होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्ति गर्नुको कारण माग गरेको छ । सोमबार न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, चलचित्र विकास बोर्ड र भुवन केसीसँग लिखित जवाफ माग गरेको हो । विकास बोर्डको अध्यक्षमा नियुक्तिका लागि केसीको शैक्षिक योग्यता नपुग्ने […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आमाको नामबाट दिइने नागरिकताका मामिलामा गरिने व्यवस्थाहरुमा आमालाई नै केन्द्रमा राख्नुपर्ने विचार व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा सन्देश पठाउँदै भनेकी छन्, ‘हाम्रो संविधानको लैङ्गिक समानता सम्बन्धी मार्गदर्शन बमोजिम आमाको नामबाट प्राप्त हुने नागरिकतामा आमालाई नै केन्द्रमा राखिने गरी पुनर्विचार हुनु सान्दर्भिक हुन्छ ।’ राष्ट्रपति भण्डारीले नागरिकता ऐन २०६३ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकमा पठाएको सन्देश प्रतिनिधिसभालाई मंगलबार जानकारी गराइने भएको छ । संघीय संसद सचिवालयका सचिव गोपालनाथ योगीले निकालेको मंगलबारको संभावित कार्यसूचीमा ‘प्रतिनिधि सभाको सचिवले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि नागरिकता विधेयक संदेश सहित फिर्ता भएको सम्बन्धी राष्ट्रपतिको कार्यालयको पत्रको जानकारी गराउनु हुने’ भन्ने उल्लेख छ । राष्ट्रपति भण्डारीले आफूकहाँ प्रमाणीकरणका लागि […]
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित […]
काठमाडौँ — प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनमा जनताको लोकप्रिय मत पाएको दाबी गर्दै एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बहुमत ल्याउने वरिष्ठ उपाध्यक्ष पोखरेलको तर्क थियो । पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीबीच भेटवार्ता भएको छ ।सोमबार एमाले अध्यक्ष ओलीको निवास, बालकोटमा भएको भेटमा नागरिकता विधेयक र चुनावी गठबन्धनबारे कुराकानी भएको त्रिपाठीले बताए । राष्ट्रिय जनता पार्टी छाडेर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी र वृजेशकुमार गुप्ताले २०७४ को प्रतिनिधिसभा चुनावमा पनि सूर्य चिह्न […]
काठमाडौँ- भगवान् श्रीकृष्णको जन्मदिन अर्थात कृष्णजन्माष्टमीको अवसरमा ३ भदौदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको ‘कृष्ण–लीला’ को टिमले चितवनमा कन्सर्ट गर्ने भएको छ । ‘कृष्ण लीला’ का कलाकारसहितको टिमले ३१ साउन अर्थात् मंगलबार साँझ ५ बजे सिजी ल्याण्डमार्कमा फ्रि–कन्सर्ट गर्न लागेको निर्देशक दीपक ओलीले बताए । कन्सर्टमा ‘कृष्ण लीला’का ‘कृष्ण’ अर्थात् अभिनेता पुष्प खड्का, ‘लीला’ अर्थात अभिनेत्री […]
धनगढीः बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रबाट शिकारी पक्राउ परेका छन्। नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको टोलीले एक जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेको नाम खुलाइएको छैन। तर उनको साथबाट विभिन्न हात हतियार र सामग्री पनि बरामद गरिएको छ। यस्तै छालासहितको मासु करिब ७ सय ग्राम, सुकुटी मासु करिब ४ सय ग्राम, सुकुटी मासु पकाउने जाली […]
काठमाडौंको बानेश्वरमा रहेको फोहोर नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले उठाएको छ। सोमबार बानेश्वरको सडकमा थुप्रिएको फोहोरलाई एमाले निकट युवाहरूले उठाएका हुन्। काठमाडौंको फोहोर उठाउन विवाद रहिरहेको वेला एमाले निकट युवा संघ नेपालले बानेश्वरको फोहोर उठाएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवाले आफू नेतृत्वको वर्तमान सरकार आगामी मंसिर ८ गतेसम्म मात्रै रहने बताए । सोमवार नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्रज्ञा सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले देशभित्रको भाषा, साहित्य, कला, संस्कृति, इतिहास, दर्शन र सामाजिक शास्त्रको विकासमा नै देशको विकास सम्भव रहने बताएका छन् । उनले कुनैपनि […]
