होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा १७ जेठ नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र […]
राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले रातोपाटीलाई बताए । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् । संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर भण्डारीले […]
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। ११ पुसमा तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। चार दिने भ्रमणमा सरकारी र निजी क्षेत्रका गरी एक सयभन्दा बढी सहभागी हुने छन्। मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
महोत्तरीमा एनएमबि बैंकबाट रकम लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । प्रहरीका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । उनीहरुले कति रकम लुटपाट गरे भन्ने खुलेको छैन ।
काठमाडौँ । चुरे तथा वन जङ्गल संरक्षण अभियानले पर्साको सिर्सिया नदीलाई प्रदूषण र अपहरण मुक्त गराउन माग गर्दै सिर्सिया नदीको पानी भरिएको बोतल, ब्यानर ,प्ले कार्ड सहित माइतीघर मण्डला विरोध प्रदर्शन गरेका छन् । वीरगन्जबाट काठमाडौँसम्म पैदल आएका अभियन्ताहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् । १० दिन पैदल हिँडेर काठमाडौँ आइपुगेका उनीहरुले बारा औद्योगिक कोरिडोरका उद्योगबाट […]
नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् । परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् । सम्पर्क विहिन बनेका परे रावलको माथि कालो […]
काठमाडौँ – आज जेलमुक्त भएका पूर्व सांसद रेशम चौधरीले टीकापुर घटनाको निष्पक्ष र न्यायोचित छानबिन हुनु पर्ने जनाएका छन्।डिल्लीबजार कारागारबाट जेलमुक्त भए पछि सञ्चारकर्मीसँग उनले टिकापुर घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानविन आयोग गठन गरेर पुनः प्रक्रिया सुरु गर्नुपर्ने माग गरे। ‘राष्ट्रपतिबाट सजाय माफी मिनाहा पाएर रिहा हुन पाउँदा खुसी छु। टीकापुर घटनाको पुनः छानबिन […]
काठमाडौँ – आर्थिक वर्ष २०८०/८१ को बजेट आज सार्वजनिक हुँदैछ।संघीय संसद भवन, बानेश्वरमा बस्ने सङ्घीय संसद्को संयुक्त बैठकमार्फत बजेट सार्वजनिक हुन लागेको हो। बैठक दिउँसो ४ : १५ बजे बोलाइएको छ। ‘अर्थमन्त्री डा. प्रकाशशरण महतले आ.व २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्नु हुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।राजस्व सङ्कुचनको सामना गरिरहेको सरकारले […]
नागरिक रैबार/बाजुरा १४ जेठ।जिल्ला अस्पताल बाजुराले जटिल प्रकारका हार्डजोर्नी सम्वन्धि समस्या भएका विरामीहरुको जिल्लामै सफल सल्यक्रिया गर्न थालेको छ । जिल्ला अस्पताल बाजुराले बिगत ३ महिना देखि हाडजोर्नी तथा नसारोग बिषशेज्ञ डाक्टर रोशन भट्टराईलाई नियुक्त गरेर उक्त समस्या भएका विरामीहरको सफल सल्यक्रिया गर्न थालेको हो । जिल्ला अस्पताल बाजुरामा हाडजोर्नि तथा नसारोग विशेषज्ञ डाक्टर भट्टराईलाई […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १२ र १४ गते बैठकको सिफारिस अनुसार पौडेलले सो निर्णय गरेका हुन् । राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘टोपबहादुर बुढा समेतका १९ जना व्यक्तिहरूलाई विभिन्न अदालतबाट विभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद सजाय नेपालको संविधानको […]
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म मुलुकको सार्वजनिक ऋणको आकार २० खर्ब ८० अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।आइतबार संघीय संसदमा आर्थिक सर्वेक्षण, २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यस्तो तथ्य पेस गरेका हुन् । अर्थमन्त्री डा.महतका अनुसार २०७९ फागुनसम्म आन्तरिक ऋण रु. १० खर्व १० अर्ब २८ करोड र बाह्य ऋण रु […]
विराटनगर । कोशी नाम खारेजको माग गर्दै प्रदर्शनमा आएका आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा विराटनगरस्थित कोशी प्रदेशसभा भवन आसपासको क्षेत्र तनावग्रस्त बनेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेशसभाको बैठक बस्ने भएपछि आन्दोलनकारीले प्रदेशसभा भवन वरिपरि घेराउ गरेका छन् भने सुरक्षाकर्मीले कडा सुरक्षा दिइरहेका छन् । दिउँसो १ बजेदेखि प्रदर्शनमा उत्रिएका […]
गणतन्त्र दिवसको अवसरमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका छन् । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहासम्बन्धी व्यवस्थाअनुसार १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । […]
धनगढीः सदूरपश्चिम प्रदेशसभामा आगामी बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गरिएको छ।सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको सिद्धान्त र प्राथमिकता प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन्। उनले शनिवारको प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८०/०८१ को विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीति प्रस्तुत गरेका छन। प्रदेश सरकारले गरिबी न्युनिकरण, […]
काठमाडौं, १४ जेठ । सरकारले टीकापुर घटनामा दोषी ठहर भएर जन्मकैदको सजाय काटिररहेका रेशम चौधरीलाई आम माफी दिने तयारी थालेको छ । आज (आईतबार) बसेको मन्त्रिपरिषद्को बैठकले चौधरीलाई गणतन्त्र दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । जेल जीवन विताइरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षकसमेत हुन् । नाउपा प्रधानमन्त्री […]
हेटौँडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । उक्त बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिउँसो २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको छ । उक्त बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्बोधनसहित प्रदेश […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । माओवादी सांसद लेखनाथ दाहालले दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गरेपछि प्रधामन्त्रीले शनिबार संसदमा स्पष्टीकरण दिएका हुन् । शनिबार संसदको बैठक सुरु हुनासाथ समय लिएर बोलेका प्रधानमन्त्री प्रचण्डले […]
काठमाडौँ । सङ्घीय संसद्को प्रतिनिधि सभालाई सुचारु गर्ने विषयमा तीन ठुला दलका शीर्ष नेताहरू छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा एमालेको तर्फबाट अध्यक्ष केपी ओली र प्रमुख सचेतक पदम गिरी सहभागी छन् । त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक उपस्थित छन् । […]