होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः शिवरात्रिमा भाङ खाएका सल्यानमा एक युवाको मृत्यु भएको छ। मंगलबार भाङ खाएर घर फर्किएपछि दार्मा गाउँपालिकाका १७ वर्षीय हिमाल विक्रम चन्दको मृत्यु भएको हो। मंगलबार शिवरात्रिमा दिउँसो अरबारे भन्ने स्थानमा घुम्न गएका बेला भाङ खाएर घर फर्किएपछि उनी बेहोस भएका थिए। दार्मा गाउँपालिका ३ फारुलाको दोभान पोलिक्लिनिक प्रालिमा उपचारका लागि लैजाने क्रममा उनको बाटैमा […]
धनगढीः सरकारले भोली सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी बिदा दिने निर्णय भएको जनाएको छ। गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो।
काठमाडौंः प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोगलाई प्रतिनिधिसभाको आउने बैठकमा पेश गर्ने तयारी गरेको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूकाअनुसार सभामुखले महाअभियोग सिफारिस समिति गठनका लागि प्रयास भइरहेको छ। महाअभियोग प्रस्ताव जतिसक्दो चाडो निष्कर्षमा पुगोस् भन्ने सरकारको चाहना भएको उनले बताए। संसद भवनमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री बडूले संसद नियमावलीकै व्यवस्था अनुसार महाअभियोग अगाडि […]
धनगढीः युक्रेनमा छिमेकी रसियाले आक्रमण गरेको सातौँ दिन भइसकेको छ। साता हुँदा पनि रसियाले युक्रेनमाथि पूरै पकड जमाउन सकिरहेको छैन। कुनै बेला सोभियत संघ अन्तर्गतका यी दुई मुलुकबीच अमेरिका, युरोपेली संघ र उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) लाई लिएर विवाद भएको थियो। उत्तरी युरोपको देश यहाँ पनि सयभन्दा धेरै नेपाली रहेका थिए। जसमध्ये धेरैजसोले रसियाको […]
काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ। राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन्। ज्ञापनलीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, […]
१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई कतैबाट प्रभावित नभई स्वतन्त्र रुपमा काम गर्न निर्देशन दिएका छन् । बुधबार अर्थमन्त्रालयमा पूँजी बजारसम्बन्धी छलफल कार्यक्रमको आयोजना गरेर अर्थमन्त्री शर्माले बोर्ड अध्यक्ष हमाललाई यस्तो निर्देशन दिएका हुन् । कतैबाट प्रभावित नभई संस्था र लगानीकर्ताहरुको हितका लागि स्वतन्त्र रुपमा काम गर्न उनले […]
काठमाडौंः oblyfans sundazed710 एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ। पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी गरेको भन्दै जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा पलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। सुरुको केही दिन प्रहरीलाई छलेका पल गएको आइतबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका […]
नागरिक रैबार/बाजुरा १८ फागुन। हत्या अभियोगमा फरार रहेका बाजुराको खप्तड क्षेडेदह गाउँपालिका २ जय बागेश्वरीका ६८ वर्षीय मिनबहादुर सिंह ३१ वर्षपछि पक्राउ परेका छन् । २०४८ साल असोज ६ गतेका दिन भैसीले कोदोबाली खाएको विषयलाई लिएर गाउँमा विवाद हुँदा सोही वडाका शंकर धामीको हत्या गरी सिंह ३१ वर्षदेखि फरार रहेका थिए । ३१ वर्षदेखि फरार […]
१८ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् । छातीको समस्या देखिएपछि ह्याम्स अस्प्ताल भर्ना भएका उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई १० दिन अगाडि नै […]
धनगढीः दमौली बजारका होटलहरू पाहुनाले भरिएका छन्। बजार र जिल्ला प्रहरी कार्यालय अगाडिको सडकमा दिनभर क्यामरा बोकेकाहरू देखिन्छन्। नाबालिगलाई जबर्जस्ती करणी गरेको आरोपमा कलाकार पल शाह पक्राउ परेपछि उनका आफन्त, समर्थक, सञ्चारकर्मी र युट्युब च्यानल सञ्चालकहरूको भीड दमौली केन्द्रित भएको हो। पक्राउ पुर्जी जारी भएपछि आफैं आएका शाह गत आइतबारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा […]