सत्तारूढ नेपाली काँग्रेसको भ्रातृ संस्था, नेपाल तरूण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा मागेको छ। संसदबाट पारित भई सभामुखले अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाएको नागरिकता विधेयक राष्ट्रपतिले आइतबार पुनः संसदमै फिर्ता पठाएकोले तरूण दलले राजीनामा मागेको छ। विधेयकमा अराजनीतिक बाहना र प्रपञ्च देखाई प्रमाणीकरणबिना प्रतिनिधिसभामा फिर्ता पठाइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष विद्वान गुरूङले जारी गरेको विज्ञप्तिमा उल्लेख […]
बाजुरा । बाजुराको बडिमालिका नगरपालिका १ बस्ने २० वर्षीया सुजाता रोकायालाई जिल्ला अस्पताल बाजुराले रिफर गर्यो । पैसा नभएर उनका आफन्तलाई बयलपाटा लैजान नै धेरै सकस भयो । अस्पतालमा एमडीजीपी तथा विशेषज्ञ डाक्टर भएको भए उनलाई सामान्य शल्यक्रियाका लागि पनि रिफर गर्नु पर्ने थिएन । तर एमडीजीपी चिकित्सक नहुँदा जिल्ला बाहिर पठाउनु परेको अस्पतालका एक […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक सोमबार प्रतिनिधिसभामा पुगेको छ । राष्ट्रपति कार्यालयले पठाएको ९ पृष्ठ लामो पत्रमा उक्त विधेयक प्रतिनिधिसभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । जसमा राष्ट्रपति भण्डारीले ८ वटा बुँदामा आफ्नो सन्देश पनि पठाएकी छन् । हेर्नुहोस् राष्ट्रपतिको सन्देशको […]
काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए । तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो अफर आएन, […]
जुम्ला — चन्दननाथ नगरपालिका–७ का ४८ वर्षका प्रेमजंग महतले गत वैशाखमा १३ वर्षीया बालिकालाई धर्मछोरीका रूपमा राखेका थिए । कमजोर आर्थिक हैसियतकी बालिकाकी आमाले दोस्रो बिहे गरेकी थिइन् । बालिकाकी सानिमाको पहलमा ‘भविष्य बन्छ भन्ने भएपछि’ उनलाई धर्मछोरीका रूपमा राख्न सबै तयार भएका थिए । धर्मछोरी मानिएकी बालिकालाई सुरुदेखि नै प्रेमजंगले यौन दुर्व्यवहार र बलात्कार गर्दै आएका थिए । […]
धनगढीः कञ्चनपुरमा बस दुर्घटना भएको छ। जिल्लाको बेलौरी नगरपालिका-१० स्थित शिवनगरमा सोमबार बस दुर्घटना भएको हो।प्रहरीका अनुुसार आज बिहान धनगढीतर्फ आइरहेको ना ३ ख ५०८८ नम्बरको बस दुर्घटना भएको हो। दुर्घटनामा पुनर्वास-१ मोतीबस्तीका बस चालक नारायण चन्द घाइते भएका छन्। बसको स्टेयरिङमा समस्या आएपछि दुर्घटना भएको बताइएको छ। बसमा त्यस बेला चालक र सहचालक मात्रै […]
काठमाडौं । अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् । उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् । धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । […]
काठमाडौं । यसो भन्न मुख बारिरहनु परेन, स्वस्तिमा अहिलेकी नम्बर वान अभिनेत्री हुन् । चाहे अभिनयको गुणवत्ताले होस् वा सिनेमाको संख्याले, स्वस्तिमा समकालीन अभिनेत्रीको भीडमा एक कदम अगाडि छिन् । ‘होस्टल रिर्टन्स’बाट जतिबेला उनी पर्दापण गर्दै थिइन्, त्यसबखत दर्शकको नजर उनीमाथि परेकै थिएन । भनिन्छ नि, निरन्तरको प्रयासले सफलताको ढोका खोल्छ । उनको हकमा त्यही […]
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।नेता लीलामणि पौडेल, मुक्ति प्रधान, केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय लगायतका नेताहरु आयोगमा गएर दल दर्ता गराएका हुन् । माओवादी केन्द्र र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने सहमति भइसकेको […]