ नगरपालिकाभित्रका महिला सिप सिकेर स्वरोजगार बन्न थालेका हुन् । आर्थिक आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिप सिक्न थालेको चन्दननाथ नगरपालिका ६ की संगीता रावलले बताइन् । उनले भनिन्, ‘सीप सिक्छौँ । आत्मनिर्भर बन्छौँ । आर्थिक आयआर्जनको क्रियाकलापमा प्रत्यक्ष संलग्न हुन्छौँ ।’ सामाजिक विकास कार्यालय […]
काठमाडौंः नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभामा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। शुक्रबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीको बैठकले उक्त निर्णय गरेको नेता लीलामणि पोखरेलले जानकारी दिए। “यस (एमसीसी) को विपक्षमा मतदान गर्ने निर्णय भएको छ,” उनले भने । एमसीसीको विपक्षमा मतदान गर्दा […]
काठमाडौंः बुधबार जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि अभिनेता पल शाहलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ। पलबिरुद्ध एक गायिकाले जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणी गरेको भन्दै उजुरी दिएकी थिइन्। उक्त उजुरीपरेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ पूर्जी जारी गरेर देशभरका प्रहरीलाई सर्कुलर गरेएको छ। यद्यपि पल पक्राउ पर्न सकिरहेका छैनन्। विशेषगरी उनको खोजीमा […]
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । […]
काठमाडौं । प्रतिनिधिसभा (संसद) बैठक फेरि सूचना टाँसेर स्थगित भएको छ । आज शुक्रबार दिउँसो १ बजे बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो । तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् । बिहीबारको बैठक […]