होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक […]
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास जगाउन सरकार र चारै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा शनिबार बसेको छलफलमा उनले राजनीतिक दल र आम नागरिकलाई चुनावप्रति आश्वस्त पार्नु सुरक्षा निकायको पहिलो दायित्व भएको […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार अपराधी र लुटिएका हतियार नियन्त्रणमा नआएसम्म देशमा चुनाव सम्भव नहुने दाबी गरेका छन्। शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले भने “१२ सयभन्दा बढी प्रहरीले प्रयोग गर्ने हतियार र एक लाख गोली लुटिएको छ, पाँच हजारभन्दा बढी कैदी बन्दी बाहिर छन्, यस्तो अवस्थामा चुनावको नाटक गरिँदैछ,” उनले […]
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशिला कार्कीलाई प्रधानमन्त्री बनाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको सिफारिसपत्र आफूले पढेको दाबी गरेका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले भने, “हामीले उहाँले पठाएको चिठी हेरेका छौं।” प्रचण्डका अनुसार ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई कार्कीलाई ‘कामचलाउ प्रधानमन्त्री’ नियुक्त गर्न पत्र पठाएका थिए। भदौ […]
बाजुराको बुढीगंगा नगरपालिकाले पालिकामा कार्यरत करार, ज्यालादारी र अस्थायी रूपमा कार्यरत कर्मचारीहरूको करार अवधि थप नगर्ने निर्णय गरेको छ । नगरपालिकामा बिहीबार बसेको ४९औं कार्यपालिका बैठकले हाल कार्यरत करिब एक सयभन्दा बढी अस्थायी कर्मचारीलाई कार्तिक १ गतेदेखि काममा नलगाउने निर्णय गरेको नगरप्रवक्ता हेरमाराज जैशीले जानकारी दिएका छन् । संघीय तथा प्रदेश सरकारले जारी गरेको ऐनअनुसार […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तेस्रो दिनको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको जावलाखेलमा जारी बैठकमा नेताहरूले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना धारणा राख्न थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । बिहीबार दोस्रो दिन १४७ जना केन्द्रीय सदस्यले आफ्ना धारणा र सुझाव […]
काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट राजीनामा दिन सुझाव दिएकी छन् । शुक्रबार अध्यक्ष ओलीको विशेष प्रतिवेदनमाथि धारणा राख्ने क्रममा तिम्सिनाले नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन भएको भन्दै त्यसका लागि एमालेको पनि पुनर्गठन महत्त्वपूर्ण भइसकेको बताएकी छन् । ‘कांग्रेसमा त्यो सुरु भइसक्यो’, […]
हुम्लाबाट सुर्खेत जाँदै गरेको यात्रुबाहक बस बाजुराको जगन्नाथ गाउँपालिका–३, बेर्मा नजिकैको भलिया बगरमा दुर्घटनामा परेको छ। हुम्लाबाट सुर्खेत तर्फ जाँदै गरेकाे कर्णाली प्रदेश ०२००१ ख ०८९० नम्बरकाे बस बिहिवार दिउसाे दुर्घटनामा परेकाे हाे । घटनामा तीन जना यात्रु घाइते भएका छन्। घाइतेहरूमा मुगुका १८ वर्षीय विशाल बिक, दैलेखकी दिपा सोनाम, र ४५ वर्षीया प्रेमकला दमाई […]
जेनजी आन्दोलनपछि नेतृत्वसहित पार्टी पुनर्गठनको माग चर्किएको कांग्रेसमा सभापति शेरबहादुर देउवाले सक्रिय पदबाट बिदा लिएका छन् । उनले मंगलबारको केन्द्रीय कार्यसमिति बैठकबाट उपसभापति पूर्णबहादुर खड्कालाई कार्यबाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गरेसँगै देउवा अब कांग्रेसको अभिभावकीय भूमिकामा पुगेका छन् । विधान अनुसार नयाँ महाधिवेशनबाट यत्तिकै पनि देउवा तेस्रो कार्यकालका लागि सभापतिमा उठ्न पाउँदैनथे । स्वत: नेतृत्व हस्तान्तरण […]
काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीबाट कुटिएपछि सार्वजनिक नभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि आज सार्वजनिक हुँदै छन् । आज दिउँसो १ बजे पार्टी कार्यालयमा बस्न लागेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा देउवा उपस्थित हुने कांग्रेस नेताहरुले बताएका छन् । केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा […]
हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी)ले इजरायली सेनालाई जिम्मा लगाएको दाबी इजरायलस्थित नेपाली दूतावासले जनाएको छ । राजदूत धनप्रसाद पण्डितका अनुसार सैनिक अस्पतालमा राखिएको विपिनको शव डिएनए परिक्षणका लागि प्रक्रियामा राखिएको छ । पण्डितका अनुसार विपिनको भनिएका शव डिएनए परिक्षणपछि मात्रै पुष्टि हुने भएकाले शैनिक अस्पतालमा डिएनए परिक्षणका क्रममा रहेको […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वलाई हल्लाएको दुई वर्ष लामो इसराइल-हमास युद्ध अन्त्य भएको घोषणा गरेका छन्।युद्धविराम सम्झौता अनुसार सोमबार इसराइलले प्यालेस्टिनी बन्दी बोकेका बसहरू घर फर्कायो भने हमासले गजाबाट जीवित बन्धकहरूलाई मुक्त गर्यो। त्यसपछि ट्रम्पले सो घोषणा गरेका हुन्। बन्धक-बन्दी फिर्ता भएको केही घण्टापछि ट्रम्पले गजापट्टीको भविष्य र व्यापक क्षेत्रीय शान्तिको सम्भावनाबारे छलफल गर्न इजिप्टमा […]
काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उनलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् । सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि […]
नेकपा (एमाले) को ११औं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ। आइतबार बसेको सचिवालयको ५८औं बैठकले एमालेको ११औं महाधिवेशन मंसिर अन्तिम साता गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। उनका अनुसार महाधिवेशनको मिति र स्थान केन्द्रीय कमिटी बैठकले तय गर्नेछ। केन्द्रीय कमिटी बैठक यही असोज २९, ३०, ३१ गते बस्दैछ। एमालेको १० औं […]
काठमाडौं । अभिनेता राजेश हमालको पुस्तक युगदेखि युगसम्म सार्वजनिक भएको छ । शनिबार काठमाडौंका कमलादीस्थीत प्रज्ञा डवलीमा अभिनेता हमाल लगायतले युगदेखि युगसम्म राजेश हमालसँग यज्ञश पुस्तक सार्वजनिक गरेका हुन् । पत्रकार तथा लेखक यज्ञशसँगको संवादमा तयार भएको पुस्तकमा जीवनयात्रा, चलचित्र जीवनसँग जोडिएका अनुभव, संस्मरण तथा सामाजिक र व्यक्तिगत विचारहरु समेटिएको अभिनेता हमालले जानकारी दिए । […]
काठमाडौँ । नेकपा एमालेले जेनजी विद्रोहपछिको परिवर्तनलाई नस्वीकार्ने प्रस्ट संकेत गरेको छ । यसको संकेत एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार भक्तपुरको गुण्डुबाट गर्जनभावका साथ दिएका हुन् ।जेनजी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २४ गते प्रधानमन्त्रीबाट राजीनामा दिएर सेनाको सुरक्षामा केही दिन बसेपछि भक्तपुरको गुण्डु सरेका ओलीले झण्डै एक महिनापछि जेनजी विद्रोहपछिको परिवर्तन नस्वीकार्ने उद्घोष गरेका […]
हुम्लाको उच्च भेगमा हिमपात सुरु भएको छ । सोमबार साँझदेखि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमीलगायत उच्च भेगमा हिमपात भएको हो । हिमपातसँगै हिल्सामा चिसो बढेको स्थानीय सोनाम ग्याल्जेन लामाले बताए । सोमबार दिउँसोदेखि हल्का वर्षा भएकामा आज बिहान हिमपात भएको लामाले टेलिफोनमार्फत जानकारी दिए । हिमपातसँगै यहाँको जनजीवन प्रभावित बनेको छ । त्यसैगरी सिमकोट […]
काठमाडौँ । नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ । यद्यपि पार्टीले दलीय सिस्टममा चुनाव घोषणा र निर्वाचन कार्यतालिका सार्वजनिक हुुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ । ‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन’, एमाले […]
काठमाडौं । इलामको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर–५ इङला, जमुनाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला पछि मृतकको संख्या ३९ पुगेको हो । सन्दकपुर–५ इङलाका वडा सदस्य कुमार गुरुङका अनुसार प्रवेश अस्तिदेखि बेपत्ता भएका थिए । उनकोको स्वीटर र हाइनेक मात्र भेटिएको थियो । त्यस स्थानबाट […]
सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ८ अरङमा पाँच दलित परिवारको घर भत्काएको आरोपमा वडाध्यक्ष रामकिशोर यादव पक्राउ परेका छन् । सो घटनामा संलग्न भएको भन्दै पीडितले १३ जनाविरुद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले वडाध्यक्ष यादवलाई सोधपुछका लागि बोलाएको थियो । त्यहीबेला उनलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको सिराहाका प्रहरी उपरीक्षक (एसपी) […]