होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २१ फागुन। सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्ण आली निर्वाचित भएका छन् । प्रेस चौतारीको प्रदेश कमिटीको प्रथम अधिवेशनबाट ओली पुनः अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । ओलीको अध्यक्षतमा ५१ प्रदेश कमिटी गठन गरिएको छ । प्रदेशको महासचिवमा शिवराज भट्ट सर्वसम्मत निर्वाचित भएका छन् ।
धनगढी: दुई दिनअघि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो। त्यसपछि नेपाल वायुसेवा सञ्चालक संघले पनि हवाई भाडादर वृद्धि गरेको छ। शनिबार संघले आइतबारबाट लागू गरी नयाँ भाडादर सार्वजनिक गरेको हो। नयाँ भाडादर अनुसार काठमाडौं–धनगढी ४४५ रुपैयाँसम्मले हवाई भाडा बढेको छ। यस्तै पोखराबाट धनगढी ३४५ रुपैयाँले बढेको छ। हेर्नुहोस् सूची :
काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो हप्तादेखि सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । आगामी शैक्षिक सत्र असर नपर्ने गरी परीक्षा सञ्चालन तथा नतिजा प्रकाशन गर्ने गरी तयारी भइरहेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने,‘जेठको दोस्रो हप्तादेखि परीक्षा सञ्चालन गर्ने लाइनमा छौं । आगामी शैक्षिक सत्रलाई असर नपर्ने […]
काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले वर्तमान सत्ता गठबन्धनलाई दुषितको संज्ञा दिएका छन्।प्रेस चौतारी नेपालको संयुक्त प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘गठबन्धनको सरकार छ। यो गठबन्धन दुषित गठबन्धन हो। जतिबेला गठबन्धन बन्यो त्यतिबेला दल विभाजन नै भइसकेको थिएन।’ उनले गठबन्धनका नेताहरु नै जनतामा जान डराएको बताए। नेम्वाङले भने, ‘भरसक जनतामा जाने मिति पर सार्छन्। […]
बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश १ को नाम ‘कोसी’ किन राख्न नसकेको भन्दै आश्चर्य व्यक्त गरेका छन् । उनले यस प्रदेशका लागि ‘कोसी’ भन्दा पुरानो र ऐतिहासिक अरु कुनै सभ्यता नभएको तर्क गरे । साझा पहिचानका लागि कोसी प्रदेशको विकल्प नभएको ओलीको दाबी छ । प्रदेशको नाम सही ढंगले राख्न सक्नुपर्ने […]
धनगढीः नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज लेखराज भट्टले नेताहरुलाई गुटको राजनीति नगर्न निर्देशन दिएका छन्। शनिबार प्रेस चौतारी नेपाल सुदुरपश्चिम प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै भट्टले यस्तो निर्देशन दिएका हुन्। यस्तै उनले नेताहरुलाई गुट छोडेर कम्युनिष्ट पार्टीको मुलधारमा समाहित हुन आह्वान गरेका छन्। यस्तै चौतारीकै उद्घाटन समारोहमा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने र कर्मचारी समायोजनको क्रममा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेस निकट नेपाल कर्मचारी युनियनको अधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले उक्त प्रतिबद्धता जनाएका हुन् । उनले भने, ‘संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गरी निजामती सेवालाई व्यवस्थित गर्न […]
काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुले शपथ ग्रहण गरेका छन् ।सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सदस्यहरुलाई शपथ ग्रहण गराएर ब्याच वितरण गरे । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र […]
नागरिक रैबार/बाजुरा २१ फागुन। जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ। शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको टोलीले स्थानीय बुद्धिजीवी तथा विभिन्न स्थानका धामीसँग परामर्श गरी देवता हेराउँदा विद्यालयमा प्रवेशमा कुनै बाधा नहुने गरी देवताले अनुमति दिइसकेको […]
नेपालकै सबैभन्दा ठूलो डान्स रियालिटि सो डान्स च्याम्पियनमा सुदूरपश्चिमकी सुनिता पोख्रेल फाइनलमा प्रवेश गरेकी छन् ।कैलालीको बर्दगोरिया गाउँपालिका ६ बिशालनगरकि सुनिता पोख्रेल डान्स च्याम्पियनको फाइनलमा पुगेकी हुन् । डान्स च्याम्पियनमा सुदूरपश्चिमबाट एक मात्र प्रतिस्पर्धी रहेकी सुनिता सुबर्शिकाको ग्रुपबाट फाइनलमा डान्सको उपाधीका लागि प्रतिस्पर्धा गर्दै छन् । उनको ग्रुपमा वर्षा फुयाल र रोशीका रावतले साथ दिदै […]