धनगढीः नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन्। हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन्। ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए […]
कैलाली: कैलालीका युवकसहित ३ जनालाई प्रहरीले विभिन्न हातहतियार राखेको आरोपमा पक्राउ गरेको छ। बाँकेको डुडुवा गाउँपालिका–४ राप्ती पुल नजिकबाट एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउण्ड गोली, एक थान खुडा र दुई थान नोकसहित तीनजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोका २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका–१२ […]
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान उनको हात्तिवनस्थित निवास पुगेका छन् । एमसीसी सम्झौतालाई लिएर माओवादीभित्र अन्तरसंघर्ष चर्किरहेका बेला विप्लव हात्तिवन पुग्नुलाई चासोको साथ हेरिएको छ । एमसीसीबारे श्रेष्ठ र विप्लवको एकै लाइन रहेको छ । दुवै एमसीसीको विपक्षमा रहेका छन् । यता एमसीसी अनुमोदनको विषयलाई […]
१८ फागुन, काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वर अगाडि बम राखेको आरोपमा प्रहरीले २१ वर्षका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका–२ सिमथलीका सुवास महत रहेका छन् । सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको गेटमा नो एमसीसी लेखिएको प्रेसर कुकर भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद […]
१७ फागुन, काठमाडौं । प्रतिनिधिसभाको बैठक ८ मिनेट बसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुल वेल घेरेर नाराबाजी गर्न थाले । एमालेको नाराबाजीकाबीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूले राष्ट्रिय सूचना आयोगको बार्षिक प्रतिवेदन पेश गरे । लगत्तै सभामुखले प्रतिनिधि […]
सशस्त्र प्रहरी बल जवानको परीक्षामा अनियमित कार्य गरेको आरोपमा लोकसेवा आयोगले पाँच परीक्षार्थीलाई एक वर्षका लागि प्रतिबन्ध लगाएको छ । उत्तरपुस्तिकामा आफ्नो विवरण केरमेट गरेर अर्को परीक्षार्थीको विवरण राख्ने तथा चिट चोरी गरेको पाइएपछि लोकसेवाले ती पाँच परीक्षार्थीको लिखित परीक्षा रद्द गरेको हो । साथै आगामी एक वर्षसम्म आयोगबाट सञ्चालन हुने परीक्षामा सहभागी हुन नदिने […]
१८ फागुन, चितवन । पटक-पटक स्थगित हुँदै आएको कांग्रेस चितवनको १४औं जिल्ला अधिवेशन बिहीबार र शुक्रवार हुने भएको छ । कांग्रेसको केन्द्रीय महाधिवेशन अगाडि नै गरिसक्नु पर्ने जिल्ला अधिवेशन विभिन्न कारण देखाउँदै स्थगित भएको थियो । अब भने अधिवेशन निश्चित भएको कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए । नारायणगढको नारायणी कला मन्दिरमा हुने अधिवशेनले […]
१८ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाली सेयर बजारमा सेटिङमा काराेबार हुने गरेको बताएका छन् । बुधबार धिताेपत्र बाेर्ड र नेपमल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययन एवं रिपोर्टले पनि यस्तो देखाएको बताए । सेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको भन्दै अर्थमन्त्री शर्माले […]
१८ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)मा केन्द्रीय कार्यकारिणी समितिको बैठक छोडेर गुट र शीर्ष नेताहरूबीच बैठक छलफल चलिरहेको छ । कार्यकारी अधिकार बाँडफाँटको विषयमा चर्किएको विवाद मिलाउन नेताहरू आ-आफ्नो समूहको बैठकमा सक्रिय भएका हुन् । मंगलबार संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहमा रहेका नेताहरू छुट्टाछुट्टै बैठकमा बसेको एक […]
१८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ । माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको […]