होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरामा भुवा पर्व सुरू भएको छ । बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू भएको हो । पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसीयाली मनाएको दिनलाई स्मरण गर्दै बाजुराका विभिन्न स्थानमा भुवा खेल्ने गरिन्छ । पर्वमा महाभारतका पाण्डव र कौरवको युद्धका बेला पाण्डवको सङ्घर्ष, जङ्गलमा बास बसेको […]
राजेन्द्र विक बाजुरा,२१पुष/नागरिक रैबार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि माओवादी केन्द्र बाजुराले जिल्ला बाट प्रतिनिधित्व हुने गरि जनयुद्धको घाइते तथा अपांङ्ग योद्धा संजय कटेल लाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ।माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सदस्य समेत रहेका कटेललाई जिल्ला समन्वय समितिको बैठकले सर्वसम्म्त सिफारिस गरेको माओवादी केन्द्र सुदुरपश्चिम प्रदेस समिती सचिवालय […]
सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो। २०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले क्रूर तरिकाले […]
नेकपा एमालेको सचिवालय बैठक बस्दै छ ।बैठक बिहान ११ बजे च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । राष्ट्रियसभा उम्मेदवारको चयन, सत्तारूढ गठबन्धनमा भइरहेको कसरत, ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने लगायतको विषयमा छलफल गर्न यो बैठक बस्न लागेको एमालेले जनाएको छ ।
काठमाडौं । सशस्त्र प्रहरी बलमा विभिन्न पदमा २८८ जनाका लागि नयाँ भर्ना खुलेको छ ।सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र परिचर पदमा नयाँ भर्ना खुलेको हो । सशस्त्र प्रहरी बलले निरीक्षक पदमा खुला ५४ सहित ९९ जना, सहायक निरीक्षक पदमा खुला ५३ सहित ९८ र परिचर पदमा खुला ५० सहित ९१ जनाका लागि […]
बाजुरामा दुई दिन विद्युत सेवा अवरुद्ध हुने भएको छ । विद्युत लाईन निर्माण कार्य भईरहेकाले पौष १८ र १९ गते विद्युत सेवा अवरुद्ध हुने भएको हो । नेपाल विद्युत प्राधिकरण बाजुरा वितरण केन्द्रले एक सूचना जारी गर्दै बडीमालिका नगरपालिका र बुढीगंगा नगरपालिमा कम्पोजिट लाईन निर्माण कार्य भईरहेकोले दुई दिन विद्युत सेवा अवरुद्ध हुने जनाएको छ […]
काठमाडौं : एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५‘ पर्व आज सुदूरपश्चिमाञ्चलमा हर्षोल्लासपूर्वक मनाइँदै छ । पुस १५ गते मनाइने भएकोले यो पर्व डोटेली लोकसंस्कृतिमा ‘पुसे १५‘ को रुपमा चर्चित रहेको छ । डोटेली लोकसंस्कृतिको मौलिक पहिचान बोकेको यो पर्वलाई पुस १५ गतेको रात वर्षभरिकै सबैभन्दा लामो रात भएको […]
राजेन्द्र विक बाजुरा,१३पुष नागरिक रैबार/नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बाजुराको ४ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रम सम्पन्न भएको छ। माओवादी केन्द्र बाजुराका संयोजक देबिचन्द्र बुढा दिपकको अध्यक्षतामा भएको समिक्षा बैठक,प्रशिक्षण तथा समापन कार्यक्रमको प्रमुख अतिथी स्थायी समिती सदस्य तथा माओवादी केन्द्र प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट […]
नागरिक रैबार/ बाजुरा ९ पुस । जिल्ला प्रहरी कार्यालय बाजुराको नवनिर्मित भवनको नेपाल प्रहरीका महानिरिक्षक बसन्तबहादुर कुँवरले उद्धघाटन् गरेका छन् । सोमबार एक औपचारिक कार्यक्रमका विच जिल्ला प्रहरी कार्यालय बाजुराको परिसरमा निर्माण गरिएको मुख्य कार्यालयको प्रहरी महानिरिक्षक कुँवरले रिवन काटेर कार्यालयको उद्घाटन् गरेका हुन् । त्यस्तै प्रहरी परिसरभित्र निर्माण गरिएका व्यारेक, निवास, हिरासत कक्ष र […]
काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका […]
