होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहभित्र मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्ने व्यवस्था मिलाउन आग्रह गरेको छ।मंसिर ५ गतेदेखि मंसिर १६ गतेसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न नपाइने व्यवस्था गर्न आयोगले सरकारलाई आग्रह गरेको हो। ‘मिति २०८१।०८।०५ देखि मिति २०८१।०८।१६ गते उपनिर्वाचन सम्पन्न भई मतगणना कार्य सम्पन्न नभएसम्म उपनिर्वाचन हुने स्थानीय […]
धनगढीः कैलालीको धनगढीमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना गरिएको छ। गोष्ठीमा गृहमन्त्री रमेश लेखक सहभागि छन्। गोष्ठीमा सुरक्षा निकायका प्रमुख लगायत सहभागि छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा मुख्यमन्त्री कमलबहादुर शाह लगायत मन्त्री, प्रदेश सभा सदस्य लगायत पनि सहभागि भएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीको गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका छन्।
रुकुमपश्चिमको चौरजहारी नगरपालिका-२ विजयश्वरीका ३२ वर्षीया दीपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेकी छिन् ।मंगलबार बिहान दीपाले श्रीमानको चिर्पटले टाउकोमा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । प्रहरी निरीक्षकका अनुसार चिर्पटले टाउकोमा प्रहार गरेर मृतावस्थामा रहेको खबर छोरा १८ वर्षीय खिम कुमालले प्रहरीलाई खबर […]
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण सोमबार स्थगित भएको बैठक आज बस्ने सचिव दीनानाथ शर्माले जानकारी दिए । बैठकमा पार्टीको विधान संशोधन, केन्द्रीय समिति बैठकको तयारी, स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने नेताहरूले […]
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुनेछ । साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुने निर्वाचन कार्यतालिका छ । भोलि बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन हुनेछ । दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई […]
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । […]
सुदूरपश्चिममा छ पदमा हुने उपचुनावका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि ३० जनाको उम्मेदवारी परेको हो । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज […]
काठमाडौं । ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचन अन्तर्गत ओखलढुंगामा जिल्ला समन्वय समिति प्रमुखको निर्वाचन हुँदै थियो । जसमा आइतबार मनोनयन दर्ताको कार्यक्रम थियो ।जसमा कांग्रेसका टेकराज भट्टराईको मात्र उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अनलाइनखबरबाट
काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि ४०७ जनाले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगले आइतबार राति विज्ञप्ति जारी गर्दै मनोनयन दर्ता गराउने उम्मेदवारबारे जानकारी गराएको हो ।
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुरामा १ उपाध्यक्षका लागि पाँच जनाले मनोनयन दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रिक्त रहेको उपाध्यक्ष पदका लागि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ । १ उपाध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्बाचन अधिकृत्त संजीव पोखरेलले जानकारी दिए । पालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले […]
काठमाडौं । उपचुनाव हुने दुवै जिल्ला समन्वय समिति सभापति नेपाली कांग्रेसले सुरक्षित गर्ने पक्का भएको छ । ओखलढुंगा र कैलालीमा जिसस सभापतिका लागि उपचुनाव हुँदैछ । दुवै जिल्लाको सभापति पदमा एमालेले समर्थन गरेको छ । जिसस सभापतिका लागि ओखलढुंगामा कांग्रेस एक्लैको बहुमत छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि […]
नागरिक रैबार/बाजुरा २ मंसिर। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा मंसिर १६ गते हुने उपनिर्वाचनका लागि ५ दलले उम्मेदवारी दर्ता गराएका छन् । स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको निर्वचान अधिकृतको कार्यालयमा आईतबार विभिन्न ५ वटा राजनितिक दलले आज मनोनयन दर्ता गराएका हुन । गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेकपा एमालेबाट सुलोचना भण्डारी बुढाले उम्मेदवारी दर्ता गराएकी हुन् । त्यसैगरी […]
स्थानीय तह उपनिर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम छ।स्थानीय तहका ३४ रिक्त पदका लागि यही मंसिर १६ गते निर्वाचन हुँदैछ। काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा पनि अध्यक्ष पदका लागि निर्वाचन हुनेछ।काठमाडौं र अन्यत्रका उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह पक्षले कसैलाई उम्मेदवार बनाउँछन् कि बनाउँदैनन्, कसैलाई समर्थन गर्छन् […]
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पाण्डेले मन्त्रालयले उपभोक्ताहरूको अधिकार हनन हुनेगरी भाडा लिने कम्पनीहरूलाई कारबाही गर्ने चेतावनी दिए । उपभोक्ताहरूको अधिकार हनन नहुने गरी न्यायोचित रकम मात्रै लिन वायुसेवा कम्पनीहरूलाई निर्देशन दिए । गत शुक्रवारदेखि […]
काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता सुरु भएको छ । बिहान १० देखि सुरु भएको मनोनयन दर्ता साँझ ५ बजे कायमै रहनेछ । सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता सुरु भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले आसन्न स्थानीय तह उपनिर्वाचन बहिस्कार गर्ने भएको छ । पार्टी महासचिव कञ्चनले आज एक विज्ञप्ति जारी गर्दै उपनिर्वाचन बहिस्कार गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । ‘विभिन्न कारणले रिक्त रहेका देशका केही स्थानीय निकायहरूमा यही मङ्सिर १६ गते उपनिर्वाचनको मिति निर्धारण गरिएको छ । यो चुनाव पनि विगतका संसदीय […]
काठमाडौं – मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिएकी छन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आइतबार साँझ ५ देखि […]
काठमाडौँ । मङ्सिर १६ गते हुन लागेको स्थानीय तहको उपनिर्वाचनका लागि मङ्सिर २ गते आइतबारदेखि निर्वाचन आचारसंहिता लागु हुने भएको छ । आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्मका लागि लागु हुनेछ । निर्वाचन आयोगको शनिबार बसेको बैठकले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) बमोजिम उपनिर्वाचन हुने […]
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले स्थानीय तहको उपनिर्वाचनका लागि ४२ जना उम्मेदवारहरुको नाम टुंगो लगाएको छ । आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचन हुँदैछ । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा तुल्सीराम विश्वासले टिकट पाएका छन् । त्यस्तै, दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा उमा लुंगेली मगर शेर्पा उम्मेदवार बन्ने भएकी छन् । यता, काठमाडौँको कीर्तिपुर […]
धनगढीः केन्द्रमा सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) ले आसन्न उपनिर्वाचनका निम्ति उमेदवारको टुंगो लगाएको छ। शनिबार एमालेले सुदूरपश्चिम प्रदेशभित्र स्थानीय तहमा रिक्त ५ पदमा नै उम्मेदवार हुने व्यक्तिका नाम सार्वजनिक गरेको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुंगो लगाएको छ। यस्तै बझाङको सुर्मा गाउँपालिका–४ वडाअध्यक्ष पदका लागि लखीचन्द बोहरा, […]