धनगढी: कैलाली कारागारमा रहेका एक थुनुवाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका–३ का श्याम थापामगरको सेती अस्पतालमा मृत्यु भएको हो। फोक्सोमा समस्या देखिएपछि उनलाई ३ दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। ३ महिनादेखि बिरामी रहेका थापामगरको शुक्रबार राति आइसियूमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए। लागुऔषध प्रयोगकर्ता तथा कारोबारी रहेका श्याम […]
नागरिक रैबार/बाजुरा २१ फागुन। बाजुराको बडिमालिका नगरपालिकामा रहेको कपल्टा विमान स्थलको डिपिआर र सर्भे एक महिना भित्र सुरु हुने भएको छ । सुक्रबार बाजुराका निर्वतमान पाटी सभापती कविराज पण्डित र पुर्व सविधान सभा सदस्य तथा माननिय महानेपाली र महाधिवेशन प्रतिनिधी तथा प्रदेश समितीका सदस्य पदम बहादुर शाही लगाएतका नेताहरुको भेटघाटका क्रममा संस्कृति पर्यटन तथा नागरिक […]
कपिलवस्तुमा एक बालिकाको हत्या भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–१ उत्तमनगरमा सीता नेपालीकी १२ बर्षीया छोरीको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले सीता नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा छोरीको हत्यापछि शव लुकाउन हिँडेकी आमालाई प्रहरीले पक्राउ गरेको छ । उनले छोरीको शव लुकाउन कोठी खोला नदीमा पुगेको अवस्थामा प्रहरीले जनाएको […]
ऋतिक रोशन र उनकी श्रीमती सुजेन खान छुट्टिएको धेरै समय भइसकेको छ । यसैबीच, ऋतिक रोशन र साबा आजाद एकसाथ देखिए र त्यसपछि दुईको सम्बन्धको निकै खबर छ । खाना खानेदेखि किनमेलसम्ममा पपाराज्जीले दुई जनालाई एकैसाथ आफ्नो क्यामरामा कैद गरेका छन् । भनिन्छ, तीन महिनाअघि ऋतिक रोशन र साबा आजादबीच भेट भएको थियो र बिस्तारै […]
धनगढी : शनिबार धनगढीमा प्रेस चौतारी सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशन हुँदैछ। प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज अधिवेशन भइरहेको हो। प्रदेश नेतृत्व पुरानै अनुमोदनको सम्भावना रहेको चौतारीका नेताहरुले बताएका छन्। प्रदेश अध्यक्षका लागि पूर्वअध्यक्ष कृष्ण ओली नै आकांक्षी देखिएका छन् भने महासचिवमा शिवराज भट्टकै सम्भावना बलियो देखिएको छ। यस्तै सचिवमा भने बिराज रोस्यारा आकांक्षी देखिएका […]
काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले युरोपको आकासमा हवाई प्रतिबन्ध नलगाएको भन्दै पश्चिमा देशहरुको आलोचना गरेका छन् । यसैगरी राष्ट्रपति जेलेन्स्कीका एकजना सल्लाहकारले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दाबी गरेका छन् । रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर […]
काठमाडौं । राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुको आज शपथ ग्रहण हुँदै छ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम राखिएको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एक–एक […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले १६ वटा युट्युव च्यानलाई अनुसन्धान गरी कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेको छ । शुक्रबार प्रेस काउन्सिल नेपालका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले विज्ञप्ति जारी गर्दै कुनै पनि मिडियाअन्तर्गत आवद्ध नभएका १६ वटा च्याननलाई कारबाहीका लागि नेपाल प्रहरी साइबर ब्यूरोमा सिफारिस गरेका हुन् । यी हुन् कारबाहीका लागि […]
नेविसंघको अध्यक्ष छात्रालाई बनाउनुपर्ने माग उठेको छ।नेविसंघको अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएपछि उक्त पद रिक्त छ। कांग्रेसले नेविसंघको महाधिवेशन गर्न तदर्थ समिति बनाउने तयारी गरेसँगै नेतृत्वमा छात्रालाई ल्याउन माग भएको हो।नेविसंघ नेतृहरूले कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरूङ, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, प्रवक्ता प्रकाशशरण महतलाई भेटेर नेविसंघको नेतृत्व छात्रालाई दिनुपर्ने माग गरेका हुन्। ‘नेविसंघका […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको कार्यशैलीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट भएका छन् । अर्थतन्त्र सुधारका काम गर्न नसकेको र संकटकालीन अर्थतन्त्रमाथि उठाउन कुनै चिन्ता नलिएको भन्दै प्रधानमन्त्रीले आफू निकटहरूसँग असन्तुष्टि जाहेर गर्न थालेका हुन् । प्रधानमन्त्री निकटस्थहरूले देउवालाई अर्थमन्त्री परिवर्तन गरेर अर्थतन्त्रको ज्ञान भएकै व्यक्तिलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन सुझाव दिइरहेका छन् । प्रधानमन्त्रीले भने […]