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका हुन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका […]
नेपाल पत्रकार महासंघ बाजुराका उपाध्यक्ष पदम बहादुर सिंहले सामाजिक संजाल फेसबुकमा भलिबल प्रशिक्षकको सुचनाबारे राखेको धारणामा बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँले संचारकर्मीमाथि अपशब्द प्रयोग गरेको प्रति पत्रकार महासंघ बाजुराको ध्यानाकर्षण भएको छ । शनिबार पत्रकार सिंहले बुढीगंगा नगरपालिकाले खेल प्रशिक्षकको करार विज्ञापन खोलिएको भएपनि नगरपालिकाले आफ्नो वेव साइडमा राखेको, तर पालिकाका सबै वडाका […]
काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् ।नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे । बोर्डका अध्यक्ष डा शर्माले […]
काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।विभागले अहिले देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जनाएको छ । आज दिउँसोको मौसम देशभर आंशिक बदली रहनेछ । आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अन्य भागको मौसम सफा रहने छ ।देशभरको तापक्रम […]
काठमाडौं । माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ।बिहीबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो । उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान मस्यौदा समिति गठन गरेको जानकारी पनि दिए ।उनका अनुसार समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन […]
काठमाडौं । २७ मंसिरमा बाराको सिम्रौनगढ नगरपालिकामा रञ्जित अधिकारी प्रमुख प्रशासकीय अधिकृतका रुपमा हाजिर हुन पुग्दा भएको झडपमा एक जनाको ज्यान गयो । मेयर किशोरी साह कलवारले उपराष्ट्रपति रामसहायप्रसाद यादवसम्म भनसुन गराएर उपराष्ट्रपति कार्यालयमा रहेका अधिकारीलाई नगरपालिकामा लगेका थिए । तर, तलब नपाएको भन्दै आन्दोलनरत शिक्षक–कर्मचारीहरुले रोक्न खोज्दा भएको झडपमा प्रहरीको गोली लागेर स्थानीय २५ […]
नागरिक रैबार। बाजुरामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । आइतवार साँझ ५ बजेतिर मार्तडीबाट गाैमुल गाउँपालिकाकाे घटमुना तर्फ जाँदै गरेको सुपप्रप ०१००२ त ४१०५ र लु ४ त ७३०५ नम्वरको ट्याक्टर बडमिालिका २ को खडिगाड खाेला नजिकै दुर्घटना भएको हो । ट्याक्टर दुर्घटनामा परेर चालक गाैमुल गाउँपालिका ६ का वर्ष ३० का […]
नागरिक रैबार/बाजुरा १ पुस।बाजुराकाे बडीमालिकामा नगर स्तरिय चाैथाे राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आजदेखि सुरु भएको छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, बिद्याथीको सर्वङगीण विकासका लागि खेलकुद भन्ने मुल नाराका साथ नगर स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको हो । बडीमालिका नगरपलिकाको आयोजना र बडिमालिका नगर स्तरिय खेलकुद विकास समितिको व्यावस्थापनमा राष्ट्रपति […]
काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न आदेश दिएको छ ।खाडलाई थुनामा पठाउनुपर्ने भनी जिल्ला अदालत काठमाडौंले दिएको आदेश बदर गरी उच्च अदालतले धरौटीमा छाड्न आदेश गरेको हो । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाडलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्ने भनी यसअघि नै जनक पाण्डेले व्यक्त गरेको रायलाई […]
मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। त्यसैगरी, कुलो, पैनी वा पोखरीको मर्मतसम्भार तथा स्तरोन्नति, पोखरी तथा पानीको मूल संरक्षण, सार्वजनिक स्थलमा फलफूल बगैंचा निर्माण, कृषि तथा पशुपक्षी उत्पादनको भण्डारण तथा बिक्री वितरणमा आवश्यक […]