होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले दलकै नेता राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । मन्त्री पाण्डेले पार्टी अनुशासन समिति तथा संसदीय दलमा पार्टी नेता तथा सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दर्ता गराएका हुन् । सांसद बजगाईँले पार्टी अनुशासन र हित विरुद्ध काम […]
नागरिक रैबार/बाजुरा ३० कार्तिक। नेकपा एकिकृत समाजवादी पार्टी स्वामीकार्तिक खापर गाउँ कमिटीले गाउँपालिकाको उपाध्यक्ष पदमा जवा शाहीलाई उम्मेदवार बनाउने गरि जिल्ला कमिटीमा सिफारिस गरेको छ । गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एकिकृत समाजवादी बाट उपाध्यक्ष पदमा शाहीलाई एकल रुपमा उम्मेदवार बनाउने गरि गाउँ कमिटीले जिल्ला कमिटीमा सिफारिस गरेको हो । पार्टीको गाउँ कमिटीले […]
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी भएर स्वदेश फिर्ता भएका छन्। अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कार्त्तिक २५ गते बाकु प्रस्थान गरेका थिए। अजरबैजानबाट कतारको राजधानी दोहाहुँदै राष्ट्रपति पौडेलसहितको […]
कात्तिक,बुटवल । रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी अभियोगमा रुपन्देहीमा मुद्दा चल्ने वा नचल्ने यकिन भई नसकेको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ । बुटवलको सुप्रिम सहकारीको बचत हिनामिनाको आरोपमा भैरहवामा तीन दिनको बयान सकिएपनि अन्य आरोपितको बयान लिएपछि मात्रै मुद्दा चल्ने नचल्ने यकिन हुने छ । अन्य आरोपितको बयानपछि रविसँग पुनः […]
काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डाले आज एक सूचना जारी गर्दै विभिन्न रिक्त पदमा दरखास्त आह्वान गरेको हो । आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ । दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने सूचनामा […]
काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् ।मालिकार्जुन मन्दिरको जात्राबाट गोकुलेश्वरतर्फ आइरहेको म १ ज ३३८ नम्बर जिप शुक्रबार बिहान ४ बजेतिर महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ […]
बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पोखराबाट रूपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरु भएको छ। मंगलबार कास्कीबाट भैरहवा ल्याइएका रविलाई हिजो र अस्ति बयान लिइँदा केही प्रश्नहरु अझै बाँकी रहेका थिए। हिजो अधुरो रहेका विषयहरू सम्भवतः आजै सकिने जिल्ला सरकार वकिलको कार्यलय रुपन्देही […]
नागरिक रैबार/बाजुरा २६ कार्तिक। बाजुराका एक किसोर बेपत्ता भएको २ महिनापछि परिवारको सम्पर्कमा आएका छन् । गएको भदौ २२ गते कन्चनपुरको महेन्द्रनगरबाट बेपत्ता भएका बाजुराको बुढीगंगा नगरपालिका–१० बदेडाका १५ वर्षिया निर्मल विक २ महिनापछि परिवारको सम्पर्कमा आएका हुन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका निर्मल २ महिना अघि आफ्नै कोठाबाट भागेर बेपत्ता […]
काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ।कोशी, बागमती, […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की अदालतले अनुमति दिएको छ । आइतबार कास्की अदालतका न्यायाधीश नवराज दाहालको इजलास रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद […]
सुर्खेत । कालीकोटमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ, १३ जना घाइते भएका छन् ।आइतबार दिउँसो पलाँता गाउँपालिका-३ को राहुनेटा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गोविन्दप्रसाद चौधरीले जानकारी दिए । दुर्घटनामा घाइते भएका १३ जनालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत ल्याउने तयारी […]
विराटनगर । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको कोशी प्रदेशका डिआईजी चन्द्रकुबेर खापुङले जानकारी दिए । जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई आजै दिउँसो एक बजे हवाईजहाजमार्फत् काठमाडौं पठाउने तयारी छ । कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारी मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत […]
कक्षा ११ र १२ मा फेल भएर पढाइ पूरा गर्न नसकेका २०५६ सालयताका परीक्षार्थीले मौका परीक्षा दिन पाउने भएका छन्।राष्ट्रिय परीक्षा बोर्डले सूचना प्रकाशन गर्दै २५ वर्षअघि ११ र १२ मा भर्ना भई फेल भएका परीक्षार्थीलाई अन्तिम मौकास्वरूप एकपटक परीक्षा दिन पाउने व्यवस्था गरिएको जानकारी दिएको छ। रजिस्ट्रेसन नम्बरको सुरूको अंक ५६ वा सोभन्दा बढी […]
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–५ मौलाथुम्कीमा पानीको धारा घरघरमा पुगेपछि यहाँका स्थानीयको डोकोमा पानी बोक्ने बाध्यता हटेको छ । घरमा धारा नहुँदा खोला तथा घरदेखी पर रहेको ट्याङ्कीबाट पानी बोक्नुपर्ने बाध्यता थियो । देवचुली नगरपालिकाको पहाडी क्षेत्रअन्तर्गत पर्ने मौलाथुम्कीका भीमकुमारी लुङ्गेलीले अहिले घरमा धारामा पानी आएसँगै पहिले आफूहरूले गरेको दुःख बिर्सिएको बताइन् […]
काठमाडौं। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक कोटेश्वरको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा दिउँसो ३ बजे बस्ने बताइएको छ । बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचन, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने सचिव दिनानाथ शर्माले जानकारी दिए । बैठकमा आगामी उपनिर्वाचनमा विपक्षमा रहेका दलहरुबीच तालमेल गर्ने÷नगर्ने विषयमा पनि छलफल हुने बताइएको छ […]
कास्की । सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पुर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चौथो पटक अदालत उपस्थित गराइएको छ । यस अघि तीन पटकसम्म थपिएको म्याद सकिएसँगै कास्की प्रहरीले पुन आज म्याद थपको माग गर्दै अदालत पेश गरेको हो । लामिछाने माथि लागेको आरोपका विषयमा बयान र अनुसन्धान सकिएपनि प्रहरीले […]
धनगढीः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा निर्वाचित मैना जोशीको निधन भएपछि सो पदका लागि उपनिर्वाचन हुँदैछ। जोशी १ हजार ८१० मत पाएर विजयी भएकी थिइन्। उनका प्रतिस्पर्धी एमालेका सुलोचना कुमारी भण्डारीले एक हजार ६३७ मत पाएकी थिइन् भने माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ मत पाएका थिए। यस्तै बझाडको सूर्मा गाउँपालिका […]
काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी मंसर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन, समसामयिक राजनीति, सरकार सञ्चालनका लागि गठित दुई दलीय समन्वय सयन्त्रलगायत विषयमा छलफल हुने एमालेले जनाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टी अध्यक्ष एवं […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो । बैठकमा समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । साथै आगामी मङ्सिर १६ गते […]
काठमाडौँ । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, […]