होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका महिला पत्रकारहरुको प्रदेश भेला डडेल्धुरामा सुरु भएको छ। नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशको आयोजना तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालय र ओरेक नेपालको सहकार्यमा मंगलवारदेखि भेलाको आयोजना गरिएको हो। भेलामा प्रदेशका ९ आटै जिल्लाका महिला पत्रकारको सहभागीता रहेको छ। महिला पत्रकारका समस्याका बारेमा विशेष छलफल हुने भेला आज र भोलि २ दिनसम्म […]
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सो प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नम्बर १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जला तथा मौसम विज्ञान विभागले जनाएको छ। अन्य भू–भागमा सामान्यतया सफा […]
धनगढी । कैलालीको लम्कीचुुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न रहेको आरोपमा लागेका ३ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भए पनि फेरि पक्राउ परेका छन् । जिल्ला अदालतले थुुनछेक बहसपछि गरेको प्रारम्भिक फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले दायर गरेको पुुनरावेदन मुुद्दामा उच्च अदालत दिपायलले अभियुुक्तलाई थुुनामा राखेर पुुर्पक्ष गर्न आदेश दिएपछि प्रहरीले उनीहरुलाई फेरि पक्रेको […]
रौतहट: शौच गर्न खेत गएकी महिला रौतहटमा बलात्कृत भएकी छिन्। सोमबार राति ८ बजेतिर शौच गर्न खेत गएकी ती २२ वर्षीया महिलालाई फतुवा विजयपुर नगरपालिका–२ सितलपुरका २१ वर्षीय रुपलाल पटेलले बलात्कार गरेको आरोप लागेको छ। आरोपित पटेल फरार रहेको जिल्ला प्रहरी प्रमुख एसपी विनोद घिमिरेले बताए। पीडित परिवारको जाहेरीका आधारमा पटेलमाथि उजुरी दर्ता हुने भएको […]
काठमाडौं । चितवनको माडी नगरपालिका-१ स्थित सोमेश्वर उच्च माध्यामिक विद्यालयका लेखा विषयका शिक्षक सुरज लामिछाने एक छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परे । कक्षा ९ की छात्राले झोला नल्याएको विषयलाई लिएर उनले यौन दुर्व्यवहार गरेका थिए । २९ फागुनमा शिक्षक लामिछानेले दुर्व्यवहार गरेपछि पीडितसहितका छात्रछात्राले विद्यालयका दुई जना महिला शिक्षकलाई पनि जानकारी गराए । […]
पोखराः जग्गा बेच्न नमानेको भन्दै १ लाख रुपैयाँ दिएर आमाको हत्या गर्न लगाएको आरोपमा कास्की प्रहरीले पोखरा १२ बस्ने ओमबहादुर नेपालीलाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपाली ४ चैतको विहान आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या आरोपमा छोरा ३६ वर्षका ओमबहादुर नेपाली र ओमका साथी ३७ वर्षका कुमार गुरुङ […]
नागरिक रैबार/बाजुरा ७ फागुन। बाजुराको बुढीनन्दा नगरपालिकामा दुई दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ। शुक्रबार र शनिबार सञ्चालित विशेषज्ञ सेवासहितको निस्शुल्क स्वास्थ्य शिविरमा तेह्र सयजना स्थानीयले स्वास्थ्य सेवा लिए। बुढीनन्दा नगरपालिका र गण्डकी मेडिकल कलेज पोखराको सहकार्यमा शिविर सञ्चालन गरिएको हो। बाजुराका साथै सीमावर्ती अन्य जिल्लाका स्थानीयलाई समेत सेवा दिने उद्देश्यले शिविरका लागि पहल गरिएको […]
धनगढी । कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका–१० को चुुहामा लु १ ख ८९३० नम्बरको ट्रकले सु.प.प्र ०१–००९ प ३९२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका चालक स्थानीय २८ वर्षीय टेकबहादुर रावलको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव […]
, काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले स्थानीय तहमा गठबन्धनको ढोका खुला गर्नुपर्ने प्रस्ताव गरेका छन् । बबरमहलमा सोमबार बसेको पोलिटब्यूरो बैठकमा गैरेले सत्ता गठबन्धन पराजित गर्न एमालेले आवश्यकताको आधारमा अन्य दलसँग साझा उम्मेद्वार उठाउन तयार हुनुपर्ने बताएका हुन् । ‘सत्तारुढ दलहरुले गठबन्धन गर्दा हामी पनि बलियो हुनुपर्छ । तल (स्थानीय तह) को […]
काठमाडौं । चीनको दक्षिणी क्षेत्रमा एक विमान दुर्घटना भएको छ । १३३ यात्रु बोकेको चाइना इस्टर्न बोइङ ७३७ जहाज दक्षिणी चीनको ग्वाङ्जी जुहाङ प्रान्तको पहाडमा ठोक्किएर दुर्घटना भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ । दुर्घटनापछि विमानमा आगलागी भएको छ । दुर्घटनामा अहिलेसम्म कति जनाको मृत्यु भयो भन्ने खुलेको छैन । कुन्मिङ चान्सुई विमानस्थलबाट […]
