होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — प्रतिकूल मौसमका कारण आइतबार मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटनामा परेको तारा एयरको जहाजमा मृत्यु भएकाको शव परीक्षण गर्न सुरु गरिएको छ । मृतक २२ जनाकै शवको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा शव परीक्षण गर्ने कार्य भइरहेको अस्पतालले जनाएको छ । तारा एयरको ९ एनएइटी कलसाइन भएको उक्त ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका २२ […]
काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले मिडफिल्डर पाउल पोग्वाले यसै महिनाको अन्तिमदेखि क्लब छाड्ने घोषणा गरेको छ । सम्झौता सकिएसँगै पोग्वा फ्रि ट्रान्सफरबाट बाहिरिनेछन् । २९ वर्षीय पोग्वा सन् २०१६ मा कीर्तिमानी ८९ मिलियन पाउण्डमा युभेन्टसबाट युनाइटेड फर्किएका थिए । हालै सकिएको सिजनमा चोटका कारण उनले २७ खेलमात्र खेलेका थिए । ‘यो सामान्य […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बाजुराको सदरमुकाम समेत रहेको मार्तडी बजारमा सिसि टिभि क्यामरा जडान गरिने भएको छ । नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आईसकेपछि आज नगरपालिकामा बसेको कार्यपालिकाको पहिलो बैठकले मार्तडी बजार क्षेत्रमा सिसि टिभि क्यामरा जडान गर्ने निणर्य गरेको हो । नगरपालिकाले सदरमुकाम मार्तडी बजार क्षेत्रमा हुन सक्ने सम्भावित चोरी डकैति जस्ता अपराध नियन्त्रण एंव बजार […]
नागरिक रैबार/बाजुरा १८ जेठ।बडीमालिका नगरपालिकाले आईतबार पनि कार्यालयको कामकाज संचालन गर्ने निणर्य गरेको छ । सरकारले परीक्षणका लागि जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा २ दिन शनिबार र आईतबार सार्वजनिक विदा दिने निणर्य गरेको भएपनि बडीमालिकाले भने उक्त दिन समेत कार्यालयको कामकाग गर्ने निणर्य गरेको हो । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको […]
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् ।बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् । भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, […]
सरकारले अब खेतीयोग्य जमिन बाँझो राख्नेलाई १ लाख रुपैयाँ जरिवाना गर्ने भएको छ । भूउपयोग नियमावली २०७९ स्वीकृत भएको बारे भूमि व्यवस्था मन्त्रालयले मंगलबार गरेको पत्रकार सम्मेलनमा मन्त्री शशी श्रेष्ठले यसबारे जानकारी दिएकी हुन् । मन्त्री श्रेष्ठका अनुसार काबु बाहिरको परिस्थिति बाहेक कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने र […]
नागरिक रैबार/बाजुरा १८ जेठ। बडीमालिका नगरपालिकाकाे प्रवक्तामा वडा अध्यक्ष धर्मराज पाध्यायलाई ताेकेकाे छ । बडीमालिकाकाे नवनिर्वाचित कार्यपालिकाकाे आज बसेकाे पहिलाे बैठकले बडीमालिका ७ का वडा अध्यक्ष समेत रहेका पाध्यायलाई नगरकाे प्रवक्तामा ताेकेकाे हाे। बुधबार नगरपालिकाले कार्यपालिकाको पहिलो बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नगरपालिकाका आधिकारिक निर्णयहरू वक्तव्य सार्वजनिकीकरण प्रयाेजनका लागि वडा अध्यक्ष पाध्यायलाई नगर प्रवक्ता ताेकिएकाे नगरप्रमुख […]
काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन् । मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । २०७४ को […]
देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री शेरबहादुर देउवा आगामी कात्तिक मसान्तभित्रै संघ र प्रदेशको चुनाव गर्ने पक्षमा रहेको बताएका छन् । अध्यक्ष गजुरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संघ र प्रदेशको चुनावमा एमाले अध्यक्ष केपी ओलीसँग सहकार्य गर्न जाने हुन् कि भन्ने डरले प्रधानमन्त्री देउवा सो निर्वाचन छिटो गराउने पक्षमा रहेको तर्क गरे […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले काठमाडौं र धरानमा स्वतन्त्रले जिते पनि जनकपुरदेखि धनगढीसम्मका सबै पार्टीकै प्रतिनिधिले जितेको टिप्पणी गरेका छन्। माओवादीबाट निर्वाचित देशैभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रचण्डले काठमाडौंका बालेन शाह र धरानका हर्क साम्पाङले दलहरूलाई सबक सिकाएको बताए । काठमाडौं र धरानमा जितेका जनप्रतिनिधिले वास्तविक माओवादीले जस्तै कुरा गर्न […]
काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनावी जितका आधारमा कांग्रेसको अहंकार बढ्न सक्ने भन्दै त्यस्तो भए एमालेकै जस्तो हालत बनाइदिने चेतावनी दिएका छन् । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बुधबार काठमाडौंमा प्रशिक्षण दिने क्रममा दाहालले कांग्रेस अहंकारी होला कि भन्ने चिन्ता बढेको बताएका हुन् । ‘कांग्रेसलाई माओवादीले बडो मिहिनेत गरेर प्रधानमन्त्री बनायो तर […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताले मुलुकको राजनीतिको चाबी आफ्नो पार्टीको हातमा राखिदिएको बताएका छन् । उनले स्थानीय तह निर्वाचनमा तेस्रो राजनीतिक शक्ति बनाएर जनताले शंका पनि व्यक्त गरेको र आशा पनि राखेको बताए । माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण प्रशिक्षण दिने क्रममा बुधबार दाहालले जनताका काम गर्नुपर्ने बताए […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी चुनावमा पाएको सफलतासँगै नेपाली कांग्रेस अहंकारी हुने हो कि भन्ने आशंका व्यक्त गरेका छन् । आफूहरु कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको भन्दै उनले भनेका छन्, ‘माओवादीलाई हल्का रुपमा दिने काम नगरोस् ।’ देशभरका स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदै […]
जुम्ला : यार्सा सङ्कलनका लागि जुम्लाको पाटन क्षेत्रमा भीडभाड हुन थालेको छ। जिल्लामा आर्थिक स्रोतको रुपमा यार्सागुम्बा सङ्कलनलाई लिइने गरिन्छ। यार्सा सङ्कलनका लागि पाटनतिर लागेका कारण जिल्लाका अधिकांश ग्रामीण बस्ती सुनसान बनेको जनाइएको छ। गाउँघरबाट पाटन जानेको लर्को लागेको गुठीचौर गाउँपालिकाका स्थानीय व्यापारी दीपक बोहोराले जानकारी दिउ। यार्सागुम्बा सङ्लनको लागि तातोपानी, गुठीचौर, तिला, पातारासी, हिमा […]
१८ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ । बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ । यसअघि यस्तो तयारी तेलमा […]
काठमाडौं : माओवादी केन्द्रले स्थानीय तह चुनावमा निर्वाचित जनप्रतिनिधिका लागि रात्रिकालीन भोजको आयोजना गरेको छ। दुई दिने प्रशिक्षणका लागि काठमाडौंमा भेला भएका जनप्रतिनिधिहरुलाई ललितपुरको कुपन्डोलस्थित होटल हिमालयमा रात्रिभोजको आयोजना गरिएको हो। पुतलीसडकको कुमारी हलमा आयोजित प्रशिक्षण भेलामा यसबारे जानकारी दिइएको थियो। प्रशिक्षण भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको छ। हालै सम्मपन्न […]
काठमाडौं । जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले सरकारले बजेटमार्फत घोषणा गरेको किसान पेन्सन कार्यक्रमलाई हावादारी भनेका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथि धारणा राख्ने क्रममा उनले किसानलाई के आधारमा पेन्सन दिने भन्ने नै नखुलेको भन्दै हावादारी कार्यक्रम भनेका हुन् । ‘योगदानको आधारमा किसानलाई पेन्सन भनेको के हावादारी कुरा हो ?’ उनले प्रश्न गरे, ‘यदि […]
लोसपा सांसद विमल श्रीवास्तवले सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गरे आफ्नो नाममा भएको घर सरकारका नाममा गरिदिने घोषणा गरेका छन् । बुधबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिदै सांसद यादवले बजेटमार्फत सरकारले वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन गर्ने घोषणा गरेकोमा स्वागत समेत गरे । ‘यदि यो साल वीरगञ्जमा […]
१८ जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताएकी छन् । बुधबार प्रतिनिधिसभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले बलात्कृत महिलालाई तत्कालिन क्षतिपूर्ति र जीवन निर्वाहको दायित्व सरकारको हुनुपर्ने बताएकी हुन् । ‘एकपल्ट बलात्कृत भएपछि महिलाको सम्पूर्ण जीवन बर्बाद हुन्छ, त्यसकारण बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ’ उनले भनिन्, […]
काठमाडौँ — प्रमुख प्रतिपक्षी दल एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता ६८ वर्षमै दिने निर्णयको विरोध गरेका छन् । उनले सरकारले बृद्धभत्ता बढाएर मासिक ५ हजार पुर्याउनुपर्नेमा वृद्धभत्ता प्राप्त गर्ने उमेर घटाएकोमा आपत्ति जनाएका हुन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आर्थिक वर्ष २०७९/०८० को बजेटमाथिको छलफलमा भाग लिँदै पाण्डेले एमालेले सुरु […]