काठमाडौं । नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहविरुद्धको अनुसन्धान सकेको छ ।अनुसन्धान सकेपछि रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, तनहुँमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ । प्रहरीले २१ दिन लामो अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन पेश गरेको हो । जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीले पनि शाहविरुद्ध गरेको अनुसन्धान सकेर अदालतमा मुद्दा […]
धनगढीः डोटीमा एक बस पल्टिएको छ। जिल्लाको बडिकेदार गाउँपालिका-१ अलाडी महोन्याल मन्दिर नजिकै बस पल्टिएको हो।मन्दिर नजिकैको मोडमा रिभर साइड यातायातको ना-४ ख-३६०७ नम्बरको बस पल्टिएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बस डोटीको घाङ्गलबाट जोशिपुरका लागि हिडेको थियो। बसमा २२ जना यात्रु सवार थिए। यस्तै दुर्घटनामा दुईजना घाइते भएको र अन्य यात्रुको अवस्था सामान्य […]
, विराटनगर । प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको लेटाङमा प्रहरी जवानको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउने बताएका छन् । सुन्दरहरैँचा नगरपालिकाको प्रशासनिक भवन शिलान्यास पछि बोल्दै प्रधानमन्त्री देउवाले दोषीलाई कारबाही गर्ने बताएका हुन् । अपराधमा संलग्नले उन्मुक्ति नपाउने उनले बताए । उनले स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुने पनि बताए । सोमबार सुन्दरहरैँचा–८, सलकपुरमा प्रशासनिक भवन […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि स्थानीय तहको निर्वाचन सार्ने षडयन्त्र भइरहेको बताएका छन् । सोमबार बसेको पार्टीको पोलिटब्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले निर्वाचन आयोग र सत्ता गठबन्धनबीच चुनाव सार्नेबारे सम्वाद भइरहेको जिकीर गरे । ‘आयुक्तहरुको नियुक्ति बदर गरिदियो भने निर्वाचन गराउन सक्छ कि सक्दैन भनेर छलफल भइरहेको छ,’ उनले भने, […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको गतिविधि एमालेविरुद्ध भएको आरोप लगाएका छन् । सोमबार पार्टीको पोलिट्ब्यूरो बैठकमा सम्बोधन गर्दै उनले मतपत्रको रङ हरियो बनाउने, स्थानीय तहका जनप्रतिनिधिले उम्मेदवारी दिनुअघि राजीनामा दिनुपर्नेजस्ता व्यवस्था एमालेविरुद्ध भएको बताएका हुन् । उनले निर्वाचन आयोगले भित्री रुपमा सत्तारुढ गठबन्धनका दलहरुसँगको परामर्शमा नियमहरू बनाएको आरोप लगाए । […]
काठमाडौं । शिक्षा मन्त्रालयअन्तर्गतका निकायबाट प्राविधिक धारमा उत्पादन हुने एउटै तहका जनशक्तिमा भिन्नता भएपछि पाठ्यक्रम समायोजनको तयारी गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन भएका छन् । एउटै संस्थामा दुईथरी पाठ्यक्रम र दुईथरी जनशक्ति उत्पादनको आलोचना हुन थालेपछि पाठ्यक्रम समायोजनको […]
, विराटनगर । खोटाङकी उर्मिला श्रेष्ठ जनतालाई सुरक्षा दिने र सेवा गर्ने उद्देश्यले प्रहरीमा प्रवेश गरेकी थिइन् । २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी उनी खुसी थिइन् । २६ वर्षकी उर्मिला आफ्ना दाइकै पाइला पछ्याउँदै प्रहरी बनेकी थिइन् । उदयपुरको त्रियुगामा विवाह गरेकी उनले प्रहरी जवानलाई नै जीवनसाथी रोजेकी थिइन् […]
धनगढी : बैतडीमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा सुर्नया गाउँपालिका-३ की २५ वर्षीया दुर्गा चन्द रहेकी छिन्। दुर्घटनामा घाइते भएकी उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ। आइतबार साँझ पाटनबाट सतबाँझतर्फ जाँदै गरेको से१ख १२४२ नम्बरको मिनी ट्रक पाटन नगरपालिका-६ स्थित सडकमा आफै अनियन्त्रित […]
धनगढी : कैलालीबाट उच्च अदालत दीपायलमा परेका मुद्दाको बहस पैरवी धनगढीबाटै हुने भएको छ। सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरीमा घोषणा गरिएको भए पनि उच्च अदालत भने दीपायलमा नै रहेको छ। उच्च अदालत दीपायलमा कैलाली जिल्लाबाट सबैभन्दा धेरै मुद्दा भएकोले सेवाग्राहीको समय र पैसाको खर्च कम गर्न तथा न्यायमा पहुँच सहज होस् भनेर कैलाली जिल्ला अदालत बार […]
राजेन्द्र बिक — बाजुराका पशुपालक किसानलाइ उन्नत जातको रांगा बितरण गरिएको छ। भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराको आर्थिक बर्ष ०७८/०७९को बार्षिक स्वीकृत बजेट अनुसार नश्ल सुधारको लागि उन्नत मानिएको मुर्रा जातका रांगा(पाडा)हरु स्थानिय भैंसी पालक किसान हरुलाइ बितरण गरिएको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाजुराका पशु सेवा प्राबिधिक भिम बहादुर […]